मकवानपुर । बागमती प्रदेशका मुख्यन्यायधिवक्ताद्वारा प्रदेश प्रमुख समक्ष बार्षिक प्रतिवेदन पेश गरेका छन् । मुख्यन्यायधिवक्ता ओम प्रकास थपलीयाले प्रदेश प्रमुख यादव शर्मा समक्ष आर्थिक वर्ष २०७७/७८ काे बार्षिक प्रतिवेदन शुक्रबार पेस गरेका हुन् ।
प्रदेश प्रमुख समक्ष पेस गरिएकाे प्रतिवेदनमा गत आर्थिक वर्षमा मुख्यन्यायधिवक्ता कार्यालयले गरेका कार्यहरुकाे विवरण समेटिएको छ। प्रत्यक वर्ष मुख्यन्यायधिवक्ता कार्यालयले वार्षिक प्रतिवेदन प्रदेश प्रमुख समक्ष पेश गर्नु पर्ने सवैधानिक व्यवस्था रहेकाे छ ।
प्रस्तुत प्रतिवेदनमा मुख्यन्यायाधिवक्ताकाे कार्यालयले वर्ष भरिमा संवैधानिक एवं कानूनी विषयमा दिएको राय सल्लाहको संक्षिप्त विवरण, प्रदेश सरकार बादी वा प्रतिबादी भई दायर भएका मुद्दा मामीलामा प्रतिरक्षा गरिएको संक्षिप्त विवरण मुद्दा मामीलामा गरिनुपर्ने सुधारको विवरण उल्लेख गरिएको छ ।
मुख्यन्याधिवक्ताबाट प्राप्त प्रतिवेदन प्रदेश प्रमुख शर्माले शुक्रबार नै मुख्य मन्त्री अष्ट लक्ष्मी शाक्य लाई प्रदेश सभा समक्ष पेश गर्ने गरी हस्तान्त्रारण गरेका छन् ।