मकवानपुर । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको निर्वाचन आज हुँदै छ । अहिले मतदान सुरू भएकाे छ । मतदान वेलुका ४ बजेसम्म हुने छ । आगामी ३ वर्षको कार्यकालको लागि निर्वाचन हुने भएको हो । पदाधिकारी सहित कुल १७ पदको लागि ३४ जनाको उमेदवारी परेको छ । महासंघ मकवानपुर अध्यक्ष पदमा ४ जनाले उमेदवारी घोषण गरेकोमा विभिन्न सांगठनिक गठबन्धनपछि २ वटा प्यालन आज मैदानमा भिड्ने भएकाे छ ।
मकवानपुरका निर्वाचन अधिकृत ध्रुबप्रसाद चौलागाईका अनुसार अध्यक्ष पदका लागि बालकृष्ण अधिकारी र मणिराज गौतमको प्यानल आज मैदानमा भिड्दै छ । महासंघ मकवानपुरको उपाध्यक्ष पदको लागि ध्रुबप्रसाद अधिकारी र राजन दाहालले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै महिला उपाध्यक्षतर्फ सम्झाना रिजाल र सरला अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् । सचिव पदमा रामशरण दुलाल र शुभलक्ष्मी विश्वकर्मा, सह–सचिव समावेशितर्फ मन्दिरा बानियाँ (मानबी) र रुपकराज कालिराज, तथा खुल्लातर्फ देवराज पन्त, कपिल खड्का, यमप्रसाद पौडेल (एपी शर्मा) र राज सापकोटाले उम्मेदवारी रहेको छ ।

यसैगरी कोषाध्यक्ष पदका लागि तिलक अधिकारी र केशव समर्पण सुबेदीको उमेदवारी रहेको छ । सदस्य महिलातर्फ प्रतिक्षा न्यौपाने र रुपा गुरुङले उम्मेदवारी दर्ता गराएका छन् भने सदस्य दलिततर्फ शान्ति सुनारकाे मात्रै उम्मेदावरी परे पछी निविरोध भइसकेकी छन् । त्यस्तै सदस्य आदीबासी जनजाति कोटामा अजिता नगरकोटी, नवराज वाईबा र सदस्य (मधेशी) आदित्य कर्ण र मनिल महतो रहेका छन् । खुल्लातर्फको ६ सदस्यका लागि भने १७ जनाले उम्मेदवारी दिएर चुनावी मैदानमा होमिएका छन् ।
सदस्य पदका लागि अर्जुन संञ्जेल, अशेष ढुंगाना, उज्ज्वल अधिकारी, जिबराज बख्रेल, दिलबहादुर लामा, नानीमाया सापकोटा (गौतम), प्रदिप अधिकारी, प्रमोद अर्याल, प्रेमकला पौडेल (प्रिया), बलराम पुडासैनी, रेवतीप्रसाद तिमल्सिना (नविन), विजय पौडेल, सुमन दाहाल, सुशन लामिछाने, श्रृजना नेपाल र होमनाथ यादव चौलागाईले उम्मेदवारी रहेको छ ।
त्यस्तै राष्ट्रिय परिषद् सदस्य (खुल्ला) मा भानुभक्त आचार्य, राजन (खुसराज) दाहाल, रामकुमार एलन, रिपेश दाहाल, महिलामा सरिता दाहाल र नानीमैया विष्टको उम्मेदवारी परेको छ । आदीबासी जनजातिमा सुर्वणलाल श्रेष्ठको मात्रै उम्मेदवारी परेकोले निर्विरोध निर्वाचित भएका छन् ।
यसैगरी प्रदेश परिषद् सदस्य (खुल्ला) गणेशदर्पण अधिकारी, छबिलाल श्रेष्ठ, विश्वराम अधिकारी
(विवश), रविन्द्र गौतम, शिव चौलागाई, सुजन ढकाल, सुनिल शिवाकोटी, प्रदेश परिषद् महिलामा अन्जली थापा, आरती ढकाल, भावना रिजाल, आदीबासी जनजातितर्फ अमर लामा, अशोक सुजन श्रेष्ठ, रञ्जिता डंगोल, रोशन श्रेष्ठले उम्मेदवारी दिएका छन् । प्रदेश परिषद् सदस्य दलिततर्फ कृष्णराम परियारको मात्रै उम्मेदवारी परेकोले निर्विरोध भएका छन् । निर्वाचन अधिकृत चाैलागाइका अनुसार अन्तिम नामावली प्रकाशन भएपछि ४ जनाले उमेदवारी फिर्ता लिएका हुन् ।
आज इतिहासमै पहिलोपटक एकै दिन पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणाली अनुसरण गर्दै नेपाल पत्रकार महासंघ केन्द्र, प्रदेश र जिल्लामा निर्वाचन हुदैछ । नेपाल पत्रकार महासंघ मकवानपुर शाखामा १६४ जना पत्रकारहरुले मतदान प्रकृयामा सहभागी हुनेछन् । देशभरबाट १३ हजार १ सय ८० पत्रकारहरुले तीन वर्षे कार्यकालका लागि आफ्नो नेता चुन्ने छन् ।
यस्तै महासंघ केन्द्रीय अध्यक्ष पदका लागि विपुल पोखरेल र निर्मला शर्मा प्यानलसहित प्रतिस्पर्धामा छन् । शर्मा प्रेस चौतारी (केपी ओली समूह) सहितको गठबन्धनबाट उम्मेदवार छिन् । पोखरेल प्रेस युनियन, प्रेस सेन्टर र प्रेस चौतारी (माधव नेपाल समूह) सहित ११ वटा संगठनको साझा उम्मेदवारको रुपमा छन् । उनीहरुबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएकाे छ । अध्यक्ष पदका लागि स्वतन्त्र रुपमा गजेन्द्रसिंह बुढाथोकी पनि प्रतिस्पर्धामा उत्रिएका छन् ।
शर्मा नेतृत्वको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा माधव नेपाल, समावेशी उपाध्यक्षमा अवधेश झा र महिला उपाध्यक्ष दाना केसी सुवेदी उम्मेदवार छन् । यो प्यानलमा बालकृष्ण बस्नेत महासचिवको उम्मेदवार छन् । यसैगरी सचिव पदमा रामकृष्ण ज्ञवाली (खुल्ला), निमा काफ्ले (महिला), शाहीमान राई (आदिवासी जनजाति), स्वेता सिन्हा (मधेसी), मधु शाही (दलित) र रामेश्वर कार्की (एशोसिएट) उम्मेदवार बनेका छन् । कृष्ण गिरी कोषाध्यक्ष पदमा र द्वारिकाप्रसाद काफ्ले लेखा समितिको संयोजक पदमा प्रतिस्पर्धामा उत्रिएका छन् ।
पोखरेल प्यानलबाट वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, समावेशी उपाध्यक्षमा उदय जीएम र महिला उपाध्यक्षमा बाला अधिकारी उम्मेदवार छन् । रोशन पुरी महासचिवको उम्मेदवार छन् । यो प्यानलबाट सचिव पदमा गोविन्द चौलागाई (खुल्ला), पवन आचार्य (एशोसिएट), सिर्जना अर्याल (महिला), नारायण किलम्बु (आदिवासी जनजाती), दिपेन्द्र चौहान (मधेसी), हेमकर्ण विक (दलित) उम्मेदवार छन् । यसैगरी कलेन्द्र सेजुवाल कोषाध्यक्ष र लेखनाथ न्यौपाने लेखा संयोजकमा उम्मेदवार बनेका छन् ।
यस वर्ष प्रत्यक्ष निर्वाचन प्रणाली अपनाइएकाले महासंघका केन्द्रीय पदाधिकारी र सदस्यलाई देशभरका सदस्यहरुले आ–आफ्नो मतदान केन्द्रबाट भोट हाल्न पाउँछन् ।