मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका स्थानीय तहहरुको अनुगमन गरेको छ । अनुगमनको क्रममा कृषीलार्इ प्राथमिकता दिदै योजना तथा बजेट बनाउन सु दएको छ । जिल्लाको थाहा नगरपालिकालाई कृषि र पर्यटन क्षेत्रमा केन्द्रित भएर रोजगारमुखि कार्यक्रमहरु संचालन गर्न सुझाव दिएको छ । आईतबार जिल्ला समन्व्य समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको नेतृत्वमा गरिएको अनुगमनका क्रममा प्रमुख खुलालले कृषि र पर्यटन क्षेत्रको प्रचुर संभावना भएकाले त्यसमै केन्द्रित भएर कार्यक्रमहरु संचालन गर्न सुझाव दिनुभयो ।
अनुगमन टोलीले चालु आर्थिक वर्षमा नगरपालिकाले संचालन गरेका योजना तथा कार्यक्रमहरुका बारेमा जानकारी लिनुका साथै विभिन्न विषयमा छलफल समेत भएको थियो । छलफलका क्रममा प्रमुख खुलालले कृषि र पर्यटनबाट थाहा नगरपालिकाले समृद्धि हासिल गर्न सक्ने बताउनुभयो । विविधताले भरिएको थाहा नगरपालिकालाई व्यवस्थि तगर्न सके समृद्धि हासिल गर्न सकिने बताउनुभयो ।
उहाँले मैत्रीपुर्ण नगर निमार्ण गर्न सामाजिक क्षेत्रका कार्यक्रमहरु समेतमा ध्यान दिन आग्रह गर्दै सुशासनका क्षेत्रमा मैत्रीपुर्ण नगर बनाउन बालमैत्री, महिला मैत्री, अपाङ्ग मैत्री, बृद्धबृद्धा मैत्री नगर निर्माण तर्फ काम गर्न सुझाव दिनुभयो । उहाँले जनताको मन भित्र बस्न सक्ने गर्न तथा जनतालाई सुसुचित गर्ने तर्फ समेत स्थानिय तहहरुले ध्यान दिनुपर्ने बताउनुभयो । जनताले मेरो सरकार भन्ने महसुस गर्न सक्ने गरि काम गर्न सुझाव दिनुभयो ।
छलफलमा थाहा नगरपालिकाका प्रमुख लबशेर बिष्ट, उपप्रमुख खड्ग गोपाली, प्रमुख प्रशासकिय अधिकृत हरिलाल पुरीलगायत विषयगत शाखाका प्रमुखहरुले समग्र अवस्थाका बारेमा जानकारी दिनुभएको थियो । सो क्रममा थाहा नगरपालिकामा आर्थिक वर्ष २०७६/७७ मा केन्द्र सरकारबाट ४१ करोड ८७ लाख र प्रदेश सरकारबाट ५ करोड २८ लाख तथा आन्तरिक आय २१ करोड ४५ लाख बजेट मध्ये चालु तर्फ ३७ करोड ७४ लाख र पुजीँगत तर्फ ४५ करोड ६८ लाख विनियोजन भएको जानकारी दिनुभयो । जस मध्ये चालु तर्फ ७४ प्रतिशत र पुँजीगत तर्फ ६२ प्रतिशत खर्च भएको साथै ४ करोड ३७ लाख बेरुजु मध्य चालु आथिृक वर्षमा ३ करोड १९ लाख फरछ्यौट भएको जानकारी दिईएको छ ।
चालु आर्थिक वर्षमा पुर्वाधार तर्फ वडा स्तरीय ११७ मध्ये ९० वटा सम्पन्न भएको र २७ वटा चालु अवस्थामा रहेको साथै ठुला आयोजना १४ वटा मध्ये ५ वटा सम्पन्न भएको र बाँकी चालु अवस्थामा रहेको जानकारी दिईएको थियो । चालु आर्थिक वर्षमा कोरोनाका कारण केहि आयोजनामा काम प्रभावित भएको भए पनि ८० प्रतिशत भन्दा बढी प्रगती हासिल हुने मेयर लबहेर बिष्टले बताउनुभयो । उहाँले नगरपालिकामा जनतासंग जोडिएर सुशासन कायम गर्ने र जनतालाई नजिकको सरकारको प्रत्याभुति हुने गरि काम गरिरहेको बताउनुभयो ।
मकवानपुरगढी गाउँपालिकाको अनुगमन
मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालको नृतृत्वमा शुक्रबार जिल्लाको मकवानपुरगढी गाउँपालिकाको अनुगमन गरिएको छ । जिल्लाका विभिन्न स्थानीय तहहरुले चालु आर्थिक वर्षभित्र गरेका काम तथा प्राप्त उपलब्धी एवम् समस्याका बारेमा बुझ्ने क्रममा शुक्रबार मकवानपुरगढी गाउँपालिकाको अनुगमन गरिएको हो ।
अनुगमन टोलीले पालिकाको समग्र विकास निर्माण तथा प्राप्त उपलब्धीका बारेमा जानकारी लिनुका साथै उत्पन्न समस्याका बारेमा छलफल समेत गरिएको थियो । छलफलका क्रममा जिसस मकवानपुरका प्रमुख खुलालले मकवानपुरगढी गाउँपालिकामा कृषि र पर्यटनको प्रचुर सम्भावना रहेकाले गाउँपालिकाको योजना पनि त्यसै कुरामा केन्द्रित हुनुपर्ने बताउनुभयो । “कृषि र पर्यटन क्षेत्रको विकास गरेर मकवानपुरगढी गाउँपालिकाले समृद्धि हासिल गर्न सक्छ, त्यसैले स्थानिय विशेषता अनुसारको योजना निर्माण गर्न सके समृद्धि हासिल गर्न सकिन्छ”– प्रमुख खुलालले भन्नुभयो ।
प्रमुख खुलालले भौतिक विकाससंगै स्थानिय तहहरुले सामाजिक तथा आर्थिक समृद्धि हासिल गर्ने कुरामा विशेष ध्यान दिन जरुरी रहेको बताउनुभयो । उहाँले सहयोगापेक्षि सकड माानव मुक्त, स्थानिय तह सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता, सामाजिक सुधार, विपद, स्वास्थ्य, शिक्षाका क्षेत्रमा समयमै बजेटको व्यवस्थापन गर्न समेत सुझाव दिनुभयो । साथै प्रमुख खुलालले कोरोनाका कारण प्रभावित शैक्षिक क्षेत्र सुचारु गर्ने तर्फ स्थानीय तहहरुले ध्यान दिनुपर्ने बताउनुभयो । यसका साथै प्रमुख खुलालले जनताले प्रत्यक्ष रुपमा भोग गर्न पाउने र जनताले अनुभुति गर्ने काम गर्न आग्रह गर्नुभयो ।
अनुगमनका क्रममा गाउँपालिका अध्यक्ष बिदुर हुमागाई, प्रमुख प्रशासकिय अधिकृत राम कुमार पुडासैनीलगायत अन्य विषयगत शाखाका कर्मचारीहरुले गाउँपालिकाको समग्र अवस्थाका बारेममा टोलीलाई जानकारी गराउनुभएको थियो । अध्यक्ष हुमागाईले चालु आर्थिक वर्ष २०७५÷०७६ मा गाउँपालिकामा केन्द्र सरकारबाट ३२ करोड १२ लाख ७० हजार, प्रदेश सरकारबाट ४ करोड ८४ हजार, आन्तरिक तर्फ ८ करोड ५२ लाख र राजस्व बाँडफाँडबाट १६ करोड २५ लाख प्राप्त भएको मध्ये जेष्ठ मसान्त सम्ममा केन्द्रको करीब ६८ प्रतिशत, प्रदेशको करीब २८ प्रतिशत, आन्तरिकबाट करिब ३८ प्रतिशत र राजस्व बाँडफाँडबाट प्राप्त रकम मध्ये करीब ५५ प्रतिशत रकम खर्च भएको जानकारी दिईएको छ । चालु आर्थिक वर्षमा चालु तर्फ २८ करोड ३७ लाख ७४ हजार मध्ये करीब ६८ प्रतिशत र पुँजीगत तर्फ ३२ करोड ८७ लाख मध्ये करीब ३५ प्रतिशत र गाउँपालिकाको करीब ४ करोड बेरुजु मध्ये २ करोड ३३ लाख फ¥छ्यौट भएको प्रमुख प्रशासकिय अधिकृत पुडासैनीले जानकारी दिनुभयो ।
गाउँपालिकामा हाल सम्म ६५ वटा ऐन नियम निर्देशिका, मार्गदर्शन र कार्यविधि निर्माण भएको जानकारी दिँदै अध्यक्ष हुमागाईले आर्थिक विकास तर्फ करीब ३६ प्रतिशत, पुर्वाधार विकास तर्फ करबि ४० प्रतिशत, सुसासन तथा अन्तरसम्बन्ध क्षेत्रमा करीब ४२ प्रतिशत र सामाजिक विकास तर्फ विनियोजित बजेट मध्ये करीब ४९ प्रतिशत खर्च भएको जानकारी दिनुभयो । उहाँले चालु आर्थिक वर्षको अन्त्य सम्ममा समग्र बजेट कार्यान्वयनको अवस्था ९० प्रतिशत पुग्ने अपेक्षा गरेको समेत बताउनुभयो ।
गढी गाउँपालिकाको चालु आर्थिक वर्षमा ५ वर्षे आवधिक योजना निर्माण गरेको, पालिकाबाट वडा केन्द्रसम्म जोड्ने सडक मार्ग १२ महिना सुचारु हुने गरि विकास गरेको, विभिन्न वडा जोड्ने पुन निर्माण गरेको, एक घर एक धारा को अवधारणा अनुसार स्वच्छ खानेपानी वितरण भएको, मकवानपुरगढी दरबारमा आवश्यक भौतिक पुर्वाधार निर्माण गरेर मनोरञ्जन कर लागु गर्ने तयारी गरेको, १५ शैयाको अस्पतालको भवन निर्माण कार्य सुरु गरिएको, शिशु देखि कक्षा ५ सम्मका सम्पुर्ण विद्यार्थीलाई दिवा खाजाको व्इवस्था गरिएको र यो कार्यक्रम आगामी आर्थिक वर्षमा कक्षा १० सम्म लागु गरिने, दुईबटा विद्यालयमा अंग्रेजी माध्यममा पठनपाठन सुरु गरिएको, कृषि क्षेत्रमा विभिन्न अनुदानको व्इवस्था गरिएको, पकेट क्षेत्र निर्धारण गरेर माटो परिक्षण प्रयोशाला, दाना उद्योग संचालनलगायत विभिन्न कार्यक्रमहरु कार्यान्वयन गरिएको जानकारी दिनुभयो ।
मनहरी गाउँपालिकाको अनुगमन
मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले बिहीबार जिल्लाको मनहरी गाउँपालिकाको अनुगमन गरिएको छ । जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालको नेतृत्वमा गाउँपालिकाले चालु आर्थिक वर्षमा गरेका विकास निर्माणका कामलगायत सामाजिक, आर्थिक उपलब्धीलगायत समग्र अवस्थाका बारेमा अनुगमन गरिएको हो ।
छलफलका क्रममा मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जिससको भुमिकाले मकवानपुरका स्थानीय तहहरुलाई काममा सहजता महसुस गरेको बताउनुभयो । अध्यक्ष उप्रेतीले जिसस मकवानपुरले हरेक क्षेत्रमा स्थानीय तहहरुलाई सहजीकरण गरेको बताउनुभयो । उहाँले जिससको समन्वयका कारण मकवानपुरका स्थानीय तहहरुलाई काममा सहजता मिलेको बताउनुभयो । “हरेक क्षेत्रमा काम गर्दा राहत महसुस गरेका छौं” अध्यक्ष उप्रेतीले भन्नुभयो । उहाँले जिल्ला समन्वय समितिले जिल्लाका सबै स्थानीय तहहरुको कानुन निर्माणमा एकरुपता ल्याउनका लागि भुमिका खेलोस, साथै जिससबाट नियमित रुपमा स्थानीय तहहरुको अनुगमनको अपेक्षा गरेको समेत बताउनुभयो ।
अनुगमनका क्रममा जिल्ला समन्व्य समितिको टोलीले गाउँपालिकाको समग्र अवस्थाका बारेमा जानकारी लिनुका साथै विभिन्न विषयमा छलफल समेत गरेको थियो । छलफलमा गाउँपालिकाले चालु आर्थिक वर्षमा गरेका विकास निर्माण, सामाजिक, आर्थिकल विकासगायत समग्र अवस्था तथा समस्याका बारेमा गाउँपालिका अध्यक्ष एकराज उप्रेती तथा अन्य कर्मचारीहरुले जानकारी गराउनुभएको थियो । अध्यक्ष उप्रेतीले चालु आर्थिक वर्षमा भौतिक प्रगती राम्रो भए पनि कोरोनाका कारण सामाजिक क्षेत्रका कार्यक्रमहरु सबै सम्पन्न गर्न नसकिएको गराउनुभयो ।
उहाँले चालु आर्थिक वर्षमा केन्द्र सरकारबाट ३४ करोड ४३ लाख, प्रदेश सरकारबाट १ करोड ४७ लाख र आन्तरिक स्रोतबाट १९ करोड ५० लाख आम्दानी भएको जानकारी दिनुभयो । सो मध्ये चालु तर्फ २५ करोड ९२ लाख मध्ये १८ करोड ६२ लाख र पुँजीगत तर्फ ३६ करोड ७ लाख मध्ये १३ करोड ७२ लाख खर्च भएको जानकारी दिनुभयो । त्यस्तै चालु आर्थिक वर्षमा ५ करोड बेरुजु रहेको मध्ये करीब ४ करोड फ¥छ्यौट भईसकेको उहाँले जानकारी दिनुभयो ।
अध्यक्ष उप्रेतीले चालु आर्थिक वर्षमा भौतिक निर्माण तर्फको उपभोक्ता समिति मार्फत ३२२ वटा र ठेक्का मार्फत ४४ वटा योजना रहेकोमा सबै सम्झैता भएको र केही मात्र सम्पन्न हुन बाँकी रहेको जानकारी दिनुभयो । उहाँले चालु आर्थिक वर्षमा आर्थिक विकास तर्फ कृषि क्षेत्रलाई विशेष प्राथमिक्ता दिएर कृषि क्षेत्रमा विभिन्न अनुदान कार्यक्रम, दुधमा अनुदान, विद्यार्थी संख्याको आधारमा अनुदानमा शिक्षकको व्यवस्था, विषधिरहित तरकारी उत्पादन, बालमैत्री स्थानीय तह घोषणा, सामाजिक सुधार ऐन निर्माण गरेर कार्यान्वयन, एकिकृत बोटे बस्ती निर्माण, ३ सय विपन्न परिवारको स्वास्थ्य बीमा, खरको छानामुक्त गाउँपालिका निर्माणलगायतका उपलब्धीमुलक कार्यक्रम संचालन भएको बताउनुभयो ।
छलफलका क्रममा जिसस प्रमुख खुलालले जनतासंग प्रत्यक्ष जोडिने र नजिकको सरकारको अनुभुति गर्ने गरि काम गर्न सुझाव दिनुभयो । उहाँले मकवानपुर जिल्लाको विशेष्ताका आधारमा कृषि क्षेत्रमा रोजगार केन्द्रित भएर अगाडी बढ्न आग्रह गर्नुभयो । शिक्षा, स्वास्थ्य, रोजगारी, समाजिक क्षेत्रमा जनतासंग जोडिन सक्नुपर्ने बताउनुभयो ।
जिल्ला समन्वय समितिको काम नै स्थानिय तहलाई सवल बनाउन समन्व्य र सहजिकरण गर्ने भएकाले स्थानीय तहको उन्नतीका लागि सदैब समन्वय र सहजिकरणको भुमिका निर्वाह गर्ने बताउनुभयो । सो क्रममा टोलीले गाउँपालिकाका संचालित विभिन्न भौतिक आयोजनाहरुको स्थलगत अनुगमन समेत गरेको थियो ।
बागमती गाउँपालिका अनुगमन
मकवानपुर– मकवानपुरको बागमती गाउँपालिकाले आगामी आर्थिक वर्षमा कृषि र पशु पालन तर्फ रोजगारमुखी तथा आत्मनिर्भर हुने बजेट निर्माणको तयारी गरेको जनाएको छ । सोमबार जिल्ला समन्वय समिति मकवानपुरबाट भएको अनुगमनका क्रममा गाउँपालिका अध्यक्ष सर्केश घलानले बिशेष रुपमा कृषि र पशुपालनमा आत्म निर्भर हुने बजेट निर्माणको तयारी हरेको बताउनुभयो ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको संयोजक्त्वमा गाउँपालिकाको समग्र योजना, विकास निर्माण, सुशासनलगायतका क्षेत्रमा भएगरेका कामका विषयमा भउको अनुगमनका क्रममा गाउँपालिकाले कृषिमा बिशेष जोड दिने बताउनुभयो । उहाँले आगामी वर्ष भौतिक पुर्वाधार निर्माणलाई दोस्रो प्राथमिक्तामा राखेर विदेशबाट फर्किएकाहरुलाई गाउँमै रोजगारी सृजन ागर्न सक्ने खालका योजना निर्माण गर्ने बताउनुभयो ।
सो क्रममा जिसस मकवानपुरका प्रमुख खुलालले बागमती गाउँपालिका आँफैमा बिकट गाउँपालिका भएकाले जनचेतना अभिबृद्धिसंगसैगै विगतका अनुभव र अहिलेको कोरोना माहामारीलाई ध्यानमा राखेर बजेट निर्माण गर्न सुझाव दिनुभयो । रोजगारीको समस्या समाधान हुने किसिमको बजेट निति कार्यक्रम तथा बजेट निर्माणमा जोड दिन आग्ह गर्नुभयो । यसका साथै प्रमुख खुलालले सामाजिक क्षेत्रमा बालमैत्री, महिला मैत्री, अपाङ्ग मैत्रीलगायतका क्षेत्रमा ध्यान दिदै स्वास्थ्य शिक्षालगायतका क्षेत्रमा समेत ध्यान दिन सुझाव दिनुभयो ।
त्यस्तै उहाँले सहयोगापेक्षि सडक मानव मुक्त व्यवस्थापन, स्थानिय तह सहिद स्मृति राष्ट्रिय फुटबललगायतका क्षेत्रमा बजेटको व्यवस्था गर्न तथा गाउँपालिकाको राजस्व् बृद्धिका लागि ढ्ंगा गिट्टी बालुवाको व्यवस्थापनमा ध्यान दिन सुझाव दिनुभयो । अनुगमनमा जिसस उपप्रमुख भगवती पुडासैनी, गाउँपालिका उपाध्यक्ष धनमाया स्याङ्तान, समन्वय अधिकारी आनन्दराज पोखरेल, सदस्य देवराज रिमाल, शाखा अधिकृत भीमलाल मर्जजन, नायवशुब्बा उपेन्द्रनाथ पोखरेललागयतको सहभागिता थियो । सो क्रममा गाउँपालिकाबाट भएका कामका बारेमा शाखागत रुपमा भएका कामका बारेमा जानकारी दिएका थिए ।
बकैया गाउँपालिकाको अनुगमन
मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरबाट आईतबार जिल्लाको पुर्वी बकैया गाउँपालिकाको अनुगमन गरिएको छ । जिसस प्रमुख रघुनाथ खुलालको नेतृत्वमा गाउँपालिकाको चालु आर्थिक वर्षको समग्र प्रगतिको अवस्थाका विषयमा अनुगमन अनुगमन गरिएको हो ।
सो क्रममा गाउँपालिकाले चालु आर्थिक वर्षमा गरेका काम तथा आगामी वर्षको निति कार्यक्रम तथा बजेटका विषयमा छलफल समेत भएको थियो । छलफलका क्रममा जिसस प्रमुख खुलालले आगामी वर्षको निति कार्यक्रम तथा बजेट निर्माण गर्दा प्राथमिक्ता निर्धारण गरेर छनोट गर्न सुझाव दिनुभयो । उहाँले आगामी निति कार्यक्रम तथा बजेट निर्माण गर्दा भौतिक पुर्वाधारसंगै कृषि, स्वास्थ्य, शिक्षा र रोजगारीलाई बिशेष प्राथमिक्ता दिनु सुझाव दिनुभयो । बिशेष गरि वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई ध्यानमा राखेर रोजगार उन्मुख बजेट निर्माण गर्न उहाँले सुझाव दिनुभयो ।
त्यस्तै प्रमुख खुलालले पुर्वाधार निर्माणमा प्राविधिक पक्षलाई ध्यान दिन, सामाजिक क्षेत्रमा पनि उत्तिकै ध्यान दिन सुझाव दिनुभयो । प्रमुख खुलालले आगामी बजेटमा सहयोगापेक्षी सडक मानव व्यवस्थापनका लागि तथा स्थानिय तह सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताका लागि बजेट व्यवस्थापन गर्न सुझाव दिनुभयो ।
विद्यालय शिक्षाका लागि अनलाईन कक्षा व्यवस्थापनका साथै विपद व्यवस्थापनका क्षेत्रमा योजनाबद्ध तयारी गर्न सुझाव दिँदै सुचनाको क्षेत्रमा ठोस योजना निर्माण्त्यस्तै उहाँले स्थानीय तहको आय बृद्धिका लागि ढुंगा गिट्टी बालुवाको व्यवस्थित रुपमा प्रयोग गर्न आग्ह गर्नुभयो । छलफलमा उपप्रमुख भगवती पुडासैनीले आन्तरिक आयको बृद्धिमा ध्यन दिँदै लक्षित वर्गका कार्यक्रमहरुलाई प्रथमिक्ता दिएर बजेट निर्माण गर्न सुझाव दिनुभयो ।
छलफलका क्रममा गाउँपालिका अध्यक्ष दामोदर खनाल, उपाध्यक्ष सरला बोलखे, प्रमुख प्रशासकिय अधिकृत रामकुमार पुडासैनीलगायत विभिन्न शाखाका कर्मचारीहरुले चालु आर्थिक वर्षको समग्र प्रगति तथा समस्याका बारेमा जानकारी दिनुभएको थियो । गाउँपालिका अध्यक्ष दामोदर खनालले चालु आर्थिक वर्षमा सबै वडाबाट गाउँपालिका केन्द्र जोड्ने सडक सञ्जाल तयार भएको बताउनुभयो । उहाँले बिशेष गरि पुर्वाधार विकासमा वन क्षेत्रले समस्या सृजना गरेको समेत बताउनुभयो । यो वर्ष बाटो घाटो र बिद्युतीकरणलाई नै प्राथमिक्ता दिएर काम भएको अध्यक्ष खनालले जानकारी दिनुभयो । उहाँले जिल्ला समन्वय समितिबाट सहजीकरणका क्षेत्रमा थुप्रै सहयोग प्राप्त भएको र आगामी दिनमा समेत अझ बढी सहयोग र सहकार्यको अपेक्षा गरेको समेत बताउनुभयो ।
त्यस्तै गाउँपालिका उपाध्यक्ष सरला बोलखेले लकडाउनका कारण थुप्रै कामहरु गर्न नसकिएको बताउनुभयो । यसै वर्ष बालमैत्री घोषणा गर्ने लक्ष्य रहेको तर लकडाउनका कारण बालमैत्रीका केहि सुचकहरुमा काम गर्न नसकेकाले घोषणा हुन नसकेको बताउनुभयो । उहाँले गाउँपालिकामा बालविवाह मुल समस्याका रुपमा रहेको भन्दै यसको समाधानका लागि विभिन्न योजना बनाएर काम गरिरहेको बताउनुभयो । उपाध्यक्ष बोलखेले रोजगारी सृजना हुने खालका कार्यक्रम, कृषिमा ब्याज अनुदान, पशु विमामा सहयोग कार्यक्रम, भैसी पकेट क्षेत्र प्याकेज, दुधमा एक रुपैयाँ अनुदान, टनेल खेतीमा अनुदान कार्यक्रम, निशुल्क रगत कार्यक्रम, घरघरमा एम्बुलेन्स कार्यक्रम जस्ता महत्वपुर्ण कार्यक्रमहरु यस वर्ष भएको बताउनुभयो । उहाँले आगामी आर्थिक वर्षमा करीब ७० करोडको बजेट निर्माण हुने सकेत बताउनुभयो ।
छलफलका क्रममा प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पुडासैनीले गाउँपालिकाको कुल बजेट मध्ये चालु तर्फ करीब ५७ प्रतिशत र पुँजीगत तर्फ करीब २२ प्रतिशत बजेट खर्च भएको बताउनुभयो । उहाँले कतिपय योजनाको भुक्तानी बाँकी रहेकाले खर्च प्रतिशत असाढ मसान्त सम्ममा बढ्ने बताउनुभयो । उहाँले यो वर्ष करीब ८० देखि ९० प्रतिशत बजेट खर्च हुने बताउनुभयो । टोलीले गाउँपालिकाबाट चालु आर्थिक वर्षमा सञ्चालित विभिन्न योजनाहरुको अनुगमन समेत गरेको थियो ।
सो क्रममा प्रदेश सरकारको ५० लाख सहयोग र गाउँपालिकाको ५० लाखमा निर्माण भएको सडक, जिससको मौजदात कोषबाट एक करोडलागतमा निर्माण भइरहेको खानेपानी आयोजना, गौतमबुद्ध पर्यटन पार्क, निर्माणाधिन फुटबल मैदानलगायत योजनाको अनुगमन गरिएको थियो । अनुगमन टोलीमा समन्वय अधिकारी आनन्दराज पोखरेल, जिससका सदस्य देवराज रिमाल, जिससका शाखा अधिकृत भीमलाल मर्जजन, नायब सुब्बा उपेन्द्र पोखरेललगायतको सहभागिता थियो ।
इन्द्रसरोवर गाउँपालिकाको अनुगमन
जिल्ला समन्वय समिति मकवानपुरले उत्तरी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको अनुगमन गरेको छ । जिसस प्रमुख रघुनाथ खुलालको नेतृत्वको टोली गाउँपालिकाको गतिविधि, योजनाहरुको अवस्था, विकास निर्माण, सामाजिक, आर्थिक, प्रशासनिक लगायतका विषयमा जानकारी लिनुभएको थियो ।
अनुगमण गर्दै जिसस प्रमुख खुलालले कृषि र पर्यटनको प्रचुर सम्भावना बोकेको कारण आगामी बजेट कृषि र पर्यटनलाई प्राथमिकता दिदै रोजगार सिर्जना हुने खालको ल्याउन सुझाब दिनुभयो ।
उहाँले स्थानीय तहको योजनाहरु जनमैत्री हुनुपर्ने, सामुदायिक रेडियो सँग सहकार्य गरेर जनतासम्म सूचना प्रवाह गर्नुपर्ने, कर्मचारी कल्याण कोष स्थापना गर्नुपर्ने, ढुंगा गिट्टी बालुवालाई व्यवस्थित उपयोग, लकडाउनको अवधिभरको लागि विद्यार्थीहरुको पठनपाठन व्यवस्थापनका लागि दुरशिक्षा प्रणाली अन्तर्गत स्थानीय सञ्चार माध्यमसँग सहकार्य गर्ने, वर्षामा आउन सक्ने विपदको लागि सजग रहनुपर्ने लगायतका विविध विषयमा ध्यान दिन सुझाब दिनुभयो ।
अनुगमणका क्रममा सुझाब दिदै प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले गाउँपालिकाले सञ्चालन गरेको योजनाहरुको अनुगमण परिणाममुखी हुनुपर्ने बताउनुभयो । साथै उहाँले कोरोनाको कारण उत्पन्न विषम परिस्थितिमा गाउँपालिकाले विदेशमा रहेकाहरुको संख्याको विवरण राख्नुपर्ने र होम क्वारेन्टाइनको अवस्थालाई व्यवस्थापन गर्न सुझाव दिनुभयो ।
गाउँपालिकाको मुख्य मुख्य कार्य र प्रगतीको बारेमा जानकारी दिदै गाउँपालिकाका अध्यक्ष जीवन लामाले गाउँपालिकाको टिमले नतिजामुखी भएर काम गरिरहेका बताउनुभयो । अनुगमनमा जिसस उपप्रमुख भगवती पुडासैनी, प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल लगायतको सहभागिता थियो ।
साथै आजनै उक्त टोलीले इन्द्रसरोवरको सिस्नेरीमा ढुंगा गिट्टी उत्खनन्को अवस्था र इन्द्रसरोवर २ कुलेखानीमा करिब २५ लाखको लागतमा निर्माण हुँदै गरेको गाउँपालिका स्तरिय खेलकुद मैदानको समेत अनुगमण गरेको छ ।
इन्द्रसरोवर गाउँपालिका वडा नं १ मार्खुका किसानलाई आज कृषि सामग्री वितरण गरिएको छ । इन्द्रसरोवर गाउँपालिकाको प्राविधिक सहयोगमा कृषि ज्ञान केन्द्र चितवनबाट प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना पकेट विकास कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा कृषि सामाग्री वितरण गरिएको हो ।
इन्द्रसरोवर तरकारी पकेट क्षेत्र सञ्चालक समिति मार्खुको आयोजनामा आज एक औपचारिक कार्यक्रम मार्फ किसानहरुलाई बिउबिजन, जैनिक मल, पाईप, इलेक्टोनिक पम्प, मिनिटिलर, मल्चिङ प्लास्टिक, सिचाइ पाइप, टनेल हाउस र डिजिटल काँटा लगायतका सामाग्रीहरु वितरण गरिएको समितिका कोषाध्यक्ष मणीराज थापाले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्नुहुँदै इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामाले प्राप्त गरेको सामाग्रीको परिणममुखी रुपमा भरपुर प्रयोग गर्न किसानलाई अनुरोध गनुभयो । त्यसमा किसानलाई अन्य आवश्यकता भएमा गाउँपालिकाले सहयोग गर्ने समेत उहाँले बताउनुभयो । इन्द्रसरोवर तरकारी पकेट क्षेत्र सञ्चालक समितिको संयोजक सरिता बस्नेतको सभाध्यक्षतामा भएको कार्यक्रममा इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवनलामाको प्रमुख आतिथ्यता तथा वडा अध्यक्ष जमान सिं वाईवाको विशिष्ट आतिथ्यता रहेको थियो भने कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खनाल, उपप्रमुख भगवती पुडासैनी, प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल लगायतको समेत सहभागिता थियो ।
यस्तै इन्द्रसरोवर गाउँपालिकाको पशुशाखाले पनि इन्द्रसरोवर गाउँपालिका १ मार्खुमा सन्चालित पशु स्वास्थ्य ब्यबश्थापनका लागि औषधि र पशु स्वास्थ्य ब्यबस्थापन तथा मत्स्य उपचार सेवा कार्यक्रममा सहभागी ७५ जना पशुपालक कृषकहरुलाइ बाख्राको ४५७ वटा, कुखुराको ११३ वटा, भैंसीको ३७ वटा र ११ वटा गाईको लागि औषधि र सुपर नेपियर जातको जातको घाँसको बीउ वितरण गरेको पशुविकास शाखाका प्रमुख अमृत गोगालीले जानकारी दिनुभयो ।