मकवानपुर । बागमती प्रदेशका आन्तरीक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले शुक्रबार बागमती प्रदेश प्रहरी कार्यालयकाे निरीक्षण गरेका छन् ।
निरीक्षणकाे क्रममा मन्त्री जम्कट्टेल समक्ष प्रदेश प्रहरी प्रमुखले कार्यपत्र प्रस्तुत गरेका थिए। मन्त्री जम्मकट्टेलले बागमती प्रदेश सरकारको बजेटबाट निर्माण हुने प्रदेश प्रहरी मुख्यालयको भवन निर्माण स्थलको अवलोकनका गरेकाे प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक सुदिप गिरीले जानकारी दिए ।
निरीक्षण भ्रमणको क्रममा आन्तरीक मामिला तथा कानुन मन्त्रालयका सचिव मदन भुजेलकाे समेत सहभागिता रहेको थियो ।