
डाक्टर कुटपिटमा संलग्नमध्ये थप एकजना पक्राउ
मकवानपुर । हेटौंडा–१ स्थित सञ्चो अस्पतालका डाक्टर कुटपिट घटनामा संलग्नमध्ये थप एक जनालाई प्रहरीले पक्राउ गरेको...

काजकिस्तानमा हुने बक्सिङ प्रतियोगिताको लागि मकवानपुरकी घलान छनौट
मकवानपुर । मकवानपुरकी बक्सिङ खेलाडी राेशनी घलान काजकिस्तानमा हुने बक्सिङ प्रतियोगितामा सहभागी हुने भएकी छिन् ।...

हराएकी घलान मृत फेला
मकवानपुर । मकवानपुर ईन्द्रसरोबरबाट हराएको मानिस मृत फेला परेको छ । भदौ ३० गते ईन्द्रसरोबर २ ठुलोटारकी ९१ वर्षी...

मिक्सरमाथि टिपर खस्दा २ जना घाइते
मकवानपुर । मकवानपुरको बकैयामा मिक्सरमाथि टिपर खस्दा २ जना घाइते भएका छन् । हेटौडा काठमाडाै कान्तिलोकपथ अन्तरगत...

१० केजी गाँजा सहित २ जना नियन्त्रणमा
मकवानपुर । मकवानपुर प्रहरीले हेटौँडाबाट लागूऔषध गाँजा १० केजी सहित २ जनालाई नियन्त्रणमा लिएकाे छ । प्रहरीले हे...

प्रधानको परिवारकाे न्यायकाे लागि प्रशासनलाई ज्ञापन पत्र
मकवानपुर । हेटौडा १२ का राजेश प्रधानको परिवारकाे न्यायका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ज्ञापन पत्र ब...

विदेसी मुद्रासहित १ जना भारतीय नियन्त्रणमा
मकवानपुर । मकवानपुर प्रहरीले विदेशी मुद्रा सहित १ जान भारतीय नागरिकलाई नियन्त्रणमा लिएकाे छ । भदाै ३१ गते बेलु...
मकवानपुर । सिविन नेपाल मकवानपुरले विद्यार्थी तथा बालबालिकालाई छात्रवृत्ति, खाद्यान्न सामाग्री सहयोग गरेको छ । राष्ट्रिय बाल दिवस, २०८० को अवसरमा सिविनले सहयोगसंगै हाजिरीजवाफ प्रतियोगिता समेत गरेको छ ।
सिविनले मकवानपुरका विभिन्न विद्यालयका ९ जना विद्यार्थीलाई शैक्षिक सहयोग र हेटौंडाका ४ जना बालबालिकालाई खाद्यान्न सामाग्री सहयोग गरेको हो ।
हेमकर्ण आधारभुत विद्यालय गढी २ का २ जना, हेटौंडा उपमहानगरको निर्मल मावि बस्तीपुरमा कक्षा ११ को १ जना, वनदेवी माविको १ जना, प्रतिभा आविको १ जना, महेन्द्रकिरण मावि मनहरीका २ जना, प्रगति प्रावि लोथरका १ जना र श्री राष्ट्रिय मावि सुनाचुरीमा अध्ययनरत १ जना गरी जम्मा ९ जनालाई स्टेशनरी, ब्याग, विद्यालय पोशाक तथा भर्ना शुल्क सहयोग प्रदान गरिएको सिविन मकवानपुरका प्रबन्धक झबिन्द्र ज्ञवालीले जानकारी दिए ।
त्यसै गरी हेटौंडा उपमहानगरपालिका वडा नं. १ का ४ जना बालबालिकाको परिवारलाई वडाको सिफारिसमा खाद्यान्न सहयोग वितरण गरिएको ज्ञवालीले बताए । अतिविपन्न, विचैमा पढाइ छोड्न सक्ने सम्भावना भएका, बालश्रम, बालविवाहको जोखिममा पर्नसक्ने सम्भावना भएका बालबालिकाहरुलाई सहयोग गरिएको बालहेल्पलाइनले जनाएको छ । सिविनका परियोजना अधिकृत दूतकुमार लामा र वडा नम्बर १ का सदस्य ईश्वरी रसाइलीले खाद्यान्न सामाग्री वितरण गरेका हुन ।
को अवसरमा सिविन नेपाल मकवानपुरद्वारा छात्रवृत्ति सहयोग, खाद्यान्न सामाग्री सहयोग र हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । मकवानपुरका विभिन्न विद्यालयका ९ जना विद्यार्थीलाई शैक्षिक सहायता र हेटौंडा १ का ४ जना बालबालिकालाई खाद्यान्न सामाग्री सहयोग गरिएको हो ।
यसैबीच बाल दिवसको अवसरमा मनहरी गाउँपालिकाको वडा स्तरीय हाजिरीजवाफ प्रतियोगिता भएको छ । वडा कार्यालय र सिविन नेपालको आयोजनामा बालबालिकाहरु बिच हाजिरीजवाफ प्रतियोगिता भएको छ ।
‘बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी’ मूल नाराका साथ राष्ट्रिय बाल दिवस २०८० मनाइएको हो ।
मकवानपुर । हेटौंडा १ कि धन लामा स्याङ्तानालाई कोसिस नेपालले घरेलु साना उद्योग सन्चालनको लागि सहयोग गरेको छ ।
मानसिक स्वस्थ्य समस्याबाट उठेर सहज जीवन यापन गरिरहेकी लामालाई मासुको अचार बनाउनको लागि आवश्यक बीउ पुजीको रुपमा सहयोग गरेको कोसिस मकवानपुर पैरवी अधिकृत सुनिरा लामाले बताइन् ।
व्यस्तताले व्यक्तिलाई मानसिक रुपमा तन्दुरुस्त र आर्थिक रुपमा समेत सशक्त बनाउने भएकोले वडा कार्यालयबाट आगामी दिनमा आयोजना हुने सिपमुलक तालिममा पनि लामालाई समेट्ने वडा अध्यक्ष सबिन न्यौपानेले बताए ।
वडा अध्यक्ष न्यौपाने, सदस्य इश्वरी रसाइली, गैसस मकवानपुर उपाध्यक्ष कुमारी वाइबालगायतको उपस्तिथिमा उनलाई ग्यास सिलिन्डर, अचार प्याकिङ गर्ने बट्टाहरू, अचारको लागि चाहिने मासु, खुर्सानीलगायत मसलाहरू सहयोग गरिएको हो ।
४५ बर्षीया लामाले आफ्ना छोरीहरूको साथमा अब व्यवसायीक रुपमा अचार उत्पादन गरेर आर्थिक उपार्जन गर्ने बताइन् ।
लामो समयसम्म सुधारक गृहमा बिताएकी लामाको अहिले मानसिक अवस्था राम्रो रहेको र ब्यस्त रहदा झनै राम्रो हुने भएकोले सहयोग गरेको कोशिशकी सकुन्तला पौडेलले बताइन् ।
मकवानपुर । विज्ञान शिक्षक समाज मकवानपुर र नवोदय शिशु सदन हेटौंडाले विज्ञान दिवस मनाउने भएको छ ।
‘विज्ञान साक्षरता र उद्यमशीलता : सफल अर्थतन्त्रको आधारशीला’ भन्ने नाराका साथ देशभर विज्ञान दिवस –२०८० मनाउन लागिएको छ । विज्ञान दिवस –२०८० को सन्दर्भमा ‘समृद्ध समाज निर्माणका लागि विज्ञान शिक्षाको भूमिका’ विषयक माध्यमिक तह (कक्षा ९–१२)स्तरीय वक्तृत्व कला प्रतियोगिता हुने भएको हो । विज्ञान शिक्षक समाज मकवानपुरले नवोदय शिशु सदनको सहकार्यमा असोज ६ गते वक्तृत्व कला प्रतियोगिता आयोजना गर्न लागेको छ ।
नवोदय शिशु सदनमा हुने वक्तृत्व कला प्रतियोगितामा मकवानपुरका गाउँपालिकाबाट कम्तिमा १ छात्रा सहित ३ जना , थाहा नगरपालिकाबाट कम्तिमा १ छात्रासहित ४ जना र हेटौँडा उपमहानगरपालिकाबाट कम्तिमा २ छात्रासहित ५ जना विद्यार्थी सहभागी हुने समाज सचिव सुवास खनालले जानकारी दिए ।
जिल्लास्तरीय उक्त प्रतियोगिताको लागि ४ पालिकास्तरको छनौट पूरा भइसकेको र ६ पालिकामा हुँदै गरेको सचिव सुवास खनालले बताए । बकैया, मनहरी , गढी र हेटौँडाको छनौट पूरा भएको छ । मकवानपुर गढी गाउँपालिकाको छनौट प्रक्रिया भाद्र २७ गते भएको थियो भने हेटौँडा उपमहानगर पालिकाको छनौट भाद्र २९ गते भएको छ । त्यसै गरी मनहरी पालिकाले डिजिटल प्रविधिबाट छनौट कार्यक्रम गरेको छ ।
मकवानपुरगढीको गाउँपालिकाकामा १३ जना सहभागीहरूमध्येबाट जनता माध्यमिक बिद्यालय मकवानपुर गढी ७ सुकौराका छात्र बिकास गोले, भानु माध्यमिक बिद्यालय मकवानपुर गढी ६ मक्रान्चुलिका छात्रा सन्ध्या दहाल र चण्डिका माध्यमिक बिद्यालय मकवानपुर गढी २ शिखर कटेरीका छात्रा सन्ध्या बास्कोटा छनोट गरेको छ ।
यसै गरी उपमहानगरस्तरीय छनौट कार्यक्रम भने भुटनदेवी मावि हेटौँडा –४ मा भएको भएकोमा बाल जागृति इङ्ग्लिस स्कुलकी रितिका छत्कुल्ली, नवोदय शिशु सदनकी विदुषी हुमागाईँ, ज्ञानदीप शिक्षा निकेतनका आदर्श पौडेल र प्रतिष्ठा कार्की तथा जनप्रिय माविकी एरिना चौलागाईँ छनौट भएका छन् ।
छनौट भएका सबै पालिकाका प्रतियोगीलाई पुन: नवोदय शिशु सदनमा प्रतिष्पर्धा गराई प्रथम, द्वितीय , तृतीय र सान्त्वना हुनेलाई क्रमश: ६ हजार , ५ हजार, ४ हजार र ३ हजार सहित प्रमाणपत्र प्रदान गरिने स्ट्यान जिल्ला अध्यक्ष खेमराज लामिछानेले जानकारी दिए ।
मकवानपुर । बागमती प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री गंगानारायण श्रेष्ठले हुलाक सेवालाई जीवन्त राख्न स्मार्ट बनाउन जरुरी रहेकाे बताएका छन् । हुलाक सेवा विभागले शुक्रबार हेटाैँडामा गरेकाे ‘एक पालिका एक हुलाक कार्यालयको अवधारणा बमोजिम हुलाकको पुनर्सरचना सम्वन्धी अन्तरक्रिया कार्यक्रम’मा मन्त्री श्रेष्ठले यस्ताे बताएका हुन् ।
हुलाक सेवाले ७ सय ५३ स्थानीय तहमा प्रदेश र स्थानीय तहका चिठीपत्र मात्रै होइन, सवारीलाइसेन्स, राहदानी, नागरिकता, जेष्ठ नागरिक परिचयपत्र, राष्ट्रिय परिचयपत्र जस्ता आधारभूत कागजात हुलाक सेवा मार्फत जनताको घरदैलोमा पुर्याउने व्यवस्था मिलाउन सक्नुपर्ने श्रेष्ठले बताए । ‘सूचना प्रविधिबाट भाग्ने होइन, त्यसलाई आत्मसात गर्न सक्नु पर्छ’ मन्त्री श्रेष्ठले भने हुलाकलाई पनि प्रविधिमैत्री बनाएर सफ्टवेयरकाे विकास गर्न सकेमा मात्रै सेवालाई प्रभावकारी रुपमा अगाडि बढाउन सकिन्छ ।’
बागमती प्रदेशका १३ जिल्ला निर्देशनालय तथा बारा, पर्सा, राैतहट, सर्लाही, महाेत्तरी र धनुषा गरि कुल १९ जिल्लाका हुलाक अधिकृत तथा केही स्थानीय तहका प्रतिनिधिहरुसमेतलाई बिद्यमान डाँक रेखा र भावि डाँक व्यवस्थापन, वर्तमान हुलाक सेवा र समसामयिक सुधार,सूचना प्रविधि र प्रणालिकाे प्रयाेगलगायत विषयमा छलफल गरिएकाे विभागका महानिर्देशक प्रदिपराज अधिकारीले जनाकारी दिए ।
पदमपाेखरीमा प्रहरी चौकी भवन
मकवानपुरको पदमपोखरीमा प्रहरी चौकी भवनकाे उद्घाटन गरिएको छ । शुक्रबार प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले नवनिर्मित भवनको उद्घाटन गरेका हुन् ।
प्रवक्ता श्रेष्ठले बिज्ञान र प्रविधिको जमानामा प्रहरीहरुले पनि सोही अनुरुप अन्तराष्ट्रिय तहको बिज्ञान प्रविधिको प्रयोग गर्न जरुरी रहेको उल्लेख गरे । मन्त्री श्रेष्ठले अहिलेको प्रहरीको क्षमतालाई गुणात्मक ढगले बृद्धि गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे । उनले प्रहरीहरुलाई नागरिक मैत्री बनाउने कुरामा प्रदेश सरकार लागि परिरहेको बताउँदै एउटा हातले मात्र तालि नबज्ने भनेझै नागरिकहरु पनि प्रहरी मैत्री बन्न सक्नुपर्नेमा जोड दिए ।

यस्तै, कार्यक्रममा सामाजिक विकास मन्त्री कुमारी मोक्तानले पदमपोखरीमा प्रहरी चौकी स्थापना हुनु खुसीको कुरा भएको बताउँदै यहाँ नागरिक र प्रहरीले समन्वय र सहकार्यमा कार्य गर्नुपर्नेमा जोड दिइन् । मन्त्री मोक्तानले पदमपोखरीमा इलाका प्रहरी कार्यालय आवश्यक रहेको भन्दै यसका लागि प्रदेश सरकारले पहल गरिरहेको बताइन् ।
बागमती प्रदेश सरकारको २ करोड २६ लाख १५ हजार १ सय १७ रुपैयाँ बजेटमा तीन तल्ले प्रहरी चौकीको निर्माण गरिएको हो । १ कठ्ठा ९ धुर क्षेत्रफलमा बनेको प्रहरी चौकी भवनमा महिला र पुरुषका लागि अलग–अलग हिरासत कक्ष, महिला ब्यारेक, कार्यालय प्रमुख निवास रहेका छन् । प्रहरी चौकी निर्माणमा योगदान गर्ने व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।
मकवानपुर । हेटौंडा १८ रामधुनी स्थित भावना आधारभूत विद्यालयका बिद्यार्थीहरुलाई पूर्व विद्यार्थीले पाेसाक सहयाेग गरेका छन् । ५९ औं राष्ट्रिय बाल दिवस एंव विद्यालयको ३४ औं स्थापना दिवसका अवसरमा ८२ जना विद्यार्थीहरुका लागि विद्यालयका पूर्व विद्यार्थी प्रदिप पौडेलले पोसाक सहयोग गरेका हुन् ।
जीतपुरसिमरा उपमहानगरपालिका ४ बाराका सामाजिक अभियन्ता बिनोद सापकोटा समेतकाे सहयाेग रहेकाे कार्यक्रममा १ लाख १ हजार रुपैयाँ बराबरको ट्र्याक सुट पौडेलले विद्यार्थीलाई बितरण गरेका हुन् । ‘विद्यालयलाई केही सहयाेग गर्ने इच्छा पहिलेदेखी हाे’ पाेसाक वितरण गर्दै पौडेलले भने ‘आफूले कखरा अध्ययन गरेको बिद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई ट्र्याक सुट सहयोग गरेको हुँ ।’ आगामी दिनमा अन्य बिद्यालयहरुमा सहयोग गर्ने प्रतिबद्धता पौडेलले गरेका छन् ।
हेटौंडा उपमहानगरपालिका १८ नम्बर वडा अध्यक्ष अनिल कुमार बानियाँले पूर्व विद्यार्थीबाट बिद्यालयले सहयोग पाउनु सह्रानीय कार्य भएको बताउँदै बिद्यालयको खाजघर निर्माणका लागि ५ लाख बजेट बिनियोजन भएको जानकारी दिए । बिद्यालयकी प्रधानाध्यापक रुपा श्रेष्ठले अध्ययनरत विद्यार्थी बिपन्न परिवारका रहेकोले पढाउने खर्च समेत नहुँदा यस्ताे सहयोगले अध्ययनमा टेवा पुग्ने भएकाेले खुशी व्यक्त गरिन् । उनले ट्र्याक सुट सहयोगले बिद्यार्थीकाे पाेशाकमा एकरुपता आउनु र अभिभावकलाई आर्थिक भार कम पर्ने भएकाेले पौडेललाई धन्यवाद व्यक्त गरिन् ।
यसैगरी २०४८ देखि २०७३ सालसम्म उक्त बिद्यालयमा अध्यापन गराउनु भई सेवा निवृत्त भएकी शिक्षक सुमित्रा भण्डारीलाई सम्मान समेत गरिएको छ । पौडेलले आफूलाई सुरुवाती समयमा कखरा सिकाउने गुरुआमा भण्डारीलाई मायाकाे चियाे दाेसल्ला सहित सम्मान गरिएकाे बताए । स्थायी घर हेटौडा १८ हर्नामाडी रामधुनी भएका पौडेल हाल काठमाडाै बस्दै आएका छन् ।
२०४६ सालमा स्थापना भएको भावना आधारभूत विद्यालय नर्सरीदेखी ५ कक्षासम्म अध्यापन हुँदै आएकाे छ । अहिले ८२ जना विद्यार्थीहरु अध्ययन गरिरहेका छन् । सहयाेग कार्यक्रममा १८ नम्बर वडा सदस्य पुजा मंग्राती, भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र हेटौंडाका लेखा अधिकृत प्रकाश खतिवडा, अभिभावक, विद्यार्थीलगायतको सहभागिता रहेको थियो ।
मकवानपुर । मकवानपुर बहुमुखी क्याम्पसको सञ्चालक समिति अध्यक्षमा अनन्तप्रसाद पौडेल चयन भएका छन् । सत्रौं क्याम्पस सभाबाट पौडेल सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।
शुक्रबारकाे क्याम्पस सभाबाट दोस्रो कार्यकालका लागि पौडेल अध्यक्ष चयन हुँदा सञ्चालक समितिको सदस्यमा नवराज विष्ट, विष्णुप्रसाद दाहाल, बद्रीप्रसाद लम्साल, माइकल रामचन्द्र अर्याल, कृष्णप्रसाद धिताल, अशोक शाक्य, प्रल्हाद लामिछाने र सर्केश घलान चयन भएका छन्।
यसैगरी क्याम्पस सभाले नवराज अर्यालकाे संयाेजकत्वमा ध्रुब बहादुर भुजेल, रमिला कुमारी सापकोटा र अप्सरा बस्नेत सदस्य रहेकाे लेखा समिति समेत सर्वसम्मत चयन गरेको छ । समितिको कार्यकाल ४ वर्षको हुनेछ ।
यसअघी सभाका जेष्ठ सदस्य तथा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा क्याम्पस सभा भएकाे हाे । सभामा मकवानपुर क्षेत्र नम्बर–१ का सांसद दिपक बहादुर सिंह, क्षेत्र नम्बर –२ का सांसद महेशकुमार बर्तौला, प्रदेश सांसदहरु प्रेम बहादुर पुलामी, एकालाल श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, संबिधान सभा सदस्य प्रल्हाद लामिछाने, जिल्ला समन्वय समिति मकवानपुर प्रमुख ललित घलान, बागमती गाउँपालिकाका अध्यक्ष सर्केस घलान लगायतकाको आतिथ्यता रहेको थियो ।
क्याम्पस संचालक समितिका अध्यक्ष अनन्त पौडेको अध्यक्षताम भएको सभामा संचालक समितिका कोषाध्यक्ष हिरालाल श्रेष्ठले कोषाध्यक्षको प्रतिवेदन, क्याम्पस सेवा समितिका अध्यक्ष बद्री प्रसाद लंसालले सेवा समितिले प्रतिवेदन र लेखा समितिका अध्यक्ष हरिप्रसाद हुमागाईंले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
मकवानपुर । हरितालिका तीज पर्वकाे अवसरमा मकवानपुरका २ जना जागरुक महिला सम्मानित हुने भएका छन् । हरेक वर्ष जस्तै यस वर्षकाे हिन्दु महिलाहरुकाे महान तिज पर्वमा पनि २ जनालाई जागरुक महिला सम्मान प्रदान गरिने भएकाे हाे ।
हेटौडा २ मा रहेकाे दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित रेडियो मकवानपुर १०१ दशमलव ३ मेगाहर्जले हिन्दु महिलाहरुको पर्व हरितालिका तीजको अवसरमा २ जनालाई जागरुक महिला सम्मान प्रदान गर्ने भएको छ ।
रेडियोले स्थापनाकालदेखि नै तीजको अवसरमा जागरुक महिला सम्मान गर्दै आएको रेडियोले भदौ ३० गते शनिबार तीज विशेष कार्यक्रमको आयोजना गर्न लागेकाे रेडियो मकवानपुर सञ्चालक समिति अध्यक्ष आनन्दराम पराजुलीले जानकारी दिए ।विशेष सांस्कृतिक कार्यक्रममा २ जना महिलालाई जनही नगद १० हजार रुपैयाँसहित सम्मान गरिने पराजुलीले बताए ।
रेडियो मकवानपुरका संरक्षक नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यतामा हुने कार्यक्रमको तयारी पूरा भएको अध्यक्ष पराजुलीले बताए । रेडियोले स्थापनाकाल देखि नै तीजको अवसरमा २ जना महिलालाई जागरुक महिला सम्मान र वार्षिकोत्सवको अवसरमा २ जनालाई सामुदायिक सम्मान प्रदान गर्दै आएको छ ।
लक्की ज्वेलर्स हेटौंडाका सञ्चालक अनिकेत ठाकुरले गत वर्षहरुमा झैं यस वर्षपनि रेडियो मकवानपुरसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे । कार्यक्रममा सहभागी २ जना महिलाले लक्की ज्वेलर्सको तर्फबाट लक्की ड्रमार्फत सुनचाँदीका गरगहना पाउने भएका छन् ।
शनिबार हुने कार्यक्रमा उपस्थितीका लागि रेडियो मकवानपुरले सम्पूर्ण स्रोता, विज्ञापनदातालगायतलाई तथा लक्की ज्वेलर्सले सबैलाई अनुरोध गरेको छ ।
मकवानपुर । हेटौँडा उपमहानगरपालिका–१ स्थित सन्चो अस्पतालका चिकित्सकमाथि भएको कुटपिट घटनाबाट पिडीत १ जना डाक्टरले जिल्ला छाडेका छन् । बुधबार सन्चो अस्पतालमा कार्यरत डाक्टरद्वय विकास थापा र प्रशान्त बिडारीमाथि डियुटीमा रहेकाे बेला कुटपिट भएकाे थियाे ।
कुटपिट घटनाबाट पिडीट डाक्टर थापाले भने जिल्ला छाडेका छन् । उनले विहीबार दिउँसाे हेटौडाबाट काठमाडाै गएकाे बताइएकाे छ । आक्रमणमा परी घाइते भएका थापा थप उपचारका लागि हेटौँडा अस्पतालबाट रेफर लिएर काठमाडौं गएका हुन ।
कुटपिटमा संलग्नहरूलाई कारबाही गर्न माग गर्दै मकवानपुरका स्वास्थ्यकर्मीहरू भने आन्दोलित बनेका छन् । अस्पतालभित्रै डाक्टरमाथि बुधबार भएको कुटपिटको घटनामा संलग्न भएकाहरूलाई तत्काल पक्राउ गर्न माग गर्दै मकवानपुरका अन्य स्वास्थ्यकर्मी भने आन्दोलित भएका छन् । घटनामा संलग्न दोषीलाई पक्राउ नगरे शुक्रबारबाट आकस्मिक बाहेकका सेवा बन्द गर्ने स्वास्थ्यकर्मी चेतावनी दिएका छन् ।
हेटौँडा अस्पतालमा प्रशासन तथा प्रहरी प्रमुखसँग विहीबार भएको स्वास्थ्यकर्मीहरूको भेलामा चेतावनीसँगै घटनामा संलग्न भएकाहरूलाई तत्काल पक्राउ गरी कारबाही प्रक्रिया अगाडि नबढाएमा सामूहिक राजीनामा दिने साथै शुक्रबारबाट आकस्मिक बाहेकका सेवा बन्द गर्ने समेत चेतावनी दिएका हुन् ।
प्रहरीले बुधबारकाे घटनाकाे सुरक्षाको प्रत्याभूति दिन नसकेकाेमा जाहेरी दिने अवस्था समेत नरहेको स्वास्थ्यकर्मीहरुले भेलामा बताउँदै घटनामा संलग्न भएकाहरू प्रहरी कार्यालयमा नै आएर धम्की दिँदासमेत प्रहरी मूकदर्शक बनेकोप्रति स्वास्थ्यकर्मीहरुले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसमक्ष आक्रोश समेत व्यक्त गरेका थिए ।
स्वास्थ्यकर्मी असुरक्षित बनेको भन्दै एक महिना अघि भएको मृत्यु घटनामा कुटपिट गरेर प्रहरी कार्यालय परिसरमा कुटपिटमा संलग्न भएकाहरू आउँदासमेत पक्राउ नगर्नु प्रहरीको चरम लापरबाही भएको आराेप स्वास्थ्यकर्मीले लगाए । सुरक्षा अवस्था कमजोर रहेको र सुरक्षाको प्रत्याभूति नभएका कारण सबै चिकित्सकले सामूहिक राजीनामा दिने गरी हस्ताक्षर गरिसकेको बताइएकाे छ । शुक्रबारबाट मकवानपुरका सबै स्वास्थ्य संस्थामा आपत्कालीन बाहेकका सेवा ठप्प गरिने भएकाे छ ।
भेलामा कुटपिटमा परेका डाक्टर बिडारी, नेपाल स्वास्थ्यकर्मी सङ्घ मकवानपुरका उपाध्यक्ष सुधीर दाहाल, राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपालका अध्यक्ष भोला चौलागाई, निजी अस्पतालका प्रतिनिधिहरूले घटनाले स्वास्थ्यकर्मीसँग समाजमा असुरक्षाको अवस्था सिर्जना भएको बताउँदै प्रहरीले नै घटनामा संलग्नहरूलाई नियन्त्रणमा नलिएर सुरक्षा दिने कार्य गरेको आरोप लगाएका थिए ।
यसैबिच नेपाल चिकित्सक सङ्घ केन्द्रीय समितिले आफ्ना आजीवन सदस्य डाक्टरद्वय थापा र बिडारीमाथि आक्रमण गर्नेमाथि ७२ घण्टाभित्र कानुनी कारबाही नगरेमा चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने जनाएको छ ।
डाक्टरमाथि सांघातिक आक्रमण गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा हेटौँडा–१२ की रमा प्रधान, रमिला प्रधान, रोहन प्रधान र अनुप प्रधानलाई रहेकाे मकवानपुर प्रहरीले जानकारी दिएकाे छ । आक्रमणमा संलग्न थप व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएकाे छ ।
गत साउन २२ गते सन्चो अस्पतालमा हेटौँडा उपमहानगरपालिका १२ स्थित पदमपोखरीका ४१ वर्षीय राजेश प्रधान उपचार गराउन आएका थिए । थप उपचारका लागि भदौ २३ गते चितवनको अस्पतालमा उपचारका लागि प्रेषण गरिएको थियो । चितवनमा थप उपचारका लागि गएका प्रधानको उपचारको क्रममा साउन २५ गते मृत्युभएको थियो ।
मकवानपुर । मकवानपुर जिल्ला हेटौँडा–१ मा रहेको सञ्चो हस्पिटलका डाक्टरहरू विकास थापा र प्रशान्त विडारीमाथि आक्रमण गर्ने ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बुधबार बिहान ८/१० जनाको समूहमा आएका व्यक्तिले सञ्चो हस्पिटलका डाक्टरहरू थापा र बिडारीमाथि मुक्का प्रहार गर्दा डा. थापा र डा. बिडारी घाइते भएका थिए । डाक्टरमाथि आक्रमणमा संलग्न मध्यका श्रीमती रमा, छोरा रोहन, छोरी रमिता तथा भतिज अनुप प्रधानलाई पक्राउ गरेको मकवानपुरका प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीले बताए ।
प्रशासन र प्रहरीले दोषीलाई कार्वाहीको चासो नदेखाउनु ,उजुरी दर्ता गर्नुको सट्टा दोषीलाई उन्मुक्ति दिने प्रयास भइरहेको मकवानपुरका स्वास्थ्यकर्मीले प्रमुख जिल्ला अधिकारी सुर्यँ प्रसाद सेढाई र प्रहरी प्रमुख (एसपी) सीताराम रिजालको भुमिकालाई लिएर चर्को आलोचना भइरहेको अवस्थामा घटनामा संलग्न दुई जना पक्राउ गरिएको छ ।
बुधबार अबेरसम्म वार्ताको नाममा पीडित डाक्टरहरुलाई नै हतोत्साहित गर्ने काम भएपछि बिहिबार बिहान हेटौँडा अस्पतालमा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्था सञ्चालकहरुले छलफल गरी सामूहिक रुपमा मुद्दा दर्ता गर्ने निस्कर्षमा पुगेको राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ मकवानपुरका अध्यक्ष भोला चौलागाईले बताएका थिए ।
मकवानपुर । मकवानपुर प्रहरीले विभिन्न मितिमा बरामद गरिएको लागुऔषध नष्ट गरेकाे छ । भदाै २६ गते मंगलबार हेटौडा १० स्थित राप्ती नदी किनारमा विभिन्न लागुऔषध नष्ट गरेकाे हाे ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहतका प्रहरी चौकीबाट खटिएको प्रहरीले जांच गर्ने क्रममा बिभिन्न मितिमा बिभिन्न स्थानहरुबाट बरामद गरिएको लागूऔषध गाँजा ७ सय ११ किलो ६५ ग्राम, ONEREX/WINCIREX 100 ML को ५ सय २४ बोतल, डाईजेपाम ९ सय १६ एम्पुल, फेनार्गन ८ सय ८५ एम्पुल, नुर्फिन ६ सय ९३ एम्पुल नष्ट गरिएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
यसैगरी बरामद गरिएकाे ३२ लिटर घरेलु मदिरा समेत नष्ट गरिएको प्रहरीले जनाएकाे छ ।