मकवानपुर । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक न्याय, समृद्दि, सुशासनकाे पक्षमा सुरु गरेकाे माेर्चाकाे नयाँ अभियान आम नेपालीलाई मन परेको तर केहिलाई मन नपरेको दाबी गरेका छन् ।
मकवानपुरको हेटौंडामा आज मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै प्रम दाहालले यस्तो बताएका हुन् ।
“हिजाे जनआन्दोलन मार्फत संघियता, लाेकतन्त्र र गणतन्त्रकाे लागि लडिरहने पार्टीहरुकाे हाल माेर्चा मार्फत नै एकता रहेकाे छ, याे गणतन्त्र र लाेकतन्त्रलाइ समाजवाद तर्फ उन्मुख गराएर अघि बढाउनु पर्ने देखिन्छ” उनले भने ।
कम्युनिष्टहरु आमबुझाइ अनुसार विभाजित मात्र हुन्छन भन्ने मात्र हाेइन आवश्यकता पर्दा साझा दुष्मन र साझा लक्ष्यका लागि ऐक्यबद्ध भएर समेत लाग्ने उनले बताए ।
प्रम दाहालले माेर्चा चार दलकाे मात्र हाेइन परिवर्तनका लागि समाजवाद तर्फ उन्मुख सम्पुर्ण जनताकाे रहेकाे बताए ।
प्रम दाहालले क्रान्तिकारीकाे त्याग र र बलीदानबाट प्राप्त उपलब्धिकाे धज्जि उडाउने काम हुनाले प्रतिक्रान्तिकाे माध्यमबाट परास्त्र गर्न आवश्यक रहेकाे बताए ।
मोर्चामा आफ्नो नेतृत्व प्रती खुल्दैव उनले भने “मैले कहिलेसम्म नेतृत्व गर्छु भन्ने थाहा छैन,तर यो बिचमा भ्रष्टाचारको उन्मुलनकाे लागि समाजमा सुशासन कायम राख्न, न्यायपुर्ण समाज निर्माण गर्न सरकार प्रतिबद्द रहनेछु ।”
उनले जलवायु परिवर्तनले दक्षिण एशियामा धेरै प्रभाव पारेकाे, संयुक्त राष्ट्र संघकाे वैठकमा नेपालकाे गरिवि, जलवायुले पारेकाे प्रभावका सम्बन्धमा कुरा उठाउने बताए ।
मकवानपुर । प्रेस चौतारी मकवानपुर महिला बिभागले जनैपूणिर्माको अवसरमा सामुहिक रक्षाबन्धन बिशेष कार्यक्रम गरेको छ ।
दाजुभाइ र दिदीबहिनी बिच प्रेमको प्रतिक मानिने रक्षाबन्धनमा पत्रकार महिलाहरूले पुरुषहरूलाई रक्षाबन्धन (डोरो) बांधिदिएर पर्व मनाईएको हो । पत्रकार महिलाहरू र पुरुषबीच आपसी भातृत्व, प्रेम अझै प्रगाढ रहाेस भनेर पर्व मनाइएकाे आयाेजकले जनाएकाे छ । कार्यक्रममा पत्रकार महिला तथा पुरुषहरुले आपसमा सामुहिक रक्षाबन्धन बाँधेर शुभकामना आदनप्रदान गरेका थिए ।
महिलाहरुलाई हरेक वर्ष तीजमा पुरुषहरुले विशेष कार्यक्रम आयाेजना गर्ने दर खुवाउने रमाइलाेमा सहभागी गराउने गरेकाे भए पनि प्रेस चाैतारी मकवानपुरमा पुरुषहरुकाे लागि जनैपूर्णिमाकाे दिन रक्षाबन्धन बाँधेर पर्व मनाइएकाे याे पहिलाे पटक हाे ।
समाजलाई सहीमार्गमा ल्याउन तथा सही संस्कारकाे मार्ग दर्शककाे रुपमा समेत पत्रकारिताले याेगदान गर्न सक्ने प्रेस चाैतारी नेपाल पुर्व केन्द्रिय सदस्य सरिता दाहालले बताइन् । ‘त्यसैले हामीले राखी भन्दा रक्षाबन्धनलाई छनाैट गरेका हाै’ उनले भनिन् ।

पत्रकारिताकाे क्रममा सधैं एउटै फिल्डमा हिड्ने क्रम आपतविपत पर्दा महिला पुरषले दाजुभाइ र दिदीबहिनीका रुपमा सहयाेग, भातृत्व, अभिभावकत्व र मित्रताकाे आभाष सधै भएकाे उनले बताइन् । औपचारिका रुपमा यसरी कार्यक्रम गरेकाे भन्दै र याे अवसर दिएकाेमा चाैतारी मकवापुर महिला विभागलाई केन्द्रिय सदस्य दाहालले दिएन् । नेपाली संस्कृती र परम्परालाई समान मान्यता दिनकाे लागि पनि यस्ता कार्यक्रमहरु आवश्यक रहेकाे उनले बताइन् ।
यसैगरी चाैतारी मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले चाैतारी महिला विभाग रचनात्मक काममा लागि परेकाे भन्दै प्रशंसा गरे । ‘यसरी नेपाली संस्कृति र परम्पराकाे जगेर्नामा हाम्रा साथीहरु लाग्नु भएकाे छ,याे कामकाे उच्चप्रशंसा गर्न लायक छ’ अधिकारीले भने ।
कार्यक्रममा चाैतारीका पूर्व केन्द्रिय सदस्यहरु दिपेन्द्र राेक्का, उज्वल अधिकारी, प्रदेश कमिटी सदस्यहरु दिपेश दाहाल, नविन तिमल्सेना जिल्ला कमिटिका पदाधिकारी तथा सदस्यहरुकाे सभागीता रहेकाे थियाे ।
कार्यक्रम चाैतारी मकवानपुर उपाध्यक्ष एवम् महिला विभाग प्रमुख सुनिता विष्टकाे अध्यक्षतामा भएकाे थियाे । संगठनले पहिलाे पटक सामान्य रुपमा सानाे समूहमा कार्यक्रम मनाइएकाे र आगामी दिनमा यसलाई थप व्यवस्थित र ठुलाे समूहमा मनाउन काेशिस गरिने विष्टले बताइन् ।
सधै कार्यक्षत्रमा व्यस्त हुने पत्रकारहरुलाई रिफ्रेसमेन्टकाे लागि पनि संगठनले समय समयमा विभिन्न रचनात्मक कार्यक्रम गर्ने गरेकाे चाैतारी मकवानपुर सहसचिव मनिता रानाले बताइन् ।
मकवानपुर । बागमती प्रदेश कृषि तथा पशुपन्क्षि मन्त्रि डा राजेन्द्रमान श्रेष्ठले कृषकहरुका लागि सम्मानित रुपमा बाँच्न पाउने परिस्थितिको सिर्जना गर्न कृषक परिचय पत्र वितरण गर्ने योजना अघि बढाइएको बताएका छन् ।
प्रदेश सरकारले कृषकहरूलाई डोर्याउदै कार्यस्थलमा अघि बढाउदै लगिरहेको मन्त्री श्रेष्ठले बताएका छन् । कृषि पेशा जीवनको र संस्कारको मूल आधार भएको भन्दै मन्त्री श्रेष्ठले खाद्य सम्प्रभुता सम्बन्धमा २०७५ सालमा नै कानुन निर्माण गरिसकेको, कृषि क्षेत्रमा महिलाहरुको सहभागिता हुने गरेको अवस्थामा पनि महिला र पुरुष समान भनिए पनि व्यवहारगत दलित सरह महिलाहरुलाई पनि पछाडी पारिएकोले समान अधिकारका लागि अगाडि बढ्नु पर्ने उनले बताए ।
मुलत उत्पादन र विकासका आधारभुत कुराहरुमा खाद्यान्न रहेकोले संधैभरि सबैले खान पुग्ने गरि उत्पादन गर्न तर्फ जोड दिन सरकार तत्पर रहेको बताए ।
कार्यक्रममा वागमति प्रदेश कृषि विकास निर्देशनालयका कृषि अर्थ विज्ञ रामहरी तिमल्सिनाले खाद्य अधिकार र खाध सम्प्रभुत्तामा बागमती प्रदेशको प्रयासका सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्दै देशमा ४८ प्रतिशत जनसंख्या मात्र खाधमा पुर्ण सुरक्षित रहेको बताएका छन ।
वागमति प्रदेशमा कृषि उपजमा आत्मनिर्भर र जीवन स्तर उकास्नका लागि प्रदेश सरकारले चालू आवका लागि १४ करोड वजेट विनियोजन गरेको उनले बताए । कार्यक्रममा राष्ट्रिय कृषक समह महासंघ नेपालका कार्यक्रम संयोजक केदार कोइरालाले किसान परिवेशमा प्रस्तुतिकरण गर्दै कृषि र खाध सुरक्षा विग्रदो अवस्थामा रहेको बताए ।
नेपालको कृषकले भुगोल र पहिचानमा आधारित कृषि खोजेकोले किसानको वर्गिकरण सहि ढंगले हुनुपर्ने उनले बताए । साना किसानहरुले कम र विषादि रहित उत्पादन गर्ने र व्यवसायिक कृषकहरुले लाभ प्राप्तिको लागि साना किसानको तुलनामा कम स्वस्थकर उत्पादन गर्ने गरिएको तर उत्पादनको मूल्य भने एकै किसिमको प्राप्तिले साना किसानहरु कृषि तर्फ विमुख हुँदै गईरहेको पाईएको उनले बताए ।
त्यस्तै कार्यक्रममा जैविक विविधता अनुसन्धान तथा विकासका लागगि स्थानिय पहलकि वरिष्ठ कार्यक्रम अधिकृत रिता गुरुङले कृषिमा महिला मैत्रि नितिकमे आवस्यक रहेको, स्थानिय बीउ प्रणालिमा अध्ययन अनुसन्धान जरुरि।रहेको भन्दै कार्यपत्र प्रस्तुत गरेकी थिइन । यसैगरी शिवशक्ति कृषि सहकारी संस्थाका सचिव प्रल्हाद पुडासैनीले किसानलाई कुनै अफिसमा जादा अपहेलना सहनु परेको गुनासो गरे ।
राष्ट्रिय कृषक समूह महासंघ नेपालको आयोजनामा महासंघका अध्यक्ष नवराज बस्नेतको सभाध्यक्षतामा खाद्य अधिकार, खाद्य सुरक्षा तथा खाद्य संप्रभुताको सम्बन्धमा कार्यक्रम भएकाे थियाे ।
मकवानपुर । मकवानपुरका वनकरीयाहरुले आफ्नो स्थायी बसोबासको लागि सामुहिक जग्गा माग्दै प्रदेशको मन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।
मकवानपुर जिल्ला मनहरी गाउँपालिका ४ ट्वाङ्ग्रामा कबुलियती बनको जग्गामा बस्दै आएका उनीहरुले स्याथी बसोबासको लागि दशकदेखि जग्गाको माग गर्दै आएका छन् । उनीहरुले आज पनि बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा वनकरिया महिला विकास संघद्वाराको नेतृत्वमा जातीगत स्थायी बसोबासको ब्यबस्था मिलाउनको माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।
भूमि व्यवस्था मन्त्रालयसमेत हेर्ने गरी गाभिएको प्रदेशको कृषि मन्त्रालयका मन्त्री डाक्टर राजेन्द्रमान श्रेष्ठलाइ ज्ञापन पत्र बुझाएको वनकरिया महिला विकास संघ संयोजक माया वनकरियाले बताइन् ।
मनहरी गाउपालिकाका ४ वडा अध्यक्ष प्रकाश थापा समेत सहभागीतामा उनीहरुले ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्र बुझ्दै बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्री श्रेष्ठले वनकरीया समूदायको मागलाई सम्बोधन गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
वनकरीया समूदायले एकदशक देखि नै सामूहिक पूर्जाको माग गर्दा संघ र प्रदेशको मन्त्रालयमा ज्ञापन पत्र बुझाउँदै आएको वनकारीया समुदायकी अगुवा सन्तोषि वनकरीयाले बताइन् । “हामीले कुनै पनि मन्त्रीलाई ज्ञापन पत्र बुझाउन छाडेका छैनौ, तर हाम्रो सुनुवाई भएकै छैन” सन्तोषिले भनिन् । हाल बसेको कबुलियती वनको जग्गामा वनसँगको संझौता अनुसार त्यो स्थान छाड्नु पर्ने समय नजिकीदै जाँदा आफूहरुलाई पीडा हुँदै आएको उनले बताइन् ।
तस्बिर साैजन्य पत्रकार निशा गुरुङ
मकवानपुर । बागमती प्रदेशको कृषि तथा पशुपंक्षि मन्त्रालय घेर्न आएका किसान र प्रदेश सरकार बीच सहमति भएको छ ।

मन्त्रालयमा सचिव शरण कुमार पाण्डेको उपस्थितीमा किसानहरुको मागलाई आगामी बजेटमा समावेश गर्न कोशिस गर्ने सहमति भएको हो ।
दुध उत्पादनमा आधारित अनुदान कार्यक्रमको कार्यविधिमा भएको व्यवस्था अनुसार बजेट काटीएको बताइएको थियो । उक्त प्रावधान र व्यवस्था अनुसार दोहोरोपन भएकोले कार्यविधिले दुग्ध सहकारी संस्थाहरूले अनुदान पाउनबाट वञ्चित भएको सन्दर्भमा आगामी दिनमा उक्त अनुदानबाट बञ्चीतमा परेका सहकारी संस्थाहरुलाई बजेटबाट सम्बोधन गर्न मन्त्री राजेन्द्रमान श्रेष्ठको नेतृत्वका सम्बन्धी निकायसँग समन्वय गरिने सहमति भएको सचिव पाण्डेले बताए ।
बागमती प्रदेश सरकारले दोहोरो अनुदान भएको भन्दै आगामी आर्थिक वर्षको लागि किसानले दुधमा पाउने अनुदान कटौती गरेपछि किसानहरु चितवनबाट हेटौंडामा मन्त्रालय घेर्न आएका थिए ।
चितवनको राप्ती, खैरहनी र माडी नगरपालिकामा स्थानीय सरकारले पनि अनुदान दिएको प्रदेश सरकारले पनि दिंदा दोहोरो भएको भन्दै अनुदान काटएिको थियो । त्यसपछि यसैको बिरोधमा किसानहरु प्रदेशको मन्त्रालयमा आइपुगेका थिए । उनीहरुले कृषि मन्त्रीको राजिनामा मागेका थिए ।
मकवानपुर । बादर आतङकले स्थानिय बासिन्दा र बाँदर बिच एक अर्कामा द्वन्द चलिरहेको र आफूहरु समस्यामा रहेकाे भन्दै पीडित किसानहरुले प्रदेश सरकारकाे ध्यानाकर्षण गराएका छन् ।
बाँदरले बालीनालीलाई तहसनहस पार्दै मान्छेहरुलाई समेत टोक्ने, झम्टने गरेकाे स्थानीयहरुकाे गुनासाे छ । आफूहरुले लगाएको बाली बाँदरका कारण असुरक्षित भएपछि बाँदर पीडित किसानहरु बस रिजर्भ गरेर बागमती प्रदेश सभा सचिवालय घेर्न आइपुगेका हुन् ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलको गृहजिल्ला धादिङका किसानहरु बागमती प्रदेशसभा भवनअगाडि नारबाजी गरेका छन् । बागमती प्रदेशसभा भवन अगाडि बुधबार मुख्यमन्त्री जमकट्टेलको गृहजिल्ला धादिङका किसानहरुले बाँदर आतंक नियन्त्रण गर्न सरकारविरुद्ध नाराबाजी गरेका छन् ।
धादिङको नीलकण्ठ नगरपालिका सिद्धलेक गाउँपालिकालगायत १५० भन्दा बढी किसानले बाँदर नियन्त्रण गर्न माग गर्दै नाराबाजी गरेका हुन् । यसअघि पटक पटक आफूहरुले बाँदरको समस्याबारे जानकारी गराएको भए पनि प्रदेश सरकारले समस्या निराकरणको लागि पहल नगरेको भन्दै उनीहरुले नाराबाजी गरेका हुन् ।
पीडित किसानले “किसान मार्न पाइँदैन, बाँदर पाल्न पाइँदैन, बादर आतंक बन्द गर, प्रदेश सरकार कहाँ छ, बाँदरपीडित यहीँ छ” लगायत नारा लगाएका थिए । प्रदेशसभा भवनअगाडि नाराबाजी गरेपछि मुख्यमन्त्री जमकट्टेलले किसानहरुलाई छलफलका लागि बोलाए ।
दुईवटा बस रिर्जभ गरेर हेटौँडा आईपुगेका करिब १५० जना किसानहरुले बाँदरले जनजीवनमा समस्या पार्दासमेत प्रदेश सरकार गम्भीर नबनेको बताए ।
धादिङको निलकण्ठ नगरपालिका, सिद्धलेक गाउँपालिका, ज्वालामुखी गाउँपालिकाका किसानहरुले अन्तराष्ट्रिय कानून देखाएर बाँदर आतंक बन्द नगरेको भन्दै प्रदेशसभा भवन परिषरमा प्रर्दशन गरेका हुन् ।
बाँदर आतंकको कारण ठुलो समस्या हुँदा पनि प्रदेश सरकार कानमा तेल हालेर बसेको पीडितहरुको आरोप छ । मकवानपुरमा राक्सिराङ, मकवानपुरगढीलगायतको गाउँपालिकामा बाँदरको कारण समस्या भएपछि गाउँपालिकाहरुले बाँदर तर्साउन बन्दुक वितरण गरेको थियो । तर यो प्रभावकारी नभएको उनीहरुको गुनासो छ ।
मकवानपुर । मानव जीवनकाे अन्त्यपछि परम्परा अनुसार जलाईन्छ वा जमिनमा गाडिन्छ । यसरी जीवनकाे अन्त्यसँगै जाेडिएका हुन्छन अन्य ८ जनाकाे जीवन बचाउन सकिने सम्भावनाहरु । जीवन दानलाई महादान मानिन्छ, आफ्नो जीवनको अन्त्य हुँदै गर्दा अन्य ८ जनालाई बचाउन सक्ने विकल्प मानिससँग हुन्छ, तर यस्तो कुरा हेक्का गरिन्न ।
स्वास्थ्य विज्ञहरुका अनुसार मस्तिष्क मृत्यु भएका व्यक्तिको अन्य अंगहरु दान गरेर अरु ८ जनाको जीवन बचाउन सकिन्छ । नेपालमा वार्षिक १ हजार जनाको ब्रे नडेथ हुने गरेको अनुमानित तथ्यांक रहेको राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठ बताउँछन् । केन्द्रका नेफ्रोलोजिष्ट डा. सुरेश महर्जनका अनुसार नेपालमा ब्रेन डेथ भएका व्यक्तिहरुको अंग प्रयोग गर्न सके हजारौंले पुर्नजीवन दिन सकिन्छ ।
वार्षिक ८ हजार जना मृगौैला र कलेजो प्रत्यारोपण गर्न सकिने अवस्था रहेको श्रेष्ठको भनाई छ । तर जनचेतनाको कमीका कारण खेर जाने ८ हजार अंगको उपयोग गर्न नसकिएको र हालसम्म नेपालमा जम्मा ५ ब्रेनडेथ भएका व्यक्तिको अंग उपयोग भएको छ । अंगदानबारे नबुझेकै कारण ब्रेनडेथ भएका व्यक्तिको अंगदानको सवाल निकै जटिल र चुनौतीपूर्ण बनेको स्वास्थ्यकर्मीहरुको भनाइ छ ।
हालसम्म केन्द्रमा १ हजार ७८ जनाको मृगौैला प्रत्यारोपण भएको र सबै प्रत्यारोपण शतप्रतिशत सफल भएको डा श्रेष्ठले बताए । सरकारले मृगौैला प्रत्यारोपण र डाइलाइसिस दुवै सेवा निशुल्क दिदै आएको छ । बिरामीको जीवन गुणस्तर अतिउच्च राख्न डाइलाइसिस भन्दा प्रत्यारोपणनै उत्तम विकल्प रहेको भए पनि अंग अभावमा यसो हुन नसकिरहेको छैन । प्रत्यारोपणलाई वढावा दिन अंगदान अभियानमा सबैको भूमिका महत्वपूर्ण रहेको श्रेष्ठ बताउँछन् ।
सातैप्रदेशमा प्रत्यारोपण सेवा विस्तारका लागि जनशक्ति, पूर्वाधार, उपकरण विकासको काममा केन्द्र लागिरहेको उनले बताए । यसैगरी केन्द्रका नेफ्रोलोजिष्ट डा. शुरेश साहले विदेशमा ८० प्रतिशत अंग प्रत्यारोपण मस्तिष्क मृत्यु भएका व्यक्तिहरुको अंगबाट हुने गरेको बताए । जीवित व्यक्तिको शरीरबाट अंग झिकेर प्रत्यारोपण गर्नुभन्दा मस्तिष्क मृत्यु भएकाहरुको अंग प्रत्यारोपण गर्दा जोखिम कम हुने भएकाले पनि मस्तिष्क मृत्यु भएकाहरुको अंग उपयोग भएको छैन ।
ब्रेन डेथ भएका व्यक्तिको अंग अर्काे जीवित व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्छ भन्ने कुरा स्वास्थ्यकर्मीहरुलाई समेत थाहा नभएको अवस्था हालको रहेको उनले बताए । नेपालमा वर्षेनी ३ हजार जनाको मृगौला र १ हजार जनाको कलेजो फेल हुने गरेको तथ्यांक रहेको छ । मस्तिष्क मृत्यु भएका एक व्यक्तिको ८ वटा अंग जीवित व्यक्तिमा प्रत्यारोपण गर्न सकिने भएपनि नेपालमा कलेजो र मिर्गाैला प्रत्यारोपण मात्रै भइरहेको छ ।
यसैबीच बागमती प्रदेशको राजधानी हेटौडामा रहेको हेटौडा अस्पतालमा ६ महिनाभित्र मृगौला प्रत्यारोपण सेवा सुरु हुने भएको छ । हेटौडा अस्पतालले शहिद धर्मभक्त प्रत्यारोपण केन्द्र भक्तपुरको सहयोगमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्न लागेको अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.रामचन्द्र सापकोटाले जानकारी दिए । प्रत्यारोपण सेवा सुरु गर्न अहिले अस्पतालमा पूर्वाधार निर्माणको साथै आवश्यक उपकरण खरिद गरि प्रत्यारोपण सेवा विस्तारको जग बसाउने काम भएको बताए । चालु आर्थिक वर्षको प्रदेश सरकारले हेटौडा अस्पताललाई प्रत्यारोपण सेवा सुरु गर्न अनुदान स्वरुप ९ करोड रुपैंया अनुदान दिएको थियो ।
सो रकम उपकरण खरिद र पूर्वाधार विकासमा खर्च गरि प्रत्यारोपण सेवा सुरु गर्न तयारी अवस्थामा रहेको मेसू सापकोटाको भनाइ छ । आगामी वर्ष २०८०।८१ को बजेटमा पनि प्रत्यारोपण सेवा शीर्षकमा ४ करोड रुपैंया विनियोजन भएको सापकोटाले बताए । विगत ३ वर्षदेखि हेटौडा अस्पतालमा मृगौला डाइलाइसिस सेवा सुरु गरिएको बताउदै उनले अहिले पनि महिनामा करीब ५० जना मृगौलाका बिरामी डाइलाइसिसका लागि पालो कुर्नपर्ने बाध्यता रहेकाे जानकारी दिए । डाइलाइसिसको बिरामीको तुलनामा अब १५ वटा डाइलाइसिस मेशिन थप गर्नपर्ने आवश्यक रहेको उनले बताए ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा.विश्वराज जोशीले हेटौडामा प्रत्यारोपण सेवा सुरु मात्र होइन त्यसलाई निरन्तरता दिने गरि काम भइरहेको बताए । प्रत्यारोपण सेवालाई निरन्तरता दिन पूर्वाधार विकास, जनशक्ति व्यवस्थापनको विषयमा तयारी भइरहेको जोशीले बताए । हेटौडा अस्पताल मदन भण्डारी प्रतिष्ठानको स्वामित्वमा रहने गरि सञ्चालन गर्ने निर्णय भइसकेको छ ।
शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरको सहकार्यमा हेल्थपाटी डटकमले आयोजना गरेको अंगदान र प्रत्यारोपण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा मेसू सापकोटाले उक्त जानकारी दिएका हुन् । कार्यक्रममा केन्द्रका नेफ्रोलोजिष्ट डा. शुरेश महर्जन र कार्यकारी निर्देशक डा.श्रेष्ठले नेपालमा ब्रेन डेथ भएका व्यक्तिहरुको अंग प्रयोग गर्न सके हजारौंले पुर्नजीवन पाउने बारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा हेटौडा उपमहानगरपालिका मेयर मिनाकुमारी लामाले अंगदानको विषयमा जनचेतना फैलाउनपर्नेमा जोड दिइन् । खेर जाने अंगको दान गर्न सके अन्य व्यक्तिले पुर्नजीवन पाउने बताउदै आफु अंगदान गर्नुपर्छ भन्ने चेतनामूलक कार्यक्रममा आफुले सधै सहयोग गर्ने प्रतिवद्धता जनाइन् । आफुले सधै स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको भन्दै मेयर लामाले हेटौडालाई स्वास्थ्यको हब बनाउन लागिपर्ने प्रतिवद्धता ब्यक्त गरिन् । यसैगरी निमित्त प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले अंगदानबारे जनचेतना फैलाउनु नै अहिलेको प्रमुख आवश्यकता रहेको बताए ।
अंगदान सम्बन्धमा बिरामी तथा परिवारलाई कन्भिन्स गराउने काममा सबैको भूमिका बराबर रहेको उनले बताए । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका अधिकारी दिपक तिवारीले बागमती प्रदेशमा विशिष्ठकृत सेवातर्फ केन्द्रित रहने गरि काम भइरहेको बताए । बागमती प्रदेशको १३ वटै जिल्ला अस्पतालमा ब्रेनडेथको कार्यक्रम लागू गर्न सकिने बताए । हेटौडा र भक्तपुर अस्पताललाई २ सय बेडको बनाउने तयारी गरि जनशक्ति दरबन्दी स्विकृतिका लागि सरकारलाई पठाएको उनले बताए ।
‘विश्वका मजदुर एक हौं’ भन्ने नाराका विश्वभर आज मे दिवस अर्थात् मजदुर (श्रमिक) दिवस मनाइँदैछ । आज मे १, अन्तर्राष्ट्रिय श्रमिक दिवस । करिब एकसय ३० वर्ष अघिदेखिको इतिहास बोकेको श्रमिक दिवसले श्रम गरेर खाने वर्गको प्रतिनिधित्व गर्दै अघि बढेको पाइन्छ ।
नेपालमा वि.सं. २००७ देखि श्रमिक दिवस मनाउन थालिएको हो । २००३ सालदेखि विराटनगर जुटमिलको मजदुर आन्दोलन हुँदै २००९ सालको न्यून वैतनिक कर्मचारीहरूको आम हड्तालले श्रमिकको पक्षमा ठूलो उपलब्धि हासिल गरेको थियो । विश्वमा औद्योगिक क्रान्तिसँगै उद्योग कलकारखानाको विकास तिब्र बन्यो । औद्योगिक विकासको क्रम बढ्दै जाँदा मजदुर र मालिकबीचको विभेद पनि बढ्न थाल्यो ।
मजदुरहरुमाथि आर्थिक शोषण हुन थाल्यो । उद्योग, कलकारखानाका मालिक धनी बन्दै जाने र मजदुरलाई दुईछाक खान पनि धौधौ पर्ने अवस्था बनेपछि सन् १८८६ मा अमेरिकाको सिकागो शहरमा मजदुर आन्दोलन सुरु भयो । मालिक र मजदुरबीचको असमानता हटाउने उद्देश्यले कामको निश्चित समय र उचित पारिश्रमिकको माग गर्दै सुरु भएको मजदुर आन्दोलन चर्कंदै गयो । आन्दोलनरत मजदुरसँग मालिक झुक्न बाध्य बने र मे १ तारिखका दिन मजदुरको मागको सम्बोधन भयो । यसैको खुशीयालीमा सन् १८९० देखि प्रत्येक वर्ष मे १ तारिखमा विश्वभर श्रमिक मजदुर दिवस मनाउन थालियो ।
सन २००९ देखि निरन्तर गोर्खा लाहारी प्रालिमा श्रमिकको रुपमा कार्यरत अर्धदक्ष मेरो श्रीमान २०७९ वैशाख २३ गते उद्योगमा श्रम गरिरहेको अवस्थामा एक्कासी स्वासप्रश्वास तथा छातीको दुखाई सहन नसकी पूरा काम नै नगरी विदा लिई अस्पतालका लागि दौडिएको कुरा आजको श्रमिक दिवसले झसक्क सम्झाइदियो । श्रमिक दिवसको लागि र्यालीमा हिड्नका लागि एक हप्ता अघिदेखि चुरफुर गर्ने, ट्रेड युनियनको झण्डाका लागि बासका सिन्का तयार पारी झण्डा समेत बनाएर कता कता लगिरहन्थे तर श्रीमानको त्यो चहलपहल यो साल छैन ।
यो भागादौडमा छोराछोरीको परीक्षा, स्वास्थ्य स्थिति, खानपानको राम्रोसँग ख्याल समेत राख्न सकिएन । छोराको रिजल्ट लिएर आउँदा चसक्क हुन्थ्यो मन । कति विषयमा फेल हुन्थ्यो । कुनै विषयमा त १ अंक समेत ल्याएको रहेछ । उपाय ट्युसन बाहेक अर्को थिएन । छोरी विहान ७ बजे स्कुल गएर फर्कदाँ साँझ ६/७ बजेकाे हुन्थ्याे। उसकाे पढाइ के कस्तो छ सम्म सोध्न भ्याउदिन थिए म । कुनै विषयको प्रश्न सोधी भने ममा एक किसिमको चिडचिडापन सुरु हुन्थ्यो र स्वयं समाधान गर्न बाटो सम्म देखाइदिन्थेँ ।
अस्पतालमा हिडेका श्रीमानको छातिको पिडा कम हुने नामै लिएन । लगातार विरामी नै परे, छातिमा गहिरो दुखाई अनि खोकी र श्वासप्रश्वास समस्या भएर २ दिन सम्म हेटौडा अस्पताल र चुरेहिल अस्पतालको बास भयो । चुरेहिलले कि भरतपुर कि त काठमाडौं जाने सल्लाहा दिए, तर अचानक कहाँ जाने, कसरी जाने अत्तो पत्तो नभएका हामी यक शुभचिन्तक स्वास्थ्यकर्मीको सल्लाहामा वीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर पुग्यौँ । त्यहाँ श्रीमानकाे उपचार सुरु भयो । सामान्य कमाई, खान लगाउन आफ्नो हिसाबले चलिरहेको तर बचत भने शुन्य भएको हाम्रो जस्तो मध्यम वर्गीय परिवारलाई स्वास्थ्यमा खर्च गर्न पसिना नै छुट्छ । हाम्रो पनि सुरुमै पसिना छुटिसकेको थियो ।
आफ्नो जागिरमा पारिवारिक स्वास्थ्य सेवा सुविधा नभएको र श्रीमानको सामाजिक सुरक्षा कोषले केही सुविधा दिन्छ कि वेवसाइट हेर्ने तथा ऐन कानुन पल्टाउन थालेँ । योगदानमा आधारित सामाजिक सुरक्षा कोषले स्वास्थ्य उपचारमा खर्च भएको ६० प्रतिशत दिने रहेछ, केही श्वास र आश पलायो । यो सत्य हो या हैन चेक गर्नकाे लागि हेटौडा अस्पताल, चुरेहिल अस्पतालको जम्मा जम्मी २० हजारको विलहरु सहित उद्योगबाट फर्म भराएर खामबन्दी गरी सामाजिक सुरक्षा कोषको कार्यालयमा पठाएँ । त्यसकाे केही समय पछि करिव ७ हजार खातामा रकम आयो । ऐनमा लेखिएको कुरा केही सत्य रहेछ तर पूर्ण हैन भन्ने विस्वश्त भए म । २० हजारको ६०% का दरले ७ हजार हुने रहेछ ? मनमा प्रश्न भएपनि पैसामा खासै ध्यान गएन । घरमा अर्को तनाव थपिसकेको थियो, आशाको केन्द्र कोषले निराशा थपिदिसकेको थियो ।
यता श्रीमानलाई करिव एक महिनापछि आएको बायस्पी रिपोटले एडभान्स लेभलको क्यान्सर प्रमाणित गरिसकेको थियो । आफ्नो सन्चयकोष र सहकारीमा गरेर करिव ७ लाख रुपैयाँ ऋण निकालेँ, बाँकी अन्य नपुग खर्चका लागि आफ्नो तलब थियो । उपचारको क्रममा भागदौडमा रहेका हामीलाई श्रीमानको अफिसले तारन्तार कल गरिरहेकौ थियो र अफिस आउन दवाव दिन थाल्यो । श्रीमानकाे अफिस जान सक्ने अवस्था थिएन । म पहिलो पटक उक्त उद्योगको गेट भित्र प्रवेश गरेको थिएँ । चुरोटको गन्ध चारैतिर थियो । मेरो लागि उक्त गन्ध सह्य थिएन तर श्रीमान यस्तो उद्योग भित्र कसरी काम गर्छन त्यो मलाइ उहाँको कार्यालयको पोशाक धुँदानै चाल थियो । उद्योगको प्रशासनमा गएँ र अस्पतालका सवै कागजपत्र लगेर वुझाईदिए, ती अधिकृत भन्दै थिए “हामी लामो समय यो ठाउँ यसरी ओगट्न सक्दैनौ विचार गर्नुहोस ।” उनकाे भनाइको मतलव थियो जागिरबाट निकालिनेछ । मेरो लागि ति अधिकृतका शब्दहरुले महत्व राखेन ।
मेरो तनाव अर्कोतिर केन्द्रित थियो, आफ्नो अफिस, घर, केटाकेटी, श्रीमान, अस्पताल, औषधिको जोहो, अफिसमा बिदा लिईरहनुपर्ने वाध्यता, घरको परिवारको बेवास्ता सबको भुमरिमा म एक्लो थिएँ । श्रीमानकाे केमो सुरु गरियो । त्यसपछि पनि पुनः करिव ८० हजारको खर्च विवरण सहित कार्यालयबाट अधिकृतको हस्ताक्षर सहितको फारम भरि पठाईयो कोषको कार्यालयमा, केही समयमा करिव ३७ हजार रकम खातामा आयो, केहि राहत महशुस भयो । एवम् रितले ३ वटा केमो साइकल सकिय पश्चात् उद्योगमा पुन कागजपत्र सहित श्रीमान स्वयं उपस्थित भए । त्यसपछि पुन ३ वटा केमो थेरापी गरियो । केमो साईकल सकियपछि चिकित्सकले डोटाटाटे स्क्यान गर्न भने यो कुन चराको नाम हो अत्तो पत्तो भएन । कहाँ चेक हुन्छ त्यो पनि था भएन ।
ऐन कानून एकातिर अनि वेथिति अर्कोतिर भएको यो परिपाटिमा न्यायिक प्रक्रियामा जाने हामीसँग न समय थियो न उर्जा नै । बोल्नका लागि शब्दहरु निस्कने अवस्था थिएन । घरमा हर समय एक किसिमको सन्नाटा जस्तै छाउँथ्यो । घर बाहेकका स्थानहरुबाट आउने प्रश्नको उत्तर दिँदा दिँदा वाक्क हुन्थे म । बस शुन्यता बाहेक केहि हुन्थेन मस्तिष्कमा तर पनि विरामीको अगाडी बलियो बनिदिनु पर्थ्यो, हासीदिनुपर्थ्यो ।
गुगलभरि खोजियो पेट स्क्यान भन्दा एडभान्स लेभलको स्क्यान रहेछ तर नेपालमा नहुने सुनिश्चित भइयो । त्यस पश्चात् एक पटक अर्को डाक्टरलाई देखाउने सल्लाह बमोजिम अमेरिकामा वस्ने नेपाली मुलका तर नेपाल आउँदा केही केहि नेपालीहरुको उपचार गर्ने डाक्टरलाई देखायौँ । ती डाक्टरले उक्त टेस्ट नगर्न भन्दै नानाथरिको टेस्ट लेखिदियर खर्चको बोझ वढाईदिए । अरु केहि गर्न नपर्ने ३/३ महिनामा सिटि स्क्यान गरेर बस्दा हुन्छ भने । त्यसपछि एक किसिमको ढुक्क भएको थियो तर मन न हो कहाँ मान्थ्यो र ढुक्क भएर बस्न । करिव १०/१२ दिनपछि काम सुरु गर्ने अभिलाषाका साथ उद्योग गए श्रीमान तर चिकित्सकको अनुमति लियर आउनुपर्ने भन्दै पठाईयो । पुनः अस्पताल गएर सीटी स्क्यान गर्दा अस्पतालले अप्रेसन गर्नु पर्ने भन्यो । चिकित्सकको अनुमति लिन गएका हामी अप्रेसनमा व्यस्त भयौँ । अप्रेसन सकेर घर आएको ३/४ दिनमा स्पष्टीकरण सोधिएको पत्र आयो घरमा ।
उद्योगमा उपस्थित नभयको प्रति उत्तर मागिएको थियो । एकातिर मानवता विहिन उद्योग, अर्कोतर्फ परिस्थिति, बेतलवी विदामा रहँदा समेत चैन नदिने उद्योगको क्रियाकलाप देखेर अति रिस उठेर आउँथ्यो । स्पष्टीकरणमा स्वास्थ्य उपचार गराउदै आएको र सो सम्वन्धमा थप जानकारी गराउने, चिकित्सकको राय धारणा पछि पठाउने सहितको भन्दै आफैँले पत्र पठाए । निरन्तर फलोअपमा रहनुपर्ने हामो बिचबिचमा अनेकन समस्याहरु आए । अस्पताल दौडनेको टुङ्गो समेत हुन्थेन । घरि फोक्सोमा पानी जमेको निकाल्न भनेर दौडियाैं, घरि घाउ पाक्यो भनेर दौडियाै, घरि शरीर शिथिल भयो भनेर दौडियाैं, घरि के के टेस्टको रिपोट देखाउन भन्दै । दिन माया मारेर मात्र पुग्दैन थियो कहिलेकाहि होटलमै बास वस्नु पर्ने हुन्थ्यो ।
यो भागादौडमा छोराछोरीको परीक्षा, स्वास्थ्य स्थिति, खानपानको राम्रोसँग ख्याल समेत राख्न सकिएन । छोराको रिजल्ट लिएर आउँदा चसक्क हुन्थ्यो मन । कति विषयमा फेल हुन्थ्यो । कुनै विषयमा त १ अंक समेत ल्याएको रहेछ । उपाय ट्युसन बाहेक अर्को थिएन । छोरी विहान ७ बजे स्कुल गएर फर्कदाँ साँझ ६/७ बजेकाे हुन्थ्याे। उसकाे पढाइ के कस्तो छ सम्म सोध्न भ्याउदिन थिए म । कुनै विषयको प्रश्न सोधी भने ममा एक किसिमको चिडचिडापन सुरु हुन्थ्यो र स्वयं समाधान गर्न बाटो सम्म देखाइदिन्थेँ । भागादौडमा चिकित्सकसँग उद्योगमा काम गर्न सक्ने नसक्ने प्रमाणित कागज बनाउनु मेरो आफ्नो मानवीयता भित्र पर्थेन ।
अप्रेसन पश्चात उपचारका सिलसिलामा सुरुदेखि पठाउन नभ्यायका सवै कागजात एकजुट गरेर कोष कार्यालयमा पठाईयो । कागजात पठाईएको करिव एक हप्तापछि कल आयो हामी यसकाे खर्च दिन सक्दैनौँ । कारण, किन नपाउने केही जवाफ आएन । पछि सोधेँ एकातिर उपचारका लागि कोषले १० लाख सम्मको उपचार खर्च दिने जस्ता न्युज आयका छन् अर्कोतिर यस्तो भन्नु हुन्छ, कुरा बुझिन मैले भनेर भन्दा तपाईंकाे विरामीको योगदान छैन, पैसा काटियको छैन त्यसैले मिल्दैन भन्यो । अब चुप लागेर वस्नु सिवाय अर्को विकल्प थिएन । तलबसहित अघि लिएका ऋण सकिसकेको थियो । अप्रेसन गरेको १ महिना पनि वितेकाे थियन उद्योगवाट पुनः पत्र आयो स्पष्टिकरण चित्त नबुझ्दो भएको कारण अवकाश गरिएको । अब हुन बाँकि यहि त थियो । श्रीमानले संधै पढिरहने श्रम ऐन पल्टायर हेरेँ, त्यहा व्यवस्था थियो बेतलवी विदा एक वर्ष लिन पाउने । एक वर्ष भित्र निष्कासन गरिए कानुनी प्रक्रियामा जान पाउने ।
ऐन कानून एकातिर अनि वेथिति अर्कोतिर भएको यो परिपाटिमा न्यायिक प्रक्रियामा जाने हामीसँग न समय थियो न उर्जा नै । बोल्नका लागि शब्दहरु निस्कने अवस्था थिएन । घरमा हर समय एक किसिमको सन्नाटा जस्तै छाउँथ्यो । घर बाहेकका स्थानहरुबाट आउने प्रश्नको उत्तर दिँदा दिँदा वाक्क हुन्थे म । बस शुन्यता बाहेक केहि हुन्थेन मस्तिष्कमा तर पनि विरामीको अगाडी बलियो बनिदिनु पर्थ्यो, हासीदिनुपर्थ्यो । उद्योगबाट छुटकारा पाएका श्रीमान नियम संगत आफूले पाउने सेवा सुबिधा लिन समेत जाने अवस्थामा छैनन् ।
एउटा श्रमिकले गम्भीर प्रकृतिको रोगको उपचारका क्रममा भोगेको यथार्थलाई सम्झदै श्रमिक दिवसको अवसरमा श्रम जीवनबाट छुटकारा पाएका श्रीमान सहित सम्पूर्ण श्रमिकहरुमा शुभकामना ।
मकवानपुर । चालु आर्थिक वर्षको ३ महिनामात्रै बाँकी रहदा संघीय लगानीमा बागमती प्रदेश सरकारमार्फत निर्माण हुने भनेको आवस निर्माणको कार्य प्रगती शून्य रहेको छ ।
चालु आर्थिक वर्षमा तोकिएको लक्ष्यित वर्गको आवास निर्माणको लागि छुट्याइएको ५ करोड बजेटको खर्च प्रगती शून्य रहेको हो । संघिय सरकारको विशेष अनुदान तर्फको सार्वजनिक निर्माण अन्तर्गत चेपाङ, वनकरिया, माझी, बोटे, थामीहरुको लागि एकिकृत वस्ती निर्माण गर्न यस आर्थिक वर्षमा ५ करोड छुट्याइएको थियो । जसमध्ये आर्थिक वर्षको ९ महिना सकिदासम्म निमांण हुने आवासहरुको लगत संकलन र विषयगत बैठकभन्दा बाहेक केही काम भएको छैन ।
लक्ष्यित वर्गको लागि मकवानपुर चितवन र धादिङ जिल्लाका लागि कुल १० करोड बजेटमा आर्थिक बर्ष ०७९।८० को लागि ५ करोड रकम विनियोजन गरेको थियो । ३ वर्षमा कार्य सम्पन्न गर्नुपर्नेमा सो योजना अन्तर्गत पहिलो बर्षमा कार्यविधि निर्माण, तथ्याँक संकलन भएको छ ।
आवास निर्माणका लागि कार्यक्रम सम्झौता समेत सकिएको छैन । कार्यक्रमको लागि सम्झौताको तयारी लगायतका कार्य भइरहेको भौतिक पूर्वाधार मन्त्रालयका सिनियर डिभिजन इन्जिनियर उपसचिव चन्द्रकाजि गुरुङले बताए । उल्लेखित जिल्लाहरुमा बस्तीको लागि लाभग्राही तथा लक्षित वर्गहरु मकवानपुरमा १२० घरधुरी रहेका छन् । यसैगरी चितवनमा ७५ घरधुरी र धादिङमा ५५ घरधुरी रहेको उनले बताए ।
लक्ष्यितवर्गको लागि आवास निर्माणार्थ प्रत्येक घरधुरीका लागि ४ लाख रकम बराबरको लागत अनुमान गरिएको छ । सरकारले घर निर्माण गरिदिने भनेको तर आशामात्रै देखाउँदै आवास निर्माणमा ढीलाइ गरेको मकवानपुर मनहरी नयाँ बस्तिका बोटे समूदायको गुनासो छ ।
“अघिल्लो वर्ष पनि घर बन्ने कुरा थियो, बनेन अहिले पनि कुरै मात्रै हो की” स्थानीय संगिता बोटेले भनिन् “अब झरीवर्षाको मौसम आउँदासम्म पनि घर नबने हाम्रो बिजोक हुन्छ ।” मनहरीको बोटे समूदायका १५ परिवारको केही वर्ष अघि एकीकृत बस्ति निर्माण गरिएको थियो । उनीहरुसँगै बस्दै आएका आवास विहिनहरुको लागि आवास निर्माण गर्ने भनिए पनि हालसम्म निर्माण हुन नसक्दा उनीहरु समस्या खेप्दै आएका छन् ।
मकवानपुर । राष्ट्रपति बिद्यादेवी भण्डारीले मकवानपुरको हेटौंडामा रहेको मदनभण्डारी स्वास्थ बिज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालको आज उद्घाटन गरेकी छिन ।
प्रतिष्ठानको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले स्वस्थ्य मानिसबाट मात्रै स्वस्थ समाज र सुदृढ राज्य निर्माण कार्यलाई यथार्थ कार्यरूप दिने र प्रतिष्ठानले यो अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन् । नेपालको संविधानमा नागरिकको लागि सुनिश्चित स्वस्थ्य सेवाको अधिकार लागू गराउनमा प्रतिष्ठानले टेवा पुर्याउने उनले बताइन् । ” नेपालको औद्योगिक क्षेत्रको रूपमा रहेको प्रदेशको राजधानीमा, स्थापित यो प्रतिष्ठानले जनतालाई माया गर्ने स्वास्थकर्मी उत्पादन गर्न सक्दामात्रै र स्वास्थ अनुसन्धानको क्षेत्रमा काम गर्दा मात्रै जननेता मदन भण्डारीको नाममा स्थापित यस प्रतिष्ठानको उदेश्य सार्थक हुनेछ” उनले भनिन् ।
राष्ट्रपति भण्डारीले जनताकाे स्वास्थ्यका निमित्त स्वास्थ्य क्षेत्रमा विकास हुन जरुरी रहेको बताइन् । आमनागरिकलाइ गुणस्तरीय सेवा प्रदान गर्न जननायक मदन भण्डारीकाे स्मृतिमा भवन निर्माण हुनुले आफूलाई खुसि लागेकाे उनले बताइन् । “केवल राेग नलाग्नु मात्र स्वस्थ हुनु हाेइन स्वस्थ हुन सकारात्मक रहनु नै वास्तवमा स्वस्थ रहनु हाे, हाल व्याप्त जनसंख्या बृद्दि, संक्रामक राेगहरुकाे प्रकाेपलाई न्युनिकरण गर्ने कुरामा मध्यनजगर गर्दै सार्वजनिक स्वास्थ्य सेवालाई सुदृढ गर्न तिनै तहकाे महत्त्वपूर्ण भुमिका रहने उनले बताइन् ।

प्रतिष्ठानले नागरिकहरुलाइ उत्कृष्ट स्वास्थ्य सेवा र स्वास्थ्यकर्मि, चिकित्सक तयार गर्नेमा विश्वस्त रहेकाे, स्वास्थ्य र शिक्षाकाे नाममा विदेश पलायन हुने जनशक्तिलाइ स्वदेशमै उच्च शिक्षा र उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने भण्डारीले बताइन् ।
कार्यक्रममा मुख्यमन्त्री शालिकराम जमरकट्टेलले २०७४ सालकाे निर्वाचन पश्चात् स्थापना भएकाे वागमति प्रदेश सरकारले शिक्षा र स्वास्थ्यलाई पहिलाे प्राथमिकतामा राखेर काम गरेकाे बताए ।

२०७६ असाेज २ गते मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले वागमति प्रदेश सभाबाट विधिवत रुपमा नामाकरण भएकाे थियो । वागमति प्रदेशकाे दुरदराजका विकट गाउहरुमा स्वास्थ्य जनशक्ति उपलब्ध गराउने काममा प्रतिष्ठानले महत्वपुर्ण भुमिका खेल्नु पर्ने मुख्यमन्त्री जम्कट्टेलले बताए ।
कार्यक्रममा प्रथम मुख्यमन्त्री डाेरमणि पाैडेलले संघिय सरकारले बीएस कन्ट्रक्सन कम्पनिसंग करिव ३५ कराेड रुपैयाँ लगानिमा सम्झाैता गरि मिति २०७६ भाद्र ७ गतेदेखि निर्माण कार्य सुरु भएकाे हो ।
उद्घाटनपछि राष्ट्रपति भण्डारीले अस्पतालकाे अवलाेकन तथा निरीक्षण समेत गरेकी थिइन ।
हेटाैडा उपमनपा-१ स्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटाैडा अस्पतालकाे परिसरमा अस्पतालकाे नवनिर्मित भवन उद्घाटन समाराेह कार्यक्रम मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान उपकुलपति विश्वराज जाेशिकाे सभाध्यक्षता तथा वागमति प्रदेश प्रमुख यादब चन्द्र शर्मा, वागमती प्रदेशका मुख्यमन्त्री तथा प्रतिष्ठानका कुलपति शालिक राम जमर्कट्टेल, प्रदेश सरकारका प्रथम मुख्यमन्त्रि डाेरमणि पाैडेल, प्रदेश सभामुख भुवन पाठक, प्रतिष्ठानका सहकुलपति तथा स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ, प्रतिनिधि सभा सदस्य महेष बर्ताैला, राष्ट्रिय सभा सदस्य रामचन्द्र राई लगायतकाे विशिष्ट आतिथ्यतामा करिव ४०० जनाकाे उपस्थिति थियो ।