मकवानपुर । बागमती प्रदेश नेकपा एमालेकाे संसदीय दलकाे बैठक चैत्र १८ गते बस्ने भएकाे छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेकपा एमालेको संसदीय दलको बैठक चैत्र १८ गते बस्ने गरी बाेलाएका छन् ।
प्रदेश सभामा एमाले संसदीय दलका नेतासमेत रहनुभएका पौडेलले संसदलिय बैठकमा प्रदेशसभामा दर्ता गरेको अविश्वासको प्रस्ताव फिर्ता लिन निर्देशन दिने बुझिएको छ । बागमती प्रदेशमा एमालेको एकल बहुमत छ । बुधबारको संसदीय दलको बैठकमा एमालेकै माधवकुमार नेपाल समूहका सांसद सहभागी हुन्छन् या हुँदैनन भन्ने बारे अझै टुंगो लागेको छैन ।
सर्वोच्चको फैसलाबाट एमाले र माओवादी केन्द्र ब्युँतिनुअघि तत्कालीन नेकपाको प्रचण्ड-माधव नेपाल पक्षले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । एमाले ब्युँतिसकेपछि अविश्वासको प्रस्ताव फिर्ता लिन नेपालपक्षीय सांसदहरूमाथि दबाब छ ।