मकवानपुर । अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियाेगितामा बागमती प्रदेश प्रथम भएकाे छ । बागमतीले कुल पदक मध्ये ६१ स्वर्ण, ४२ रजत र ३६ कास्य गरी कुल १३९ पदकका साथ प्रथम स्थान हासिल गरेकाे हाे । प्रतियाेगितामा समावेश पुरुष फुटबलकाे नतिजा अघिनै बागमतीले प्रथम स्थान हासिल गरेकाे हाे ।
बागमती प्रदेश सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास परिषद्, बागमतीको संयुक्त आयोजनामा चैत २५ गतेबाट सुरु प्रतियाेगिता अन्तरगत पुरुष फुटबलकाे फाइनल खेल आइतबार हेटौडा ६ स्थित गौरीटार रंगशालामा हुने छ । पुरुष फुटबलकाे फाइनलमा बागमती र काेशी प्रदेशबीत प्रतिस्पर्धा हुने आयाेजकले जनाएकाे छ ।
सुदुरपश्चिम प्रदेशले कुल ७१ पदक सहित द्वितीय स्थान हासिल गरेकाे छ । सुदुरपश्चिम २१ स्वर्ण, २१ रजत र २९ कास्य पदक प्राप्त गरी द्वितीय भएकाे हाे । यस्तै प्रतियाेगितामा काेशी प्रदेश तृतीय स्थानमा रहेकाे छ । काेशी १५ स्वर्ण, २३ रजत र ३६ कास्य पदकका साथ तृतीय स्थानमा रहेकाे छ ।
यसैगरी गण्डकी ११ स्वर्ण, १८ रजत र २० कास्यसहित ४९ पदकका साथ चौथो स्थानमा रहँदा लुम्बिनी ११ स्वर्ण, १६ रजत र २८ कास्य गरी कुल ५५ पदकका साथ पाचाैं स्थानमा रहेकाे छ भने कर्णाली ११ स्वर्ण, १० रजत र २४ कास्य पदकका साथ छैटौं स्थानमा रह्याे । यस्तै मधेस प्रदेश प्रतियाेगिताकाे पदक तालिकामा अन्तिममा रहेकाे छ । उसले ३ स्वर्ण, ३ रजत र १५ कास्य पदक प्राप्त गरेकाे छ ।
प्रतियोगितामा एथलेटिक्स, भलिबल, फुटबल, कराँते, तेक्वान्दो, बक्सिङ, पौडी, ब्याडमिन्टन र क्रिकेट गरी ९ खेल समावेश गरिएकाे थियाे । बागमतीले महिला भलिबलमा १ स्वर्ण, बक्सिङ्गमा ९ स्वर्ण ६ रजत र ६ कास्य, करातेमा ९ स्वर्ण, ३ रजत र ४ कास्य, तेक्वान्दाेमा ७ स्वर्ण, ४ रजत र ९ कास्य एथलेटिक्समा ७ स्वर्ण, ७ रजत र ८ कास्य, पौडीमा २७ स्वर्ण, १९ रजत र ७ कास्य र बाडमिन्टनमा १ स्वर्ण, ३ रजत र २ कास्य पदक प्राप्त गर्दै प्रथम भएकाे हाे ।
यस्तै सुदुरपश्चिमले महिला क्रिकेटमा १ स्वर्ण, बक्सिङमा ३ स्वर्ण, १ रजत र ६ कास्य, करातेमा ३ स्वर्ण, २ रजत र ५ कास्य, तेक्वान्दाेमा ५ स्वर्ण, ३ रजत र २ कास्य, एथलेटिक्समा ६ स्वर्ण, ६ रजत र ६ कास्य, पौडीमा ३ स्वर्ण, ८ रजत र ७ कास्य, बाडमिन्टनमा २ कास्य, महिला फुटबलमा १ रजत, पुरुष भलिवलमा १ कास्यसहित प्रतियाेगिताकाे द्वितीय स्थानमा रहेकाे हाे ।
प्रतियाेगितामा काेशीले महिला फुटबलमा १ स्वर्ण, महिला क्रिकेटमा १ रजत, पुरुष भलिबलमा १ रजत, बक्सिङमा २ स्वर्ण, ५ रजत र ६ कास्य, करातेमा १ स्वर्ण, ६ रजत र ६ कास्य तेक्वान्दाेमा ५ स्वर्ण, २ रजत र ६ कास्य, एथलेटिक्समा २ स्वर्ण, ४ रजत र २ कास्य, पौडीमा ३ रजत र १३ कास्य ब्याडमिन्टनमा ४ स्वर्ण, १ रजत र ३ कास्यपदक सहित तृतीय स्थानमा रहेकाे छ ।
भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा चैत्र २५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गरी सुरु प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियाेगिता अन्तरगत पुरुष फुटबलकाे खेल मात्रै गौरीटार रंगशालामा भएकाे हाे । अन्य खेल चितवनमा भएका थिए ।
अन्तर प्रदेश खेलकुद प्रतियाेगिताकाे पदक तालिका यहाँ क्लिक गरी हेर्न सक्नुहुनेछ