मकवानपुर । पारिजात स्मृति दिवसको सन्दर्भमा आयाेजित वक्तृत्वकला प्रतियाेगितामा आकाङ्क्षा निरौला प्रथम भएकी छिन् । प्रतियाेगिताबाट कृतिका लौडारी द्वितीय, सुनिल न्यौपाने तृतीय, प्रियान्सु पोखरेल सान्त्वना भइन् । यसैगरी युगेश ढकालले नगद राशी ५०० प्रोत्साहन पुरस्कार प्राप्त गरेका थिए । प्रथम, द्वितीय, तृतीय, सान्त्वना स्थान प्राप्त गर्न सफल वक्ताहरूलाई क्रमशः ८ हजार , ६ हजार, ४ हजार, २ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
हेटौँडा उपमहानगरपालिका १० नं वडा कार्यालयको आर्थिक सहयोग तथा आँचल साहित्य कला पुञ्ज मकवानपुरको आयोजनामा ‘नेपालको सामाजिक रूपान्तरणमा राजनीतिक आन्दोलनको भूमिका’ विषयक खुला वक्तृत्वकला प्रतियोगिता गरिएकाे हाे । प्रतियोगितामा १८ जना सहभागी थिए ।
प्रतियोगितामा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेलकोले सिकाइ जीवनकाे ज्ञान भएकाे बताए । कार्यक्रममा हेटौँडा उपमहानगरपालिका १० नं वडा अध्यक्ष फुर्वा दोर्जे तामाङ,आँचल साहित्य कला पुञ्जमकवानपुरकी सल्लाहकार पुर्णकला घिमिरे समेतकाे उपस्थिति रहेकाे थियाे ।
कार्यक्रममा घनश्याम घिमिरे, निरा शर्मा र श्रवण बर्तौला निर्णयक रहेकाे आँचलकाे अध्यक्ष भावना सापकाेटाले बताइन् । कार्यक्रममा हेउनपा १० नं वडा सदस्य तथा कार्यपालिका सदस्य साधना श्रेष्ठ, हेउनपा १० नं वडाका जनप्रतिनिधिहरू गोमा सुनुवार, ईश्वर प्रसाद मैनाली, साहित्यसेवी मुक्ति गोविन्द वैद्य, साहित्यकारहरू देवराज खरेल, सुदर्शन अधिकारी, रमेशमोहन अधिकारी, शम्भुप्रसाद बाँसकोटा, जनार्दन खनाल, इन्द्र नेपाल, छवी अनित्य, डिबि बर्तौला, सानु खनाल, मञ्जु खरालको आतिथ्यता रहेको कार्यक्रममा देवराज तिवारी, शान्ति प्रियवन्दना, संप्रस पौडेल, अमृता लामिछाने, जनार्दन खनाल, ऋषिराम पाण्डेयले रचनावाचन गरेकाे आँचलकी भवानी तिमल्सिना न्यौपानेले बताइन् ।