मकवानपुर । बागमती प्रदेश मन्त्रिपरिषद्को मंगलबारको बैठकका निर्णय सार्वजनिक गरेको छ ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा बसेको बैठकले खरको छाना मुक्त बागमती प्रदेश कार्यक्रम सन्चालन कार्यबिधी २०८० स्वीकृत गर्नेलगायतका ४ वटा निर्णय गरेको बागमती प्रदेश सरकारका प्रवक्ता गङ्गा नारायण श्रेष्ठले बताए ।
बागमती प्रदेश मन्त्रीपरिषद्ले गरेको निर्णयहरु:
१.खरको छाना मुक्त बागमती प्रदेश कार्यक्रम सन्चालन कार्यबिधी २०८० स्वीकृत गर्ने ।
२.चेपाङ बनकरिया माझी बोटे एकीकृत बस्ती तथा आवास कार्यक्रम ( मकवानपुर, चितवन र धादिङ ) सम्बन्धि कार्यबिधी २०८०, स्वीकृत गर्ने ।
३. प्रदेश सभाको बर्षे अधिवेशन आज असोज २३ गते राती १२ बजे देखि अन्त्य गर्नको लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने ।
४. प्रहरी भवन निर्माणका लागि सम्बन्धित कार्यालयलाई अख्तियारी दिने ।