मकवानपुर । हेटाैडा काठमाडाैं छाेटाे मार्ग अन्तर्गत मकवानपुरकाे भीमफेदीमा सुमाे दुर्घटना हुँदा २ जनाकाे मृत्यु भएकाे छ । हेटौंडाबाट काठमाडाैं जादै गरेको टाटासुमो भीमफेदी गाँउपालिका ६ जुरिखेतमा दुर्घटना हुदा २ जनाको घटनास्थल मै ज्यान गएकाे र ६ जना घाइते भएकाे प्रहरीले जनाएको छ ।
हेटौंडाबाट काठमाडौंका लागि ७ जना यात्रु लिएर गएकाे ना. १ ज ४१०६ नम्बरको सुमो आज मध्यान्न दुर्घटना भइ भिरबाट १ सय मिटर तल खोल्सामा खसेको थियो । दुर्घटनामा २ जना पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ।
घाइते ६ जना मध्य ३ जनाको प्राथमिक स्वास्थ्य चौकी भीमफेदी र ३ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको मकवानपुर प्रहरीले जानकारी दिएकाे छ । दिउँसो करिब साढे १२ बजेको समयमा सुमो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिए ।