मकवानपुर । बागमती जिल्लाको दोलखा जिल्लामा अझै मतगणना सुरु भएको छैन । मंसिर ४ गते सम्पन्न मतदान प्रक्रिया निष्पक्ष नभएको भन्ने विषयमा विवादपछि यहाँको मतगणना अझै सुरु नभएको हो ।
प्रदेशको अन्य जिल्लाहरुमा मतगणना धमाधम चलिरहदा र केही जिल्लाको केही क्षेत्रमा अन्तिम नतिजा समेत आइसक्दा पनि दोलखा जिल्लामा भने मतगणना नै सुरु हुन सकेको छैन ।
निर्वाचनको दिन दोखला जिल्लाको बैतेश्वर गाउँपालिकाको वडा न १,२, ३, र ६, तामाकोशी जफे गाउँपालिकाको ३, गौरीशंकर गाउँपालिकाको वडा न १ र कालिञ्चोक गाउँपालिकाको वडा न १ मा सक्ता गठबन्धनले बुथ कब्जा गरेको आरोपमा विवाद चुलिदै आएको दोलखाबाट सञ्चारकर्मी बुना घिमिरेले जानकारी दिइन् ।
सत्ता गठकन्धनले बुथ कब्जा गरेर आफ्ना मतदाताहरुलाई मात्र भोट हाल्द दिएको एमालेको आरोप छ । एमालेले यि क्षत्रमा पुन मतदान कार्यक्रम नभइ मतगणना सम्बन्धी सबै कार्यक्रम बहिष्कार गरेको छ ।
आज विहानको लागि बोलाईको सर्वदलीय बैठक समेत एमालले बहिष्कार गरेपछि बैठक बस्न सकेन । यि क्षेत्रमा पुन मतदान हुनुपर्ने माग गर्दै एमालेतर्फमा प्रतिनिधि सभाका उम्मेदवार बालकृष्ण सिवाकोटीले निर्वाचन कै दिन मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुन मतदानको माग गर्दै उजुरी दर्ता गराएका थिए ।
तर भोली पल्ट मंसिर ५ गतेसम्म पुन मतदानबारे कुनै निर्णय नआएपछि एमालेबाट प्रदेश सभातर्फमा उम्मेदवारहरु भरतबहादुर केसी र नर बहादुर श्रेष्ठले समेत पुन मतदानको माग गर्दै उजुरी दिएका छन् ।
उनीहरुको उजुरी निर्वाच आयोगको केन्द्रीय कार्यालयमा पुगेको र केन्द्रले जे निर्णय पठाउँछ त्यही गर्ने भन्दै जिल्ला निर्वाचन कार्यालय पर्ख हेरको अवस्थामा रहेको बताइएको छ ।
सत्ता गठबन्धनले बजारको चोकचोकमा मतगणनाको माग गर्दै नाराबाजी गरेपछि स्थिती अशान्त बनेको छ । प्रहरीले सुरक्षा व्यवस्था बलियो बनाएको कारण कुनै घटनाभने हालसम्म भएको छैन । गएराती समेत मतगणनाको माग गर्दै नाराबाजी गरिएको थियो । अहिले पनि सातदोबाटो चोकलगायतमा प्रहरी परिचालन गरिएको र सुरक्षा व्यवस्था चुस्त पारीएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ ।