मकवानपुर । कतारमा जारी विश्वकप फुटबल २०२२ अन्तर्गत अर्जेन्टिना फाइनल प्रवेश गरेको छ ।
नेपाली समय अनुसार मंगलबार राती १२:४५ बजे लुसेल रंगशालामा भएको पहिले सेमिफाइनल खेलमा क्रोएसियालाई ३-० गोल अन्तरले हराउदै अर्जेन्टिनाले फाइनलको यात्रा तय गरेको हो । अर्जेन्टिनाले खेलको ३४ मिनेटमा पेनाल्टी बाट १ गोलको अग्रता लिएको थियो ।
खेलको पहिलो हाफको ३९ औ मिनेटमा पुन १ गोल थपेको अर्जेन्टिनाले दोस्रो हाफको ६९ औ मिनेटमा क्रोएसियाको गोल पोष्टमा थप एक गोल गर्दै फाइनल प्रवेश गरेको हो । क्रोएसियाले खेल अबधि भर गोल गर्ने प्रयास सफल भएन ।
कतारमा विश्वकपमा साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसिया, अर्जेन्टिना र मोरक्कोले सेमिफाइनलको यात्रा तय गरेका थिए । अर्जेन्टिनाले क्वार्टरफाइनलमा नेदरल्याण्ड्सलाई पेनाल्टीमा ४-२ ले हराउँदै सेमिफाइनलको यात्रा गरेको हो । त्यस्तै, क्रोएसियाले ब्राजिललाई पेनाल्टीमै हराएर सेमिफाइनल प्रवेश गरेको हो ।
कतार विश्वकपको दोस्रो सेमिफाइनल मोरक्को र फ्रान्स बिच हुनेछ । यी दुई टोलीबीचको सेमिफाइनल भिडन्त बुधबार राति १२ः४५ बजे अल बेत स्टेडियममा हुनेछ । अन्तिम क्वाटरफाइनलमा इंग्ल्याण्डलाई २-१ ले हराउँदै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको हो । शनिबार भएको क्वाटरफाइनल खेलबाट पोर्चुगललाई १-० ले हराउदै मोरक्को सेमिफाइनल प्रवेश गरेको हो ।
विश्वकप अन्तर्गत फाइनल खेल अर्जेन्टिना र मोरक्को र फ्रान्स बिच हुने सेमिफाइनल बिजेता बिच पुस ३ गते हुने छ ।