मकवानपुर । मकवानपुरमा थप ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
सोमबार संकलन गरिएको ८३ जनाको स्वाब र परीक्षण हुन बाँकी ६१ जनाको स्वाब सहित १ सय ४३ जनाको परीक्षणमा ३३ जनामा कोरोना संक्रमण देखिएको हेटौंडा उपमहानगरपालिकाका स्वास्थ अधिकृत भोलानाथ चौलागाईंले जानकारी दिए ।
कोरोना पुष्टि भएकामा ११ जना महिला र २२ जना पुरुष छ्न । पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका २९ जना,बागमती गाउँपालिकाका २ जना,मकवानपुरगढी र जिल्ला बाहिरका १/१ जना रहेका छन् ।