हेटौंडा । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षभरी गरिने कामका विषयमा मुख्यमन्त्री डोरमणि पौडेल र प्रदेशका सवै मन्त्रालयका मन्त्रीहरु बीचमा करार सम्झौता भएकाे छ ।
मुख्यमन्त्री पौडेलले आन्तरीक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेल, आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेल, भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाल, भूमि व्यावस्था कृषि तथा सहकारी मन्त्री दावा दार्जे लामा, सामाजिक विकास मन्त्री युवराज दुलालसंग विहिबार करार संझौता गर्नु भएको हो । जिल्ला बाहिर रहेकाले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल भने उपस्थित कार्यक्रममा हुनु भएन । करार संझौतामा मन्त्रालयहरुले गर्ने वर्ष भरीकाे काम उल्लेख गरिएको छ ।
कार्यक्रममा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका नीति, कार्यक्रम र गर्ने कामको प्रतिवद्धताका लागि संझौता गरिएको वताउनुभएको छ । करार संझौता संघीय सरकारले पहिले देखिनै गरेको भएपनि प्रदेश सरकारले पहिलो पटक गरेको वताउँदै उहाँले भन्नुभयो–‘यो संझौताले कामप्रति प्रेरित गर्न थप सहज प्रदान गर्ने छ ।’ संझौताले कामको सफलता प्राप्त गर्न सहज हुने उहाँले वताउनुभयो ।