मकवानपुर । मकवानपुरे साहित्यकार तुल्सी थापालाई हेटौडामा अभिनन्दन गरिने भएकाे सम्मानित हुने भएका छन् । बुढ्यौली साहित्य समाज, मकवानपुरले थापालाई अभिनन्दन सहित सम्मानित गर्ने भएकाे हाे ।
समाजकाे दोस्रो वार्षिक उत्सवको अवसर पारेर थापालाई पल्पसा सदनमा हुने कार्यक्रममा अभिनन्दन सहित सम्मान गर्न लागिएकाे समाजका अध्यक्ष आरसी रिजालले जनाकारी दिए । हेटौंडा उपमहानगरपालिकाको सहयोगमा समाजले मंसिर १७ गते शनिबार अभिनन्दन सहित, कृति विमोचन तथा रचना वाचन कार्यक्रम समेत गर्ने बताइएकाे छ ।