मकवानपुर । हाम्रो आवाज मानव बेचबिखनबाट मुक्त समाज भन्ने नाराका साथ माइती नेपाल मकवानपुरले किशोरीहरूलाई नेतृत्व विकास तथा जीवन कलाको प्रशिक्षण कार्यक्रम गरेको छ ।
सामाजिक अभियानमा सकृय, आर्थिक सशक्तीकरण सहित किशोरीहरू सक्षमता हासिल गर्न सहयोग पुग्ने गरि प्रशिक्षण कार्यक्रम गरिएको बताइएको छ । किशोरीलाई बेचबिखन, हिंसा जस्ता घटनाबाट बच्न र बचाउन पनि सिप प्राप्त भएको प्रशिक्षणमा सहभागी एक प्रशिक्षार्थीले बताइन् ।
मकवानपुर जिल्लाको बकैया, बागमती, राक्सिराङ्ग, कैलाश मकवानपुरगढि गाउँपालिका र बारा तथा पर्सा जिलाका समेत गरी२० जना किशोरीहरू प्रशिक्षणमा सहभागी भएको माइती नेपाल मकवानपुर प्रमुख माया लामाले बताइन् ।
५ दिनसम्म चलेको प्रशिक्षण कार्यक्रममा प्रशिक्षण बच्चुराम बस्नेतले सहजीकरण गरेका थिए । यस्ता तालिमले किशोरीहरूलाई आफू र आफ्नो समाजमा बारम्बार आईपर्ने, अपर्झट आईपर्ने समस्यासँग मुकाविला गर्न सिप र शक्ति प्राप्त हुने प्रशिक्षक बस्नेतले बताए ।
माइती नेपालको बार्षिक स्वीकृत कार्यक्रम अन्तर उक्त कार्यक्रम गरिएको लामाले बताइन् ।