मकवानपुर । पछिल्लो २४ घण्टामा ७४ जना काेराेना संक्रमणमुक्त भइ डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप ३ सय ३९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएक्ाे छ । ४ हजार १ सय पीसीआर तथा १ हजार ४० जनाको एन्टीजेन परीक्षण गरिएकोमा पीसीआरबाट २ सय ९८ जना र एन्टीजेन परीक्षणबाट ४१ जनामा संक्रमण पुष्टि भएको हो ।
नयाँ संक्रमितमध्ये धेरै काठमाडौँ उपत्यकाका रहेका छन् । हाल देशभर २ हजार २ सय १ सक्रिय संक्रमित रहेका छन् । यसमध्ये संस्थागत आइसोलेसनमा ७ सय ६० र होम आइसोलेसनमा १ हजार ७ सय ४१ जना रहेका छन् ।