
बा लाई ३६५ दिन किन नसम्झिने ?
प्रिय बा, आज कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिन । यो लेख प्रकाशित हुँदै गर्दा फेसबुक लगायतका सामाजि...

विद्यार्थी बेहोश हुने समस्याः भ्रम र यथार्थ
“कक्षा आठमा पढ्ने एक जना किशोरी बिद्यालयको चौरमा अचानक कराउंदै, छटपटिंदै, लडिबुढी गर्दै बेहोेस भईन् उसको यस्तो...

आत्महत्या राेक्न संभव छ
आत्महत्या/आत्महानी जो कसैको लागि पनि अप्रिय लाग्ने शब्द हो । तथापि हामी प्रत्यक्ष तथा परोक्ष रुपमा परिचित अवश्...

नेपाली कांग्रेस सुध्रियोस
नेपाली कांग्रेस लोकतान्त्रिक मूल्य मान्यता, कानुन बमोजिम विधी को शासन, न्यायीक स्वतन्त्रताको विरासत बोकेको पार...

मानसिक स्वास्थ्य समस्या समाधानार्थ सहकार्यको आवश्यकता
मानसिक स्वास्थ्य आजको समयमा एउटा बहसको बिषय भएका छ । मानसिक स्वास्थ्यबीना पूर्णस्वास्थ्य सम्भव छैन भन्ने कुराल...

महीनावारी विभेदले पिल्सिएका छोरी
मर्यादित महीनावारीलाई आत्मसात् नगर्दासम्म संविधानले सुनिश्चित गरेका अधिकारबाट महिलाहरू वञ्चित रहनुका साथै लैङ्...

‘तँ अब बुढाे भइस्’ अध्ययन गरेपछि
नुवाकाेट बालकुमारी कमेरेगाँउ जन्मथलो भई काठमाडाैंमा रमाउँदै आउनु भएका पिँडालु पण्डितले नेपाली साहित्यका विविध...
लोकतन्त्रमा राजनीतिज्ञहरू खुला शासन पद्धतिको बहस गर्छन् । तर कर्मचारीतन्त्र बन्द प्रणालीमा हुर्केको पद्धति हो । यसैले खुला राजनीतिक विश्लेषकहरू कर्मचारीतन्त्रलाई अनुत्तरदायी, सुस्त, अलोकतान्त्रिक र अक्षम संस्थाको रूपमा आलोचना गर्छन् । शासनका नायकहरू आफूलाई तिलस्मी र जादुगर देखाउँदै अनायकी शैलीमा कर्मचारीतन्त्रको खिल्ली उडाउँदै नागरिकसामु अग्रगामी भएको दिग्भ्रमित पार्छन् । त्यसैले हल्का र सतही रूपमा राज्यका कानुनी संस्थालाई राजनैतिक दर्शनको आवरणमा तेजोबोध गरेका छन् र आफूलाई रूपान्तरणकारी देखाएका छन ।
तर कर्मचारीतन्त्र व्यक्ति होइन, राज्य स्थापित संस्था हो । शासकीय मूल्यको चरित्र हो । नागरिकको आशा र भरोसाको विन्दु हो । राज्यरूपी संरचनाको जरा हो । राज्यका अङ्गभित्र नशा नशामा भिजेको रक्तसञ्चार हो । कर्मचारीतन्त्र पार्टीका क्लब र भातृसंगठन होइन । तर उल्टो यस संस्थालाई तलबी झुन्ड मानिएको छ। भ्रष्टाचारको अखडा ठानिएको छ। नीला कोटेको भाष्य विनिर्माण गरिएको छ।
अमेरिकी वैज्ञानिक हर्बर्ट साइमनले विकासोन्मुख देशहरूको शासकीय चित्रण गर्दै भनेका छन‑” एकातिर न्यून तलबमा राज्यले कर्मचारीको सीप र बौद्धिकतालाई कज्याएको छ भने अर्कोतिर प्रशासन चलाउने जिम्मेवार अधिकारीहरूले राज्य सञ्चालनको पर्याप्त ज्ञान नलिँदा नागरिकले कुशासनको दुष्चक्र भोगेका छन । त्यहाँ सुशासनको आवरणमा कुशासन छ ।” राजनीति राज्यकै इच्छा (विल) जाहेर गर्ने वर्ग हो । यसको चेतना र ज्ञान बुद्धले भनझैं ज्ञान परिमितिजस्तै व्यापक हुनुपर्छ । कर्मचारी त सहयोगी हात र आत्मा हुन । तर व्यवहारमा राजनीतिज्ञ कर्मचारीको इष्यालु र बिखालु वर्ग भएर उदाएको छन । यो बुझ्न जरुरी छ कि जब राजनीतिले राष्ट्रमा लय र थिति पक्रन सक्दैन तब कर्मचारीले पनि लोकतन्त्र, सुशासन र विकासका एजेन्डाको कुशल वितरण गर्न सक्दैन । अनि नागरिकको राज्य प्रदत्त सुरक्षा र सेवा प्राप्त गर्ने सार्वभौम अधिकार ध्वस्त हुन्छ । त्यसैले रिग्सले भनेका छन् कि राजनीति र कर्मचारीमा हस्तक्षेपकारी ग्रन्थि( इन्टरफेस कम्प्लेक्स)ले काम गरिरहेको छ ।
विश्वको अभ्यास हेर्दा कर्मचारीतन्त्रलाई हरेक मुलुकले राष्ट्रिय मेरुदण्डको रूपमा लिएका छन् । भारतको संविधानले कर्मचारीतन्त्रलाई राज्यको चौथो बाहु (फोर्थ आम्स) मानेको छ । बेलायतको उपनिवेशबाट भारत स्वतन्त्रता भएपछि बल्लभभाइ पट्टेलले भनेका थिए‑” कर्मचारी संविधानको एक प्राणी हो, निजी कर्पोरेट होइन । यो संस्था राज्यको आत्मा बन्नपर्छ ।” स्वतन्त्र भारतको राष्ट्र निर्माणको खाकामा कर्मचारीको समर्पण र प्रतिबद्धता पूर्ण थियो । साथै, हालै भारतीय प्रधानमन्त्री शासक मोदीले दोस्रो कार्यकालको शपथ समारोहमा कर्मचारीलाई मेक इन इन्डियाका खम्बाको भएको र यस राष्ट्रिय विकासको खाकामा प्राण भर्न आव्हान गरेका थिए । । यसका साथै भारतीय कर्मचारीको तथ्यमा आधारित डिप्लोमेसी विश्वभर अब्बल मानिन्छ। जापानमा राजनैतिक तरलताका कारण सरकार हेरफेर भइरहन्छ । तर प्रशासन एक इन्च हल्लिँदैन। युद्ध र भूकम्पपछि गरेको विकास निर्माण र प्रविधिमा जापानी कर्मचारीको कार्यशैली विश्वमै प्रशंसित रहेको छ।
राजनीति स्वशासनमा र आत्मानुशानमा छ। कर्मचारीको क्षेत्राधिकारमा प्रवेश गर्दैन । कर्मचारीले राजनीतिको दर्शनमा बहस गर्दैन । सहमत र असहमत नीति निर्माणको बेला माथापच्चिसी हुन्छ। राष्ट्रिय एजेन्डालाई कर्तव्यको रूपमा शिरोधार्य गर्दै कार्यान्वयन गर्ने र उपलब्धिको हिसाबकिताब राजनीतिलाई सुनाउने गर्छ। छिमेकी मुलुक बङ्गलादेशको राजनीतिले पनि सही गन्तव्य लिएको देखिँदैन । तर विश्व व्यापारको लाभलाई राष्ट्रिय लाभमा जोड्न खेलेको त्यहाँको कर्मचारीको भूमिका त बेजोड छ । चीनमा त कर्मचारी र राजनीति पानी र रङ भएको छ। अन्तर घुलन छ । पृथक् होइन; एकाकार भएका छन् ।प्रतिबद्ध कर्मचारी खोजेको छ। राजनैतिक नेतृत्वले राष्ट्रिय लक्ष्य ल्याएर दिन्छ; कर्मचारीले कार्यान्वयन खाका बनाउने गर्छन्। स्रोतको जोहो राजनीतिले गर्ने र कर्मचारीको क्षमतामा ध्यान दिइन्छ ।
कर्मचारीलाई प्रश्न गरेर हतोत्साहित गरिँदैन । राजनीतिले उत्तर मात्र खोज्ने हुन्छ। सो अनुसार वातावरण दिइन्छ । गाली गलौज र अपमान गरिँदैन । बरु संस्थालाई रिइन्जियनिरियङ, पुनर्निर्माण वा सुधार गरिन्छ । बाहिर भद्दा मजाकको विषय बनाइँदैन । नागरिकका लागि कर्मचारी र राजनीतिक परिपूरक हुन्। फरक होइनन् । विश्वास र वैधता पाएका वर्ग हुन् । भुटानमा नागरिकका खुसीका सूचक राजनीति र कर्मचारी बनेका छन् । सन १९५९ मा सिङ्गापुरमा ली क्वान युले कर्मचारीलाई पारदर्शी चुस्त र जिम्मेवार बनाई हवाई, जल व्यापार तथा पर्यटनको खाका कर्मचारीलाई दिए र अहोरात्र खटेर कर्मचारीले सिङ्गापुरलाई आर्थिक क्षेत्रमा एशियन टाइगर बनाए । सन १९९० मा महाथीर मोहम्मदले ३० वर्षे भिजन २०२० ल्याई र शक्ति र सत्ता जनताको सेवाका लागि भन्ने घोषणा गरे । सुशासनमा त आफ्नै काकालाई मृत्युदण्ड नै दिई कठोर रूपमा उभिए । त्यसैले कर्मचारीतन्त्र पार्टी जस्तो खण्ड खण्ड (पार्ट) मा चिरा लाग्ने विषय होइन । यो राज्यको पूर्ण (होल) मुलुक नै मानी आफ्नो कार्यक्षेत्र (कन्स्टिच्यूएन्सी) मानेर काम गर्दछन्। वास्तवमा कर्मचारीतन्त्र संरचना, पद्धति र प्रवृत्तिको समिश्रण हो ।
लोकतन्त्रको मूल कमजोरी भीडतन्त्रको शासन हो । त्यसैले नेपालमा राजनेताको शासन होइन, भीडतन्त्रको शासन रहेको छ । यस भीडतन्त्रीय अभ्यासभित्र कर्मचारीतन्त्र असाध्यै दबाब र तनावमा छ । चौतर्फी घेराबन्दीमा परेको छ । नेपालको राजनीति अति लोकप्रियतावाद ( एक्सट्रिम पपुलिजम) बाट हाबी छ । अब्राहम लिङ्कन भनझै एउटा कुशल शासकलाई देशको भविष्यको चिन्ता हुन्छ तर कुटिल राजनीतिज्ञलाई आगामी चुवावको । लामो समयदेखि नेपालले यही नियति भोगेको छ । मिडियाले कर्मचारीलाई लुटेरा र अपराधीझैँ खेदेका छन । सामाजिक अभियान्ताको आवरणमा कर्मचारीलाई हातपात गर्दै हिँडेका छन् । स्थानीय तहमा रजौटेहरूले कर्मचारीलाई हाजिरी गर्न नदिएर सेटिङ स्टेट लागू गरेका छन । यही विषमतालाई चित्रण गरी प्रशासनविद् अल्फोड एडलरले हिट्लरको नाजी प्रशासनमा यहुदीले आत्महत्या गरेझैँ प्रियतावादी राजनीतिका अघि कर्मचारीले एक दिन आत्महत्या गर्नुपर्ने अवस्थाको पूर्वानुमान गरेका छन । अर्का प्रशासनविद् ओल्सनले डायनिसोर जस्तै अस्तित्वको दोसाँधमा सङ्घर्षरत प्राणीको रूपमा कर्मचारीतन्त्रलाई लिएका छन् ।
लोकतन्त्रवादी भन्ने राजनीतिज्ञ कर्मचारीलाई उल्टै वर्गीय दास एवं रैतीजस्तो व्यवहार गर्छन् । कर्मचारीको पेशा र विज्ञताको उपहास गरी सरकार सञ्चालनमा सल्लाहकार (क्रोनिज) हाबी छन । राज्यका उपल्ला नीति र निर्णयमा भारदारी (किचन क्याबिनेट) प्रथा कायमै छ । साथमा स्वघोषित बुद्धिजीवी (थिङक टेङ्क) का नाममा बिचौलियाको रजगज छ । कर्मचारीतन्त्रको पद क्रम (चेन अफ कमाण्ड) भत्केको छ । तिनै राजनैतिक ठालु (ई लाइट) स्वार्थको एजेन्डामा सामेल नहुने कर्मचारी तर्साउने, थर्काउने,मनोबल गिराउने प्रशस्त उदाहरण छन । प्रशासनिक नेतृत्वहरू मनोबल हारेका सिपाही भएर राष्ट्रको अभियानमा लुरुलुरु पिग्लक्षु बनेका छन् । यहाँनेर कर्मचारी मात्र कमजोर होइन,राष्ट्र नै तरल भएको छ । जनमानस होस् या अन्तराष्ट्रिय क्षेत्रमा दुवैको छवि धुमिल भएको छ । तसर्थ, विड्रो विल्सनले यी दुवै वर्ग टाढा भए राज्य ध्वस्त हुने र नजिक भए नागरिकको सार्वभौम न लुटिने तर्क गरी सिमाङ्कन तोकिदिएका छन । तर पनि राजनीति र प्रशासनको क्षेत्राधिकार दोसाँध (बफर रोल) मा भएकोले नियन्त्रण र सन्तुलन गुमेका छन् ।
कर्मचारीको आत्मसम्मान गिराएर राजनीतिज्ञले समृद्धि र सुशासनको पगरी खोज्दैछन् । राजनीतिको छायामा जुम्सो बनेको छ यो संस्था । न यस संस्थाले दिएको मार्गदर्शन राजनीतिलाई पाच्य हुन सक्छ न आफ्नो पेशागतको साख उचो पारी राष्ट्रको मेरुदण्ड बन्न सक्छ । चौतर्फी प्रहार र लाञ्छनाबाट आक्रान्त छ । बरु उल्टै राजनीतिको स्वार्थ सिद्धको साधन र नागरिकका बिकाऊ वस्तु बनेको आरोप छ। केही कर्मचारीका कारण समग्र संस्था बदनामी भएको छ।
अन्योल छ, राजनीति र कर्मचारी परिपूरक हुन् कि प्रतिस्पर्धी हुन् । नागरिकको सेवामा सहयात्री कि सहयोद्धा हुन्। कमाउने सेटिङमा दुवै मिलेको र काममा टकराव भएकै आरोप छ ।
कर्मचारीतन्त्रमा पनि वेवरले भनेझैँ कर्मचारीतन्त्रले राज्य सङ्गठनभित्रका सूचना, अधिकार र शक्ति, स्रोत साधन तथा सुविधाको शासकीय दम्भ छ । प्रक्रियामूलक र विधिको पालना गर्ने हुँदा कार्यसम्पादनमा ढिलासुस्ती (रेडटेपिज्म) को कमजोरी छ । सरकारप्रति मात्र उत्तरदायी हुने हुँदा जनचासोहरू ओझेल परेका छन् ।
नेपालमा राजनीतिज्ञले चुनाव जित्नु नै सर्वज्ञ मानेको छ । जनताले मत मार्फत विश्वास दिएका हुन् । तर विद्वता र ज्ञान नागरिकले दिएका छैनन् । राजनीतिले क्षमता तिखार्नुपर्छ। विद्वताविनाका नीति निर्माण त घैँटोविना पानी भर्नु सरह हो । त्यसैले संसदमा सांसदमा नीति बहस जोकरजस्ता भएका छन् । संसद तमासाको थलो भएको छ। विधि निर्माता निर्लज्ज गालिगौलजमा उत्रेका छन् । राज्यका गम्भीर र दीर्घकालीन विषय ओझेलमा छन । बेतुकका स्टन्ट हाबी छन्। राज्य स्याल हुइयाँकै बहसमा छ ।
वेवरले भनेका छन कि कर्मचारीतन्त्रले राजनीतिलाई सघाउनुपर्छ । तर यसको अर्थ यसले राजनीतिले थापेको पासोमा फस्नु पर्छ भन्ने होइन । राजनीतिको रजगजको रमिते हुनुपर्छ भन्ने छैन । कानुनभित्र रहेर सहयोग गर्ने हो । सबै व्यवहार सह्य हुदैनन् । कर्मचारीतन्त्र मान्छेको समूह हो । त्यहाँ मानवीय इन्टिजलजेन्स छ र मानव भएका नाताले त्यस वर्गसँग भावना र संवेदना रहेको छ। ज्ञान र क्षमताको प्रचुरता छ । तसर्थ कर्मचारी प्रशासनिक मान्छे ( एड्रिमिस्ट्रेसन म्यान) मात्र हुँदैन ।
नेपालमा कर्मचारीतन्त्र निर्माण गर्नु दशकौँ युगको लगानी छ। यदुनाथ खनालले भनेका छन् कि हामीले कर्मचारीतन्त्र बनाएको होइन केवल राष्ट्रको खम्बा बनाएको हो। त्रिभुवनले २००९ पश्चात् भारतीय प्रशासनविद् ल्याएर पनि नेपाली कर्मचारीको क्षमता बढाउने काम गरे । उनले कर्मचारीमाथि होइन, राज्य प्रणालीमा लगानी गरे । संस्थागत मात्र गरेनन्। राष्ट्र बलियो बनाउने सूत्र नै कर्मचारी थियो । प्रशासनका जग बसाउन टङ्क प्रसाद आचार्यले २०१३ सालमा कानुनी व्यवस्था गरी नीति र ऐन लागू गरे । पञ्चायतकालमा महेन्द्रले काबिल प्रशासक तयार पारे । त्यस बखतको प्रशासन राजनीतिको कठपुतली थियो। तर त्यसभित्र विज्ञता थियो । विकास प्रशासनको राष्ट्रिय जग वीरेन्द्रको पालामा बन्यो । वि. सं. २०४७ मा राजनीतिज्ञबाट कर्मचारीलाई पञ्चायती व्यवस्था पल्टाउन आव्हान गरियो । फलस्वरूप कर्मचारी आन्दोलनमा सहभागी भए । व्यवस्था पल्टेपछि कर्मचारीमाथि नै उल्टै राजनीतिकरणको दोषारोपणका शृङ्खला सुरु भयो । पूरै राजनीतिज्ञ कर्मचारीजस्ता र कर्मचारी नेता भएर निस्किए । तर सेवा प्रवाह शिथिल भए ।
नेपालका कर्मचारीले द्वन्द्वकालमा झोलामा सेवा बोकेर नागरिकको घरदैलोमा सेवा दिएको लेखाजोखा छैन । कोरोना कहरमा आफू मरेर स्वास्थ्यकर्मीले इटालीको जस्तो मासडेथबाट नागरिकलाई बचाएका दृश्यको गणना भएन । विपद् र भूकम्प पुनर्निर्माणमा नेपालको प्राविधिकले निजी आवास निर्माणमा गरेको योगदानको मूल्याङ्कन रहेन । राजनैतिक अस्थिरता र सङ्क्रमणमा राज्यको धरोहर थाम्ने सेवाको उपहास मात्र भएको छ । मुलुकमा कर्मचारीका लागि मात्र होइन कि नागरिकका लागि गरिखाने वातावरण (वर्किङ क्लामेट) धरासायी भएको छ । नत्र वार्षिक ८ लाख नागरिकले वैदेशिक रोजगारीका लागि देश छोड्नुपर्ने थिएन ।
नेपालका राजनीतिज्ञले संसदमा कर्मचारीतन्त्रको आकार र कार्यसम्पादनको बारेमा कोहोलो हालेका छन । कर्मचारीलाई बाँच्न नपुग्ने तलब सुविधा खोसेर जनप्रतिनिधिलाई तलब भत्ता र सांसद कोष बाँड्दै राज्य दोहनमा वैधानिकता सृजना गरेका छन् । उल्टै कर्मचारी र जनसङ्ख्याको अनुपातमा सेवा विस्तार गर्न छाडेर कर्मचारी कटौतीका प्रस्ताव गरेका छन् । भुटान सरकारले उचित आकार, संरचना, क्षमता र कर्मचारी व्यवस्थापनमा निपुणता देखाएको छ र त्यहाँ २६ हजार कर्मचारी रहेकोमा कर्मचारी र सेवाग्राहीको अनुपात १: १०० रहेको छ । छिमेकी मुलुक भारतमा १ करोड कर्मचारी रहेकोमा कर्मचारी र सेवाग्राहीको अनुपात १: १२८, कर्मचारी र सेवाग्राहीको अनुपात १: १३४ रहेको छ । इजरायल र अमेरिकामा डाक्टर र वैज्ञानिक आफ्नो पेशा छाडेर निजामती सेवामा जान्छन् । त्यहाँका नागरिकले राष्ट्र सेवक बन्न पाएकोमा गर्व गर्छन् ।तर नेपालमा जनप्रतिनिधिलाई तलबी र सुविधा बढाएर कर्मचारीको सेवा खोस्न उद्धत छन । कर्मचारीको क्षमता विकासमा लगानी भएको पाइँदैन । अनि लगानी विनाको प्रतिफल मात्र खोजिएको छ ।
विड्रो विल्सनले राजनीतिले विधि निर्माण, जनताको प्रतिनिधित्व र प्रशासनमाथिको निगरानीमा तीन काम गर्नुपर्ने सुझाएका छन् । अर्का विद्वान डेमिङले राजनीतिको आड होइन कि व्यावसायिक स्वायत्तता हुन् कर्मचारीलाई आग्रह गरेका छन् । त्यसैले नेपालमा राजनीतिज्ञसँग राज्य परिवर्तनको गहन र दीर्घकालीन खाका पाइँदैन । रुमानी भावले देश कायापलट हुँदैन । मूल्यमा आधारित होइन तथ्यमा आधारित नीतिले सामरिक अर्थ राख्दछ । समृद्धिका र सुशासनका गन्तव्य सजिलै प्राप्त हुँदैन । त्यहाँ जनशक्ति, लगानी र स्रोत चाहिन्छ । राष्ट्र निर्माणका सूचक र आधारको ज्ञान त्यसै प्राप्त हुँदैनन्, अध्ययन र अनुसन्धान चाहिन्छ । नागरिकको इमोसनमा खेल्ने र व्यक्तिगत कमाउमा कर्मचारीलाई बलिको बोको बनाउन राजनीति संस्कारले कुशासन जन्माएको छ । व्यवस्था परिवर्तनको लाभको अंश मात्र मात्र खाइरहने सोच बदलिन जरुरी छ ।
कर्मचारीहरूलाई कार्यकारीले मिसनरी प्रयोगको मतियार बनाउने स्थिति भयावह छ । साथै, ब्लाक बक्सभित्र गरिएका लाभका अमुक निर्णयको साक्षी बसेका आधारमा कर्मचारीको हुर्मत लिँदा राज्य नै तरल भएको छ । निर्णयकर्ता हतोत्साहित भई नागरिक अनिर्णयको बन्दी हुने स्थिति जन्माइएको छ । राजनीति चर्चा र परिचर्चा मात्र कमाइरहने र जस लिने होडबाजी छ । समस्याको चीरहरण( प्रोबलम सुटर ) हुन सकेको छैन । प्रशासनले राजनीतिको आडमा हुर्किए पनि मूल्य मान्यता टाँक्सिएका छन । राज्य दोहनको मिलीभगत भएको आरोपमा निर्दोष र इमान्दार कर्मचारी डामिएका छन । अभिभावकत्व मरेको टुहुरो भएको छ कर्मचारीतन्त्रभित्र । भ्रष्टाचारमा पनि राजनीतिलाई उन्मुक्ति दिएर कर्मचारीलाई पटक पटक कलङ्कित बनाइएको छ ।
सरकार र नागरिकलाई एउटै स्थानमा जोड्ने राजनीति र कर्मचारी हुन् । तर अल्विन टोफलर भनेझैँ राजनीति मत र धन बढाउनेतिर उद्धत छ । कर्मचारीतन्त्र पनि नियम र कानुनमै अल्झेर (रुल मेनिया) गोल हान्न बिर्सेको खेलाडीझैँ भएको छ । कर्मचारी नागरिकको आँखामा बिकाऊ साधन बनेको छ। सार्वभौम जनताको सम्मान गर्ने जनमुखी शासन व्यवस्था समयको माग हो । यसका लागि कर्मचारी नागरिकको सेवक बन्नुपर्छ । राजनीतिज्ञको मतियारबाट मुक्त हुने गरी प्रतिवादको सामर्थ्य राख्नुपर्छ । प्रशासन डटकमबाट
भट्टराई नेपाल सरकारका उपसचिव हुन् ।
- कृष्णदेव भण्डारी
केही दिन पछि २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल प्रकाशित हुदैछ । एसईई परीक्षामा केही विद्यार्थीहरूले उत्कृष्ट अङ्क प्राप्त गरी लेटर ग्रेडिङ्गमा A वा A+ हासिल गर्दछन भने, धेरै परीक्षार्थीहरू अपेक्षाकृत कम अङ्क प्राप्त गरी पछिल्लो ग्रेडिङमा उत्तीर्ण हुन्छन् । उत्कृष्ट अङ्क प्राप्त गर्ने विद्यार्थीहरू अति उत्साहित हुनु जरुरी छैन र अपेक्षाकृत कम अङ्क प्राप्त गर्ने विद्यार्थीहरू हतोत्साही पनि हुनुहुँदैन । हरेक वर्ष कति विद्यार्थीहरू परीक्षाफलको डरले परीक्षाफल प्रकाशित हुनुपूर्व र कतिले परीक्षाफल प्रकाशित भएपश्चात आत्महत्या गर्ने गर्दछन्। यो लेखकाे आशय यसवर्ष त्यस्ता अप्रिय, दुःखदायी घटनाहरू नहोउन भन्ने रहेकाे छ ।
पहिलो कुरा त, एसईई परीक्षा जीवनको अन्तिम परीक्षा होइन, यो त परीक्षाहरूको आरम्भ हो। शुरुआतमै हार स्वीकार्नु कायरता हो। हामीले जीवनमा साहसी र आत्मविश्वासी हुनुपर्छ । के फुटबलको कुनै टिम पहिलो हाफमा ३–० ले पछाडि पर्यो भने त्यो टिम दोस्रो हाफमा भाग नलिई बाइ दिन्छ र? त्यसो भएको छैन र हुँदैन पनि। अन्तमा, त्यो टिम ४–३ ले विजयी हुन सक्छ । खेलमा यस्ता धेरै दृष्टानतहरू छन। सास रहेसम्म आस रहन्छ भनेझै हामीले निरन्तर प्रयास गरिरहनुपर्छ। आत्मविश्वास, साहस, कामप्रति लगाव भएमा हामी सबै सफल हुन सक्छौ। त्यसैले पूरा म्याच खेलौ, बिचमा आत्मसमर्पण गरेर कायरता प्रदर्शन नगरौं ।
अर्को कुरा, शैक्षिक संस्थाहरूबाट शैक्षिक योग्यताको प्रमाणपत्र हासिल गर्नको लागि संचालन गरिने परीक्षा नै सबथोक होइन । यो जीवनको एउटा पाटो मात्र हो। विद्यालय वा विश्वविद्यालयहरूबाट प्राप्त प्रमाणपत्रले स्वाभाविकरूपमा अन्य अवसरका ढोकाहरू खोल्दछन्। तथापि शैक्षिक संस्थाहरूले लिने परीक्षामा कम उपलब्धी हासिल हुनु भनेको जीवन सकिनु होइनस जीवनले नयाँ मोड लिनु हो, जसले मानिसलाई सफलताको नयाँ उचाइमा पुर्याउन सक्छ । त्यसैले सदा आशावादी बनौं, जीवनरूपी रथलाई कुशलतापूर्वक अगाडि बढाऔ।
दिनेशराज पन्त भाषा तथा संस्कृतिविद, इतिहासविद, पूर्णिमा पत्रिकाका सम्पदक तथा ७ सय भन्दा बढी सोधपत्रका लेखक हुन् । उनले तीनवटा विश्वविद्यालयमा प्राध्यापनसमेत गरेका छन् । अध्ययन मोहका कारणले औपचारिक शिक्षाविना नै उनले देश र समाजको लागि विशिष्ट योगदान गर्न सफल भएका छन्।
विद्यार्थीहरूले कक्षाका अन्य साथीहरूसङ्ग तुलना गरेर दु:ख मान्ने र डिप्रेसनमा जानेसम्म हुनसक्छ । संसारका सबै व्यक्तिहरु अद्वितीय (unique) हुन्छन् । हरेक व्यक्तिमा फरकफरक क्षमता हुन्छ । व्यक्तिले आफ्नो अन्तरनीहित क्षमताको पहिचान गरी त्यसको विकासमा केन्द्रित हुनुपर्छ । अर्कोसङ्ग तुलना गर्ने र प्रतिस्पर्धा गर्ने मनोविज्ञानबाट बाहिर आएर आफ्नै बिगतसङ्ग तुलना गरेर आजको आफूसँग प्रतिस्पर्धा गरी भोलि अझ राम्रो गर्ने अठोट लिएर अघि बढेमा समाजलाई विशिष्ट योगदान गर्दै आफ्नो रुचिको विषयमा उत्कृष्ट हुन सकिन्छ।
विद्यालय शिक्षा पुरा नगरेका घनश्याम दास बिर्ला सफल व्यापारी हुन। उनले व्यापार र शिक्षामा योगदान गरेकाले उनी भारतकै दोस्रो उच्च नागरिक सम्मान पद्म विभुषणबाट सम्मानित भएका थिए । त्यसैगरी विश्वका अग्रणी सफल व्यक्तित्वहरू गौतम अडानी, मार्क जुकरबर्ग, स्टिभ जब्स र बिल गेट्सहरूले विश्वविद्यालयको प्रमाणपत्रविना नै आ-आफ्नो क्षेत्रमा उत्कृष्ट काम गरेर विश्वप्रसिद्ध भएको यथार्थ हाम्रो सामु छ।
औपचारिक शिक्षा ग्रहण नगरेका दिनेशराज पन्त भाषा तथा संस्कृतिविद, इतिहासविद, पूर्णिमा पत्रिकाका सम्पदक तथा ७ सय भन्दा बढी सोधपत्रका लेखक हुन् । उनले तीनवटा विश्वविद्यालयमा प्राध्यापनसमेत गरेका छन् । अध्ययन मोहका कारणले औपचारिक शिक्षाविना नै उनले देश र समाजको लागि विशिष्ट योगदान गर्न सफल भएका छन्।
तसर्थ एसईई परीक्षाफलमा जस्तो नतिजा प्राप्त भएपनि पुस्तक अध्ययन गर्ने बानीको विकास गरी आफ्नो रुचिको विषयसँग सम्बन्धित धेरैभन्दा धेरै पुस्तकहरू अध्ययन गर्नुहोस । जुन तपाईंको ज्ञानको दायरा फराकिलो बनाएर अपेक्षित सफलता हासिल गर्न सहयोगी सिद्ध हुन्छ। आत्मविश्वास, साहस, दृढईच्छाशक्ति, अध्ययनशीलता र निरन्तरतालाई मूलमन्त्र बनाएर जीवनमा सफल हुन सक्नुहोस्, सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई शुभकामना ।
मकवानपुर हेटौंडा १७ का भण्डारी शैक्षिक क्षेत्रमा आवद्ध व्यक्ति हुन् ।
- चन्दा खड्का
सन् १९७२ मा स्विडेनको राजधानी स्टक होममा संयुक्त राष्ट्र सम्मेलन बाट ५ जुन मा विश्व वातावरण दिवस मनाउन सभाले आह्वान गरेको हो । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७३ देखि हरेक वर्ष जुन ५ तारिखको दिनलाई विश्व वातावरण दिवसका रूपमा मनाइन्छ। यो दिवस सन् १९७४ मा ‘मात्र एक पृथ्वी’ वा वन्ली वन अर्थ को नाराका साथ विश्वव्यापी रुपमा मनाईयो ।
विश्व वातावरण दिवसको मुख्य उद्देश्य प्रकृतिलाई जोगाउनु र विभिन्न वातावरणीय मुद्दाहरूको सम्बोधन गरी स्वस्थ र सुरक्षित वातावरणका लागि विश्वव्यापी रूपमा जनमानसलाई प्रोत्साहन गर्नु हो । सन् १९९२ को रियो शिखर सम्मेलनले दिगो विकासका सिद्धान्तहरूलाई लक्ष्यका रूपमा हासिल गरी सबै प्रकारका गरिबी उन्मूलन गरी मानव पृथ्वी र समृद्धिका लागि एक समान न्यायपूर्ण र सुरक्षित विश्व निर्माण गर्ने संयुक्त राष्ट्र संघको परिकल्पनालाई मूर्त रूप दिन पनि विश्व वातावरण दिवसले विशेष भूमिका खेल्छ । प्रत्येक वर्ष जुन ५ मा विश्व वातावरण दिवशको अवसरमा विश्वव्यापी रुपमा विभिन्न कार्यक्रम गर्दै मनाउँदै आईरहेको छ। यस वर्ष संयुक्त राष्ट्रसंघले solutions to plastic pollution लाई मूल विषय र Beat Plastic Pollution भन्ने मूल नाराका साथ मनाउन लागिएको छ। यस नारालाई स्थानीयकरण गर्दै “प्लास्टिक जन्य प्रदुषण निर्मुल पारौ: वातावरणमैत्री विकल्पको उपयोग गरौं” भन्दै विश्व वातावरण दिवस २०८० नेपालमा पनि मनाइदैछ ।
यो पटकको वातावरण दिवसको मुख्य उद्देश्य प्लाष्टिकजन्य वस्तुको प्रयोगबाट हुने प्रदुषणबारे जनचेतना बढाउँदै त्यस्ता बस्तुको प्रयोगमा कमी ल्याउन के कस्ता उपायहरु अपनाउनुपर्छ भन्ने कुरामा केन्द्रीत छ। प्लाष्टिकको सबैभन्दा बढि मात्रमा कार्बन उत्सर्जन हुन्छ । दक्षिण एसिया प्लास्टिक प्रदुषणबाट ग्रस्त छ । वर्षेनी ३३० मिलियन मेट्रिक टन फोहर डम्पिङ्ग साईटमा पुग्दछ जस मध्य ४० मिलियन प्लास्टिक जन्य फोहर छन् । हाम्रो क्रियाकलापहरुबाट हरितगृह ग्यास उत्पादन हुन्छन जसलाई हामी carbon footprint भन्छौं। विश्वको प्लास्टिक carbon footprint विश्वको हरित गृह ग्यास उतसर्जनको ४.५% रहेको छ ।यो क्रम अझै बढ्दो छ।
धेरै जस्तो खानेकुराको प्याकेजिङ र पिउने पानीको बोतल प्लाष्टिककै हुन्छ र उपभोक्ताले सो उपयोग गरिसकेपछि जथाभावी फाल्नाले प्लाष्टिक नपुगेको ठाउँ नै छैन । प्लाष्टिक जन्य फोहोरलाई जलाउँदा निस्किने पोलिक्लोरोनेटेड बाइफिनाएल (polychlorinated biphenyl)- डाइअक्सिन, फ्युरान (Dioxin, furan) धुँवा विषाक्त हुन्छ । प्लाष्टिकजन्य फोहरले माटो, पानी र हावाको प्रदुषण गर्छ र अन्ततः मानिस तथा पशुपंक्षी र जनावरहरूको स्वास्थ्यको लागि पनि हानिकारक हुन्छ । यसले भूमिको प्रजनन क्षमतालाई कम गर्दछ साथै नदी, सिमसार प्रदुषण र जलीय प्रणालीलाई समेत असर गर्दछ । पोलिस्टेरेन पोलिमरहरूबाट बनेका फोम कप, दही र डेली कन्टेनर जस्ता प्लास्टिकका समानहरु जलाउँदा स्टिरेन ग्याँस उत्सर्जन हुन्छ जुन सजिलै छाला र फोक्सोबाट अवशोषित भई हृदय रोगको जोखिम बढाउनका साथै श्वासप्रश्वास समस्या पनि निम्त्याउँछ ।प्लाष्टिकका साना कण (microplastic) पानीमा मिसिएर हाम्रो शरीरमा प्रवेश गर्दा प्लास्टिकले शरीर भित्र रहेको इन्डोक्राइन हर्मोनको उत्पादनमा रोकावट गरी दिर्घ रोग लाग्ने गर्दछ ।
प्लास्टिकमा हुने डाइअक्सिन र फुरान्सको जैविक संचय स्वभावका (Persistent organic pollutant or POPs) करण, यी रसायनहरू धेरै समयसम्म वातावरणमा रहिरहन्छन। बिशेष गरि अन्डा, मासु , र डेरी उत्पादनहरुको सेवनबाट यी तत्वहरु मानव शरिरमा प्रवेश गर्छन् । प्रयोगमा नआउने प्लास्टिक झोलालाई उपयुक्त स्थानमा विसर्जजन गर्ने, सकेसम्म एउटै झोला बारम्बार प्रयोग गर्ने, ५–आर कार्यलाई प्रोत्साहन गर्ने (सकेसम्म प्लास्टिक झोला प्रयोग नगर्ने Refuse प्लास्टिक झोलालाई वातावरणमैत्री विकल्पले विस्थापन गर्ने, खेर जाने झोलाको परिमाण घटाउने Reduce, खेर जाने झोलालाई पुनः प्रयोग गर्ने Reuse, , खेर जाने प्लास्टिकलाई पुनः प्रशोधन गर्ने Recycle र पुनः प्रयोगमा आउन नसक्ने प्लास्टिकबाट ऊर्जा उत्पादन गर्ने Recover) यसलाई circular economy अर्थात चक्रिय अर्थ व्यवस्था पनि भनिन्छ।
प्लाष्टिकजन्य पदार्थको अर्को डरलाग्दो जोखिम भनेको जमिन मुनीको पानीलाई प्रदुषित गर्ने हो। क्लोरिनेटेड प्लाष्टिकलाई माटोमा जथाभावी मिसाउँदा सो वरीपरीको माटोमा खतराजन्य पदार्थ छोडन पुग्छ जुन पदार्थ जमिनमुनी रहेको पानी र नजिकका नदीनालामा मिसिन पुग्दा उक्त पानी प्रयोग गर्ने सम्पूर्ण प्राणीलाई निकै घातक असर परिरहेको छ।नेपाल सरकारले प्लास्टिकजन्य पदार्थबाट हुने वातावरणीय प्रदूषण न्यूनीकरण गर्न ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोला, आयात, बिक्री वितरण र प्रयोगमा २०७९ श्रावण १ गते बाट प्रतिबन्ध गर्ने निर्णय गरेको छ। स्वच्छ वातावरण नै हामी सबैको आवश्यकता हो । त्यसैले प्लस्टिकजन्य पदार्थको प्रयोग सकेसम्म नगरौं।
वातावरण दिवस हरेक वर्ष मनाइन्छ । यसकाे सार्थकता दिवस मनाउनु मात्रमा छैन । वातावरणमैत्री क्रियाकलाप हरेक दिन आवश्यक छ । हामीले गर्ने दैनिक क्रियाकलापले वातावरणलाई असर परिरहेकाे तर्फ सोच्नु जरुरी छ । हामीले हाम्रै लागि, हाम्रा पुस्ताका लागि, अरुका लागि र पृथ्वीकाे लागि समेत वातावरणमैत्री क्रियाकलाप गर्नु जरुरी भइसकेकाे छ । वातारवण स्वच्छ भए हामी स्वच्छ रहन्छाै । हाम्रा गतिविधि वातावरण मैत्री हुन जरुरी छ । तव मात्र वातावरण दिवसकाे सार्थकता रहन्छ ।
वातावरण इन्जिनियर, हेटौडा उपमहानगरपालिका
‘विश्वका मजदुर एक हौं’ भन्ने नाराका विश्वभर आज मे दिवस अर्थात् मजदुर (श्रमिक) दिवस मनाइँदैछ । आज मे १, अन्तर्राष्ट्रिय श्रमिक दिवस । करिब एकसय ३० वर्ष अघिदेखिको इतिहास बोकेको श्रमिक दिवसले श्रम गरेर खाने वर्गको प्रतिनिधित्व गर्दै अघि बढेको पाइन्छ ।
नेपालमा वि.सं. २००७ देखि श्रमिक दिवस मनाउन थालिएको हो । २००३ सालदेखि विराटनगर जुटमिलको मजदुर आन्दोलन हुँदै २००९ सालको न्यून वैतनिक कर्मचारीहरूको आम हड्तालले श्रमिकको पक्षमा ठूलो उपलब्धि हासिल गरेको थियो । विश्वमा औद्योगिक क्रान्तिसँगै उद्योग कलकारखानाको विकास तिब्र बन्यो । औद्योगिक विकासको क्रम बढ्दै जाँदा मजदुर र मालिकबीचको विभेद पनि बढ्न थाल्यो ।
मजदुरहरुमाथि आर्थिक शोषण हुन थाल्यो । उद्योग, कलकारखानाका मालिक धनी बन्दै जाने र मजदुरलाई दुईछाक खान पनि धौधौ पर्ने अवस्था बनेपछि सन् १८८६ मा अमेरिकाको सिकागो शहरमा मजदुर आन्दोलन सुरु भयो । मालिक र मजदुरबीचको असमानता हटाउने उद्देश्यले कामको निश्चित समय र उचित पारिश्रमिकको माग गर्दै सुरु भएको मजदुर आन्दोलन चर्कंदै गयो । आन्दोलनरत मजदुरसँग मालिक झुक्न बाध्य बने र मे १ तारिखका दिन मजदुरको मागको सम्बोधन भयो । यसैको खुशीयालीमा सन् १८९० देखि प्रत्येक वर्ष मे १ तारिखमा विश्वभर श्रमिक मजदुर दिवस मनाउन थालियो ।
सन २००९ देखि निरन्तर गोर्खा लाहारी प्रालिमा श्रमिकको रुपमा कार्यरत अर्धदक्ष मेरो श्रीमान २०७९ वैशाख २३ गते उद्योगमा श्रम गरिरहेको अवस्थामा एक्कासी स्वासप्रश्वास तथा छातीको दुखाई सहन नसकी पूरा काम नै नगरी विदा लिई अस्पतालका लागि दौडिएको कुरा आजको श्रमिक दिवसले झसक्क सम्झाइदियो । श्रमिक दिवसको लागि र्यालीमा हिड्नका लागि एक हप्ता अघिदेखि चुरफुर गर्ने, ट्रेड युनियनको झण्डाका लागि बासका सिन्का तयार पारी झण्डा समेत बनाएर कता कता लगिरहन्थे तर श्रीमानको त्यो चहलपहल यो साल छैन ।
यो भागादौडमा छोराछोरीको परीक्षा, स्वास्थ्य स्थिति, खानपानको राम्रोसँग ख्याल समेत राख्न सकिएन । छोराको रिजल्ट लिएर आउँदा चसक्क हुन्थ्यो मन । कति विषयमा फेल हुन्थ्यो । कुनै विषयमा त १ अंक समेत ल्याएको रहेछ । उपाय ट्युसन बाहेक अर्को थिएन । छोरी विहान ७ बजे स्कुल गएर फर्कदाँ साँझ ६/७ बजेकाे हुन्थ्याे। उसकाे पढाइ के कस्तो छ सम्म सोध्न भ्याउदिन थिए म । कुनै विषयको प्रश्न सोधी भने ममा एक किसिमको चिडचिडापन सुरु हुन्थ्यो र स्वयं समाधान गर्न बाटो सम्म देखाइदिन्थेँ ।
अस्पतालमा हिडेका श्रीमानको छातिको पिडा कम हुने नामै लिएन । लगातार विरामी नै परे, छातिमा गहिरो दुखाई अनि खोकी र श्वासप्रश्वास समस्या भएर २ दिन सम्म हेटौडा अस्पताल र चुरेहिल अस्पतालको बास भयो । चुरेहिलले कि भरतपुर कि त काठमाडौं जाने सल्लाहा दिए, तर अचानक कहाँ जाने, कसरी जाने अत्तो पत्तो नभएका हामी यक शुभचिन्तक स्वास्थ्यकर्मीको सल्लाहामा वीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर पुग्यौँ । त्यहाँ श्रीमानकाे उपचार सुरु भयो । सामान्य कमाई, खान लगाउन आफ्नो हिसाबले चलिरहेको तर बचत भने शुन्य भएको हाम्रो जस्तो मध्यम वर्गीय परिवारलाई स्वास्थ्यमा खर्च गर्न पसिना नै छुट्छ । हाम्रो पनि सुरुमै पसिना छुटिसकेको थियो ।
आफ्नो जागिरमा पारिवारिक स्वास्थ्य सेवा सुविधा नभएको र श्रीमानको सामाजिक सुरक्षा कोषले केही सुविधा दिन्छ कि वेवसाइट हेर्ने तथा ऐन कानुन पल्टाउन थालेँ । योगदानमा आधारित सामाजिक सुरक्षा कोषले स्वास्थ्य उपचारमा खर्च भएको ६० प्रतिशत दिने रहेछ, केही श्वास र आश पलायो । यो सत्य हो या हैन चेक गर्नकाे लागि हेटौडा अस्पताल, चुरेहिल अस्पतालको जम्मा जम्मी २० हजारको विलहरु सहित उद्योगबाट फर्म भराएर खामबन्दी गरी सामाजिक सुरक्षा कोषको कार्यालयमा पठाएँ । त्यसकाे केही समय पछि करिव ७ हजार खातामा रकम आयो । ऐनमा लेखिएको कुरा केही सत्य रहेछ तर पूर्ण हैन भन्ने विस्वश्त भए म । २० हजारको ६०% का दरले ७ हजार हुने रहेछ ? मनमा प्रश्न भएपनि पैसामा खासै ध्यान गएन । घरमा अर्को तनाव थपिसकेको थियो, आशाको केन्द्र कोषले निराशा थपिदिसकेको थियो ।
यता श्रीमानलाई करिव एक महिनापछि आएको बायस्पी रिपोटले एडभान्स लेभलको क्यान्सर प्रमाणित गरिसकेको थियो । आफ्नो सन्चयकोष र सहकारीमा गरेर करिव ७ लाख रुपैयाँ ऋण निकालेँ, बाँकी अन्य नपुग खर्चका लागि आफ्नो तलब थियो । उपचारको क्रममा भागदौडमा रहेका हामीलाई श्रीमानको अफिसले तारन्तार कल गरिरहेकौ थियो र अफिस आउन दवाव दिन थाल्यो । श्रीमानकाे अफिस जान सक्ने अवस्था थिएन । म पहिलो पटक उक्त उद्योगको गेट भित्र प्रवेश गरेको थिएँ । चुरोटको गन्ध चारैतिर थियो । मेरो लागि उक्त गन्ध सह्य थिएन तर श्रीमान यस्तो उद्योग भित्र कसरी काम गर्छन त्यो मलाइ उहाँको कार्यालयको पोशाक धुँदानै चाल थियो । उद्योगको प्रशासनमा गएँ र अस्पतालका सवै कागजपत्र लगेर वुझाईदिए, ती अधिकृत भन्दै थिए “हामी लामो समय यो ठाउँ यसरी ओगट्न सक्दैनौ विचार गर्नुहोस ।” उनकाे भनाइको मतलव थियो जागिरबाट निकालिनेछ । मेरो लागि ति अधिकृतका शब्दहरुले महत्व राखेन ।
मेरो तनाव अर्कोतिर केन्द्रित थियो, आफ्नो अफिस, घर, केटाकेटी, श्रीमान, अस्पताल, औषधिको जोहो, अफिसमा बिदा लिईरहनुपर्ने वाध्यता, घरको परिवारको बेवास्ता सबको भुमरिमा म एक्लो थिएँ । श्रीमानकाे केमो सुरु गरियो । त्यसपछि पनि पुनः करिव ८० हजारको खर्च विवरण सहित कार्यालयबाट अधिकृतको हस्ताक्षर सहितको फारम भरि पठाईयो कोषको कार्यालयमा, केही समयमा करिव ३७ हजार रकम खातामा आयो, केहि राहत महशुस भयो । एवम् रितले ३ वटा केमो साइकल सकिय पश्चात् उद्योगमा पुन कागजपत्र सहित श्रीमान स्वयं उपस्थित भए । त्यसपछि पुन ३ वटा केमो थेरापी गरियो । केमो साईकल सकियपछि चिकित्सकले डोटाटाटे स्क्यान गर्न भने यो कुन चराको नाम हो अत्तो पत्तो भएन । कहाँ चेक हुन्छ त्यो पनि था भएन ।
ऐन कानून एकातिर अनि वेथिति अर्कोतिर भएको यो परिपाटिमा न्यायिक प्रक्रियामा जाने हामीसँग न समय थियो न उर्जा नै । बोल्नका लागि शब्दहरु निस्कने अवस्था थिएन । घरमा हर समय एक किसिमको सन्नाटा जस्तै छाउँथ्यो । घर बाहेकका स्थानहरुबाट आउने प्रश्नको उत्तर दिँदा दिँदा वाक्क हुन्थे म । बस शुन्यता बाहेक केहि हुन्थेन मस्तिष्कमा तर पनि विरामीको अगाडी बलियो बनिदिनु पर्थ्यो, हासीदिनुपर्थ्यो ।
गुगलभरि खोजियो पेट स्क्यान भन्दा एडभान्स लेभलको स्क्यान रहेछ तर नेपालमा नहुने सुनिश्चित भइयो । त्यस पश्चात् एक पटक अर्को डाक्टरलाई देखाउने सल्लाह बमोजिम अमेरिकामा वस्ने नेपाली मुलका तर नेपाल आउँदा केही केहि नेपालीहरुको उपचार गर्ने डाक्टरलाई देखायौँ । ती डाक्टरले उक्त टेस्ट नगर्न भन्दै नानाथरिको टेस्ट लेखिदियर खर्चको बोझ वढाईदिए । अरु केहि गर्न नपर्ने ३/३ महिनामा सिटि स्क्यान गरेर बस्दा हुन्छ भने । त्यसपछि एक किसिमको ढुक्क भएको थियो तर मन न हो कहाँ मान्थ्यो र ढुक्क भएर बस्न । करिव १०/१२ दिनपछि काम सुरु गर्ने अभिलाषाका साथ उद्योग गए श्रीमान तर चिकित्सकको अनुमति लियर आउनुपर्ने भन्दै पठाईयो । पुनः अस्पताल गएर सीटी स्क्यान गर्दा अस्पतालले अप्रेसन गर्नु पर्ने भन्यो । चिकित्सकको अनुमति लिन गएका हामी अप्रेसनमा व्यस्त भयौँ । अप्रेसन सकेर घर आएको ३/४ दिनमा स्पष्टीकरण सोधिएको पत्र आयो घरमा ।
उद्योगमा उपस्थित नभयको प्रति उत्तर मागिएको थियो । एकातिर मानवता विहिन उद्योग, अर्कोतर्फ परिस्थिति, बेतलवी विदामा रहँदा समेत चैन नदिने उद्योगको क्रियाकलाप देखेर अति रिस उठेर आउँथ्यो । स्पष्टीकरणमा स्वास्थ्य उपचार गराउदै आएको र सो सम्वन्धमा थप जानकारी गराउने, चिकित्सकको राय धारणा पछि पठाउने सहितको भन्दै आफैँले पत्र पठाए । निरन्तर फलोअपमा रहनुपर्ने हामो बिचबिचमा अनेकन समस्याहरु आए । अस्पताल दौडनेको टुङ्गो समेत हुन्थेन । घरि फोक्सोमा पानी जमेको निकाल्न भनेर दौडियाैं, घरि घाउ पाक्यो भनेर दौडियाै, घरि शरीर शिथिल भयो भनेर दौडियाैं, घरि के के टेस्टको रिपोट देखाउन भन्दै । दिन माया मारेर मात्र पुग्दैन थियो कहिलेकाहि होटलमै बास वस्नु पर्ने हुन्थ्यो ।
यो भागादौडमा छोराछोरीको परीक्षा, स्वास्थ्य स्थिति, खानपानको राम्रोसँग ख्याल समेत राख्न सकिएन । छोराको रिजल्ट लिएर आउँदा चसक्क हुन्थ्यो मन । कति विषयमा फेल हुन्थ्यो । कुनै विषयमा त १ अंक समेत ल्याएको रहेछ । उपाय ट्युसन बाहेक अर्को थिएन । छोरी विहान ७ बजे स्कुल गएर फर्कदाँ साँझ ६/७ बजेकाे हुन्थ्याे। उसकाे पढाइ के कस्तो छ सम्म सोध्न भ्याउदिन थिए म । कुनै विषयको प्रश्न सोधी भने ममा एक किसिमको चिडचिडापन सुरु हुन्थ्यो र स्वयं समाधान गर्न बाटो सम्म देखाइदिन्थेँ । भागादौडमा चिकित्सकसँग उद्योगमा काम गर्न सक्ने नसक्ने प्रमाणित कागज बनाउनु मेरो आफ्नो मानवीयता भित्र पर्थेन ।
अप्रेसन पश्चात उपचारका सिलसिलामा सुरुदेखि पठाउन नभ्यायका सवै कागजात एकजुट गरेर कोष कार्यालयमा पठाईयो । कागजात पठाईएको करिव एक हप्तापछि कल आयो हामी यसकाे खर्च दिन सक्दैनौँ । कारण, किन नपाउने केही जवाफ आएन । पछि सोधेँ एकातिर उपचारका लागि कोषले १० लाख सम्मको उपचार खर्च दिने जस्ता न्युज आयका छन् अर्कोतिर यस्तो भन्नु हुन्छ, कुरा बुझिन मैले भनेर भन्दा तपाईंकाे विरामीको योगदान छैन, पैसा काटियको छैन त्यसैले मिल्दैन भन्यो । अब चुप लागेर वस्नु सिवाय अर्को विकल्प थिएन । तलबसहित अघि लिएका ऋण सकिसकेको थियो । अप्रेसन गरेको १ महिना पनि वितेकाे थियन उद्योगवाट पुनः पत्र आयो स्पष्टिकरण चित्त नबुझ्दो भएको कारण अवकाश गरिएको । अब हुन बाँकि यहि त थियो । श्रीमानले संधै पढिरहने श्रम ऐन पल्टायर हेरेँ, त्यहा व्यवस्था थियो बेतलवी विदा एक वर्ष लिन पाउने । एक वर्ष भित्र निष्कासन गरिए कानुनी प्रक्रियामा जान पाउने ।
ऐन कानून एकातिर अनि वेथिति अर्कोतिर भएको यो परिपाटिमा न्यायिक प्रक्रियामा जाने हामीसँग न समय थियो न उर्जा नै । बोल्नका लागि शब्दहरु निस्कने अवस्था थिएन । घरमा हर समय एक किसिमको सन्नाटा जस्तै छाउँथ्यो । घर बाहेकका स्थानहरुबाट आउने प्रश्नको उत्तर दिँदा दिँदा वाक्क हुन्थे म । बस शुन्यता बाहेक केहि हुन्थेन मस्तिष्कमा तर पनि विरामीको अगाडी बलियो बनिदिनु पर्थ्यो, हासीदिनुपर्थ्यो । उद्योगबाट छुटकारा पाएका श्रीमान नियम संगत आफूले पाउने सेवा सुबिधा लिन समेत जाने अवस्थामा छैनन् ।
एउटा श्रमिकले गम्भीर प्रकृतिको रोगको उपचारका क्रममा भोगेको यथार्थलाई सम्झदै श्रमिक दिवसको अवसरमा श्रम जीवनबाट छुटकारा पाएका श्रीमान सहित सम्पूर्ण श्रमिकहरुमा शुभकामना ।
- लक्ष्मीबिलास कोइराला
मैले चिनेको पहिलो पहाड चुरे हो । हाम्रो घर चितवन गीतानगरको दक्षिणमा चुरे पर्वत छ, जुन छिचोलेर माडी पुगिन्छ । माडीको दक्षिणमा सोम्मेश्वर पहाड छ । हामी सानोमा ‘को चढ्न सक्छ चुरे, सक्दैन भारेभुरे’ भन्दै भाइबहिनीलाई जिस्क्याउँदै दौडिन्थ्यौं । २०४० सालतिर एक दिन बारा जिल्लाको सदरमुकाम कलैयाबाट बोधवनमा धान बाली लगाउन जाँदैगर्दा बाटोमा सिमसिम पानी मात्रै पर्दै थियो । पसाहा खोलामा अचानक ठूलो बाढी आयो । बाढी घट्ने आशमा हामी अरू बटुवाहरूझैं किनारामा उभियौं । मैले खोलाको पानी उठाएर हातमा लिएँ । पानी होइन उर्लीउर्ली पहेंलो लेदो बगिरहेको थियो । लेदोमा ढुंगा थिए । बाबु, चुरे त बगेर सिद्धिन्छजस्तो छ । धनिराम काकाले गालामा हात राखेर चिन्ता प्रकट गरेको मलाई आजै जस्तो लाग्छ ।
२०७० सालतिर अफिसको कामले सर्लाही जिल्लाको मलंगवामा पुग्दा मैले दक्षिणतर्फ पहाड देखें । दक्षिणतर्फ पहाड देखेपछि छक्क परें । कार्यक्रमकी एक सहभागी स्थानीय सञ्चारकर्मी धनियाँसँग जिज्ञाशा राखें । ‘सर, हाम्रो चुरे भारतमा सार्दै छन्, रातोदिन ट्रिपरले ढुंगा, गिटी बालुवा बोकेर,’ धनियाले तीखो व्यंग्य गरिन् । मलाई नरमाइलो लाग्यो । एउटा अफिसियल औपचारिक भेटमा पूर्वराष्ट्रपति रामवरण यादवले चुरेको महत्व वर्णन गरेका थिए । ‘भैंसीमाथि चढेर चुरे पहाड पुग्दा चुरे घना जंगलले छोपिएको थियो र रतुवा खोला त जंगलको एउटा सानो खोल्सो मात्र थियो ।’ उनको स्मरण सुनिरहुँ जस्तो साह्रै रमाइलो लागेको थियो । तर, आज चुरे ‘मणि हराएको सर्प’ जस्तो बनेको छ ।
चुरे पहाडको सबैभन्दा उत्तरमा रहेको महाभारत पर्वत सीमादेखि दक्षिणमा नेपाल–भारतको सिमानासम्मको सम्पूर्ण (चुरे, भावर र तराई) भूमिलाई चुरेक्षेत्र भनिन्छ । चुरे पहाड (वा शिवालिक) हिमालय पर्वत शृंखलाको सबभन्दा बाहिरी भू–भाग हो । चुरे पहाड कमलो एवं सबभन्दा कान्छो पर्वतीय प्रणालीको नामले पनि परिचित छ । तराईमा बग्ने अधिकांश नदीनालाको स्रोत चुरे हो । कार्बन व्यापारमा चुरेको महत्वपूर्ण योगदान रहेको छ । तराईको सुन्दरता पनि चुरे पर्वत शृंखला नै हो । चुरे पर्वतमालाले तराई र भित्री तराईका जिल्लाको वातावरणीय सन्तुलन कायम गर्न पनि ठूलो योगदान दिएको छ ।
चुरे समथर तराईको उत्तरी सिमाना भएर डाँडाहरू खडा भई बनेको छ । चुरे पहाड उत्तरतर्फ महाभारत शृंखला तथा दक्षिणतर्फ भावर प्रदेशसँग जोडिएको छ । विभिन्न स्थान मुख्यतः पश्चिमी भागमा दुन र भित्री मधेसको निर्माण चुरे पहाडमा भएको छ, जसले यस पहाडलाई महाभारत शृंखलाबाट स्पष्ट छुट्याउँछ । कोमल चट्टान सेल, सिल्टस्टोन, स्यान्डस्टोन तथा मडस्टोनजस्ता पदार्थबाट सिर्जित र छरिएका अन्य खुकुला पदार्थबाट निर्मित चुरे पहाड भौगर्भिक हिसाबमा विशिष्ठ पर्वत हो । देशभित्र धेरै वर्षा हुने भू–भाग यसै क्षेत्रमा रहेका कारणले यो भू–भाग भूक्षयको उच्च जोखिमयुक्त क्षेत्र पनि हो ।
चुरे पहाड मात्र नभएर हरियो वन नेपालको धन उखानको पर्याय पनि हो । चुरेको काखमा सदावहार जंगल हुर्किएर बसेको छ । चुरेकोे पहाडी भूमि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म ३६ जिल्लामा फैलिएको, उच्च पहाडी भू–भाग तथा तल्लो समथर क्षेत्रलाई जोडेको, जलाधार संरक्षण र व्यवस्थापन गर्ने साझा भू–क्षेत्र रहेको, तराई क्षेत्रका लागि पानीको रिचार्ज गर्ने र तल्लो तटीय उर्वर भूमिका लागि जलीयचक्रको व्यवस्था भावर क्षेत्रले गर्ने गरेको, अन्य भौगोलिक क्षेत्रको भन्दा चुरेक्षेत्रमा वनले ढाकेको क्षेत्रफलको अंश अत्यधिक रहेको, जैविक विविधतामा प्रचुरता रहेको, वन्यजन्तुको आवागमनका लागि जैविक मार्गको भूमिका खेलेको तथा एसिया क्षेत्रको वनस्पति एवं वन्यजन्तुको उद्गमस्थलका रूपमा चुरे क्षेत्रलाई लिएका कारण चुरे क्षेत्रको सामाजिक तथा जैविक–पर्यावरणीय महŒव उच्च रहेको छ । चुरेको महŒव आँकलन गर्दै आव २०६७÷०६८ देखि राष्ट्रपति चुरे संरक्षण कार्यक्रम सञ्चालन भइरहेको छ ।
कमजोर भूबनोट भएको चूरे पहाडमा प्राकृतिक कारणबाट नै ह्रास हुँदै गएको थियो । त्यसमाथि अदूरदर्शी स्वार्थपूर्ण मानवीय क्रियाकलापका कारण चुरेको ह्रास झन तीव्र गतिमा हुन थाल्यो । चुरे क्षेत्रमा वन अतिक्रमण तीव्र गतिमा बढेका कारण कृषि क्षेत्र बढ्न गएको र चुरे वन क्षेत्रको वरिपरी बसोबास गर्ने अधिकांश जनताको जीवन निर्वाह वन पैदावारमा निर्भर रहेका कारण वन विनाश भएको छ । वन विनाशले चुरे नांगो बन्दै गयो । हजारौं वर्षदेखि वन लिएर वर्षासँग आत्मीयता कायम गर्ने चुरेलाई बर्खायामको पानीले बगाउन थाल्यो ।
चुरे पर्वतबाट प्रवाहित हुने खोलाहरूको जलाधार क्षेत्र वन विनाश भएकाले खोलाहरू प्नि हिउँदमा सुक्न थाले । बर्खायाममा बाढीको प्रकोप बढ्न थाल्यो । जन, धन र जैविक विविधता तीव्र गतिमा क्षति हँुदै गएकाले उपल्लो तटीय र तल्लो तटीय जनतालाई यसबाट नकारात्मक प्रभाव परिरहेको देखिन्छ । वन पैदावार मात्र नभएर ढुंगा गिटी बालुवा भारतसम्म चोरी निकासी हुँदै आइरहेको तथ्य चुरे विनाशका चक्रीय प्रमाणहरू अध्ययनले देखाएका छन् ।
चुरेको विनाश प्रमुख कारण चुरेको सुन्दरता हो । ढुंगा, गिटी, बालुवाको गुणस्तर अत्यन्त राम्रो छ । सलक्क परेका सालका लुकुनाको सुन्दरता आँखाबाट हतपत्ती हट्दैन । तर गर्मी, पानी र हावाले चुरे दिनदिनै पग्लिदै गइरहेको छ ।
चुरे पहाडमा गरिने खनजोतबाट माटो बग्नेक्रम जारी छ । पहिरो गएका छन् । डुबान, नदी कटान र माटो थिग्रिने कार्यबाट धनजनको क्षति तथा विपद् बढ्दो छ । वन पैदावारको अनियन्त्रित उपयोग रोकिएको छैन । विकासका पूर्वाधार निर्माणबाट वनमा चाप बढ्दो छ भने वन डढेलो र चरीचरनबाट पनि वनको क्षति भइरहेको छ । वन्य जीवजन्तु नासिएका छन् । तराईको उर्वराभूमिको उत्पादकत्वमा अपूरणीय ह्रास आएको छ । चुरे भारेभुरेहरूले पनि सजिलै नाध्नसक्ने हुँदै गएको छ । जैविक विविधताको विनाश नियन्त्रण गर्न तथा उपल्लो तटीय चुरे भावर तथा तल्लो तटीय तराईबीच अन्तरसम्बन्ध कायम राख्न चुरे क्षेत्रको संरक्षण अनिवार्य बनेको छ ।
खानीजन्य ढुंगा, गिटी, बालुवा निकासीसम्बन्धी सरकारी नीतिको अस्पष्टताले चुरेबाट ढुंगा, गिटी, बालुवा निकाली बेच्न पल्केका व्यवसायी तस्करहरूले सुनौलो अवसर लिइरहेका छन् । गिटी, बालुवाका तस्करहरू मौलाएका छन् । चुरे नासिनु भनेको तराई मधेसको मानव जीवन संकटमा पर्नु हो । चुरे वा शिवालिक र महाभारत क्षेत्रमा पोखरी निर्माण गरी जलसञ्चय गर्ने, चुरे भावर र शिवालिक क्षेत्रमा वृक्षरोपण गर्ने र पानीका स्रोतहरू पुनर्सिर्जना गर्ने तथा नदी प्रणाली संरक्षण गर्ने चुरेमैत्री नीति कार्यक्रमलाई ढुंगा, गिटी, बालुवा अवैध निकासीले खल्लो बनाइदिएको छ ।
सरकारको उदासीनताको वातावरण संरक्षणका हिमायतीहरूको विरोध तथा तराई भावर क्षेत्रका बासिन्दाको असन्तुष्टिलाई मध्यनजर राख्दै समयसमयमा नेपाल सरकारले चुरे क्षेत्रको संरक्षण र सम्बद्र्धन गर्न प्रतिबद्ध रहेको जनाउँदै आएको देखिन्छ, जुन पर्याप्त होइन । चुरे क्षेत्रको दोहन हुन नदिन तथा वातावरण संरक्षणमा नकारात्मक प्रभाव पर्न नदिन सरकार सक्रिय जागरूक हुनुपर्छ । चुरेको दोहन रोकिएन भने भविष्यमा सम्पूर्ण तराई क्षेत्र मरूभूमिमा परिणत हुनबेर लाग्दैन । यसकारण तराई क्षेत्रका लागि पानीको रिचार्ज र तल्लो तटीय उर्वर भूमिका लागि जलीयचक्रको व्यवस्था गर्ने भावर क्षेत्र तथा वन पैदावर र जैविक विविधताको धनी क्षेत्र चुरे पहाडको संरक्षण अपरिहार्य बनेको छ ।
प्राकृतिक सम्पदा देश विकासको महत्वपूर्ण स्रोत हो । विकास गर्न खोज्दा प्राकृतिक सम्पदाको विनाश स्वाभाविक हुन्छ । प्राकृतिक स्रोतको शून्य विनाशद्वारा आर्थिक विकासको सपना देख्न सकिदैन । खानीजन्य ढुंगा, गिटी, बालुवा नेपालको विदेशी मुद्रा आर्जनको स्रोत बन्दै गइरहेको छ । महाभारत पर्वत शृंखलाबाट ढुंगा, गिटी, बालुवा उत्खनन गर्दा वा हिमाली क्षेत्रबाट उत्खनन गर्दा चुरेजस्तो जोखिमपूर्ण नरहेको विज्ञहरूको मत छ । वातावरण प्रभाव मूल्यांकन गरेर ढुंगा, गिटी, बालुवा कति छ ? कति उत्खनन गर्न सकिन्छ ? कति देशका लागि आवश्यक पर्छ ? कति बचत हुन्छ र कति निकासी गर्न सकिन्छ ? सोको अध्ययन हुन जरूरी छ । अध्ययनपश्चात् मात्र सुरक्षित क्षेत्रबाट ढुंगा, गिटी, बालुवा उत्खनन गरी निकासी गर्न उपयुक्त हुन्छ । तर, ढुंगा, गिटी बालुवा निकासी गर्न वा स्वदेशी निर्माण प्रयोजनका लागि चुरेलाई प्रयोग गर्न भने पूर्णतः बन्देज लगाउनुपर्छ ।
कुनै पनि देशले आफ्नो देशका लागि आवश्यक वस्तु तथा सेवा तुलनात्मक लाभ हेरी अर्को देशबाट आयात गर्छ । निर्यात गर्ने देशले पनि देशको आवश्यकता परिपूर्ति भएपछि बढी भएको निर्यात गर्ने हो । हाम्रो देशमा पूर्वाधार निर्माणको अत्यन्त खाँचो छ । पूर्व–पश्चिम राजमार्ग चारलेनको बनाउने योजना छ, हुलाकी मार्ग बनाउनेक्रम जारी छ र पूर्व–पश्चिम रेलमार्ग बनाउँदा थुप्रै ढुंगा, गिटी, बालुवाको आवश्यकता पर्छ । व्यापार घाटा पूरा गर्न ढुंगा, गिटी, बालुवा निर्यात गर्दा भोलि आफ्ना लागि आवश्यक पर्दा कहाँबाट ल्याउने नि ?
विज्ञहरूले ढुंगा, गिटी, बालुवा निर्यात गरेर प्राप्त हुने राजस्वभन्दा ढुंगा, गिटी, बालुवा निर्यात गर्दा बिग्रेको बाटो बनाउँदा धेरै खर्च हुने तथ्य दिएका छन् । व्यापार घाटा बढाउने मुख्य वस्तु पेट्रोलियम पदार्थ हो । विद्युतीय गाडीहरू चलाएर वा विद्युत्को प्रयोग बढाएर पेट्रोलियम पदार्थको आयात घटाउन जरूरी छ । ढुंगा, गिटी, बालुवा निर्यात गरेर भारतसँगको व्यापार घाटा घटाउनेभन्दा विद्युत् निर्यात गरेर व्यापार घाटा कम गर्नुपर्छ । तर, भारतका बाटाहरू विद्युत्ले त पिच हुँदैनन् ?
सरकारको ढुंगा, गिटी, बालुवा निकासी गर्ने नीति मूलतः आर्थिक खोलभित्रको राजनीतिक एजेन्डा हो । नीति निर्माणमा विकास साझेदार र छिमेकी राष्ट्रहरूको प्रभाव नियमित क्रिया हो । वातावरणीय मूल्यांकनको आधारमा खानीजन्य ढुंगा, गिटी, बालुवा निकासी गरी व्यापारघाटा कम गर्ने नीति निर्माणमा नेपालको स्वार्थभन्दा भारतको स्वार्थ हावी भएको प्रस्ट देखिन्छ । चुरेबाट ढुंगा, गिटी, बालुवा उत्खनन गर्न कठिन छैन । खोस्रिदियो भने मात्र पनि ढुंगा, गिटी, बालुवा बुरुरुर्र झर्न थाल्छ । भारतसम्म पु¥याउन लागत पनि कम लाग्ने भएकाले आयात गर्र्दा भारतलाई धेरै फाइदा पुग्छ ।
प्रदेश र स्थानीय सरकारले आआफ्नो क्षेत्रको चुरे संरक्षणका लागि कठोर निर्णय लिनुपर्छ । राजनीतिक दल तथा आमजनताले पनि सो संरक्षण नीति कार्र्यान्वयनमा सरकारहरूलाई सहयोग पु-याउनुपर्छ । घर पोलेर खरानी निर्यात गर्न उक्साउने र ‘चुरे दोहनमा लोभी आँखा’ लगाउने छिमेकी देश र ढुंगा, गिटी, बालुवाका तस्कर माफियासँग राष्ट्रवादी नेपाली समयमा नै सावधान हुन जरुरी छ । राजधानीडेली डटकमबाट
सुख्खा मौसम सुरु भएको छ । यो समय भनेको आगलागीको प्रवल संभावना हुने समय हो । मकवानपुरमा मात्रै चैत्र महिना लागेपछि दर्जन स्थानमा आगलागी भइसकेको छ । आगलागीको कारण आवासहरु नष्ट हुन थालेका छन् भने वनजंगलमा समेत नियमित आगलागी भइरहेको छ । गएराती मात्रै मकवानपुरको दामनमा भएको बिद्युत सर्टभएर आगलागी हुंदा २ वटा घर नष्ट भएको छ । जसबाट ३५ लाखभन्दाबढी क्षति भएको प्रहरीको अनुमान छ । यसैगरी आजै हेटौंडा १८ को दुग्ध सहकारीमा आगलागी हुंदा ७ लाख क्षती भएको छ ।
प्रकोप कसैको नियन्त्रणमा हुँदैन तर मानवीय लापरवाहीकै कारण हुने आगलागी तथा डढेलो जस्ता घटनाहरुमा शून्यमा झर्न नसके पनि न्यूनिकरण र रोकथापको उपाय अलम्बन गर्न सकिन्छ । ननिभाईकन फालेको चुरोटका ठुटाहरु, वनभोजको क्रममा बालिएका आगोबाट हावाहुरीका कारण वन डढेलो लाग्न सक्छ । कतिपय ठाउँमा बर्षायाममा घाँस राम्रोसँग पलाउने, बाटो हिड्दा डर लाग्दो झाडी देखिए कै कारण तथा दाउराको अभाव पुर्ति गर्नको लागि पनि वन जंगलमा जानाजान डढेलो लगाउने क्रम बढ्दो छ । यसले डढेलोले वातावरणमा समेत प्रतिकूल असर पार्छ । एकातिर तीव्र रुपमा भइराखेको जलवायु परिवर्तनमा आगलागीले मद्दत पु-याउँछ अर्कोतिर वनमा हुने आगलागीले वन्यजन्तुको नाश गर्दछ । जुन पारिस्थितिक प्रणालीमा अर्को धक्क हो ।
सुख्खा याममा हुनसक्ने आगलागीबाट बच्ने उपाय, अग्नी नियन्त्रणको पूर्वतयारी सम्बन्धमा सम्बन्धित स्थानीय तहहरु र सरोवारवाल निकायहरुले खासै तयार रहेको गरेका देखिदैन । हिंउद तथा गर्मीयामको सुख्खा मौसममा वन जंगलमा डढेलो लाग्ने सम्भावना अधिक हुन्छ । सानै लापर्वाहीले पनि ठूलो क्षती हुनसक्छ, संभावित दुर्घटना र क्षतिबाट बचौं र बचाऔं ।
बिषय प्रवेशः
लोकसेवामा वा हाजिरी जवाफ प्रतियोगितमा सोधिने एक प्रश्न ठेकीको लागि प्रसिद्ध जिल्ला कुन हो ? अनि यसको उत्तर मकवानपुर हो, यसले मकवानपुरको धेरै परिचय मध्ये एक पहिचान बनायो, यो हाम्रो गौरवको बिषय पनि बन्यो । कुनै दिन मकवानपुरमा बनेका ठेकी देशभरी बिक्रि हुन्थे । मानिसहरु खोजिखोजि मकवानपुरे ठेकी लिन आउथे तर अहिले यो अब इतिहाँसमा सिमित हुन पुग्यो । अर्को तथ्य अझ रमाइलो छ, यो ठेकी बन्ने काठ चाही के को हो भनेर हामिलाई सोध्यो भने यो दार हो भन्ने चाही हामी मध्ये धेरैलाई थाहा छैन ।
अनि त्यसमा पनि यो दारको रुख हाम्रो जिल्लामा कहाँकहाँ पाइन्छ ? प्राकृतिक रुपमा यसको अवस्था के छ ? दारको रुख देखेका छौ भनेर सोधियो भने यसको उत्तर चाही झन् निरासाजनक छ । हाम्रो जिल्लामा दार करिव नगन्य र लोप हुने अवस्थामा छ भनेर हामीले भन्नु पर्दा हामि दुखि छौ तर निराश छैनौ र यसै तथ्यलाई मध्यनजर गरेर हामी यसको प्रवर्धन गर्न अभियान नै संचालन गर्दैछौ, त्यसैको एक कदमको रुपमा यो सानो ब्रोसर तपाई समक्ष आइपुगेको छ ।
परिचयः
नेपालीमा दार वा गित्थी वा पारो भनेर चिनिने यसको बोटानिकल नाम Pouzolzia rugulosa हो जुन Urticaceae परिवार अन्तर्गत पर्दछ । सन् २००९ बाट यसको बोटानिकल नाम Pouzolzia rugulosa लेख्न सुरु गरिएको छ । जर्मन वनस्पतिशास्त्री Georg Rutholf Boehmer को सम्मानमा यसको वानस्पतिक नाम बोइमर
राखिएको हो ।
यो एक सानो देखि उचाईमा ३० फिट सम्म हुने मध्यम आकारको सदावहार रुख हो । यसको पातलाम्चो र लामो र टुप्पोतिर चुच्चो परेको, अल्टरनेट भई तीनवटा मुख्यनशाहरु र पातको किनारामा दाँतिहरु रहेको हुन्छ । पातको माथिल्लो सतहमा रातो थोप्लाहरु हुन्छन् भने तल्लो सतह नरम मखमली (सेतो) हुन्छ । पातको लम्बाई ५.५ देखि १८ सेन्टिमिटर सम्म लामो र २ देखि ४.५ से.मि. चौडाईको हुन्छ । यसको बोक्राको रंग गाढा खैरो भई माथिल्लो सतहमा स–साना मध्यम चतुर्रभुजाकार खस्रो र गहिरो चिरा वा धाँजाहरु फाटेको हुन्छ ।
यसको काठ गाढा रातो, मध्यम किसिमको कडापना तथा तौल भएको चिल्लो र समान वा एकैनासे दानादार हुन्छ । यसको फूल सानो हरियो रंगको भई साधारण किसिमको स्पाईक (सानो डाँक्ला) मा अडिएर रहेको हुन्छ । यसको फल दुबै तिर चुच्चो परेको सुख्खा, एकबिजिय हुन्छ । यो प्रकाश मन पराउने (Light Demander), सुक्खा खप्ने (Draught Hardy), तुषारो नसहने (Frost Tender) र पानि नजम्ने , हल्का भिरालो स्थानमा राम्रो संग हुर्कने प्रजाति हो । यसले साना बिरुवा हुँदा मुना राम्रो दिएतापनि ठुलो रुख भएपछी कम मुना मात्र दिन्छ ।
भौगोलिक वितरण (Geographic Distribution)
वन बिभाग (२०७७) अनुसार यो प्रजाति समुद्र सतहबाट ३०० देखि १७०० मिटरको उचाईमा नेपाल लगायत भारतको गढवाल तथा भुटान सम्म केही भिरालो तथा सुख्खा पाखाहरुमा पाईन्छ । नेपालमा यो प्रजाति प्रायजसो माथिल्लो उचाईको साल वन तथा १५०० मिटर सम्मको टुनी, चाँप, गमारी, सौरका वनमा पूर्वदेखि पश्चिम सम्म ३९ वटा जिल्लामा पाइन्छ । दारको मुख्य प्राकृतिक बासस्थानमा उदयपुर, धनकुटा, पाँचथर, इलाम क्षेत्र, मकवानपुर, चितवनको र नुवाकोटको त्रिशुली क्षेत्र, गोर्खा, तनहू पर्वतको काली गण्डकी किनार, पाल्पा, गुल्मी, दाङ्गको चुरे क्षेत्र, सल्यान,जारजरकोट, सुर्खेत, र डोटी र डडेधुराको चुरे क्षेत्र दारका जङ्गलहरू रहेका छन् ।
मकवानपुरमा दारको छुट्टै अध्ययन छ या छैन त्यसको तथ्यांक हामीसंग छैन तर हाम्रो छलफलको क्रममा पत्ता लागेको चाही मनहरी क्षेत्र, भैंसे भीमफेदी खण्ड, मकवानपुरगढी, ठिंगन, बागमतीको उत्तरी भेगमा यसको उपस्थिति ब्यापक थियो र अहिले थोरै भएपनि प्राकृतिक अवस्थामा र केहि निजि किसानको जग्गामा पाइएको छ । अन्यत्र कहाँ कहाँ कुन अवस्थामा छ खोजि र अध्ययन गर्नुपर्ने छ ।
उपयोगिताः
यसको सबैभन्दा बढी र हामीलाई थाहा भएको उपयोगिता चाही काठबाट बनाईने भाँडाकुँडाको लागि हो । यो प्रजातिको काठको स्पेसिफिक ग्राभिटी ०.६५ रहेको हुनाले तुलनात्मक रुपमा अन्यप्रजातिको भन्दा यसको तौल कम हुन्छ जसले भाँडाहरु तुलनात्मक रुपमा हलुका र सहज हुन्छन । यसको काठ मुलत पहाडी भेगमा विभिन्न किसिमका भाँडाकुँडाहरु जस्तै कप, प्लेट, हर्पे, दुँधेरो (दुधदुहुने भाँडो), ठेकी (दही राख्ने वा जमाउने भाँडो) आदि वनाउन प्रयोग गरिन्छ । यी काठका भाडाकुडामा खाध्य वस्तु भण्डारण गरेमा खाध्यवस्तुको स्वाद राम्रो हुने र दहि राम्रोसंग जम्ने विश्वास गरिन्छ । यसको अर्को अत्यधिक प्रयोग डालेघाँसको लागि हुने गरेको छ । गाईबस्तुले निकै मन पराउने हुनाले जंगलको प्राकृतिक अवस्थामा र किसानले सुक्खा याममा घाँसको रुपमा खपत गर्ने गरेका छन् । यसैगरी यसको औषधीय महत्व पनि रहेको छ ।

यो प्रजातिको बोक्रा काटेको घाउबाट रक्तस्राव रोक्न र घाँउ चाँडै निको गाराउनमा प्रयोग गरिन्छ । यसको वोक्रमाहुने चिप्लो पदार्थ सेल रोटी तथा कोदोको रोटी फुलाउनको लागि समेत प्रयोग गर्ने गरिन्छ भने छालामा फोका उठेमा सोको उपचारमा समेत स्थानीय समुदायहरुले यसको प्रयोग गर्ने गरेको पाईन्छ । त्यसै गरी यसको पातलाई कुटेर पेष्ट वनाई धाउमा र हाटखुट्टा भाचिएकोमा र मधुमेह रोगको परम्परागत ओषधिउपचारमा प्रयोग गरिन्थ्यो तर अहिलेको आधुनिक औषधि पद्धतिमा यो चलन क्रमश कम हुदैंछ । साथै यो कम्जोर, भिरालो जमिन, सुक्खा क्षेत्रमा पनि सहज हुर्कने हुनाले क्षतिग्रस्त जमिन र भू क्षयको पुनस्र्थापनामा निकै उपयोगी मानिन्छ ।
प्रसारण विधी र खेतीबिस्तार (Propagation and Cultivation)
यसको बीउ असोज देखि पौष महिनाको बीचमा पाक्ने गर्दछ । यसको बीउहलुका र १ मिलिमिटर (सानो बिउ) सम्मको हुन्छ । यसको नर्सरी प्रविधिअन्य धेरै मासिना बीउहुने वनप्रजातिको विरुवा उत्पादनसँग मिल्दोजुल्दो रहेको छ । बिउ संकलन गरेपछि नर्सरीको सफा जमिनमा माटोमा बालुवा मिक्स गरेर वा ट्रे मा वालुवा माटोको मिश्रणमा पातलो गरि छर्ने र त्यसमाथि पातलो बालुवा छरेर थोरै चिस्यानमा यसको बिरुवा राम्रो उम्रन्छ ।
सम्भव भएसम्म यसलाई प्लास्टिकको झिल्लीले छोप्ने वा छहारीको व्यवस्था गर्ने तर सिधै माथिबाट पानीको थोप्ला पर्न नदिने । पानीको ठुलो थोप्ला भएमा भाचिने र मर्ने हुन्छ । बढी पानि भएमा बिउ बगाउने र सानोमा नै बिरुवा मर्ने डर हुन्छ । सानोमा बिरुवा अत्यन्त सानो उम्रने हुँदा निकै स्याहार गर्नुपर्ने हुन्छ । यो प्रजातिको प्रसारण कलमी हाँगा कटिंग विधिबाट समेत गर्न सकिन्छ । पछी बिरुवालाई स्थानीय माग अनुसार साना वा ठुला पोलिथिन ब्यागमा सारेर वृक्षारोपण स्थलमा लगेर रोप्ने तर यो बिरुवालाइ गाईबस्तु र जंगली जनावरबाट जोगाउन सुरुमा नै बारबेरको राम्रो व्यवस्था गर्नु पर्दछ ।
चुनौतीः
एक समयमा काठको ठेकी लगायतको बस्तुको अधिक माग र त्यसको आपूर्तिको लागि अधिक कटान र दोहनले यसको शंख्या निकै घटेर गयो । किसानले डालेघाँसमा अधिक प्रयोग गर्ने, अधिक हाँगा कटान पछी ठुलो रुख हुन् नसक्ने र त्यतिकै क्रमश सकिदै जाने, ढिलो बढ्ने हुनाले किसानको कम रुची हुनाले नया रोपणमा चासो कम हुँदा नया बिरुवा रुख भएनन ।
पछिल्लो समयमा सामुदायिक वनहरू सबैजसो साल लगायतका काठमा मात्र केन्द्रित हुनु, सरकारी स्तरमा यसलाई प्राथमिकता दिएर कार्यक्रम संचालन हुन् नसक्नु, खपत सबै तिरबाट गर्ने तर संरक्षण कोहि नगर्ने र यसको महत्व बुझाउन नसक्नु यसको
संरक्षणमा देखिएका मुख्य चुनौती हो । यसैगरि काठको सहज उपलब्धता नहुनाले परम्परागत ठेकी र काठको भाडा बनाउने पेशा पनि क्रमश बिस्थापित हुदै जानु र जिल्लाको परिचय बनाउन सफल हामी मकवानपुरका कसैले पनि यसको खोजखबर पनि नगर्नु पनि यहाको लागि चुनौती र दुखद पक्ष हो । प्राकृतिक वासस्थानमा रहेका माउँ वोटहरु कम हुदा फलको उत्पादनमा ह्रास आएको देखिन्छ र वोटमा फल लागेपनि अधिक र अनियन्त्रित डढेलो, खुल्ला चरिचरण र सानैमा नै घाँस काटेर लगिदिनाले यसको पुनरोत्पादनमा समस्याहुने गरेको छ ।
आगामी योजनाः
दारलाइ केन्द्रित गरेर छुट्टै नीति र योजना बनेका छैन र प्राय जिल्लाले र समुहले यसलाई मुख्य एजेन्डा बनाएको पाइदैन तर हामी मकवानपुरको परिचयसंग समेत यो जोडिएको हुनाले यसको संरक्षणमा हामि सबैले तुरुन्त लाग्नुपर्ने देखिएको छ अन्यथा यो परिचय किताब, पत्रिका, सिमेन्टका प्रतिमुर्तिमा (Statue) मात्र सिमित हुने भै सकेको छ । यो हामी वनकर्मीको लागि मात्र होइन यहाका सबै जनसमुदायको चासो र चिन्ताको बिषय हुनु पर्दछ । यसको लागि जिल्ला समन्वय समिति, यहाका सबै पालिका, सामुदायिक वन, संचारकर्मी, काठमा आश्रित उधोग व्यवसायीले अपनत्व ग्रहण गर्नुपर्दछ र हामि यसको लागि सबैलाई बिनम्र आग्रह गर्दछौ ।
अब हामीले यसको प्रवर्धनमा निम्न काम तुरुन्त गर्नु पर्ने देखिन्छ ।
- दार प्रजातिको संरक्षण र दिगो ब्यवस्थापनको लागि बृहद अध्ययन अनुसन्धान गर्ने, यहाँ रहेको वन बिज्ञान अध्ययन संस्थानका बि एस सी, एम एस सी का विधार्थीलाई अध्ययनको लागि सानो भएपनि छात्रवृतिको व्यवस्था पालिका वा वन कार्यालयले गर्नेिदार प्रजातिको संरक्षण र दिगो ब्यवस्थापन कार्ययोजना बनाउने, कार्वान्यवन गर्ने
- दारको प्राकृतिक वासस्थानको संरक्षण गर्ने, वनडढेलो र अतिक्रमण नियन्त्रण गर्ने
- निजी तथा कृषिवन प्रणालीको विकास र विस्तार गर्ने र सामुदायिक वन, निजि जग्गामा किसानलाई दार रोपण, संरक्षणमा पालिका वा वनकार्यालय वा काष्ठमा आधारित उधोग मार्फत अनुदानको समेत व्यवस्था गर्ने
- सामुदायिक वन तथा जिल्लाको वन व्यवस्थापन कार्ययोजनामा दार प्रजाति संरक्षणका कृयाकलापहरु समावेश गर्ने, समुहलाई उत्प्रेरित गर्ने
- यसको बारेमा प्रचारप्रसार तथा जनचेतनामूलक कृयाकलापहरु संचालन गर्ने ।
अन्त्यमाः
दार संरक्षणमा हामि मकवानपुरे निश्चय पनि निकै पछी परेका छौ तर कुरा यतिमा सिमित रहदैन । हामीलाई यहाको भूगोलले निकै साथ दिएको छ । यसले छुट्टै परिचय दिएको छ र यो परिचयलाई इतिहाँसमा मात्र सीमित नराखी फेरी नया शिराबाट काम सुरु गरौ, केहि फरक काम गरौ भन्ने उत्साहका साथ अगाडी बढेको जिल्ला समन्वय समिति, पालिका, सामुदायिक वन, निजि किसान, सकारात्मक संचारकर्मी अनि हामि वन कर्मी छौ । हामि सबैको प्रयासले यो बिषयलाई सुखद नतिजा दिने कुरामा हामि प्रतिबद्ध भएमा फेरी एक पटक ठेकी खोज्न, कच्चा पदार्थ खोज्न यहा आउने वतावरणको श्रीजना गरौ । हिजो सम्म हामीलाई यसको कम चासो भयो, खोजि भयो अब त्यो पाटो सकियो अब अहिले हामीकहा हेटौडा, मनहरीका हाम्रा नर्सरीमा बिसौ हजार दारका बिरुवा तयार हुदैछन, हामी प्राकृतिक अवस्थाको बिरुवाको पनि खोजीमा छौ यहि बर्षात को समयमा नै केहि काम गरेर सुरु गर्न पुन आग्रह गर्दछौ ।
स्रोतः डिभिजन वन कार्यालय राप्ती मनहरीद्वारा प्रकाशित ‘दार एक चिनारी’ब्रोसर ।
सामाजमा जरा गाडेर बसेको पुरातनवादी तथा पुरुषवादी संरचनामा परिर्वतन भई महिला हिंसा र विभेदको अन्त्य गरी पीडित महिलालाई क्षतिपुर्ति सहितको न्याय दिलाई महिलाको हक अधिकार सुनिश्चित गर्दै, कसुर पीडित महिलालाई सम्मानपूर्वक समाजमा पुनस्थापन गर्न सक्ने वातावरण नबनेसम्म नारी दिवस मनाउनको लागी मनाएको जस्तोमात्र देखिन्छ ।
सबै जना साथ भएर नारी प्रतिको पूर्वाग्रह तोड्ने र समानताको आवाज बलियो बनाउने आग्रहका साथ Gender equality today for a Sustainable tomorrow भन्ने नाराका साथ सन् २०२२ को ११२ औं अन्तराष्ट्रिय नारी दिवस मनाइएको थियो भने “लैङ्गिक समानताको बलियो आधार: सिर्जनात्मक प्रबिधिमा महिला पहुँचको बिस्तार” DigitAll ː Innovation and Technology for Gender Equality भन्ने मुल नाराका साथ ११३ औं अन्तराष्ट्रिय नारी दिवस मनाउन गई रहेका छौ ।
अन्तराष्ट्रिय नारी दिवसलाई महिला दिवस पनि भन्ने गरिएको छ । यो दिवस महिला जागरुकताको दिवस पनि हो । यो दिवस मनाउनुको मुख्य उदेश्य महिला प्रति सम्मान व्यक्त गर्नु र लैगिंक समानता, महिलाको समान अधिकार, महिला माथि हुने हिंसाहरु प्रति जागरुकता बढाउनु हो ।
नारी दिवसको पृष्टभुमी
अमेरीकाको न्युर्योक सहरमा सन्. १९०८ मा १५ हजार महिलाले आफुहरु माथी भएको असमानताको बिरुद्धमा, कामको घण्टा छोट्याउन ,समान कामको समान ज्याला र मताधिकारको माग सहित -याली गरेसंगै नारी दिवसको सुरुवात भएको थियो भने सन् १९१० माभएको कोपनहागन कन्फरेन्स अफ बर्किङ विमिन सम्मेलनमा महिला अधिकारबादी क्लारा जेटकिनले अन्तराष्ट्रिय नारी दिवस मनाउन सुझाब दिएकी थिइन ।
हाम्रो देश नेपालको सन्दर्भमा भने जतिनै महिला अधिकार र हिंसा, विभेद अन्त्य गर्नुपर्ने नीति,कानुन निर्माण भएतापनि दिनानु दिन महिलाहरु मथि बढ्दो हिंसा एंव कसुरले दिवस मनाई रहनु माथिको सार्थकता एवं औचित्य माथि ठाडो प्रश्न खडा भएको छ ।
त्यो सम्मेलनमा १७ देशका १०० जना महिला सहभागी थिए र उनिहरुले त्यस सुझावलाई सर्ब सम्मत रुपमा सहमती जनाएका थिए । त्यसपछि सन् १९११ मा पहिलो पटक अस्ट्रिया, जर्मनी, डेनमार्क र स्विट्जरल्यान्डमा मनाइएको थियो । सन् १९१४ देखि मात्र मार्च ८ तारिखमा मनाइने गरी निश्चित मिति तोकिएको हो । सन १९७२ डिसेम्बरका १८ का दिन संयक्त राष्ट संघको साधारण सभाले एक प्रस्ताब पारित गरेर सन् १९७५ लाई नारी दिवस वर्षको रुपमा राष्ट्र संङघले मनाउन सुरु गरेपछि नारी दिवस औपचारीक रुपमा अन्तराष्ट्रिय नारी दिवस मनाए पछि यो दिवस अन्तराष्ट्रिय बन्न पुगेको हो ।
संसारका बिभिन्न देशले ५० औं अन्तराष्ट्रिय नारी दिवस मनाई सकेपछि मात्र बि.सं २०१६ सालमा विपि कोइराला प्रधानमन्त्री भएको वेलादेखि मात्र हाम्रो देश नेपालमा यो दिवस मनाउन थालियो । वि.सं.२०१६ सालमा प्रधानमन्त्री विपि कोइरालाको पालादेखि यो दिवस मनाउन सुरु गरिएको भएपनि महिलालाई मताधिकारको अधिकार प्राप्ती भने प्रजातन्त्रको प्राप्ती सँगै वि.सं.२००७ सालबाट भएको हो । यो दिवस महिला अधिकारको लागि माग गर्दै मनाइएको हो ।
नारी दिवसको प्रभाब
विश्वव्यापी रुपमा अन्तराष्ट्रिय नारी दिवस मनाउन थालेपछि र बिभिन्न समयमा हुने गरेका महिलावादी आन्दोलनहरुको कारण सामाजिक, आर्थिक लगायत बिकास लगायतका अन्य धेरै क्षेत्रहरुमा नारीहरुको सक्रिय सहभागीता बढ्न थालेको छ । नेपालको सन्दर्भमा हेर्ने हो भने पनि राष्ट्रको नेतृत्व तहमा महिलाको प्रतिनिधित्व भएको छ तापनि हाम्रो नेपाली समाजको पैतृक लैङ्गीक संरचनाको कारण दैनिक जसो समाचारमा महिला हिंसाका कैयन घटना सार्वजनिक हुन्छन् कति कानूनी उपचारको बाटोमा लाग्छन् भने कति घटना समाजका अनेक मुखौटा बिच अनेक बहानामा लुकाइन्छन्, दवाइन्छन् अथवा बाहिर निस्कना नपाई समाजको गर्भमा नै तुयाईन्छन ।
हाम्रो देश नेपालले महिला बिरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मुलन गर्ने सम्बन्धी महासन्धी १९८१ लाई अनुमोदन गरिसकेको छ । पक्ष राष्ट्र भएको नेताले महासन्धीमा भएका सबै प्रावधानलाई पालना गर्नु राज्यको परम कर्तव्य हो । राज्यले अन्तराष्ट्रिय महासन्धीमा भएका व्यवस्थाहरुलाई घरेलु कानूनहरुमा आन्तरिकीकरण गर्न महिला अधिकारलाई कानून र संविधानमा सुरक्षित गरेको छ ।
महिलाहरुको अबस्थाः
हाम्रो हिन्दु धर्मशास्त्र अनुुसार “जहाँ नारी पुजिन्छिन् ,त्यहाँ देवता बस्दछन्” भन्ने कथन छ जसले नारीलाई सम्मान गर्नुपर्ने कुरा बताउछ तर सो एकादेशको कथन मात्र भएको छ । हाम्रो देश नेपालको सन्दर्भमा भने जतिनै महिला अधिकार र हिंसा, विभेद अन्त्य गर्नुपर्ने नीति,कानुन निर्माण भएतापनि दिनानु दिन महिलाहरु मथि बढ्दो हिंसा एंव कसुरले दिवस मनाई रहनु माथिको सार्थकता एवं औचित्य माथि ठाडो प्रश्न खडा भएको छ ।
प्रयाप्त ऐन कानूनमा व्यवस्था गरि महिला हिंसा नियन्त्रण गर्न पहल कदमी चालेकोले केही उच्च तह र तप्कामा महिलाको प्रतिनिधित्व देखिए तापनि अंर्थ पुर्ण देखिएको छैन र समग्रमा महिलाको स्तर र जीवनयापनमा भने सुखद एंव सुरक्षीत अनुभूति गर्न सकिने गरी सामाजिक दृष्टिकोणमा समेत परिवर्तन भएको छैन । बनेका नीति, नियम, ऐन, कानून र संविधानको मकसद एकातिर र वास्तविकता अर्कोतिर भएको व्यहोरा घाम जतिकै छर्लङ्ग छ । महिला भएकै कारण सांस्कृतिक, आर्थिक, शारीरिक एंव मानसिक रुपमा विभेद भोग्न नेपाली महिलाहरु बाध्य छन् ।
सामाजमा जरा गाडेर बसेको पुरातनवादी तथा पुरुषवादी संरचनामा परिर्वतन भई महिला हिंसा र विभेदको अन्त्य गरी पीडित महिलालाई क्षतिपुर्ति सहितको न्याय दिलाई महिलाको हक अधिकार सुिनश्चित गर्दै, कसुर पीडित महिलालाई सम्मानपूर्वक समाजमा पुनस्थापन गर्न सक्ने वातावरण नबनेसम्म नारी दिवस मनाउनको लागी मनाएको जस्तोमात्र देखिन्छ । त्यसैले महिला प्रतिको हेयको दृष्टीकोण नै परिबर्तन हुनु जरुरी रहेको छ ।
बस्नेत, जिल्ला अदालत बार एशोसिएसन, मकवानपुरकाे अध्यक्ष हुनुहुन्छ ।
- रघुराम पराजुली
विषय प्रवेशः
जडीबुटी जैविक विविधताको एक महत्वपूर्ण पक्ष हो . जसको सदुपयोगबाट आर्थिक विकासमा समेत टेवा पुग्न सक्छ । जडीबुटी तथा सुगन्धित वनस्पतिको खेती विस्तार, व्यवसायीकरण र दिगो व्यवस्थापनबाट विपन्न तथा पहुँचहीन नागरिकका लागि आयआर्जनमा समेत सहयोग पु¥याउन सकिन्छ ।
बागमती प्रदेशको राजधानी र भौगोलिक विविधताले भरिपूर्ण मकवानपुर जिल्ला वानस्पतिक विविधतामा पनि धनी रहेको छ । जहाँ जडीबुटी तथा सुगन्धित वनस्पतिको सही व्यवस्थापनबाट मनग्य लाभ लिने सम्भावना रहेको छ । जडीबुटी÷गैरकाष्ठ वन पैदावार नै किन < सही ज्ञानको अभावमा हाम्रा बहुमूल्य जडीबुटी तथा सुगन्धित वनस्पति यसै खेर गइरहेका छन् । औषधी तथा विभिन्न उत्पादनको रूपमा तिनै स्रोतका उत्पादन आयात गर्न ठूलो धनराशी बाहिर पठाइरहेका छौं ।
बिरुवाका पात, काण्ड, जरा, फूल, फल, बोक्रा, बिउ, खोटो, चोप, तेल आदि भाग गैरकाष्ठ वनपैदावारका रूपमा बिक्रीवितरण हुने गर्दछन् । गाँस, बास तथा कपासजस्ता आधारभूत आवश्यकता पनि गैरकाष्ठ वन पैदावारमा नै आधारित रहेका छन् । खाना, डालेघाँस, औषधी, मसला, रंगरोगन, सौन्दर्य, निर्माण सामग्री तथा अन्य प्रयोजनका लागि कच्चा पदार्थ गैरकाष्ठ वन पैदावारबाट नै प्राप्त हुन्छन् । तसर्थ, यी बहुमूल्य निधिको वैज्ञानिक अध्ययन, अनुसन्धान, खोजी एवं विश्लेषण गरी दिगो विकासमा सघाउने गरी ठोस कार्यक्रम तर्जुमा गरी प्रभावकारी कार्यान्वयनमा जुट्नु आवश्यक छ, जसबाट नेपाललाई समृद्धिको दिशामा डो¥याउन मद्दत पुग्नेछ .
वन, वनस्पति र जडीबुटीः
नेपालमा ११८ प्रकारका पारिस्थितिकीय प्रणाली, ३५ प्रकारका वन र ७५ प्रकारका वनस्पति समुदाय उपलब्ध छन् । वनको मौज्दातको हिसाबले नेपालमा पाइने मुख्य प्रजातिमा साल, खस्रु, खोटे सल्ला, गुराँस, साज, ठिंग्रे सल्ला, गोब्रे सल्ला, उत्तीस, चिलाउनेलगायतका वनस्पति प्रजाति पाइन्छन् । नेपालमा करिब २००० प्रजातिका विभिन्न वनस्पति गैरकाष्ठ वन पैदावारको रूपमा पहिचान भएका छन् ।
व्यापारमा जाने ७० प्रतिशत वनस्पतिका प्रजाति जङ्गली अवस्थामा सङ्कलन गर्ने गरिएको छ । कूल निर्यात हुने वनस्पतिमध्ये ९० प्रतिशत भन्दा बढी बिना प्रशोधन कच्चा पदार्थको रूपमा विभिन्न देशमा निर्यात हुने गरेको छ । नेपालमा करिब १२ हजार वनस्पति पहिचान भएका छन् । करिब ३० हजारभन्दा बढी समूहमा आधारित वन समूह क्रियाशील रहेका छन् । करिब २० हजार वनमा आधारित उद्योग रहेका छन् भने करिब २ हजार वनस्पति जडीबुटीजन्य रहेका छन् । प्राथमिकता प्राप्त जडीबुटी नेपालको आर्थिक विकास र खेती प्रविधि अनुसन्धानका लागि वनस्पति विभागले विभिन्न जडिबुटीलाई प्राथमिकतामा राखेको छ ।
जसमा खेती प्रविधि अनुसन्धान कार्यका लागि प्राथमिकतामा रहेका जडीबुटी पाँचऔले, जटामसी, कुट्की, पिपला, सर्पगन्धा, चिराइतो, लौठ सल्ला, गुर्जो, गुच्ची च्याउ, यार्सागुम्वा, सतुवा, काकोली, कालो मुसली र नेपालको आर्थिक विकासका लागि प्राथमिकता प्राप्त जडीबुटी अतीस, अमला, ओखर, कुट्की, गुच्ची च्याउ, गुर्जो, चिराइतो, जङ्गली सयपत्री, जटामसी, झ्याउ, टिमुर, तेजपात, धसिंग्रे, नीम, पदमचाल, पाषणभेद, पाँचऔले, पिपला, विष, बोझो, भ्याकुर, मजिठो, यार्सागुम्बा, रिठ्ठा, लघुपत्र, लौठसल्ला, सुगन्धवाल, सुगन्धकोकिला, सतावरी, सर्पगन्धा, सतुवा, काकोली, कालो मुसली रहेका छन् ।
जडीबुटीसम्बन्धी नीतिगत प्रावधान संविधानको धारा ५१ (छ) मा जनसाधारणमा वातावरणीय स्वच्छतासम्बन्धी चेतना बढाई औद्योगिक एवं भौतिक विकासबाट वातावरणमा पर्नसक्ने जोखिमलाई न्यूनीकरण गर्दै वन, वन्यजन्तु, पक्षी, वनस्पति तथा जैविक विविधताको संरक्षण, सम्बर्द्धन र दिगो उपयोग गर्ने, वातावरणीय सन्तुलनका लागि आवश्यक भू–भागमा वन क्षेत्र कायम राख्ने जस्ता प्रावधानको व्यवस्था गरेको छ । वन नीति, २०७५ मा उपलब्ध वन वनस्पति तथा जैविक विविधताको पूर्ण क्षमतामा सदुपयोग गर्न नसक्नु प्रमुख चुनौती उल्लेख गरिएको छ ।
नेपाल दुर्लभ वन्यजन्तु र वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि (साइटिस) को पक्ष राष्ट्र पनि रहेको छ । वनस्पतिको लागि वनस्पति विभाग वैज्ञानिक निकाय हो । वनस्पति विभागले १३ वटा जडीबुटी खेती तथा अनुसन्धानका लागि र ३३ वटा जडीबुटी नेपालको आर्थिक विकासका लागि प्राथमिकतामा राखेको छ । वनस्पति विभागअन्तर्गत रहेका ११ वटा वनस्पति उद्यानमा समेत महत्वपूर्ण वनस्पतिको स्वस्थानीय (In-situ Conseravtion) तथा परस्थानीय (Exsitu Conseravtion) संरक्षण भइरहेका छन् ।
यसका अलावा महत्वपूर्ण जडीबुटी तथा सुगन्धित वनस्पतिको खेती प्रविधि विकासका कार्य पनि सञ्चालनमा रहेका छन् । उपयोगी भागका आधारमा व्यापारमा रहेका गैरकाष्ठ वन सर्पगन्धा ज्ञठ डिभिजन वन कार्यालय राप्ती, मनहरी, मकवानपुरको प्रकाशन वातावरण शिक्षा (विद्यालयका नानीबाबुमा समर्पित) पैदावारलाई वर्गीकरण गरिएको छ । जरा तथा गानो जातिमा ७४ प्रजाति, बोक्रा जातिमा ३३ प्रजाति, पात÷डाँठ जातिमा ४६ प्रजाति, फूल र भूवा जातिमा १८ प्रजाति, फल र बीउ जातिमा ९० प्रजाति, पूरै विरुवा जातिमा ४७ प्रजाति, गम, रेजिन र लोहावान जातिमा १० प्रजाति गरी कूल ३१८ प्रजातिका गैरकाष्ठ वन पैदावारको व्यवस्था वन नियमावली २०७९ (अनुसूची ७) ले गरेको छ ।
जडीबुटीको व्यवसायिक खेती विस्तार कार्यविधि निर्देशिका, २०७७ अनुसार जडीबुटी खेतीका लागि छनौट गरिएका प्रजातिमा बाग्मती प्रदेशमा धसिङ्गरे, सुनपाती, सतुवा, लौठसल्ला, चिराइतो पर्दछन् । मकवानपुरमा जडीबुटी तथा सुगन्धित वनस्पतिको अवस्था हावापानीको हिसाबले मकवानपुर जिल्ला उष्णदेखि समशितोष्ण हावापानीमा विभाजित रहेको छ । जहाँ उष्ण प्रदेशमा साल, हर्रो, वर्रो, साज, खयर, सिसौ, सिमल, अमला, कुरिलो, सर्पगन्धा, बेल, बर, पीपल शमीलगायतका वनस्पति पाइन्छन् ।
उपोष्ण हावापानीमा चिलाउने, कटुस, मौवा, रानी सल्ला, धयरो, उत्तिस, अमला, कुरिलो, पानि अमला, उन्यू, मलातोलगायतका वनस्पति प्रजाति पाइन्छन् । यसैगरी समशीतोष्ण हावापानीमा गुराँसका प्रजाति, काफल, बलु, अँगेरी, बाँझ, फँलाट, खस्रु, चिराइतो, लौठसल्ला, पाखनवेद, मजिठो, देवदार, एजेलियालगायतका वनस्पति पाइन्छन् । मकवानपुर जिल्लामा तराई क्षेत्रको हर्राे, बर्राे, अमला, तेजपात, कालो हलेदो, नीम, कुरिलोदेखि मध्यपहाडी क्षेत्रमा पाइने सतुवा, लौठसल्ला, जेठीमधु, लघुपत्र, टिमुर, धसिङ्गरे, मजिठोजस्ता महत्वपूर्ण प्रजाति र ६० भन्दा बढी प्रजातिका महत्वपूर्ण सुनाखरी पाइने विभिन्न अध्ययनले पनि देखाएका छन् ।
मकवानपुरमा संरक्षित क्षेत्रअन्तर्गत चितवन राष्ट्रिय निकुञ्जको १३.९२ वर्ग कि.मि. र पर्सा राष्ट्रिय निकुञ्जको १९२.१५ वर्ग कि.मि. गरी जम्मा २०६.०७ वर्ग कि.मि. क्षेत्रफल मध्यवर्ती क्षेत्रमा पर्छ । यस क्षेत्रमा हर्रो, बर्रो, अमला, सर्पगन्धा, मेन्था कुरिलोलगायतका जडीबुटीको खेती गर्ने सम्भावना देखिएको छ । वनस्पति अनुसन्धान केन्द्र, मकवानपुरबाट गरिएको एक अध्ययनअनुसार जिल्लामा १९४ प्रजातिका औषधिजन्य जडीबुटी रहेको पाइएको छ । विगत केही वर्षको तथ्याङ्कलाई आधार लिँदा ३१ प्रजातिका जडीबुटी व्यापारमा रहेको पाइयो । यसरी व्यापारमा रहेका जडीबुटी पनि प्रायः वनजङ्गलबाट नै सङ्कलन हुने र केही निश्चित प्रजातिको भने खेती गरिएको पाइयो ।
जिल्लाको विभिन्न क्षेत्र फापरबारी, राईगाउँ, शिखरपुर, छतिवन, फुर्केचौर, ठिङ्गन, गढी, टिष्टुङ, पालुङ, मनहरी, चौघडा, बस्तीपुर, कोगटे, इपा, दामन, सिस्नेरी, सान्नानीटारलगायतका क्षेत्रबाट सङ्कलन गरिएका जडीबुटी स्थानीय व्यापारी, जिल्लास्तरका व्यापारी र निर्यातकर्ता हुँदै मुख्यतयाः भारततर्फ निकासी हुने गरेको पाइयो ।
तथ्याङ्कअनुसार कुरिलो, कालीकाठ, सतुवा, लघुपत्र, टटेलोको व्यापार परिमाणात्मक हिसाबमा अगाडि रहेको पाइयो । केही प्रजातिको प्रशोधनपश्चात् व्यापारमा जाने गरे पनि समग्र जडीबुटीको बजारीकरण र व्यापारीकरणमा कच्चा पदार्थको बाहुल्यता रहेको पाइयो । खासगरी लौठ सल्ला र चुत्रोको औद्योगिक स्तरमा प्रशोधन चलिरहेको भए पनि धसिङ्ग्रे, ओलिभजस्ता अन्य केही जडीबुटी केही समय अघिसम्म प्रशोधनपश्चात् बजारमा जाने गरेकोमा हाल आएर यथेष्ठ कच्चा पदार्थको अभावमा बन्द हुन पुगेको पाइयो । सरकारी÷गैरसरकारी निकायले जडीबुटीको क्षेत्रमा खेलेको भूमिका मकवानपुर जिल्लामा जडीबुटीको व्यवस्थापनसँग सम्बन्धित मुख्य संस्थामा वनस्पति अनुसन्धान केन्द्र र दुईवटा डिभिजन कार्यालय रहेका छन् ।
यसबाहेक यो क्षेत्रमा सरोकार राख्ने अन्य निकायमा स्थानीय तह, सामुदायिक वन उपभोक्ता समूह र विभिन्न गैरसरकारी संघ/संस्था, निजी किसान, विभिन्न कृषि फर्म, साना, मध्यम तथा ठूला व्यापारीको पनि प्रत्यक्ष, परोक्ष संलग्नता रहेको देखिन्छ । डिभिजन वन कार्यालयले वनस्पतिका अतिरिक्त, कानुनी, वन, वन्यजन्तु संरक्षण र अन्य व्यवस्थापकीय काम समेत गर्ने हुनाले वनस्पति, जडिबुटीको अध्ययनमा वनस्पति अनुसन्धान केन्द्रले नेतृत्व गरेको छ ।
मकवानपुरमा रहेका ३ वटा कार्यालय वृन्दावन, दामन र टिस्टुङमा रहेका कार्यालयले अध्ययन, अनुसन्धान र बजारीकरणमा सहयोग पु¥याएका छन् । वनस्पति अनुसन्धान केन्द्र, मकवानपुरले स्थापना कालदेखि नै जडीबुटीजन्य वनस्पतिमा निरन्तर रूपमा अध्ययन, अनुसन्धान गरी कृषकलाई यसको खेतीतर्फ अग्रसर गराउन समुदायस्तरमा विभिन्न क्रियाकलाप सञ्चालन गरी प्राविधिक तथा आर्थिक सहयोगका कार्य सञ्चालन गर्दै आइरहेको छ । जडीबुटी खेती विकास तथा विस्तारका लागि नर्सरी व्यवस्थापन र विरुवा उत्पादन कार्यक्रम सञ्चालन गरी पकेट क्षेत्रमा जडीबुटी नर्सरी व्यवस्थापन, मर्मत र सञ्चालनजस्ता कार्य गर्दै आएको छ ।
त्यसैगरी वन/वनस्पति विकासमा संलग्न मान्यता प्राप्त संघ÷संस्था तथा व्यक्तिलाई पुँजीगत अनुदान उपलब्ध गराउने कार्यक्रम जस्तै सामुदायिक तथा सार्वजनिक जग्गामा संघ÷संस्था समुदायलाई ढुवानी, वृक्षरोपणमा सहयोग अनुदान, निजी जग्गामा रोपणका लागि गरिब तथा विपन्न वर्गलाई ढुवानी तथा वृक्षरोपण सहयोग अनुदान सञ्चालन गर्दै आएको छ । यसका साथै ‘एक गाउँ एक उत्पादन’का लागि गुणस्तरीय विरुवा उत्पादन तथा वितरण, पकेट क्षेत्रमा सामुदायिक, सार्वजनिक, कृषि, वन समूह जडीबुटी उद्यमी, सहकारी सदस्य र सम्बन्धित सरोकारवालालाई जडीबुटी तथा आयमूलक खेती र वन उद्यमसम्बन्धी अवलोकन भ्रमण जस्ता कार्यक्रम सञ्चालन गरी कृषकलाई जडीबुटी खेतीतर्फ ऊर्जावान्वित बनाउन सहयोग गर्दै आइरहेको छ ।
पछिल्लो समयमा नेपालबाटै लोप भयो भनेर आशङ्का गरिएको दुर्लभ वनस्पति भोटेलहरा मकवानपुरको बकैया, मनहरी र बागमतीमा यस अनुसन्धान केन्द्रको अगुवाइमा फेला पारि यसको संरक्षणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएका छन् भने भोटेलहराको प्रजनन अनुसन्धान कार्यलाई पनि अगाडि बढाइएको छ । यसैगरी वन कार्यालयले आफ्नो नियमित कार्यक्रमअन्तर्गत विभिन्न जडिबुटीका बिरुवा उत्पादन, वृक्षरोपण, वितरण, प्रशोधनलगायतका काममा अनुदान समेत दिने गरेका छ ।
जडीबुटी प्रवर्धनमा युवा, विद्यार्थीले खेल्नसक्ने भूमिका हरेक क्षेत्रमा युवाको सकारात्मक पहल, साथ, समर्थन र सहयोग हुन सक्यो भने ती क्षेत्र सफल बन्ने गरेका थुप्रै उदाहरण छन् । दैनिक हजारौं युवा खाडीलगायतका मुलुकमा रोजगारीका लागि धाउने गरेको कुरा जगजाहेर छ । विदेशमा सबैले राम्रै काम पाउँछन् भन्ने पनि छैन । कतिपय मुलुकमा अति नै तल्लो स्तरको काम गर्नुपरेको र निच व्यवहार सहनुपरेका घटना सञ्चारमाध्यमा आइरहेकै हुन्छन् । तसर्थ, युवा तथा विद्यार्थीलाई के, कसरी स्वदेशमा नै स्वरोजगार बनाउन सकिन्छ या उत्पादनशील कार्यमा आकर्षण गराउन सकिन्छ भन्नेमा संयमित बनी उपयुक्त नीति तथा कार्यक्रम ल्याइनु जरुरी हुन्छ ।
जडीबुटी यस्तो क्षेत्र हो, जुन सबै स्थान, क्षेत्र र तहमा गर्न सकिन्छ । यसका लागि अति नै विशेष खालको प्राविधिक ज्ञान, सीप आवश्यक पर्ने पनि होइन । आवश्यक ज्ञान तथा सीप सहजै र निःशुल्क वनस्पति अनुसन्धान केन्द्र एवं वन कार्यालयले उपलब्ध गराइरहेको हुन्छ । नजिकका डिभिजन वन कार्यालय र मातहतका कार्यालयबाट पनि यससम्बन्धी सामान्य जानकारी लिन सकिने हुन्छ । थोरै लगानी, सामान्य मेहनतबाट धेरै फाइदा लिन सकिन्छ र आयआर्जन गर्न सकिन्छ, जसबाट स्वरोजगार र उद्यमी बन्ने अवसर हाम्रा पाखापखेरामा रहेको छ ।
यसबाट एकातिर खेर गइरहेको जमिनको उपयोग हुन्छ भने अर्कोतर्फ पढ्दै कमाउँदै भन्ने सरकारको नीतिको पनि सफल कार्यान्वयन गराउन सकिन्छ, जसबाट व्यक्ति, परिवार हुँदै समाजलाई नै उत्पादनशील कार्यको नमुना पस्किन सकिन्छ ।
निष्कर्षः
चरिचरण, वन विनाश, वासस्थान अतिक्रमण, डढेलो, भूक्षय, बाढी, पहिरो तथा पूर्वाधार निर्माण तथा विकासलगायतका गतिविधिले महत्वपूर्ण वनस्पतिको प्राकृतिक उपलब्धतामा नै दख्खल पार्न सक्छ । एकातिर जमिनको उपयोग हुने र अर्कोतर्फ रोजगारी समेत सिर्जना हुने अवसर भएकाले जडीबुटीलाई सही ढङ्गबाट व्यवस्थापन गरिनुपर्दछ ।
सामान्य रोजगारीका लागि समेत विदेशिने परिपाटी रोक्नका लागि पनि जडीबुटीको प्रवर्द्धन जरुरी देखिन्छ । अन्य कृषि बाली नहुने पाखो पखेरा, खोल्साखोल्सीमा समेत जडीबुटी तथा सुगन्धित वनस्पतिको खेती गर्न सकिने हुँदा भूउपयोग पनि गर्न सकिने र आयआर्जन समेत गर्न सकिने भएकाले यस कार्यलाई प्राथमिकतामा राख्नु आवश्यक छ । संघ, प्रदेश तथा स्थानीय तहको आपसी समन्वय र सहकार्यमा यस्ता कार्य बढी प्रभावकारी बन्न सक्छन् ।
मकवानपुर जिल्लामा यहाँको भौगोलिक विविधता सिर्जित वनस्पति विविधता पनि बृहत रहेको छ । यसमध्ये पनि जडीबुटी क्षेत्र बढी नै संभावना बोकेको क्षेत्र हो । यहाँ संघ, प्रदेश र स्थानीय तहका सरकारबीच सबल समन्वय गरी जडीबुटी क्षेत्रको प्रवर्द्धन गर्ने ठूलो अवसर पनि रहेको छ ।
(पराजुली, वनस्पति अनुसन्धान केन्द्र, मकवानपुरमा वरिष्ठ वैज्ञानिक अधिकृत पदमा कार्यरत छन् । याे लेख डिभिजन वन कार्यालय राप्ती मकवानपुरद्वारा प्रकाशित वातावरण शिक्षा पुस्तकबाट लिइएकाे हाे । )
- विष्णुप्रसाद आचार्य
भाइबहिनी हो, ‘तपाईंहरूले आफ्नो गृहजिल्ला मकवानपुरको कुन–कुन भाग डुल्नुभएको छ ? यसको साटो खुरुक्क पसलमा गएर खाजा खानु, सिनेमा हेर्नु, टिकटक बनाउनु वा फेसबुक चलाएर बस्नु नि ! आखिर जसरी भए पनि मनोरञ्जन गर्नु न हो । तर वास्तविकता अलि फरक छ । पछिल्लो अवस्थालाई हेर्ने हो भने विश्वव्यापी रूपमा नै घुम्नका लागि ठूला सहर भन्दा निर्जन जङ्गलका क्षेत्र, नदी, खोला, गुफा, झरना र हिमाली भूदृष्यको अवलोकन गर्नेको सङ्ख्या निकै बढेको छ । वन्यजन्तुको गतिविधि हेर्न, चराको आवाज सुन्न, चाँदीझैँ टल्कने हिमदृश्य वा मनमोहक भू–शृङ्खलाको अवलोकन गर्न घन्टौँ हिंड्ने प्रवृत्तिमा निकै वृद्धि भएको छ । यसका लागि मानिस लामो दूरी तय गरेर कतिपय अवस्थामा विदेशबाट समेत धेरै पैसा तिरेर आउने क्रम बढिरहेको छ ।
निश्चय पनि प्रकृतिप्रतिको यो लगाव प्रकृतिप्रेमी हामी सबैका लागि निकै उत्साहजनक सूचक हो । यसरी ठूलो सहर, आलिशान महलको साटो निर्जन स्थानको भ्रमण गर्न किन रुची जागेको होला ? अनि यस्तो अवस्थाको पर्यटनलाई के भनिन्छ होला ? पर्यापर्यटन (ecotourism) पर्यटनका धेरै विधामध्ये पर्यापर्यटन एक हो, जसले प्रकृतिमा आधारित (Nature Based tourist) पर्यापर्यटनमा जोड दिन्छ । ‘पर्या’ र ‘पर्यटन’ दुई शब्द मिलेर पर्यापर्यटन बनेको छ, जसमध्ये ‘पर्या’को अर्थ पर्यावरण अर्थात् वातावरण, जसले वनस्पति, वन्यजन्तु वा प्रकृतिसँगको घनिष्टता वा जैविक तत्वबीचको अस्तित्व र अन्तरसम्बन्धलाई बुझाउँछ । यसैगरी ‘पर्यटन’को अर्थ बसोबास गरिरहेको स्थान वा क्षेत्रभन्दा बाहिर स्वदेश वा विदेशमा कम्तीमा एक रातदेखि बढीमा एक वर्षसम्मको समय व्यतित गर्नु भन्ने हो । पर्यटन शब्दले घुमफिर भन्ने अर्थ बुझाउँछ ।
यसरी पर्यापर्यटनले प्रकृतिमा आधारित रहेर गरिने पर्यटन भन्ने बुझिन्छ, जसले धुँवाधुलो निषेध गर्ने, त्यहाँको वन्यजन्तु, जैविक विविधताको प्रवर्धन गर्ने, प्राकृतिक स्रोतको दोहन एवं वनजङ्गल नोक्सानीलाई निरुत्साहित गर्ने र पत्रु खाना (जङ्कफुड)लाई विस्थापित गर्दै स्थानीय परिकार एवम् अर्गानिक खाद्यको प्रबर्द्धन गर्ने, जसले स्वास्थ्यका साथै स्थानीय जनताको जीविकोपार्जनमा सहयोग गर्ने समेत उद्देश्य राख्छ । पर्यापर्यटनले स्थानीय क्षेत्रको वातावरणलगायत अन्य कुरामा सुरक्षित पर्यटनमा जोड दिन्छ अथवा ‘त्यहाँ जाऔँ, तस्बिर लिऔँ, पैतालाको डोब वा चिन्ह छोडौँ ।’ ती बाहेक ‘केवल आँखाले मात्र अवलोकन गर’ भन्ने सिद्धान्तमा विश्वास गर्दछ ।
आजको परिवेशमा यस प्रकारको पर्यटनले विश्वव्यापी रूपमा प्रभाव छाडेको छ । पर्यापर्यटनले यात्रुलाई त्यहाँको जनजीवन, संस्कृति, धार्मिक आस्था, वातावरणप्रति उत्तरदायी गराउँदै, ती कुराप्रति सम्मान व्यक्त गर्दै, त्यहाँको प्राकृतिक एवम् सांस्कृतिक धरोहरको संरक्षणका लागि प्रोत्साहन गर्दछ । समग्रतामा भन्नुपर्दा प्राकृतिक एवं सांस्कृतिक वातावरणलाई बाधा नहुने गरी गरिने प्रकृतिमैत्री यात्रा नै पर्यापर्यटन हो ।
नेपाल सन्दर्भ
नेपालको सन्दर्भमा पर्यापर्यटनको क्षेत्र विशाल र अति उपयोगी देखिन्छ । नेपालमा भएका नदीनाला, सीमसार क्षेत्र, पहाड, लेकवेशी, मैदान, तालतलैया, जङ्गल, वन्यजन्तु, हिमाली श्रृङ्खला, मठमन्दिर, सांस्कृतिक धरोहर, स्थानीय कला, सीप इत्यादिले पर्यापर्यटनको सम्भावनालाई उजागर गर्दछ । देशको कुल भू–भागको करिब ४५ प्रतिशत भू–भाग ओगट्ने वन क्षेत्र र यससँग सम्बद्ध रहेका विविध क्षेत्र पर्यापर्यटनका सबैभन्दा उपयुक्त क्षेत्र हुन् । नेपाल आउने पर्यटकमध्ये सबैभन्दा ठूलो हिस्साले नेपालका संरक्षित क्षेत्रलाई पर्यटनको मुख्य गन्तव्य बनाउने गरेको तथ्यले यो कुराको पुष्टि गर्दछ ।
नेपालका २० वटा संरक्षित क्षेत्र नै विविध विशेषताले भरिएका छन् । सबै नै पर्यटकीय दृष्टिकोणले अब्बल छन्, जसमध्ये दुईवटा चितवन राष्ट्रिय निकुञ्ज र सगरमाथा राष्ट्रिय निकुञ्ज विश्व सम्पदा सूचीमा पर्दछन् । मकवानपुरका प्रमुख पर्यापर्यटकीय गन्तव्य नौ जिल्लाले छोएको यातायातको हिसाबले झन्डै केन्द्रमा पर्ने, उपत्यका जोड्ने प्रायः सबैजसो मार्गले छोएर जाने र जिल्लाभित्र पनि सडक सञ्जालले सहज बन्दै गएको यो जिल्ला बागमती प्रदेशको राजधानी हो । यसको पूर्वमा सिन्धुली र काभ्रे, पश्चिममा चितवन र धादिङ, उत्तरमा काठमाडौँ, ललितपुर र दक्षिणमा रौतहट, पर्सा र बारा पर्छन् । २,४२६ वर्गकिमि क्षेत्रफल रहेको यो जिल्लाको करिब ६७.८७ प्रतिशत भू–भाग वनक्षेत्रले ढाकिएको छ । अधिकांश क्षेत्र (करिव ७५ प्रतिशत) पहाडी क्षेत्रले ढाकिएको यो जिल्ला हाइकिङ, ट्रेकिङको हिसाबले उत्कृस्ट गन्तव्य बन्न सक्ने देखिन्छ ।
जिल्लामा भूगोलको उतार चढाव छ । जिल्लाको सबैभन्दा होचो स्थान राईगाउँको हात्तीढुङ्गा (१६६ मिटर) हो भने अग्लो स्थानको रूपमा चन्द्रागिरी (२,५८४ मिटर) रहेको छ । यसको कारणले पनि जिल्लामा उष्ण प्रदेशीय हावापानीदेखि समशितोषण हावापानीसम्म पाइन्छ । वनस्पति, जैविक विविधता र हावापानीको हिसावबाट यो जिल्लालाई प्रकृतिको बरदान भन्दा पनि फरक नपर्ला । मकवानपुर आफैंमा गर्विलो इतिहास बोकेको, राजनीति, कला, साहित्य, संस्कृतिको धनी, जैविक विविधताको भण्डार, धार्मिक गन्तव्य, औद्योगिक गन्तव्य, विस्तार हुँदै गरेको सहरीकरण र बागमती प्रदेशको राजधानी आदि कारणले उत्कृष्ट छ । मकवानपुरलाई गन्तब्य बनाउँदा आफ्नो उद्देश्य के हो ? त्यसलाई छनोट गरियो भने सहज हुन्छ । अन्यथा यहाँ के हेर्ने, के नहेर्ने भन्ने द्विविधा हुन सक्छ । यस जिल्लाका मुख्य विशेषता निम्न छन्ः
फरक भाषा, भेषभुषा, रहनसहन, संस्कृतिको धनी तामाङ, मगर, दनुवार राई, नेवारको पुरानो बस्ती, लोपोन्मुख चेपाङ, अति लोपोन्मुख बनकरियालगायत जनजातिको बासस्थान भएको जिल्ला ।
अङ्ग्रेजकालीन किल्ला एवम् गढी, तोप, सेनवंशीय राजाको दरबार, सामरिक हिसाबले महत्वपूर्ण चिसापानीगढी, मकवानपुरगढी, सहिद स्मारक, इन्द्रसरोवर (७ किमि लामो मानवनिर्मित ठूलो एवम् एसियाको पहिलो ताल) एसियाको पहिलो मानिएको चुरिया सुरुङ आदि ।
बृहत् जैविक विविधता, तल्लो भेगमा साल, अस्ना, सल्लो प्रजाति, माथिल्लो भेगमा सल्लो, लौठसल्ला, गुराँस, खस्रुलगायत चौडापाते प्रजाति, जडिबुटीको प्रचुरता, दुर्लभ वनस्पति भोटेलहराको बासस्थान, विविध जनावरको प्रचुरता, सालकको बाक्लो उपस्थिति, नेपालमा एकै जिल्लामा ३ वटा बोटानिकल गार्डेन (वृन्दावन, टिस्टुङ र दामन) भएको एक मात्र जिल्ला ।
सुनगाभाको प्राकृतिक म्युजियम, नेपालमा धेरै प्रजातिको सुनागाभा पाइने जिल्लामध्ये मकवानपुर एक हो । नेपालमा पाइने ९० जातिका सुनगाभामध्ये यो जिल्लामा ६२ प्रजातिका सुनगाभा पाइन्छ । सुनगाभाको अधययन गर्न चाहनेका लागि यो एक ‘हटस्पट’ नै हो ।
नेपालको सहरी वनमा नमूना सहर हेटौंडा नेपालकै हरित सहरको अभियन्ता हो । र, यहाँको हरियाली अन्य सहरका लागि समेत अनुकरणीय छ । मल्लकालीन राजा नरेन्द्रदेव राजा हुन् भन्ने एक मात्र प्रमाण साविकको चित्लाङ गाउँपालिकामा परेको शिलालेखले पनि मकवानपुरको ऐतिहासिकता झल्काउँछ । सम्राट अशोकले नेपाल भ्रमणका क्रममा स्थापना गरेको अशोक चैत्य, शिवालय, विभिन्न पुरानो मूर्ति एवं गोपालीगाउँ आदिले यसको ऐतिहासिकता पुष्टि हुन्छ ।
नेपालका सबैजसो राजमार्ग, प्रस्तावित सुरुङ मार्ग, फास्ट ट्रयाकले छुने, काठमाडौँलाई जोड्ने एक मात्र पुरानो ऐतिहासिक त्रिभुवन राजपथ, राणाकालीन भीमफेदी मार्ग, नेपालको सबैभन्दा पुरानो फरेस्ट्री कलेज (पहिला भीमफेदिको सुपिङमा पढाई, हालः हेटौँडा), नेपालको पहिलो केवलकार (रोपवे) हेटौँडा – काठमाडौँ चन्द्रागिरि (फाखेलदेखि टिस्टुङसम्म), महाभारत शृङ्खलाः बेतिनीदेखि खैराङ्गसम्म, चुरेः राइगाउँदेखि मनहरीसम्म सबै भूबनोट रहेकाे छ । नेपालको ठूलो र पुरानो औद्योगिक क्षेत्रमध्ये एक हेटौंडा औद्योगिक क्षेत्र, अहिले नयाँ थप मुजुरधापमा समेत निर्माणाधीन रहेको औद्योगिक नगरी ।
नेपालको प्रमुख राजनीतिक आन्दोलनको केन्द्र, किसान आन्दोलन, मजदुर आन्दोलन, विद्यार्थी आन्दोलनको केन्द्र, विद्रोही दार्शनिक रुपचन्द्र विष्टको जन्मस्थान, थाहा दर्शनको उद्भव स्थल । विभिन्न धार्मिकस्थल (चुरियामाई, भुटनदेवीमाई, मनकामना, पशुपति मन्दिर, पुण्य क्षेत्र आश्रम, अग्निहोत्र आश्रम, तपोवन, मानवसेवा आश्रम, आमाघर, मामाघर, दिव्य निकेतन आश्रम आदि)को सङ्गम । हाइकिङ, ट्रेकिङका लागि अनुपम सङ्गम । हाइकिङ ट्रेकिङ रुट पछिल्लो समय युवामाझमा हाइकिङ र ट्रेकिङले अत्यन्त ठूलो आकर्षण पैदा गरेको छ । मूलतः छुट्टिको सदुपयोग गर्दै एकदिने वा बहुदिने पदयात्राले मन मस्तिस्क र शरीरलाई चङ्गा बनाउने हुँदा यो लोकप्रिय बन्दैछ । काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा हाइकिङ, ट्रेकिङ गर्ने समूह स्वयंसेवी संस्थाको रूपमा गठन हुँदैछ । कयौँले वर्षौँदेखि नयाँ गन्तव्यमा डुल्ने र डुलाउने काम गरिरहेका छन् ।
अत्यन्त प्रखर सम्भावना एक समयको अत्यन्त चर्चित र ऐतिहासिक रुट हुँदाहुँदै पनि यातायातको साधनको वृद्धि र पहुँच, प्रचार– प्रसार एवम् चेतनाको अभाव, नेतृत्व गर्ने संघ÷संस्थाको अभावलगायत अन्य कारणले यहाँका यी स्थान निकै पछि परेका छन् । यसका लागि यहाँका समन्वय समिति, पालिका (मूलतः उत्तरी भेगका), वन कार्यालय, होटल व्यवसायी संघ, पर्यटनमा कार्यरत संघसंस्थाको समन्वयमा पुरानो रुटको पुनरुत्थान गर्ने, नयाँ रुटको खोजी गर्ने, त्यहाँको पूर्वाधारमा सहयोग गर्ने, वरिपरिका स्थानमा आवश्यकताअनुसार होटलको स्तरोन्नति, होमस्टेको स्थापनामा सहयोग प्रचार–प्रसार आदि गर्नुपर्ने देखिन्छ । यसका लागि मकवानपुरका छिमेकी जिल्लाको पालिका, सरकारी कार्यालय र संघ/संस्थासँग समन्वय गर्न सकिन्छ ।
यहाँ सबै रुटको व्याख्या सम्भव हुँदैन । तर उत्तरी बेल्टका सबैजसो पालिकाको ग्रामीण क्षेत्र, त्यहाँको प्राकृतिक र घनाजङ्गल क्षेत्रलाई समेटेर थुप्रै रुटको निर्माण गर्न सकिन्छ । गुराँस पदमार्ग, सुनगाभा पदमार्ग, काठमाडौँ–चन्द्रागिरी– चित्लाङ जोड्ने विभिन्न पदमार्ग, इन्द्रसरोवर सर्किट, चित्लाङ–देउराली–भीमफेदी मार्ग, भैंसे–अघोर–सिम्भञ्ज्याङ, दामन–पालुङ आदि क्षेत्रलाई लामो वा छोटो दर्जनौँ विभिन्न पदमार्ग तय गर्न सकिन्छ । जताततै हरियाली, घना जङ्गल, बीचबीचमा अनगिन्ती खोलाखोल्सी, गुराँस, लौठसल्ला, विभिन्न सुनाखरीको बाहुल्यता रहेको अनि चराचुरुङ्गीको बास्थानको अध्ययन गर्ने हिसाबमा यसलाई विकास गर्न सकिने छ । यसैगरी धेरै याद नगरिएको तर प्रचुर सम्भावना रहेको लोथर खोलादेखि राक्सिराङको शिलिङ्गे हुँदै कैलाशबाट पालुङ निस्कन सक्ने र खैराङदेखि धादिङसम्मको सानदार रुट निर्माण गर्न सकिन्छ । यो रुटलाई चेपाङ रुट, चिउरी रुट र त्यहाँ उत्पादन हुने महलाई आधार मानेर एउटा राम्रो गन्तव्य निर्माण गर्न सकिन्छ ।
सानो रुटका लागि हेटौडा आसपासका भैरवडाँडा, मनकामना मन्दिर अनि गढीसम्मको रुट तय गर्न सकिन्छ । गढीदेखि गढीसम्म (मकवानपुर गढीदेखि सिन्धुलीको हरिहरपुरगढी, सिन्धुलीगढी) रुट बनाउने हो भने यसले केवल हाइकिङ मात्र गराउँदैन, त्यहाँको कला, संस्कृति आदिको पनि गहन अध्ययन गर्न सिकाउँछ । हालै अत्यधिक चर्चामा रहेको लटरम्भेश्वर महादेवलाई एक गन्तव्य मनाएर त्यहाँबाट नयाँ गन्तव्य जोड्न सकिन्छ । यसैगरी ठिङ्गनक्षेत्र, राइगाउँ, फापरबारी क्षेत्रलाई समेटेर एउटा गन्तव्य बनाउन सकिन्छ भने बागमती करिडोरलाई आधार मानेर राइगाउँ, धियाल आदिलाई समेटेर तराईका जिल्लामा पुग्ने गन्तव्य तराई मार्ग वा बागमती रुटको विकास गर्न सकिन्छ । यी केवल प्रतिनिधि नाम मात्र हुन् अन्य नयाँ गन्तव्यको निर्माण तथा पुराना पदमार्गको पुनरुत्थान गर्न सकिन्छ तर यसका लागि हामी सबैको प्रतिबद्धता चाहिन्छ ।
सम्भावित पर्यापर्यटकीय क्षेत्र
हेटौँडाभित्रः
सहिद स्मारक, चुरिया सुरुङ, मूर्ति बगैंचा हर्नामाडी, पुष्पलाल पार्क, कुस्माङ सरोवर एवं त्रिवेणीधाम, पुन्यक्षेत्र आश्रम, तपोवन, अग्निहोत्र आश्रम, मनकामना मन्दिर, बनस्खन्डी, पाथिभरा मन्दिर एवं आसपास क्षेत्र, बनकरिया होमस्टे, वन विज्ञान अध्ययन संस्थान एवं प्राकृतिक म्युजियम, हर्नामाडी गोरक्ष ताल, चरा, माछा एवम् सिमसारको अध्ययनका लागि माछापालन केन्द्र, बृन्दावन, जुरेथुम, गुहवारी गुफा, राजमार्ग हरित पार्क नेवारपानी आदि ।
थाहा नगर पालिकाः
दामन, टिस्टुङ, सिमभन्ज्याङ जैविक क्षेत्र, दामन र टिस्टुङको बोटानिकल गार्डेन, दामन भ्यु टावर, दामनको लामोसिढी, सिम्भञ्ज्याङ्मा सूर्योदय र सूर्यास्त अवलोकन स्थल, मैत्री बगैंचा, राष्ट्रिय बिभूति पार्क, पालुङ उपत्यका, उनिउचौर, डाँडाबास क्षेत्र, गुराँस पदमार्ग, सुनगाभा पदमार्ग, कुलेखानी सर्किट, चिउरी पदमार्ग (सिलिङे) दामन– पालुङ सर्किट, चित्लाङ बाख्रा फारम, ऋषेश्वर मन्दिर एवम हाइकिङ मार्ग, दामन–पालुङ हाइकिङ मार्ग आदि । प्राचीन गोपाली गाउँ, विभिन्न मठमन्दिर, अशोक चैत्य, बाख्राको चिज उत्पादन केन्द्र, विभिन्न होमस्टे, प्राचीन गुर्जुधारा, विभिन्न झरना, भालेश्वर महादेव, चित्लाङ भ्यु टावर, नर्वे ढुङ्गा आदि । मनहरी ः मनहरी पिस पार्क एवं आमा घर, रमौली जङ्गल सफारी, देवकोट, रानिताल, लोथर–पुन्यक्षेत्र जैविक मार्ग, चुरिया रेन्ज, बफर जोन, मित्र बगैंचा (सालक पार्क) र आसपासका क्षेत्र ।
मकवानपुरगढीः
मकवानपुरगढी दरबारक्षेत्र, मनकामना मन्दिर धादिङगढी हाइकिङ रुट, गढी (मकवानपुर गढीदेखि सिन्धुलीगढी) ।
बकैयाः
गौतम बुद्ध पर्यटन पार्क, धनेश्वर पार्क, बकैयाठाकुर पर्यटन पार्क ।
बागमतीः
सहिद स्मारक, झुरझुरे, गेल्मे दरबार क्षेत्र, बेतिनी पिकनिक स्पट ।
भीमफेदीः
चिसापानीगढी, त्रिखण्डी मन्दिर, बुङ्दल झरनालगायत अन्य झरना, पाहापार्क, भीमफेदी बजार र हात्तिसार, गुराँस पदमार्ग, कुलेखानी देउराली भीमफेदी मार्ग, कालीतोप एवं बटुकभैरव मन्दिर ।
राक्सिराङः
भिम्बुंग गुराँस पार्क, अशोक बाटिका, जलपरी झरना एवम् चमेरे गुफा, चेपाङ सङ्ग्रहालय, विभिन्न गल्छी महाभारत पर्वत शृङ्खला, खैराङको पर्वत, शिलिङ्गे चिउरी पकेट क्षेत्र एवम् पार्क, बगैंचा, मह हाइकिङ ।
कैलाशः
कैलाश बैकुण्ठ, देखरी पर्यटन पार्क, घैराङ पर्यटन पार्क
इन्द्र सरोवरः
इन्द्र सरोवर ताल र आसपासका क्षेत्र, भालेश्वर, मोहिनी झर्ना ।
माथि उल्लेखित नामले मात्र मकवानपुरका पर्यापर्यटकीय स्थलको पूर्ण रूपमा प्रतिनिधित्व गर्न सक्दैनन् । यसमा क्रमशः थप्दै जानुपर्ने हुन्छ ।
वन कार्यालयको भूमिका
वन कार्यालय मूलतः वन क्षेत्रको व्यवस्थापनमा जिम्मेवार रहन्छ तर वन क्षेत्रमा हुने फाइदा भनेको त्यहाँबाट प्राप्त हुने काठ दाउरा मात्र नभई यहाँका प्राकृतिक मनोरम दृश्य अनि त्यसबाट प्राप्त मनोरञ्जन पनि हो । यिनै कुरालाई मध्यनजर गर्दै पर्यटकीय सम्भावना रहेका सामुदायिक वनमा वन पैदावारको उत्पादनसहित वातावरणीय सेवाको प्रवद्र्धन गरी अधिकतम लाभ प्राप्त गर्ने, समग्र वनको हैसियतमा सुधार गर्ने, वातावरण र जैविक विविधता संरक्षण र स्थानीय उपभोक्ताको मौलिक सामाजिक, सांस्कृतिक मूल्यमान्यतामा बढावा हुनेगरी वनबिहार, जलबिहार, पार्क र उद्यान, अवलोकन, वनभोज, तस्बिरयात्रा, सिनेमा वा भिडियो छायाङ्कन, सूचना तथा सन्देशमूलक गतिविधि, ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्पदा अवलोकन जस्ता संरक्षण, रोजगारी तथा आयआर्जन सिर्जना हुने क्रियाकलाप सञ्चालन गरी समृद्धिमा टेवा पु¥याउने कार्य गर्न इच्छुक समूहलाई सहयोग पु¥याउन सरकारले सामुदायिक वनमा पर्यापर्यटन सञ्चालन कार्यविधि, २०७५ जारी गरेको छ ।
पर्यापर्यटनको महत्वलाई अझ प्राथमिकता दिँदै वन ऐन, २०७६ तथा वन नियमावली, २०७९ र प्रदेश सरकारको वन ऐन तथा नियमावलीमा समेत समावेश गरेर यसलाई एउटा मूलधारको रूपमा स्थापित गरेको छ । अहिले देशका हजारौँ सामुदायिक एवम् साझेदारी वनमा सङ्घीय सरकार, प्रदेश सरकार, पालिका, वन कार्यालयसँगको सहकार्यमा विभिन्न गन्तव्यको निर्माण गरिएको छ । यसले एकातिर वनको आम्दानीमा सहयोग पुगेको छ भने मानिसमा वनजङ्गल घुम्ने, रमाउने प्रवृत्तिको विकास भएको छ । वन कार्यालय सुरुदेखि नै पर्यापर्यटनको प्रवद्र्धनमा निरन्तर लागिरहेको छ ।
सीमित बजेटबाट समूह, स्थानीय समुदायको सहयोगमा अत्युतम बजेटको सदुपयोग गर्ने, ती क्षेत्रको प्रचार– प्रसार गर्ने, युवा विद्यार्थी, नागरिक समाजका सदस्यलाई हाइकिङ (एक दिने पदयात्रा), ट्रेकिङ (बहुदिने पदयात्रा) का बारेमा जानकारी गराउने, युवासँग वनका कुरा, स्कुल, कलेजका विद्यार्थीलाई केन्द्रित गरेर वातावरणीय शिक्षामा पुस्तिका प्रकाशन, ब्रोसर, तस्बिर प्रकाशन, रेडियो टिभीमा कार्यक्रम तयार गरी प्रचार गरिरहेको छ । आगामी दिनमा पनि यी र यस्ता कार्यक्रमका साथ अघि बढ्ने लक्ष्य राखेको छ । जिल्लाका सम्पूर्ण विद्यालयमा इको क्लब गठन गर्ने, इको क्लबको माध्यमबाट विद्यार्थीमा हाइकिङ ट्रेकिङको महत्व दर्शाउने, घुम्न, घुमाउन प्रेरित गर्ने यहाँको प्रकृतिको प्रचारप्रसारमा लगाउने आदि उद्देश्य रहेको छ ।
वन कार्यालयको टोली यो जिल्लाका विभिन्न पर्यटकीय स्थानको नियमित अवलोकन गर्ने, तिनको सामाजिक सञ्जाल र आफ्ना माध्यमबाट प्रचार गरी अभिप्रेरित गरिरहेको छ । तर अत्यन्त तीतो यथार्थ के हो भने यी कुराको प्रवद्र्धन विशुद्ध रूपमा गर्ने भनेको यहाँका स्थानीय जनता नै हुन् । यी कुराको पर्याप्त प्रचार गरेर पर्यटकीय गन्तव्य बनाउने हो भने यहाँको रोजगारी र समृद्धिमा सहयोग पुग्नेछ ।
युवा विद्यार्थीको भूमिका
पछिल्लो समयमा स्कुल, क्याम्पस, भाइबहिनीलाई समेत प्रकृतिको विषयमा कम जानकारी हुने अनि दिनभर सामाजिक सञ्जाल, मोबाइल, टेलिभिजनमा व्यस्त हुने तर मनोरम दृश्यमा रुची नहुने गम्भीर समस्या देखिएको छ, जसले शारीरिक एवं मानसिक समस्या निम्त्याउने समेत देखिन्छ । तर हामीले युवा विद्यार्थीलाई प्रकृतिमा केही समय भए पनि रमाउने कुराको अपेक्षा गरेका छौं । सबै स्थानमा एकैपटक अहिले नै पुग्नु पर्छ भन्ने हाम्रो अभिप्राय होइन तर सबै स्थानमा एक न एक पटक पुग्ने र पु¥याउने अपेक्षा गरेका छौँ । अहिले मोबाइल, टिभिले केटाकेटीलाई समस्याग्रस्त बनाएको अवस्थामा मोबाइल भन्दा पर पनि प्रकृतिको अनुपम छुट्टै मनमोहक संसार छ र त्यो संसारमा तपाईं आफू, आफ्ना साथी, बालबालिका, परिवारका सदस्यलाई निःशुल्क डुल्न र डुलाउन सक्नु हुनेछ, भरपुर मनोरञ्जन लिन सक्नुहुनेछ र आफ्नो स्वास्थ्यलाई आफैंले नियन्त्रणमा लिन सक्नुहुनेछ भन्ने सन्देश दिनु अहिले हाम्रो मुख्य दायित्व हो । ‘इको क्लब’का भाइबहिनीले आफ्नो क्लब वा साथीसँगको सहकार्यमा केही मात्र भए पनि भ्रमण गरेर, गराएर प्रकृतिप्रतिको प्रेमलाई उजागर गर्नुहुनेछ भन्ने अपेक्षा गरेका छौं । यदि यी मध्ये केही मात्र काम हुन् मनहरी पिसपार्क एवम् आमा घर । सके हाम्रो प्रयास सार्थक भएको अनुभूति गर्नेछौँ ।
डिभिजनल वन अधिकृत डिभिजन वन कार्यालय, राप्ती
(डिभिजन वन कार्यालय राप्ती मकवानपुरद्वारा प्रकाशित वातावरण शिक्षा पुस्तकबाट साभार)