
हरितालिका तीज सुरु आज दर खाने दिन
मकवानपुर । नेपाली हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीज सुरु भएको छ । तीजको आइतबार आज पहिलो दिन दर खाएर मन...

बाल दिवसमा सिविनद्वारा सहयोग
मकवानपुर । सिविन नेपाल मकवानपुरले विद्यार्थी तथा बालबालिकालाई छात्रवृत्ति, खाद्यान्न सामाग्री सहयोग गरेको छ ।...

व्यवसायिक अचार उत्पादनतर्फ लामा
मकवानपुर । हेटौंडा १ कि धन लामा स्याङ्तानालाई कोसिस नेपालले घरेलु साना उद्योग सन्चालनको लागि सहयोग गरेको छ । म...

बालश्रम निवारणमा प्रगति भएको छ : मन्त्री लम्साल
मकवानपुर । बागमती प्रदेश श्रम तथा रोजगार मन्त्री लक्ष्मण लम्सालले बालश्रम निवारणमा प्रगति भएको बताएका छन् । सा...

बालबालिकाकाे सवालमा स्वतन्त्रता अभियानद्वारा प्रदेश स्तरीय छलफल
मकवानपुर । स्वतन्त्रता अभियान नेपालले बालश्रम, बाध्यकारी श्रम तथा मानव बेचविखन निवारणमा नेपाल सरकारको प्रतिवद्...

अलाेरा ब्युटी पार्लरकाे सेवा सुरु
मकवानपुर । अलाेरा अर्थात सपना, सुन्दर बन्ने सपना कसलाई हुन्न र ? भित्र सुन्दरतालाई आत्मबल थप्ने काम बाहिरी आवर...

“मकवानपुर थाहाकी बालीकाको मृत्युको जिम्मेवारी अस्पतालले लिनुपर्छ”
मकवानपुर । मकवानपुर जिल्ला थाहा नगरपालिकाकी ५ बर्षिया बालिकाको मृत्युको जिम्मेवारी कान्तिबाल अस्पतालले लिनुपर्...
मकवानपुर । बालबालिका खेल्न, नाच्न, गाउन मन पराउँछन् । विशेषगरी उनीहरु बाल मनोविज्ञानसँग जोडिएका क्रियाकलापहरुमा सहभागी हुन पाउँदा खुसी हुन्छन् ।
बालबालिका जिज्ञासु स्वभावका हुने भएकाले विभिन्न क्षेत्रको जानकारी प्राप्त गरी नेतृत्व र व्यक्तित्व विकास गर्न पनि उत्तीकै आतुर हुन्छन् ।
अहिले सरकारी र निजी दुबै विद्यालयहरुले किताबी ज्ञानलाई मात्रै नभई बालबालिकाको अतिरिक्त क्रियाकलापमासमेत जोड दिन थालेका छन् । बालबालिकाहरु स्कुल नजानको लागि रोइकराई गर्ने अवस्थाको क्रमशः अन्त हुँदैछ । विद्यालयहरुले पनि बालबालिकाहरुको चौतर्फी विकासमा जोड दिने गरी शिक्षण सिकाइको नीति अवलम्वन गर्दै गएको पाइन्छ ।
पछिल्लो उदाहरण मकवानपुर हेटौंडा– ४ स्थित नवोदय शिशु सदन विद्यालय । यो बिद्यालयले बालबालिकालाई ‘विश्वव्यापी प्रतिस्पर्धा गर्न सक्ने शिक्षा’ नीति अवलम्वन गरेको छ । त्यसका लागि विद्यालयले बालबालिकाको शारीरिक, मानसिक, भावनात्मक तथा संवेगात्मक क्षमता विकास गर्न अतिरिक्त कृयाकलापसँगै रचनात्मक अभ्यासहरु गरिरहेको छ ।
सैद्धान्तिक ज्ञानलाई व्यावहारिक र प्रयोगात्मक रुपमा परिणत गरी शिक्षामा जोड दिनुपर्ने विद्यालयका शिक्षक चन्द्रमणि रिमाल बताउँछन् ।
बिद्यालयले अहिले नबोदय मुन कार्यक्रम संचालन गरिरहेको छ । जस अन्तरगत सयुक्त राष्ट्रसंघको ८ अंगको मुख्य कामबारे चर्चा गरिरहेका छन् । यस कार्यक्रममा कक्षा ८,९ र १० का ३०० जना बालबालिका प्रत्यक्ष सहभागी छन् । सामाजिक विषयमा गरेको अध्ययनलाई प्रयोगात्मक रूपमा अभ्यास गर्न पाउँदा रमाइलोसंगै सिकाई भएको छात्रा खुसी मल्लिकले बताइन् । कार्यक्रममा मकवानपुरसंगै गैडाकोट, चितवन बुटवल जिल्लाबाट विद्यार्थी सहभागी छन् ।
उनले बालबालिकाहरुलाई कक्षामा रटाउनुभन्दा पनि प्रयोगात्मक शैलीबाट सिकाउँदा छिटो सिक्ने र दीर्घकालसम्म सम्झिरहने अनुभव बालबालिकाहरूले सुनाए । “सिर्जनशील अध्यापनका कारण बालबालिकाहरु पनि सिर्जनशील छन्”अभिभावक झबिन्द्र ज्ञवलीले बताए ।
विद्यालयले हेटौंडामा अन्तर्राष्ट्रिय नीतिनियम, योजना तथा समस्याको समाधानबारे वृहत विश्लेषणसहितको नमूना संयुक्त राष्ट्र संघीय सभाको आयोजना गरेको छ ।
विद्यार्थीहरुको नेतृत्व र व्यक्तित्व विकास, समालोचनात्मक सोचाई, सहकार्यलगायतका अन्तरनिहित प्रतिभाको विकास गराउने उद्देश्यले विद्यालयले वैचारिक कार्यक्रमको आयोजना गरेको हो ।
१४ गतेबाट सुरु भएको कार्यक्रम १६ गतेसम्म जारी रहने विद्यालयले जनाएको छ । कार्यक्रममा संयुक्त राष्ट्र संघीय सभामा हुने कार्यक्रमहरुको नक्कल गरी सहभागीलाई विश्वव्यापी मुद्दाहरु र यसको सम्भावित समाधानहरुको बारेमा धारणा राख्ने मौका दिइएको छ ।
बालबालिकाहरुलाई नै विभिन्न राष्ट्रका प्रतिनिधिको भूमिकामा उभ्याइएको छ । विद्यार्थीहरुले पनि राष्ट्रकै पक्षमा रहेर विश्वव्यापी मुद्दामा छलफल गरिरहेको नवोदयन नमूना संयुक्त राष्ट्रसंघका महासचिव रायन खनालले जानकारी दिए ।
नमूना राष्ट्र संघीय सभाका लागि ७ वटा निकायहरु पहिचान गरिएको छ । राष्ट्र संघका विभिन्न निकायको कार्य क्षेत्र भिन्दाभिन्दै हुन्छन् र तिनै कार्य क्षेत्रका मुख्य पूर्व निर्धारित समस्यामा वृहत छलफल गरेर कार्यक्रम संचालन भइरहेको महासचिव खनालले बताए ।
नमूना संयुक्त राष्ट्रसंघीय सभामा विश्व स्वास्थ्य सङ्गठन, संयुक्त राष्ट्र सुरक्षा परिषद, आर्थिक र वित्तीय मामिला परिषद, खाद्य र कृषि सङ्गठन, अन्तर्राष्ट्रिय श्रम सङ्गठन, संयुक्त राष्ट्र पर्यावरण कार्यक्रम र प्रतिनिधि सभा गरी ७ वटा निकायहरु परिकल्पना गरिएको छ । ती सातवटै निकायहरुको एजेन्डाहरुको पूर्वनिर्धारण गरिएको छ ।
कार्यक्रममा नवोदय शिशु सदनसहित मकवानपुरका अन्य विद्यालयका बालबालिकाहरुको पनि सहभागिता रहेको छ । बिद्यालयले गत २ बर्ष यो कार्यक्रम भर्चुअल प्रविधिबाट गरेको थियो ।
मकवानपुर । तीन तहको सरकारबीच मानव अधिकार कार्यन्वयको लागि सूची नै उल्लेख गरी बाँडफाँड गरिएको भए पनि त्यसको समुचित कार्यान्वयन हुन नसकेको बागमती प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गङ्गानारायण श्रेष्ठले बताएका छन् ।
संघीय संरचनाको दृष्टिले मानव अधिकार संरक्षणका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच तालमेलमा समस्या भएको उनले बताए । मानवलाई प्राप्त हुने सबै खाले अधिकार निर्वाध रूपमा प्रयोग गर्न पाउनु नै मानव अधिकारको सही कार्यन्वयन भएको बताउँदै मन्त्री श्रेष्ठले भने: नीतिगत अस्पष्टताहरु हटाउन आफूहरुले हामीले प्रयास जारी राखेका छौं ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको आयोजनामा हेटौँडामा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । नेपालमा भएका राजनीतिक, सामाजिक, साँस्कृतिक, आर्थिक सबै प्रकारका आन्दोलनमा महिलाको भूमिका उल्लेखनीय रहेको उनले स्मरण गरे । संविधानले व्यवस्था गरेको समानुपातिक निर्वाचन प्रणालीले धेरै महिलालाई राजनीतिमा समावेश त गराएको तर प्रत्यक्ष निर्वाचनमा अझै महिलाको नेतृत्वलाई स्वीकार्न नसकेको उनले बताए ।
“प्रतिस्पर्धा समानहरूको बीचमा हुन्छ, असमानहरू बीचमा आरक्षण र विशेषाधिकार चाहिन्छ” उनले भने । मन्त्री श्रेष्ठले महिलालाई अंश, वंश र अर्थको अधिकार अनिवार्य रहेको बताए । अंश अर्थात आर्थिक, र वंश अर्थात सामाजिक अधिकारमा पुरुष बराबर महिलाको समान हक हुनुपर्न मन्त्री श्रेष्ठले बताए ।
यसैगरी राष्ट्रिय मानव अधिकार आयोग, बागमती प्रदेश कार्यालयका प्रमुख यज्ञप्रसाद अधिकारीले संविधानमा सुनिश्चित अधिकार, मौलिक हक संरक्षणमा स्थानीय तहको भुमिका र न्यायिक समितिको काम कर्तव्य र अधिकारका बारेमा कार्यपत्र प्रस्तुत गर्दै जनताको अधिकार प्रत्याभुत गराउन स्थानीय तहको महत्वपूर्ण भूमिका रहने बताए ।
आर्थिक अधिकारमार्फत् जनताको जीवनस्तर माथि उठाउन आवश्यक राष्ट्रिय मानव अधिकार आयोग, बागमती प्रदेश कार्यालयका प्रमुख अधिकारीले बताए ।
स्थानीय तह मानव अधिकारमैत्री बन्नुपर्ने उनले अधिकारीले बताए । स्थानीय तहमा हुने न्यायिक समिति प्रभावकारी हुन सके प्रहरी तथा अदालतमा पुग्ने घरेलु हिंसालगायतका सामाजिक विवादको चाप घट्ने उनले बताए ।
इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारीले स्वास्थ्य, शिक्षा, आवास तथा खाद्य अधिकारको संरक्षण तथा संवद्धनमा स्थानीय तहको भूमिका सम्बन्धमा र नेतृत्व विकास तथा महिला सशक्तिकरणको विषयमा प्रस्तुती दिएका थिए ।
अधिकार तथा आर्थिक विकास मार्फत महिला सशक्तिकरण कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग, बागमती प्रदेश कार्यालयका प्रमुख यज्ञप्रसाद अधिकारी, जिल्ला बार एशोसियसन अफ मकवानपुरका अध्यक्ष अप्सरा बस्नेत, मनहरी गाउँपालिका सामाजिक विकास शाखा प्रमुख ज्ञानेन्द्र ढकाल, मानव अधिकार समूह मनहरी गाउँपालिका संयोजक बिमला गोपाली,अधिकार तथा आर्थिक विकास मार्फत महिला सशक्तिकरणका विषयमा आफ्नो महिला सशक्तिकरण आवश्यक भएको बताए ।
जिल्ला अदालत बार एसोसिएसन मकवानपुरका अध्यक्ष तथा अधिवक्ता अप्सरा बस्नेतले प्रजनन स्वास्थ, महिलामाथि हुने हिंसा, कानुनी प्रावधान तथा निराकरणमा स्थानीय तहको भुमिकाको बारेमा प्रस्तुतीकरण गर्दै समाजमा अहिले भ्रुणहत्याको घटनाहरू बढेको बताइन् ।
यस्तो सवालमा महिलाहरूले यसलाई रोक्नको लागि भूमिका खेल्नु पर्ने अधिवक्ता बस्नेले बताइन् । समाजलाई परिवर्तन गराउनको लागि मानव अधिकार तथा कानुनी विषयमा हरेक नागरिकले जानकारी राख्नु पर्नेमा उनले बताइन् ।

कार्यक्रममा डब्लुपीडीकाे फिल्ड सुपरभाइजर तिलकुमारी हुमागाँइले अधिकार तथा आर्थिक विकासमार्फत महिला सशक्तिकरण कार्यक्रम विगत तीन वर्षदेखि मनहरी गाउँपालिका र हेटौंडा उपमहानगरपालिकाको विभिन्न वडामा सञ्चालन भएको बताइन् ।
मानव अधिकारको अवधारणा तथा विकासक्रम, मानव अधिकार, मौलिक हक संरक्षणमा स्थानीय तहका भूमिका र न्यायिक समितिको काम कर्तव्य र अधिकारबारे प्रस्तुती रहने इन्सेकका कार्यक्रम संयोजक कृष्णप्रसाद नेपालले बताए ।
कार्यक्रममा अधिवक्ता बस्नेतले प्रजनन् स्वास्थ्य, महिलामाथि हुने हिंसा, कानुनी प्रावधान तथा निराकरणमा स्थानीय तहको भूमिका विषयमा पनि प्रस्तुती दिएकी थिइन् ।
मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर १, ३, ४ र हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ का रिनियु परियोजनामा आवद्ध रहेका १५ ओटा महिला समूहका महिलाहरू र बाल अधिकार समूहका बालिकाहरूको सहभागितामा रहेको थियो ।
मानिसले मानिस भएकै हैसियतले प्राप्त गर्ने सबै अधिकारहरुलाई मानवअधिकार भनिन्छ । मानिस हुनुको हैसियतलाई सम्मानपूर्वक कायम गर्न मानवअधिकारको आवश्यकता पर्दछ । महिला पनि मानव भएको कारणले सबै मानवअधिकार महिलाका पनि अधिकार हुन् । महिलाका विशेष अवस्थाहरुलाई ध्यान दिदैं संयुक्त राष्ट्रसंघको महासभाले महिला विरुद्धका सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि १८ डिसेम्बर १९७९ मा पारित गरी ३ सेप्टेम्बर १९८१ देखि लागू गरेको हो । नेपालले यस महासन्धिलाई २२ अप्रिल १९९१ मा अनुमोदन गरेको थियो । यस महासन्धिले महिलाविरुद्धको भेदभावको परिभाषा गरेको छ ।
परापूर्वकालदेखि नै नेपालमा महिलालाई दोस्रो दर्जाको नागरीकको रुपमा हेर्ने गरिएको पाइन्छ । महिला आर्थिक रुपमा पुरुषमा निर्भर हुनुपर्ने, घरायसी र बच्चा जन्माउने कार्यमा महिलाको महत्वपूर्ण भूमिका रहे पनि महिलाको कामलाई देशको ग्राहस्थ उत्पादनमा गणना नहुने, सम्पत्तिको अधिकारमा असमानता, पितृसत्तात्मक समाज, छोराले स्वर्ग तार्छ भन्ने मान्यता रहि आएको छ ।
सामाजिक कुप्रथाहरु जस्तै: झुमा, देउकी, छाउपडी, कुमारी जस्ता प्रथाहरु प्रचलनमा रहेका छन् । दाइजो तथा तिलक, बालविवाह, मन्जुरी विना विवाह, बोक्सीको रुपमा महिलालाई आरोप लगाई जिउंदै जलाउंने, दाइजो नल्याएको कारण कुटपीटदेखि मार्ने सम्म कार्यले समाजमा महिलाहरु चरम विभेदको शिकार भैरहेका छन् । महिला र पुरुष विच रहेको असमान शक्ति सम्बन्धका कारणले महिला माथि हिंसा हुने गर्दछ । यो लैगिंक विभेदको कारण र प्रतिफल हो । पितृसत्तात्मक मूल्य र मान्यतामा आधारित, असन्तुलित सामाजिक संचना, पुरुष प्रधानता र महिलाको सहायक भूमिका महिलामाथि हुने हिंसाका मूल स्रोत हुन ।
संयुक्त राष्टसंघको महासभाको परिभाषामा “सामाजिक लिङ्गको आधारमा गरिने सम्पूर्ण कार्यहरु जसबाट महिलालाई शारिरीक, मानसिक, सामाजिक हिंसा र यौनिक रुपमा आघात पुग्दछ र डर, धाक, धम्की, ओहोदा र हैसियतको प्रयोग गरी यस किसिमको आघात पुर्याउने काम गरिन्छ वा बलपूर्वक महिलाको स्वतन्त्रता हनन् गर्दै व्यक्तिगत र सामाजिक जिवनमा प्रभावित गर्दछ भने त्यस्ता सबै कार्यलाई महिला विरुद्धको हिंसा” भनिएको छ ।
हाम्रो देशमा महिलाहरुलाई आश्रितको रुपमा हेर्ने दृष्टिकोण विद्यमान छ । हिंसा विरुद्ध सैद्धान्तिक प्रतिवद्धता देखिन्छ । तर, आज पनि नेपाली महिला मानसिक वा शारीरिक हिंसाबाट पीडित हुनु परेको छ । महिला हिंसाको मूल कारण पितृसत्तांंत्मक सामाजिक संरचना महिलाहरुलाई सामाजिक, सांस्कृतिक र आर्थिक अधिकारबाट बन्चित गराउनु हो ।
लिंगका आधारमा गरिने महिला माथिको हिंसा भेदभावको एक रुप हो । यसले महिलाको मानवअधिकारको उलंघन गर्दछ । महिलाको अधिकार उपयोग गर्ने क्षमता तथा स्वतन्त्रतामा आघात पुर्याउछ । “बोक्सी”का नाममा महिला माथि गरिने अमानवीय व्यवहार, दाइजो, घरेलु हिंसा, बलात्कार, महिला बेचविखन, यौन शोषण, परम्परा र धर्मका नाममा गरिने हिंसाहरु महिला विरुद्ध हिंसाका स्वरुप हुन् ।
विशेषत: गर्भ अवस्थामा लिङ्ग छनौट गरि छोरी भु्रणको गर्भपतन, गर्भवस्थामा कुटपटि, शारीरिक दुव्र्यवहार, बाल विवाह, यौन दुव्र्यवहार, जवरजस्ती यौन सम्बन्ध, हाडनाता करणी, कार्यस्थलमा यौन दुव्र्यबहार, वैवाहिक बलात्कार, दाइजो र सम्पतीको कारण हिंसा /हत्या , एकल महिला र वृद्ध महिलालाइ हेला, भेदभाव जस्ता हिंसाहरु हुने गरेको छ भने पुरुष मित्रहरुबाट मनोवैज्ञानिक दुव्र्यवहार, डर त्रास आदि हिंसाहरु देहोरिएका देखिएका छन ।
यसै सन्दर्भमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले अभिलेख गरिएअनुसार सन् २०२२ को अवधीमा मकवानपुर जिल्लामा मानवअधिकार उलंघन तथा ज्यादतीका ७० वटा घटनामा राज्यपक्षबाट ७ जना र अन्यपक्षबाट ६६ जना मानिस पीडित भएका छन् । जसमध्ये ५० जना महिला र २२ जना पुरुष १ जना लैगिंक तथा अल्पसंख्यक वर्गबाट पीडित भएका थिए । बालअधिकारका घटनामा २५ जना बालिका पीडित भएकोमा २१ जना बलात्कारका र ३ जना यौन र्दुव्यवहारका घटना र एकजना नवजात शिशुको घटनामा पीडित भएका हुन् ।
महिलाअधिकारका घटनामा २५ जना पीडित भएकोमा १० जना बलात्कार, ४ जना बलात्कारको प्रयास, ४ जना वहुविवाह र १ जना मानवबेचविखनको घटनामा पीडित भएको इन्सेकको अभिलेखमा रहेको छ । यस अवधिमा ८ वटा हत्याका घटना भएका छन् जस्मा ३ जना महिला र ५ जना पुरुष रहेका छन् १४ जना हत्या प्रयासका घटनामा ३ महिला, १० जना पुरुष र एकजना लैंगिक तथा अल्पसंख्यक वर्गबाट पीडित भएको हो ।
इन्सेकको अभिलेखालयमा सन् २०२१ मा मानवअधिकार उलंघन तथा ज्यादतीको घटना ७८ वटा थिए, जसमध्ये ७३ जना महिला, ५ जना पुरुष पीडित थिए । बालअधिकारका घटनामा ३४ जना बालिकामा २८ जना बलात्कार, ५ जना यौन दुव्र्यवहार र एक जना मानवबेचविखनको प्रयासबाट पीडित भएका छन् । महिला अधिकारका घटनामा ३३ जना ३३ जना पीडित भएकोमा २१ जना बलात्कार, ५ जना बलात्कार प्रयास, १ जना यौन र्दुव्यवहार र ६ जना बहुविवाहको घटनामा पीडित भएका थिए ।
यस अवधीमा १० वटा हत्याका घटना भएका छन् , जसमा ५ जना महिला र ४ जना पुरुष छन् भने एक कुटपीटको घटना रहेको छ । यसरी मानवअधिकारको घटनाहरुलाइ सरसर्ती नियाल्दा यस जिल्लामा मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटनाहरु खासै अन्तर नभएको देखिन्छ ।
यस प्रकारको वर्तमान परिस्थितीमा महिला तथा बालिकाहरुको विशेष अवस्थाहरुलाई ध्यान दिदैं संयुक्तराष्ट्रसंघको महासभाले महिला विरुद्धका सवै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि हरुले यस्ता व्यवहारिक पक्षलाइ पनि समेटिने हुनुपर्छ र मानवअधिकारको संरक्षण र संवर्धणका लागि मानवअधिकारका विश्वरुव्यापी घोषणापत्र पनि सम्पूर्ण नागरिकहरुलाई पहुंचयोग्य बनाइनुपर्दछ ।
नेपालको संविधान र मानवअधिकारले प्रत्याभुत गरिएका हक अधिकारहरु महिला, पुरुष, यौनिक तथा अल्पसंख्यक वर्ग, बालबालिकाहरु, अपांगता भएका व्यक्तिहरु साथै सम्पुर्ण मानवजातिले अधिभाज्य तरिकाबाट उपभोग गर्न पाइएमा मात्र माथि उल्लेखित हिंसा र ज्यादतीका घटनाहरु न्यूनिकरण गर्न सकिन्छ र यसका लागि राज्य एक जिम्मेवार निकाय भएको हुंदा मानवअधिकार संरक्षणका लागि प्रयारत भएकै छ तर पनि यसका लागि एक अभियान नै संचालन गरि नागरिक समाजलाइ समेत झकझक्याइ जिम्मेवार नागरिक बनाउन सकिएमा हरेक वर्गको मानवअधिकारको अस्त्रसस्त्रहरु सुनिश्चित हुन्छ भन्न्ो मेरो निष्कर्ष रहेको छ ।
लेखक वाइवा हिमराइट्स मकवानपुरको कार्यक्रम संयोजक हुनुहुन्छ ।
एकाबिहानै छिमेकी ठूलोबुबाले सुनाउनुभयो “पल्लो गाउँको …..ले आत्महत्या गरेछ ।”
म अक्क न बक्क भएँ । ठूलोबुबा थप्दै हुनुहुन्थ्यो “काठमाण्डौमा राम्रो बिषय लिएर पढ्दै थियो । छोरोलाई पढाउन भनेर हेटौंडाको १ कठ्ठा जमिन पनि बेचेको थियो । घरबाट पैसा भने जति पठाएकै थियो । हिजो दिनभर साथीहरुसँग पिकनिक गएको रे बिहान उठ्दा त….। छोराछोरीलाई सबै कुरा पुर्याउँदा पनि नहुने रहेछ ।”
उहाँको यस्ता कुरा सुन्दै जांदा मेरो मनमा बिभिन्न प्रश्नहरुका ज्वारभाटा अनगिन्ति रुपमा आउंदै थिए । त्यति कुराले मात्र पनि ठूलोबुवा थामिनु भएन बिगतमा आत्महत्या गरेको एउटा महिलाको उदाहरण दिंदै भन्न थाल्नु भयो २ पटक बचाउंदा पनि तेश्रो पटकमा आत्महत्या गरेरै छाडिछ । उहाँको यस कुराले मलाई आत्महत्याको बिषयमा धेरै कुराहरु सोच्न बाध्य बनायो । उहाँले आत्महत्याका अन्य घटना सुनाउंदै हुनुहुन्थ्यो तर म उहाँंको कुरामा भन्दा आत्महत्या गर्छु भन्नेलाई रोक्न नसकिने रहेछ भन्ने कुरामा रोकिएको थिएँ ।
मेरो मनमा प्रश्न माथि प्रश्नहरुको छाल उठ्दै थिए । के आत्महत्या रोक्नै नसकिने होत ? के सबै कुराले सम्पन्न ब्यक्तिले आत्महत्या नै गर्दैनन् त ? आत्महत्याको बिषयमा हाम्रो चेतनाको स्तर कहाँ छ त ? यसलाई रोक्न के गर्नुपर्ने रहेछ ? यस कुराले मलाई चूपचाप बस्न दिएन । म हरदिन यस बिषयको घनिभूत अध्ययन, बिषय बिज्ञहरुसंगको परामर्श र आत्महत्याको बिषयमा गरेको राष्ट्रिय तथा अन्तराष्ट्रिय तथ्याङ्कहरुलाई केलाउँदा यसको रोकथाम सम्भव रहेछ र यसको लागि धेरै ठूलो पहाड पनि फोर्न नपर्ने रहेछ ।
विश्वको तथ्याङ्कलाई हेर्दा एउटा आत्महत्या सफल हुनुको पछाडी २० ओटा प्रयास हुने रहेछ । आत्महत्याको तथ्याङ्क कहाली लाग्दो त छंदै छ त्यस तथ्याङ्ककमा ओझेलमा परेको २० वटा असफल प्रयासले त यसको जरो कतिसम्म गाडीएको रहेछ भन्ने कुरालाई दर्शाउँदछ । नेपाल प्रहरिको तथ्याङ्क अनुसार नेपालमा आ.ब ७३/७४ मा ५१२४ जनाले आत्महत्या गरेको कुरा देखिन्छ भने आ.ब ७७/७८ मा आउँदा यो सख्या बढेर ७११७ जनाले आत्महत्या गरेको देखिन्छ ।
विश्व स्वास्थ्य संगठनको २०१६ को तथ्यांङ्कलाई हेर्दा विश्वभरको १५ देखि २९ बर्षका मानिसको मृत्यको दोस्रो ठुलो कारण आत्महत्या रहेको देखिन्छ । त्यस्तै विस्व स्वास्थ्य सगंठनले २०१४ को तथ्यांकलाई प्रक्षेपण गर्दा नेपाल आत्महत्याको सुचिमा ७ औं नम्बरको सुचिमा र महिलाको मात्र हेर्ने हो भने तेस्रो नम्बरको सुचिमा रहेको देखाउंछ । यसको कारणको बिषयमा हेर्दा ९५ प्रतिसत आत्महत्या मानसिक रोगको कारणले हुने गरेको तथ्याङ्कले देखाउंछ जसमा ८० प्रतिसत आत्महत्या डिप्रेसनको कारण, १० प्रतिसत गम्भीर किसिमका मानसिक समस्याका कारण र ५ प्रतिसत डिमेन्सिया को कारण आत्महत्या हुनेगरेको तथ्यांकले देखाएको छ ।
बांकी ५ प्रतिसत भन्ने अन्य कारणहरुले हुने गरेको देखिन्छ । नेपालमा मात्र हेर्ने हो भने पनि आत्महत्या यूवाहरुमा मृत्यूको यउटा सामान्य कारणको रुपमा रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २००९ को तथ्याङ्कलाई हेर्ने हो भने पनि प्रसुति अवस्था मा रहेका महिलाको मृत्यूको १६ प्रतिसत आत्महत्याको कारणले हुनेगरेको पाईएको छ । नेपालमा आत्महत्याका घटनाहरु प्रहरीमा रिपोटिङ्ग नहुने, लाल्छाना र भेदभावका कारण परिवारले यस्ता घटनाहरु लुकाउने परम्पराले गर्दा पनि आत्महत्याको तत्यांङ्क प्रस्तुत गरिएको भन्दाबढि हुनेकुरा सहजै प्रक्षेपण गर्न सकिन्छ ।
जनसाख्यिकी कारकलाई हेर्दा युवा युवतीहरु, बयस्क, जेष्ठ नागरीक, सम्बन्ध बिच्छेद भएका, समाजबाट टाढै वा एक्लै बस्न चाहानेहरु र केहि ब्यवसायिहरुले यसको जोखिममा भएको देखिन्छ । पारिवारीक जैविक कारकलाई हेर्दा परिवारमा आत्महत्याको ईतिहांस भएका ब्यक्ति, बाल्य अवस्थामा दुव्यबहार वा वेवास्ता गरिका ब्यक्तिहरु सेरोटोरीन हर्मोनको कमिको कारण पनि त्यस्तो जोखिम रहेको छ । त्यस्तै कडा र दिर्घ रोग साथै छारेरोग भएका ब्यक्तिहरु पनि यस्को जोखिममा भएको देखिन्छ । त्यस्तै आशा बिहिनता, आवेगपन र समस्या समाधानको सिपको कमि जस्ता मनोवैज्ञानिक कारण साथै सामाजिक क्षति र बिखण्डन, कमजोर आर्थिक अवस्था, बाल्यकालको बिपत्ती, द्धन्द्ध तथा आर्थिक समस्या जस्ता सामाजिक कारणले पनि आत्महत्यालाई बढावा दिईरहेको अवस्था छ ।
हाम्रो समाजमा अझै पनि आत्महत्यालाई मानसिक कारणले गर्दा हुन्छ भन्ने कुरालाई मान्न सकिराखेको छैन अझ पनि गरिबि, असफलता, बिछोड जस्ता कुरा नै आत्महत्यको प्रमुख कारणको रुपमा लिने गरेको पाईएको छ । त्यसो भए धनि ब्यक्तिहरुले आत्महत्या गरेका छैनन् त ? परिक्षामा असफलतालाई कारण बनाउने हो भने नेपालको शिक्षा प्रणालीमा अपबाद बाहेक झण्डै ४० प्रतिसत भन्दा बढि ब्यक्ति असफल हुन्छन् त्यसो त सबैले आत्महत्या गर्नुपर्ने त ? यस बाट हामि के निक्र्यौलमा पुग्न सक्छौं भन्दा आत्महत्याको पछाडी गम्भिर कारण हुन्छ र त्यो प्रत्यक्ष रुपमा मानसिक स्वास्थ्यसंग सम्बन्धित हुन्छ ।
अझै पनि हाम्रो समाजमा मानसिक स्वास्थ्यप्रति बिभिन्न किसिमका भ्रमहरु बिद्यमान छन् । भनिन्छ दृढ संकल्प भएका व्यक्तिहरुलाई आत्महत्याबाट कसै गरी पनि बचाउन सकिन्न । तर यथार्थ के हो भने उचित ध्यान पुर्याएर उपचार तथा मनोविमर्श प्रदान गरेमा अधिकांश आत्महत्या रोक्न सकिन्छ । त्यस्तै व्यक्तिहरु विना संकेत आत्महत्या गर्दछन् । तर यो भ्रम हो बास्तबिकता के हो भने धेरैजसो आत्महत्याबाट मृत्यु भएका व्यक्तिहरुले आत्महत्याको कुरा गर्ने वा स्पष्ट संकेत गर्ने गर्दछन् । आत्महत्याका प्रयास गरेका व्यक्तिहरुको उद्धार भएपछि आत्महत्याको खतरा टर्दछ भनेको जुन सामाजिक धारणा छ त्यो गलत हो वास्तबिकता के हो भने समस्याको वास्तविक पहिचान तथा उपयुत्त सहयोगको अभाव भएमा भविष्यमा पनि आत्महत्याको खतरा रहने गर्दछ ।
त्यस्तै अर्को गलत धारणा के छ भने आत्महत्याको कुरा गर्ने व्याक्तिहरुले आत्महत्या गर्दैनन् भन्छन् अझै स्थानीय चलनचल्तीको वाक्यमा भन्नुपर्दा भुक्ने कुकुरले टोक्दैन भन्ने युक्ति छ वास्तविकता के हो भने प्रत्येक १० जना मध्ये ८ जनाले आत्महत्या पूर्व आत्महत्याको आशयका बारेमा कुरा गर्ने गर्दछन् ।
यस्ता वैज्ञानिक तथ्याङ्कहरुलाई हेर्दा आत्महत्या त रोक्न सकिने रहेछ । आत्महत्या प्रतिको भ्रम र तथ्यलाई सवै तह र तप्कासम्म पु-याएर चेतनाको स्तरलाई जगाउने गरि चेतनाका कार्यक्रमहरु बिद्यालय तथा समुदाय स्तरमा चलाउनुपर्ने खांचो देखिएको छ । यसप्रति सचेत भएर मानसिक अस्पताल पाटनले शुल्क नलाग्ने फोन नं ११६६ मार्फत् सेवा प्रदा नगरिरहेको अवस्था छ साथै त्रिभूवन विश्व विश्वबिद्यालय शिक्षण अस्पताले पनि १६६००१२१६०० सम्पर्क नंबर मार्फत् सेवा प्रदान गरिरहेको छ। नेपाल सरकारले सम्बन्धित मातहतका निकायहरु मार्फत् सेप्टेम्बर १० अर्थात् विश्व आत्महत्या रोकथाम दिवशको अवसरमा आत्महत्या रोकथाम सम्बन्धि चेतना जगाउन निर्देशन दिएको अवस्था छ ।
मकवानपूर जिल्ला पनि आत्महत्याको जोखिमबाट अछुतो छैन भन्ने कुरा हामी सबैले स्वीकारी सकेको अवस्था हो । यस कुरालाई मध्यनजर गरि प्रदेश, पालिकाहरु तथा वडाहरुले चालू आर्थिक बर्षमा आत्महत्या रोकथामकै बिषयमा भनेर बजेट बिनियोजन गरेको अवस्था छ । यस्ता बिनियोनित बजेटलाई प्रभावकारी रुपमा परिचालन गरी समुदाय स्तरसम्म पुर्याउन सकेमा आत्महत्या रोकथाममा एउटा क्रान्तिकारी छलाङ्ग मार्न सक्ने कुरामा बिश्वस्त हुन सकिन्छ । फेरी पनि मैले मेरो ठुलो बुवाबाट अर्को आत्महत्याको घटना सुन्नु पर्ने दिन आउंदैन भन्ने आशा गरको छु ।
लामा कोशिश संस्था मकवानपूर पैरवी अधिकृत हुन् ।
- सुस्मिता शर्मा
संयुक्त राष्ट्रसंघको सूचना र सञ्चार प्रविधिका लागि विशेष एजेन्सी इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन (आइटियु) को सन् २०२२ नोभेम्बरको तथ्यांकअनुसार विश्वमा अहिले पनि पुरुषका तुलनामा ६ प्रतिशत कम महिलामा इन्टरनेटको पहुँच छ।
नेपालजस्ता अल्पविकसित देशमा यो विभाजन अझ बढी फराकिलो छ। ती देशमा बस्ने ३० प्रतिशत महिलाले मात्र इन्टरनेट प्रयोग गरिरहेका छन्, जुन पुरुषका तुलनामा १३ प्रतिशतले कम हो। अफ्रिकामा महिला र पुरुषको इन्टरनेट पहुँच प्रतिशत क्रमशः ३४ र ४५ छ भने अरब राज्यहरूमा ६५ र ७५ प्रतिशत छ।
विकासका अन्य मानकका आधारमा हेर्ने हो भने नेपालमा इन्टरनेटको पहुँच तुलनात्मक रूपमा राम्रो छ। दूरसञ्चार प्राधिकरणको २०७९ फागुनको एमआइएस प्रतिवेदन अनुसार नेपालको ९३ प्रतिशत जनसंख्यामा मोबाइल ब्रोडब्यान्ड इन्टरनेट सुविधा उपलब्ध छ। जबकि तार जडित ब्रोडब्यान्ड पनि ३९ प्रतिशत छ। यद्यपि नेपालमा इन्टरनेटको उपलब्धता र प्रयोगको अवस्थाबारेमा लैङ्गिक किसिमले तयार गरेको तथ्यांक पाइँदैन।
संयुक्त राष्ट्रसंघको सूचना र सञ्चार प्रविधिका लागि विशेष एजेन्सी इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन (आइटियु) को सन् २०२२ नोभेम्बरको तथ्यांकअनुसार विश्वमा अहिले पनि पुरुषका तुलनामा ६ प्रतिशत कम महिलामा इन्टरनेटको पहुँच छ।
डिजिटल अधिकारको कुरा गर्दा इन्टरनेटको उपलब्धता र पहुँच एक महत्त्वपूर्ण पक्ष हो। त्यसैले माथि उल्लिखित तथ्यांक छुटाउनै नमिल्ने विषय हुन्। इन्टरनेट उपलब्ध हुँदैमा पहुँच पुगेको छ भन्न मिल्दैन। पहुँचको कुरा गर्दा इन्टरनेटको उपलब्धता, इन्टरनेट चलाउन डिभाइसको पहुँच, इन्टरनेट वा डाटा किन्न सक्ने क्षमता, इन्टरनेटको गुणस्तर, इन्टरनेट चलाउने सिपआदि विषयहरू समष्टिगत रूपमा आउँछन्।
काठमाडौं उपत्यकाका सबै जसो स्थानमा गुणस्तरीय इन्टरनेट उपलब्ध भएको भए पनि उपत्यकामा बस्ने सबैले गुणस्तरीय इन्टरनेट सेवा उपयोग गरेका छन् भन्न सकिँदैन। कतिपय गरिब परिवारमा इन्टरनेट चल्न सक्ने मोबाइन फोन छैन, कतिपयसँग मोबाइल फोन भए पनि डाटा किन्न सक्ने आर्थिक स्रोत छैन। इन्टरनेट चलाउन सक्ने सिप नभएका कारणले पनि इन्टरनेटको पहुँचबाट बञ्चित हुनुपर्ने अवस्था छ।
संयुक्त राष्ट्र संघको मानव अधिकार परिषद्ले सन् २०१६ मा इन्टरनेटको माध्यममा मानव अधिकार संरक्षणका सन्दर्भमा जारी गरेको प्रतिज्ञा पत्रमा अफलाइनमा विश्वव्यापी घोषणापत्र १९४८ ले पहिचान गरेका सबै अधिकार अनलाइनमा सुरक्षित हुनुपर्छ भनेर व्याख्या गरेपछि मात्र डिजिटल अधिकारको दायरा फराकिलो भएको हो।
डिजिटल अधिकारको सन्दर्भमा संयुक्त राष्ट्र संघले अनलाइन स्पेसका लागि नयाँ अधिकार परिभाषित गर्न खोज्नुको सट्टा आमनागरिकले बुझेका मानवअधिकारका विषयहरूको सम्बन्ध भएसम्म अनलाइनमा संरक्षणको अवधारणा अगाडि बढाएको देखिन्छ।
काठमाडौं उपत्यकाका सबै जसो स्थानमा गुणस्तरीय इन्टरनेट उपलब्ध भएको भए पनि उपत्यकामा बस्ने सबैले गुणस्तरीय इन्टरनेट सेवा उपयोग गरेका छन् भन्न सकिँदैन।
अभ्यासका दृष्टिले डिजिटल अधिकारमा इन्टरनेटको पहुँचसँगसँगै अनलाइन स्पेसमा मानव अधिकारको प्रयोग, अभिव्यक्ति स्वतन्त्रता, गोपनीयता संरक्षण र तथ्यांकको सुरक्षालगायतका महत्त्वपूर्ण विषय पनि पर्छन्। डिजिटल अधिकार त्यस्ता मानव अधिकार र कानुनी अधिकार हुन्, जसले व्यक्तिलाई डिजिटल मिडिया र माध्यममा पहुँच कायम गर्न, प्रयोग गर्न, सिर्जना गर्न र प्रकाशित गर्न वा कम्प्युटर लगायत अन्य इलेक्ट्रोनिक उपकरण र दूरसञ्चार नेटवर्कहरूमा पहुँच गर्न र प्रयोग गर्न पाउने कुराको सुनिश्चित गर्छ।
लैङ्गिक दृष्टिले डिजिटल अधिकारको कुरा गर्दा विश्वव्यापी रूपमै महिलाहरू पछि छन् र नेपालको अवस्था पनि समान छ। महिलाहरूको आर्थिक पहुँच विश्वव्यापी रूपमै कम भएकाले उनीहरूको इन्टरनेटको पहुँचमा पनि कमी छ।
अर्कातर्फ महिलाहरूले इन्टरनेटका माध्यमबाट अभिव्यक्त गर्ने विचार र धारणाका कारण महिलाप्रति लक्षित घृणाजन्य प्रतिक्रिया, गालीबेइज्जती पनि बढी छ। अनलाइनमा महिलामाथि हिंसा बढेको छ भने विभिन्न कारणले महिलाको गोपनीयता जोखिममा परेको छ।
इन्टरनेट द्रूत गतिमा अगाडि बढिरहेको डिजिटल संसारमा महिलाको डिजिटल अधिकारको संरक्षण, लैंगिक समानता र सशक्तीकरणलाई प्रबद्र्धन गर्ने एक आवश्यक पक्ष भएको छ। आफूलाई अभिव्यक्त गर्न, सूचनामा पहुँच स्थापित गर्न र विभिन्न क्षेत्रमा सहभागी हुने अपार अवसर प्राप्त गर्न महिलालाई इन्टरनेट महत्त्वपूर्ण माध्यम बन्न सक्छ। साथै इन्टरनेटको उचित प्रयोग नहुँदा अनौठा चुनौती र जोखिमहरू पनि देखा पर्न सक्छन्।
लैङ्गिक दृष्टिले डिजिटल अधिकारको कुरा गर्दा विश्वव्यापी रूपमै महिलाहरू पछि छन् र नेपालको अवस्था पनि समान छ। महिलाहरूको आर्थिक पहुँच विश्वव्यापी रूपमै कम भएकाले उनीहरूको इन्टरनेटको पहुँचमा पनि कमी छ।
यो विषयको महत्त्वलाई ध्यानमा राखेर यस वर्ष महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्र संघको आयोग र युएन वुमनले डिजिटल असमानताविरुद्ध लड्न, लैंगिक विभाजनलाई कम गर्न र महिला सशक्तीकरणका लागि डिजिटल आविष्कार र प्रविधि साथ रहनुपर्ने भावको नारासहित अन्तर्राष्ट्रिय महिला दिवस मार्च ८ मा मनाइएको थियो।
यस लेखमा पनि महिलाको डिजिटल अधिकार र तिनलाई सम्बोधन गर्ने आवश्यकतासँग सम्बन्धित केही प्रमुख मुद्दालाई चर्चा गरिएको छ:
डिजिटल लैंगिक विभाजन
नेपालमा डिजिटल लैंगिक विभाजनको अवस्था स्पष्ट छ। राष्ट्रिय जनगणना २०७८ अनुसार अझै पनि १७ प्रतिशत नेपालीले कुनै पनि प्रकारको मोबाइल फोन लिँदैनन्। त्यसको लैंगिक तथ्यांक त छैन तर अभ्यास र अवलोकनका दृष्टिले ती अधिकांश महिला भएको अनुमान गर्न सकिन्छ। पुरुषका तुलनामा महिलाको डिजिटल प्रविधि, इन्टरनेट जडान र डिजिटल साक्षरतामा पहुँचको कमी छ।
यो विभाजनले डिजिटल क्षेत्रमा महिलाको सहभागिता र त्यसबाट प्रतिफल लिने अवसरलाई सीमित गर्छ। यसले सूचनामा उनीहरूको पहुँचलाई प्रतिबन्धित गर्छ र उनीहरूको सशक्तीकरणमा समेत यसले बाधा पुर्याउँछ।
अनलाइन उत्पीडन र हिंसा
नेपालका महिलाहरूले अक्सर अनलाइन हिंसा, साइबर बुलिङ र धम्कीहरू अनुभव गर्ने गर्छन्। यो अनुभव घरायसी काम गर्ने महिलादेखि व्यावसायिक जीवनमा रहेका महिलामा समेत उत्तिकै छ। मिडिया एड्भोकेसी गु्रप नामक गैरसरकारी संस्थाले गरेको एक अध्ययनले नेपालमा कार्य गर्ने ८९ प्रतिशत पत्रकार महिलाले आफैले अनलाइनमा हिंसा भोगेको बताएका छन्। यस्तो हिंसाले गम्भीर मनोवैज्ञानिक र भावनात्मक परिणाम निम्त्याउन सक्छ। सबल कानुन र त्यसको कार्यान्वयन उपयुक्त तवरले नभएको अवस्थाले धेरै महिला त्यस्ता प्रकारका हिंसा भोग्न बाध्य छन्। उनीहरूको अभिव्यक्ति स्वतन्त्रतालाई सीमित गरेको छ भने उनीहरूको अनलाइन सहभागितामा सीमा सिर्जना गरेको छ।
सामाजिक र सांस्कृतिक बाधा
लिंगमा आधारित भएर गहिरो जरा गाडिएर रहेका सामाजिक र सांस्कृतिक मान्यताले नेपालमा महिलाहरूको डिजिटल अधिकारलाई सीमित गर्ने गरेको छ। मधेस तथा कर्णालीका महिलालाई इन्टरनेटको पहुँच र इन्टरनेटमा अभिव्यक्त गर्न सामाजिक र सांस्कृतिक मान्यताले अझै बढी रोक लगाएको पाइन्छ।
लैंगिक स्टेरियोटाइपहरू, रूढिवादी सामाजिक अपेक्षाहरू र परम्परागत लैंगिक भूमिकाहरूले महिलालाई सक्रिय रूपमा डिजिटल प्लेटफर्ममा संलग्न हुन र स्वतन्त्र रूपमा व्यक्त गर्न निरुत्साहित गर्ने तथा सीमा तय गर्ने गरेको छ। डिजिटल स्पेसमा महिलाका सहभागिता र अवसरहरूलाई सीमित गरेका छन्।
सीमित डिजिटल सिप र जागरुकता
नेपालका धेरै महिलामा डिजिटल संसारमा सहभागी हुन पर्याप्त डिजिटल सिप र चेतनाको अभाव छ। सहरी क्षेत्रमा यस्तो अवस्था त्यति धेरै नभए तापनि ग्रामीण क्षेत्रमा भने यो व्यापक छ। महिलाको साक्षरता प्रतिशत पुरुषको तुलनामा कमी छ। गुणस्तरीय डिजिटल साक्षरता कार्यक्रम र तालिमका अवसरहरू नभएका कारणले महिलामा डिजिटल सिप र जागरुकता पनि कमी पाइन्छ। डिजिटल क्षेत्रमा महिलालाई सशक्तीकरण गर्न डिजिटल सिपहरू अभिवृद्धि गर्ने, जागरुकता अभियानहरू प्रबद्र्धन गर्ने र डिजिटल विभाजनलाई कम गर्ने धेरै नीति, परियोजना र अभ्यासको आवश्यकता छ।
अनलाइन गोपनीयता र डेटा संरक्षण
डिजिटल राइट्स नेपालले आयोजना गरेको एक छलफल कार्यक्रममा सहभागी ८० प्रतिशत महिलाले श्रीमान् र परिवारका सदस्यले शंका र प्रश्न गर्ने भएकाले आफ्नो मोबाइमा पासवर्ड नराखेकोे बताएका थिए। यसले महिलाको अनलाइनमा गोपनीयता र डेटा संरक्षणको जोखिमलाई दर्साउँछ।
महिलाहरूको अनलाइन गोपनीयता र डेटा सुरक्षा महत्त्वपूर्ण चिन्ताको विषय हो। गोपनीयताप्रतिको बुझाइ, त्यसको संरक्षण गर्ने सिप, अनलाइन गोपनीयता र डेटा संरक्षण उचित तवरले हुन नसकेको खण्डमा आउन सक्ने जोखिम महिलाहरूको डिजिटल अधिकारसम्बन्धमा महत्त्वपूर्ण चिन्ता गर्नुपर्ने विषयहरू हुन्। नेपालमा महिलाको डिजिटल अधिकारको रक्षाका लागि पुरुष र महिला दुवैमा डिजिटल गोपनीयता शिक्षाको प्रबद्र्धन गर्न आवश्यक छ।
डिजिटल वित्तीय सेवामा पहुँच
महिलाहरूको आर्थिक सशक्तीकरणका लागि डिजिटल वित्तीय सेवामा पहुँच आवश्यक छ। नेपालमा महिलाहरूले डिजिटल भुक्तानी प्रणाली, अनलाइन बैंकिङ र अन्य वित्तीय सेवाहरूमा पहुँच कायम गर्दा वा प्रयोग गर्दा अनेक अवरोधहरूको सामना गर्नु परिरहेको छ।
कोभिड १९ पछि केही महिलाहरू अनलाइनमा आधारित व्यवसायमा समेत सहभागी भएको देखिन्छ तर त्यो सीमित छ। महिला उद्योगी महासंघले यस क्षेत्रमा क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गरेको पनि देखिन्छ। यद्यपि यी विषयहरू संरचनागत रूपमा सम्बोधन गर्न आवश्यक छ। अनलाइनमा महिलाहरूको वित्तीय समावेशीकरणका लागि सरकारले छुट्टै नीति र अभ्यासको आवश्यकतालाई सम्बोधन गर्नु जरुरी हुन्छ।
राष्ट्रिय जनगणना २०७८ अनुसार अझै पनि १७ प्रतिशत नेपालीले कुनै पनि प्रकारको मोबाइल फोन लिँदैनन्। त्यसको लैंगिक तथ्यांक त छैन तर अभ्यास र अवलोकनका दृष्टिले ती अधिकांश महिला भएको अनुमान गर्न सकिन्छ।
यी प्रमुख मुद्दाहरूलाई सम्बोधन गर्न सरकारी पहलहरू, नागरिक समाज संगठनहरू र निजी क्षेत्रको सहभागितामा बहुपक्षीय दृष्टिकोण आवश्यक छ। नीतिगत सुधार, इन्टरनेटको पहुँच अभिवृद्धि, डिजिटल साक्षरता प्रबद्र्धन, महिलाहरूको डिजिटल अधिकारका बारेमा चेतना, कानुन कार्यान्वयनको प्रभावकारी व्यवस्था, अनलाइन हुने हिंसा र घृणाको उपचारको उचित कानुनी व्यवस्था सम्बोधन गर्नैपर्ने क्षेत्र हुन्।
लैंगिक समानता हासिल गर्न, अभिव्यक्ति स्वतन्त्रताको प्रबद्र्धन गर्न, सूचनामा पहुँच सुनिश्चित गर्न, महिलाहरूलाई आर्थिक रूपमा उकास्न, अनलाइन सुरक्षा प्रदान गर्न, राजनीतिक र सामाजिक सहभागिता बढाउन, गोपनीयता तथा तथ्यांक सुरक्षालाई सुनिश्चित गर्न र आत्मनिर्णय एवम् सशक्तीकरणलाई बढावा दिन महिलाको डिजिटल अधिकार महत्त्वपूर्ण हुन्छ।
यी अधिकारहरूको संरक्षण गरेर थप समावेशी, न्यायपूर्ण र सशक्त डिजिटल समाज सिर्जना गर्न सकिन्छ। जसले डिजिटल लैंगिक अन्तरलाई न्यून नगरी लैंगिक समानतामा पुग्न वा संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्य हासिल गर्नसमेत योगदान दिने छ। नागरिकन्युज नेटवर्कबाट
मकवानपुर । मकवानपुरकाे हेटौडामा मानव अधिकारी तथा महिला अधिकार सम्बन्धी तालिम सुरु भएकाे छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले जिल्लाको मनहरी गाउँपालिका र हेटौँडा उपमहानगरपालिका १९ नम्बर वडाका स्थानीय महिला एवम् पुरुषलाई मानव अधिकार, महिला अधिकार र क्षमता अभिवृद्धिसम्बन्धी २ दिने तालिम साउन १९ बाट सुरु गरेकाे हाे ।
इन्सेकले अधिकार तथा आर्थिक विकासमार्फत महिला सशक्तिकरण कार्यक्रम सञ्चालित मकवानपुरका 2 पालिकाका स्थानीय महिला तथा पुरुषलाई तालिम दिइएको हो । जिल्ला अदालत मकवानपुरका न्यायधीश ऋषिराम निरौलाले तालिममा अरुको कुरा सुन्ने, आफ्नो अनुभव बताउने, दोधार भएका कुराहरूको स्पष्ट हुनुपर्ने र तालिममा सिकेका कुराहरू अरुलाई पनि सिकाउनु पर्ने बताए ।
‘तालिमपछि कार्यन्वयनका लागि स्थानीय तहमा समूहमा थप छलफल गर्नुपर्छ’ निरौलाले भने ‘आय आर्जनका लागि केही वस्तु र सामाग्री मागेर हैन सीप र ज्ञान तथा प्रविधिको विकास र प्रयोग गर्न सके दिगो रूपमा स्थायित्व हुन सकिन्छ ।’ इन्सेक महासचिव डा. रघुनाथ अधिकारीले लैङ्गिक समानताको लागि सबै कार्यक्रममा महिला सहभागिता हुन जरुरी रहेको बताए महिलाको अधिकार स्थानीय तहबाट कार्यन्वयनको लागि सबै युवा तथा पुरुषको भूमिका रहने अधिकारीले बताए । ‘अवसर र पहुँचको अभावमा महिला, दलित र विपन्न वर्ग अझैपनि अधिकारको पहुँचबाट पिछडिएका छन्’ अधिकारीले भने वञ्चितिमा रहेका वर्गलाई विकासको मूल प्रवाहिकरणमा ल्याउँदै मानव अधिकार मैत्री विकास गरिनु पर्छ । आर्थिक उन्नयन बिना मानव अधिकार प्राप्त हुन नसक्ने हुँदा सचेतना शिक्षाका लागि यस्ता कार्यक्रमले ठूलो भूमिका खेल्ने उनले बताए ।
राष्ट्रिय मानव अधिकार आयोग, बागमती प्रदेश कार्यालयका प्रमुख यज्ञप्रसाद अधिकारीले नागरिक अधिकार र राजनीतिक अधिकारसँगै आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको विकासमा समेत सचेत रहनुपर्ने बताए । ‘मानव अधिकारको विकासमा सबै जनता बलियो भयो भने स्थानीय सरकार पनि बलियो हुन्छ’ उनले भने ‘मानव अधिकार अराजकता होइन, नागरिकले अधिकारसँगै कर्तव्य पनि निर्वाह हुनुपर्छ ।’
इन्सेकका बागमती प्रदेश संयोजक गणेश भण्डारीले तालिमले स्थानीय स्तरमा हुने मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको पहिचान गर्न सहज हुने बताए । ‘स्थानीय तह मानव अधिकारमैत्री हुनुपर्छ’ उनले भने । वडामा आय आर्जनमा आवद्ध महिला समूहलाई मानव अधिकार, महिला अधिकार, घरेलु हिंसाको पहिचान, न्याय प्रकृयामा पहुँच र नेतृत्व विकासमा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएकाे भण्डारीले बताए ।
मनहरी गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष प्रकाश थापाले तालिम मानव अधिकार उल्लङ्घन हुने अवस्थाकाे जानकारी लिन उपयुक्त रहेको बताए । ‘अधिकारको साथसाथै शिक्षा, स्वास्थ्य र सामाजिक विकासमा पनि ध्यान दिनुपर्छ’ उनले भने । मनहरी गाउँपालिका वडा नं. १ का वडाध्यक्ष शिवप्रसाद खनालले हरेक क्षेत्रमा अगाडि बढ्न आफू सक्षम बन्न जरुरी रहेको बताए । हेटौँडा उपमहानगरपालिका वडा नं. १९ का वडाध्यक्ष नरनाथ सुवेदीले इन्सेकद्वारा सञ्चालित कार्यक्रमहरूको उपलब्धीहरू, सिकाई, चुनौती र दिगोपनका विषयकाे आफ्नै महत्व रहेकाे बताए । ‘मानव अधिकार उल्लङ्घनको कुरा सबैले वडा कार्यालयमा जानकारी गराएमा यसको कानुन बनाउन र कार्यन्वयन गर्न सजिलो हुन्छ’ उनले भने ।
इन्सेक कार्यक्रम संयोजक कृष्णप्रसाद नेपालले कार्यक्रम सञ्चालित स्थानीय तहमा मानव अधिकारलाई सुदृढ बनाउनको लागि मानव अधिकार समूहमार्फत सचेतना कार्यक्रम, जनप्रतिनधिहरूका लागि मानव अधिकार र महिला अधिकारबारे क्षमता अभिवृद्धि कार्यक्रम र स्थानीय सरोकारवालसँग शिक्षा, स्वास्थ्य, खाद्य अधिकारबारे सार्वजनिक सुनुवाइ जस्ता कार्यक्रमहरू गरी समुन्नत समाज निर्माणमा पैरवी गरिरहेको बताए ।
डब्लुपिडिकी फिल्ड सुपरभाइजर तिल कुमारी हुमागाँइले अधिकार तथा आर्थिक विकासमार्फत महिला सशक्तिकरणका लागि महिला र पुरुष दुवै समन्वय र सहकार्य गर्दै महिलाहरूलाई आयआर्जन कार्यमा आफै आत्मनिर्भर बनाउनु पर्ने बताइन् ।महिला आफैमा सक्षम भएमा सबै क्षेत्रमा अगाडि बढ्न सक्ने र महिला हिंसा न्यूनीकरण हुनेछ हुमागाईंले भनिन् ।
मकवानपुर । माइती नेपाल मकवानपुरले मानव वेचविखन विरूद्वको अन्तर्राष्ट्रिय दिवसको अवसरमा घरदैलो सचेतना कार्यक्रम गरेको छ ।
माइती नेपालले हेटौंडा उपमहानगरपालिका वडा १० को न्युरेनी र ११ को सिमल्टार बस्तिमा मानव बेचविखन विरुद्ध सचेतनामुलक जानकारी सहित घरदैलो कार्यक्रम गरेको हो ।

यस अन्तरगत १२१ घरघुरीमा मानव बेचविखन विरुद्धको जानकारी प्रदान गरीको र माइती नेपालद्वारा प्रकाशित बु्रसरहरु वितरण गरिएको कार्यालय प्रमुख माया तामाङले बताइन् ।
यसैगरी संस्थाले साना हालतहरु नेपाल, सामुदायिक सेवा प्रहरीसमेतको उपस्थितीमा हेटौंडा १० बसपार्क क्षेत्रमा ५० जनाको समूहमा छलफल कार्यक्रम गरेको सुपरभाइजर मन लामाले बताइन् ।
छलफलमा मानव बेचविखन विरुद्ध, साइबर क्राइम, बैदेशिक रोगजार, यौन शोषण, शारिरीक शोषणबारे जानकारी र ब्रुसर वितरण गरिएको थियो । छलफल कार्यक्रममा सामुदायिक सेवा उपकेन्द्र बस पार्कको सिता खत्री, सबिना पोखरेल, साना हातहरु नेपालको दीपक रुम्बा, ऐलिशा रुम्बाको समेत उपस्थिती रहेको थियो । संस्थाले सचेतनामुलक स्टीकर गाडीमा पनि टांसिएकाे थियो।
मकवानपुर । मनोरञ्जन क्षेत्रमा कामगर्ने श्रमिकहरूको अवस्था सुधार गर्न सबै स्थानीय तहहरुसँग नियमित र निरन्तर अनुगमन तथा समन्वय आवश्यक रहेको बताइएको छ ।
हेटौंडामा आयोजना गरिएको एक कार्यक्रममा भएको बहसमा यस्तो बताइएको हो । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका सभापति ललित घलानले सबैको सहकार्यबिना मनोरञ्जन क्षेत्रमा कामगर्नेहरूको अवस्थामा सुधार ल्याउन संभवन नभएको बताए ।
विश्वास नेपालको आयोजनामा भएको मनोरञ्जन तथा सत्कार सेवा क्षेत्रमा काम गर्ने श्रमिकहरुको हकहित र मर्यादित श्रम सम्बन्धी न्यूनतम मापदण्ड तथा अनुगमन निर्देशिका २०७० कार्यान्वयन सम्बन्धि जिल्ला स्तरिय कार्यशाला गोष्ठीमा यस्तो बताइएको हो ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका महिला बालबालिका महाशाखा प्रमुख विष्णुकुमारी लामिछाने यो क्षेत्रका श्रमिकहरुको सुरक्षा र अधिकारको सवालमा धेरै तयारी बाँकी रहेको बताइन् ।
कार्यक्रममा मनहरी गाउँपालिका उपाध्यक्ष सिता पुलामीले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरुको अवस्था अत्यन्तै नाजुक रहेको बताइन् । उनीलाई शोषण दमनबाट मुक्त गराउनको लागी सचेतना आवश्यक रहेको पुलामीले बताइन् । कला प्रदर्शन गर्न पाउनु पर्ने तर, श्रम शोषण गर्न नपाइने उनले बताइन् ।
कार्यक्रममा विश्वास नेपालको अध्यक्ष तारा भण्डारीले प्रस्तुत गरेकी थिइन् । श्रमिकहरुको अवस्था सुधारको लागि सरोकारवालहरुसँगै आफूहरुले नियमित सहकार्य गर्ने भण्डारीले बताइन् ।
श्रम वा रोजगार कार्यालयका प्रमुख छन्दनारायण श्रेष्ठ श्रम ऐन र यसमा तोकिएको पारिश्रमिक बारे जानकारी गराएका थिए । यसैगरी जिल्ला प्रहरी कर्यालय महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र प्रमुख चुडा खड्काले अधिकारको सवालमा सँगसँगै जिम्मेवारीको सवाल पनि उठाउनु जरुरी भएको बताइन् ।
मनोरन्जन क्षेत्रको लागि बनेको २०७७ को अनुगमन निर्देशिका सम्बन्धि जानकारी गराउने, अनुगमन समिति गठनका लागि कार्ययोजना तयार बनाउन पहल गर्ने, मनोरञ्जन तथा सत्कार सेवा व्यवसायमा नियमित अनुगमन गर्न पहल गर्ने उदेश्यले कार्यक्रम गरिएको अध्यक्ष भण्डारीले बताइन् ।
विश्वास नेपालले रेष्टुरेण्ट क्षेत्रमा कार्यरत श्रमिकहरूको हक अधिकार सुनिस्चित गर्ने पेशालाई मर्यादित र सम्मानित बनाउन पहल गर्ने, साथै श्रमिक महिलाहरूको आर्थिक तथा सामाजिक स्तर वृद्धि गर्ने उद्देश्यका साथ कार्यक्रमहरु गर्दै आएको छ ।
मकवानपुर । मकवानपुरका वनकरीयाहरुले आफ्नो स्थायी बसोबासको लागि सामुहिक जग्गा माग्दै प्रदेशको मन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।
मकवानपुर जिल्ला मनहरी गाउँपालिका ४ ट्वाङ्ग्रामा कबुलियती बनको जग्गामा बस्दै आएका उनीहरुले स्याथी बसोबासको लागि दशकदेखि जग्गाको माग गर्दै आएका छन् । उनीहरुले आज पनि बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा वनकरिया महिला विकास संघद्वाराको नेतृत्वमा जातीगत स्थायी बसोबासको ब्यबस्था मिलाउनको माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।
भूमि व्यवस्था मन्त्रालयसमेत हेर्ने गरी गाभिएको प्रदेशको कृषि मन्त्रालयका मन्त्री डाक्टर राजेन्द्रमान श्रेष्ठलाइ ज्ञापन पत्र बुझाएको वनकरिया महिला विकास संघ संयोजक माया वनकरियाले बताइन् ।
मनहरी गाउपालिकाका ४ वडा अध्यक्ष प्रकाश थापा समेत सहभागीतामा उनीहरुले ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्र बुझ्दै बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्री श्रेष्ठले वनकरीया समूदायको मागलाई सम्बोधन गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
वनकरीया समूदायले एकदशक देखि नै सामूहिक पूर्जाको माग गर्दा संघ र प्रदेशको मन्त्रालयमा ज्ञापन पत्र बुझाउँदै आएको वनकारीया समुदायकी अगुवा सन्तोषि वनकरीयाले बताइन् । “हामीले कुनै पनि मन्त्रीलाई ज्ञापन पत्र बुझाउन छाडेका छैनौ, तर हाम्रो सुनुवाई भएकै छैन” सन्तोषिले भनिन् । हाल बसेको कबुलियती वनको जग्गामा वनसँगको संझौता अनुसार त्यो स्थान छाड्नु पर्ने समय नजिकीदै जाँदा आफूहरुलाई पीडा हुँदै आएको उनले बताइन् ।
तस्बिर साैजन्य पत्रकार निशा गुरुङ
मकवानपुर । मकवानपुरकाे बकैया गाउँपालिकालाई बालश्रम मुक्त बनाउन कार्ययोजना तय गरिएकाे छ । बालश्रम निबारणको लागि स्थानीय तहको भूमिकासम्बन्धी अन्तरकृया गर्दै गाउँपालिकालाई बालश्रम मुक्त बनाउन कार्ययोजना तय गरिएकाे हाे ।
पालिका अध्यक्ष, उपाध्यक्ष, बडा अध्यक्षहरु, कार्यपालिका सदस्य र बालमैत्री सहजकर्ता र बाल क्लबको प्रतिनिधीहरु सहभागी कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिब अम्बिकाप्रसाद अधिकारीले बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यबिधि, २०७७ का व्यवस्था अनुसार आगामी कार्ययोजना तय गर्न सहजिकरण गरेका थिए । अधिकारीले नेपालमा बालबालिका तथा बालश्रमको अबस्था, दिगो बिकाशमा बालश्रमको लक्ष, बालश्रम मुक्त समाज निर्माणको लागि नेपाल सरकारको बिद्यमान नीति, बालश्रम मुक्त स्थानीय तह घोषणा किन आवश्यक छ भन्ने विषयमा सहजिकरण गरिएकाे बताइएकाे छ ।
बकैया गाउँपालिका र बाल कल्याण समाज, मकबानपुरको संयुक्त आयोजना तथा स्वातन्त्रता अभियान र राष्ट्रिय बाल संरक्षण संजाल नेपालको समन्वय र सहकार्य ग्लोबल मार्चको सहयोग भएकाे कार्यक्रममा बकैया गाउँपालिकाको अध्यक्ष धर्मराज लामिछानेले बालश्रम अन्त्यको लागि बिधालय जाने उमेरका बालबालिकालाई बिधालय पठाउने वातावरण बनाउन पर्ने बताए ।
बालबालिकाको बिधालय छोडने दर घटाउदै बालबालिकालाई बिधालयमा टिकाउने कार्य गरियो भने बालश्रममा जान रोक्न सकिने भएकोले पालिकाले यसै अनुरुप कार्य गरिहेको लामिछानेले बताए । ‘दिबा खाजाले बालबालिकालाई बिधालयमा टिकाउन सहज भएको छ’ उनले भने–‘अब टोलटोलमा शिक्षा समिती लाई जिम्मेबार बनाउदै गुणस्तरिय शिक्षा र बिपन्न, सिमान्तकृत बालबालिकाको शिक्षा पाउने अधिकार सुनिश्चितको योजना रहेको छ ।’
यसैगरी पालिकाको उपाध्यक्ष भक्त बहादुर खत्रीले पालिकाले अनुगमन गर्दा पालिका भित्र बालश्रम नभेटिएको तर पालिकाबाट अन्य जिल्लामा बालश्रममा गएकोमा ध्यानाकर्षण भएकोे बताए । अब बालबालिकालाई बालश्रममा जान रोक्ने र बालबिकास र बालसंक्षणको सबालमा कार्य गर्ने उनले बताए । बालश्रम मुक्तका लागि पालिकाले श्रमिक बालबालिकाको आबाजको सुनुवाई गर्दै लगानी योजना बनाउन आबश्यक रहेको बाल कल्याण समाजका अध्यक्ष प्रकाश खतिवडाले बताए । बालश्रम निबारण सम्बन्धी राष्ट्रिय गुरु योजनालाई कार्यान्वयनमा ल्याई तिनैतहको सरकार र नागरिक समाजको समन्वय र सहकार्यबाट बालश्रमको अन्त्य गर्न सकिने खतिबडाले जानकारी दिए ।
यसैगरी श्रम कार्यालय हेटौडाका प्रमुख छन्द नारायण श्रेष्टले बालश्रम अन्त्यको लागि पालिकामा बालश्रमको अनुगमन र भेटिएको बालश्रमको ब्यबस्थापन गर्न पालिकासँग सहकार्य गरिने बताए । बालश्रमको अन्त्य, बाल बिबाहको अन्त्य, शिक्षाको अधिकारको सुनिश्चितता र बाल संरक्षण निकै चुनौती रहेकोले स्थानीय तह सँगसँगै प्रदेश र संघीय सरकारको समेत बिशेष योजना रहनु पर्ने सहभागी जनप्रतिनिहरुले बताएका थिए ।
पालिका अध्यक्ष लामिछानेको प्रमुख आतिथ्यता तथा समाज अध्यक्ष एबं राष्ट्रिय बाल संरक्षण संजालको केन्द्रिय अध्यक्ष प्रकाश खतिवडाकाे सभाध्यक्षतामा भएकाे कार्यक्रममा पालिका उपाध्यक्ष खत्री र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको उपसचिब अधिकारीको बिशेष आतिथ्यता र प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्टको आतिथ्यतामा रहेकाे थियाे ।