मकवानपुर । मकवानपुरमा थप ३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हेटौंडामा गरिएको १ सय ५३ जनाकाे स्वाब परीक्षण गर्दा ३९ जनामा कोरोना पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका स्वाथ्य अधिकृत भोलानाथ चौलागाईले बताए ।
काेराेना संक्रमित मध्य ११ जना महिला २८ जना पुरुष रहेक छन् । संक्रमित हेटाैडा उपमहानगरपालिकाका ३१ जना, भीमफेदी गाउँपालिकाका २ जना र थाहा नगरपालिकाका ६ जना रहेका छन् । याे संक्रमितको संख्या ३४ प्रतिशत रहेको छ।