मकवानपुर । मकवानपुरको हेटौंडामा क्रेनले ठक्कर दिदा सहचालकको मृत्यु भएको छ ।
मंगलबार दिउसो हेटौडा उपमहानगरपालिका-१० कर्राचोक नजिकै प्रदेश २-०३००१ क २०२४ नं को क्रेन ब्याक गर्दा ठक्कर लागि सहचालक सानबाबु पासवानको मृत्यु भएको प्रहरीले जनाएको छ ।
क्रेनले ठक्कर दिदा गम्भिर घाईते पर्सा बिरगन्ज ३० लालपर्सा बस्ने २८ वर्षीय पासवानलाई उपचारको लागि हेटौडा अस्पताल पठाएकोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
क्रेन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको भने मृतकको शब हेटौडा अस्पतालमा रहेको बताइएको छ ।