मकवानपुर /विभिन्न घटनामा संलग्न रहेको आरोपमा पछिल्लो २४ घण्टामा मकवानपुरका ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बाल यौन दुरुपयोग मुद्दाका फरार प्रतिवादी मकवानपुर बकैया गाउँपालिका–४ बस्ने २४ वर्षीय देवेन्द्रबहादुर टुप्पालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत हेटौंडाको २०७७ असोज १९ गतेको फैसलाले बाल यौन दुरुपयोग मुद्दामा ११ महिना १५ दिन कैद सजाय भई भुक्तान गर्न बाँकी रही फरार रहेका उनलाई प्रहरी चौकी हात्तिसुडे मकवानपुरबाट खटिएको प्रहरीले सोही ठाउँबाट पक्राउ गरेको हो ।
मकवानपुर जिल्ला मनहरी गाउँपालिका–९ खरंगास्थित घुम्ती पसलबाट २० किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित सोही ठाउँ बस्ने २३ वर्षीया ममिता घलानलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँस्थित सडकको पेटी छेउमा रहेको घुम्ती पसलमा गाँजाको पुरिया बनाई विक्री गरिरहेको गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले पसल तलासी गर्दा बोरामा लुकाई राखेको उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यता हेटौंडा उपमहानगरपालिका– १५ गौरीटार बस्ने दिपक श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा मकवानपुर थाहा नगरपालिका–६ बस्ने २१ वर्षीय डेनी भट्टलगायत ६ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुलाई नगद १ लाख ३२ हजार ३ सय ९० रुपैयाँ, १५ थान कौडा, ६ बुक तास र जुवा खेल्न प्रयोग गर्ने पाउडर सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
यसैगरी चोरी मुद्दाका फरार प्रतिवादी मकवानपुर साविक छतिवन गाबिस–४ बस्ने ३१ वर्षीय राम बहादुर घलानलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत हेटौंडाको २०७१ भदौ १८ गतेको फैसलाले चोरी मुद्दामा ३ वर्ष ८ महिना २३ दिन कैद सजाय भई भुक्तान गर्न बाँकी रही फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले बकैया गाउँपालिका–४ बाट पक्राउ गरेको हो ।
यसैगरी, चेक अनादर मुद्दाका फरार प्रतिवादी मकवानपुर हेटौंडा उपमहानगरपालिका–८ बस्ने ५९ वर्षीय श्रीराम चौलागाईलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत हेटौंडाको २०७७ असोज २० गतेको फैसलाले चेक अनादर मुद्दामा २ वर्ष कैद र १ हजार रुपैयाँ जरिवाना ठहर भई भुक्तान गर्न बाँकी रही फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले सोही उपमहानगरपालिकाबाट पक्राउ गरेको हो ।
उनीहरुलाई जिल्ला अदालत मकवानपुर पठाइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय भिमफेदी मकवानपुर पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।