मकवानपुर । त्रि वि शिक्षण अस्पतालमा अनशनरत डा. गोविन्द केसीले आज आइतबार अनशन तोडेका छन् । अस्पतालका सफाइ कर्मचारी ४६ वर्षीय विकास नेपालीकाे हातबाट जुस पिएर उनले अनशन ताेडेका हुन् । हिजाे शनिवार राति डा. केसी र सरकारबीच ८ बुँदे सहमति भएपछि उनले आज २८ आै दिनमा अनशन तोडेका हुन् ।
डा. केसीले चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राख्दै गत भदौ २९ गतेदेखि जुम्लामा १९ औँ अनशन सुरु गरेका थिए । असोज ६ गतेदेखि त्रि वि शिक्षण अस्पतालमा अनशन बसिरहेका डा.केसीले सरकारले माग सम्बोधन गर्न सहमति भएपछि अनशन तोडेका हुन् ।
डा. केसीको स्वास्थ्यमा समस्या देखिन थालेपछि चिकित्सक संघले केसीका माग सम्बोधन नगरेको भन्दै आन्दोलन घोषणा गर्दै आएको थियो । सरकार र डा. केसी पक्ष सहमतिमा आएपछि संघले गर्ने भनेकाे आन्दोलन फिर्ता लिएको छ ।