नुवाकाेट बालकुमारी कमेरेगाँउ जन्मथलो भई काठमाडाैंमा रमाउँदै आउनु भएका पिँडालु पण्डितले नेपाली साहित्यका विविध विधामा कलम चलाउँदै आउनु भएकाे छ । बासुदेव गुरागाईं व्यङ्ग्य साहित्यमा पिँडालु पण्डित उपनामले चिनिनुहुन्छ । पण्डितले हालै ‘तँ अब बुढाे भइस्’ खण्डकाव्य प्रशासनमा ल्याउनु भएकाे छ ।
साहित्यकार बासुदेव गुरागाई साहित्य साधनामा अनवरत लागि परेका स्रष्टा हुनुहुन्छ । नेपाल सरकारको सहसचिव पदबाट सेवा निवृत्त पण्डित काठमाडाै गोगंबुमा रहेर साहित्यमा अनवरत कलम चलाउँदै आउनु भएकाे छ । गुरागाईं दुप्चेश्वर साहित्य र पर्यटनको साझा अभियान मूल नारा लिएर स्थापित दुप्चेश्वर साहित्य समाज नुवाकोटको विशिष्ट सदस्य तथा संस्थापक अध्यक्ष हुनुहुन्छ । पूर्व कर्मचारी समाजका आजीवन सदस्य तथा राष्ट्रसेवक कर्मचारी समाज नुवाकोटका सल्लाहकार रहनुभएका उहाँ दायित्व वाङ्मय प्रतिष्ठान र बुढ्यौली साहित्य समाज हेटौँडा लगायतका दर्जनौ संघसस्थामा आवद्ध हुनुहुन्छ ।
उहाँका यसअघी ‘स्वागत’ (फुटकर कविता सङ्ग्रह) २०५३, ‘नेता चिरञ्जीवी भव’ (हास्यव्यङ्ग्य काव्य) २०५९, ‘थोते हाँसो’ (हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह) २०६२, ‘बास उठेका चराहरू’ (फुटकर काव्यिक रचनाहरूको सँगालो) २०६४, ‘मोफसलको मधुरिमा’ (नियात्रा सङ्ग्रह) २०६९, ‘बाजेको सेकुवा’ (हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह) २०७०, ‘अनुमानित निष्कर्ष’ (छोटा कथा सङ्ग्रह) २०७२, ‘समयान्तर’ –कथा सङ्ग्रह) २०७२, ‘नुवाकोटका पशुपति ः दुप्चेश्वर महादेव’ (पर्यटन प्रवर्धनात्मक कृति) २०७३, ‘वसन्त वृक्ष’ सहस्र नेपाली हाइकु सङ्ग्रह २०७५, ‘फुमन्तर’ (लघुकथाहरू) २०७६, ‘नुवाकोटका पशुपति दुप्चेश्वर महादेवः सङ्क्षिप्त झलक २०७७, ‘रातो गुलाफ’ सुसेली–सङ्ग्रह २०७९, ‘बाबा दुप्चेश्वर’ (भजन–सङ्ग्रह) २०७९ प्रकाशित छन् ।
व्यङ्ग्यात्मक शैलीमा लेखिएकाे खण्डकाव्य ‘तँ अब बुढाे भइस्’ पब्लिकेशनबाट निस्कने बित्तिकै खण्डकाव्यकारकाे हातबाटै काठमाडौमै प्राप्त गरे पछि सरसर्ती पढ्ने मौका मिलेकाे हाे । काव्य उठान, काव्य शृङ्खला र काव्य बैठान गरि तीन भागमा लेखिएको सार्वजनिक खण्डकाव्यमा २३ शृङ्खला समेटिएको छ । स्रष्टालय बुक एण्ड पब्लिकेशन काठमाडाैले प्रकाशन गरेकाे खण्डकाव्य १ सय ८० पृष्टमा समेटिएकाे छ ।
डा. शैलेन्दुप्रकाश नेपालले खण्डकाव्यमा भूमिका लेख्दा नै सवैकुरा समेटिएर आएका छन् । विशिष्ट व्यक्तिबाट भएकाे विशिष्ट भूमिका बाधिएकाे पुस्तकलाई हामीले समिक्षा गर्नु भन्दा पनि देखिएका कुरा लेख्ने मात्रै हाे । तँ अब बुढाे भइस् अध्ययन गरिसके पछि केही लेख्न मन लाग्याे । पुस्तक प्राप्तीकाे केही समयपछी पाठककाे आँखाबाट पढ्दा जस्ताे बुझियाे त्यसैकाे आधारमा साहित्यलाई माया गर्ने साहित्यप्रेमी भएकाे नाताले आफ्नाे विचार व्यक्त मात्र गर्न खाेजेकाे छु । समिक्षाकाे रुपमा भन्दा बढि पढ्दा जसरी बुझियाे त्यसरी केही नलेखी रहन सकिएन ।
खण्डकाव्यकारले काव्य उठान यसरी गरेका छन्ः
वृद्धता
कसैकाे रहर हाेइन
न त अशक्तता नै
मान्छेकाे रोजाइ हाे
तैपनि नचाहँदा नचाहँदै
नबिराइकन
यो ऊ नभनीकन
प्रत्येकले भोग्नु पर्ने
यथार्थता हाे वृद्धता
वृद्धता
सृष्टिकाे यथार्थता हाे
समाजकाे यथार्थता हाे
जीवनकाे चक्र हाे
फलतः
प्रत्येक बस्तीका वृद्धहरु
लैङ्गिक हिसाबले
चाहे ती जे सुकै हुन्
एउटै भाषाले सम्बाेधित छन्
तँ अब बुढाे भइस् ।
कविता प्रायः साहित्यकारहरुले लेखेकै हुन्छन् । तर एउटै शिर्षककाेलाई समेटेर काव्यशैलीमा लेख्नु जटिल विषय हाे । कवि व्यङ्ग्यकार पिडालु पण्डित यस मामलामा पोख्त रहेकाे काव्य पढेपछि थाहा पाइन्छ । पण्डित एउटा भूगाेलमा जन्मिएर त्यही माटाेमा हुर्किएर अगाडि बढेका छैनन् । उहाँ नुवाकाेटमा जन्मिएर मकवानपुर हर्नामाडीलाई केही समय माया गर्दै काठमाडाैलाई कर्मथलाे बनाएर जन्म, जवानी, प्रौढ र पाकाे अवस्थामा फरक फरक भूगोलमा रमाएका छन् ।
पछिल्लाे समय नेपाली समाजकाे पारिवारिक संरचना र संस्कार छिन्नभिन्न हुँदै गएकाे छ । एकल परिवारमा रमाउने प्रवृत्ति बढ्दाे छ । प्रकृतिले समेत विभेद नगर्ने कुरामा मानिसले विभेद गर्न थालेका छन् । हामी जुन उमेरमा छौ त्यसकाे मात्रै अनुभव लिन्छौ तर अघि वा पछिकाे उमेरलाई हामी वास्तै गर्दैनौ । यसैलाई कवितामा कविले वृद्धता रहर नभएकाे यथार्थताकाे रुपमा काव्य उठानमै लेखेका छन् ।
प्रकृतिका सवै चिज समेत एक पछि अर्को गर्दै बुढाे हुँदै जाने चक्रलाई टार्न सकिदैन । तर कुनै समय आफ्नैलाई कर्तव्य जिम्मेवारी बोधले गरिएकाे व्यवहार वृद्ध अवस्थामा गुन बन्दैन अबगुण बनेर निस्कन्छ अनी कविकाे मिठाे शैलीमा व्यङ्ग्य यसरी जुर्मुराउँछः
हिजो को खाइ काे खाइ गरेकाहरु
मुस्किलले आज पत्युत्तरमा ला खा ला खा गर्छन्
यस्तो काे खाइ काे खाइ र ला खा ला खा
अस्ती उसले गर्याे
हिजो मैले गरें
समयचक्रसँग
आज उ गर्दैछ
अनि उ पनि भाेग्छ यही परिणाम
र पछ्याउँदै जान्छ
प्रत्येक युगमा प्रत्येक पिढीमा
टारेर नटर्ने सारेर नसर्ने
सव चिज गलाउने
भनसुनले नगल्ने
मलजलले नढल्ने
सब चिज डढाउने
आगोले नडढ्ने
विडम्वान छ यसकाे गति
समयकाे अन्तरालमा
सबैले पाउँछन् याे उपाधी
तँ अब बुढाे भइस् ।
उहाँकाे उमेर सरकारी जागिरबाट अवकाश प्राप्त जीवनमा धकेलिएकाे केही समय भयाे । यस हिसाबले समेत पहिले उहाँकाे भाेगाइ पुस्तकमा आएकाे छ । त्याे भन्दा बढी समाजकाे यथार्थ धेरै जेाडिएर आएकाे छ । काव्य उठानका सन्दर्भमा उहाँले लेख्नु भएकाे विषयले तपाई हामी सबैलाई साेच मग्न बनाउँछ । मानिस जन्मन्छ र जन्म पछि मरण निश्चित छ । तर यो शाश्वत सत्य हामी जीवनको उत्तरार्ध अबस्थामा मात्रै स्वीकार गर्ने अबस्थामा पुग्छौ ।
हामी सिक्नु पर्ने बेला आफू भन्दा ठूलाबाट संस्कार सिक्दैनौ । आफूले भोगेको भोगाई अरुको व्यबहार अन्यले आफ्नालाई गरेको क्रियाकलाप यस्तै को सेरोफेरोमा तँ अब बूढो भइस् लेखिएको छ । यो खण्डकाव्यले आफ्नो अरुको उनीहरुको सबैको कथाब्यथा बोकेको छ यो कुरा लेखकले आफ्ना भनाईमा समेत समेटेका छन् ।
कर्मचारीहरु पदमा रहँदा सेवाग्राहीसँग गरेका व्यवहारलले अवकास पछि त्यही सेवाग्राहीलाई देख्दा आफ्नाे विगत सम्झेर रमाउनु मात्र सकिने वर्तमानमा कर्तव्यच्युतकाे पीडाले पाेल्ने गरेकाे यथार्थ समेत पुस्तकमा यसरी लेखिएकाे छ ।
उहिलेकाे तँ
मदले मात्तिएकाे थिइस
पदले पात्तिएकाे थिइस
……………………
तर्साउथ्याे
टाेपी उध्रिएका
सेवाग्राहीहरुलाई
……………..
अनी बाध्य पार्थ्यो तिनलाई
तिनका भएजती खल्ती
छामछुम छामछुम पार्न
………………………
अहिले यदाकदा
तिनै रैती दुनियाँलाई
आफ्ना सामु देख्दा
शिर निहुरिन्छ तेरो
आखाँ धमिलिन्छ तेराे
एकाएक बाेली लकपकिन्छ
र धर्मराउँछन् गोडाहरु
…………………………
त्यसैकाे सम्झनाले तँलाई
रातकाे निन्द्रा भगाईदिन्छ
आँट हराउँछ
र लुक्छस तँ
सिरक च्यापेर
चिसो कोठा भित्र
एकाकी बनेर
किनकी
तँ अब बुढाे भइस् ।
उमेर थपिदै जादा ज्यानमा बल भरिन्छ । अनि हामी कसैलाई गन्दैनौ । त्यति मात्रै होइन पद पाँउदा र दाम कमाउँदा त यतिकै सधै चल्छ भन्ने ठान्ने हाम्रो स्वार्थी अबगुण छ ।आँट हुँदा शक्ति हुँदा संसार आफूसँग हुने तर सास मात्रै हुँदाकाे परिकल्पना गर्दै यसरी कविताले सहज रुपमा व्यङ्ग्य गरेकाे छः
उहिले तँ जिउँदाे छँदा
गाउँकाे ठालु थिइस
टाढा नधाईकनै
सर्लक्क बिक्थ्यो तेराे बाेली
थहरिन्थे गाउँका सारा बस्ती
आज तँ
सास भएर पनि
मृत क्षणमा छस्
त्रसित छस् आफैसँग
तेरो यो भाेगाइमा
साथ दिने काेही छैनन्
र त बाध्य छस्
यी सब भाेग्न तँ आफैं
किनकी तँ अब बुढो भइस
उहिलेकाे समाजमा परिवारका सदस्य बढ्दै गए पछि विवाह भएका छोरालाई छुट्याएर राख्ने चलन थियाे । याे क्रम सकिए पछि घरमुलीसँग कुनै एक छोराका परिवार वस्ने प्रचलन रहेकेा पाइन्छ । तर यहिले परिवारका सदस्य सकेसम्म अली पर जान्छन् । नसके पर जान्छन तर जेष्ठनागरिकसँग बस्न रुचाउँदैनन । त्यसकाे त उमेरमा हरेक मन्छेले कसैले गन्दैनन् । उसले भाेली देख्दैन् । वितेकाे समयबाट वर्तमान आत्मसात गर्दैन । त्यसैले परिवारमा समेत विचलन आउने गरेकाे छ । विचलन मात्रै आउँदैन बुढापाका उमेरमा प्रवेश गरेकाहरुकाे वासस्थान समेत फरक हुने गरेका छन्
अस्तिकाे चकचक
हिजोकाे मौसमी शक्ति
सान मान र सम्मान
……………………….
यी सब बिस्तार बिस्तार
खिया लाग्दै जाने छन्
अलपत्रिने छन्
……………………
ओछ्यान घरकाे पनि हुन सक्छ
ओछ्यान अस्पतालकाे पनि हुन सक्छ
ओछ्यान हेरचाह केन्द्रकाे पनि हुन सक्छ
बुद्धाश्रम सामाजिक संघसंस्था
ठाउँकुठाँउ
बाटोकुबाटो
पाटीपौवा
जहाँकाे पनि हुन सक्छ
……………………………..
तँप्रति लक्षित हुँदै
सबकाे एकीकृत आवाज हुने छ
तँ अब बुढाे भइस् ।
बालबालिका र बुढापाकालाई भगवानकाे रुपमा लिइन्छ । बालबालिका अवाेध भएरै भगवानका रुप हुन्छन् । बुढापाकासँग बाेध हुन्छ, ज्ञान हुन्छ, अनुभव हुन्छ, उपदेश हुन्छ, आशिर्वाद हुन्छ अनी भगवान हुन्छन् । बालबालिका र बुढापाका नभएकाे घर अन्धकार हुन्छ भनिन्छ । यो खण्डकाव्य साेझाे अर्थमा कविता काव्यमात्र नभइ यथार्थ समाजकाे मिसिएकाे व्यङ्ग्यकाव्य हाे । साधारण भाषामा सरल तरिकाले समाज र यस भित्रका कुरितिलाई यसले झटाराे हानेकाे छ । बालबालिका र प्रौडपुस्ता भन्दा बढी यसले युवा पिडीलाई व्यङ्ग्य गरेकाे छ । गिज्याएकाे छ । सस्कार सिकाउन खाेजेकाे छ ।
यस भित्र सामाजिक परिवेश मायाप्रेमका विषय राजनीतिक धरातल र प्रौढअवस्थालाई नजरअन्दाज गरिएका विषय र बुढो भएपछि वा हुदाँ आउने समस्या समेतलाई मिहिन ढंगले केलाइएकाे छ । पढ्नै पर्ने अझ सबै सबै पढ्नु पर्ने साथै विचारणीय विषयवस्तु समेत पुस्तकमा छन् । पढिरहँदा कतै कुनै सकस छैन । पढन सुरु गरेपछि पुस्तकबाट टाढा जान मन लाग्दैन । ३०–४० वर्षका युवापुस्ताले यसलाई अध्ययन गरेर मनन समेत गर्नु पर्ने विषय उठान छन् । त्याे पिढीले बुढ्यौलीलाई गम्भिरतापूर्क मनन गर्न सकेकाे खण्डमा कम्तिमा साहारा विहिन भएर समाजकाे जिउँदाे जाग्दाे इतिहास बुढपाकाहरुले उतरार्धमा दुःखलाई कम महसुस गर्न सक्ने सन्देशलाई गतिलो गरी प्रहार गरिएकाे छ ।
काव्य वैठानमा काव्यकारले थाेरै शक्ति भए पनि काम लाग्ने रुपमा बुढ्यौलीलाई प्रष्टाउँदै युवाहरु बुढाहरुसँग झुकेकाे भाव व्यक्त गरेका छन् । अनि कहिल्यै बुढाे नभन्ने अपमान नगर्ने गरी यसरी विट मार्ने जमर्को गरेका छन्
तँ अब बुढाे भइस्
बुझेर भने वा नबुझेर
हेपेर भने वा जिस्क्याएर
तर भने
मज्जैले भने
अलिकति पनि ढाँटिएन यहाँ
समाजले जे भन्छ त्यही भनियो
………………………………………..
बुढाहरुले बुझेका छन्
जिउ चल्न सक्तैन
गर्ने आँट छ
समाजले साथ दिदैन्
न त यसका लागि
शारीरिक अवस्था नै
…………………………..
अस्तिकाे समाज हिजो थिएन
हिजोकाे समाज आज छैन्
आजकाे समाज भाेलि भेटिने छैन
न तभाेलिकाे समाज नै
पर्सि भेटिने छ
समाज परिवर्तनकाे परिणाम
त्याज्य हुँदै छन् बुढाहरु
………………………………
निरन्तर पाइरहे छन् यौटा उपाधि
तँ अब बुढाे भइस्
………………….
मुढो भुवाउँछ
तर अलिकति छउद्दजेल पनि बल्छ
र शक्ति दिन्छ
…………………
तर मान्छे
मान्छेकै सदुपयोगमा फरक छ
मान्छैकै उपयाेगमा फरक छ
अझ फरक छ मान्छे
बुढाबुढीकाे हकमा
……………………..
उ खोज्छ
युवा जस्तै जोस उनीहरुमा
………………………………..
तर पाउँदैन उ बुढाबुढीमा
त्याे जोस
त्यो शक्ति
त्यो उर्वरता
अनि बर्बराउन थाल्छ
एकाेहाेराे भनिरहन्छ तिनैलाई
तँ अब बुढाे भइस् ।
………………………..
फिर्दै छ मान्छे
बुद्धिमा
विवेकमा
व्यवहारमा
र प्रयोगमा
………………..
तब त झुके युवगाहरु
सलाम गरे बुढाहरुलाई
……………..
अब हामी
भुलेर पनि तपाईहरुलाई
अपमानकाे शैलीमा हाेच्याएर
जुक्ति र शक्तिमा कम आँकेर
कहिल्यै भन्नै छैनौ
…………………..
कदापि भन्ने छैनौ
तँ अब बुढाे भइस् ।
खण्ड काव्य ‘तँ अव बुढाे भइस्’ मा आउनु पर्ने आवाज आएकाे छ । आउनै पर्ने परिवेश आएकाे छ । भाेगाइ आएका छन् । तिताे यथार्थता आएकाे छ । बालक आएकाे छ । युवा प्रौड आएकाे छ । जवानी आएकाे छ । राजनीति आएकाे छ । जागिर आएकाे छ । पद आएकाे छ । मायाप्रेम आएकाे छ । उन्माद आएकाे छ । यिनैलाई व्यङ्ग्य आएकाे छ । बुढ्यौली आएकाे छ । तर युवा पुस्तालाई सवक सिकाएकाे छ ।
‘तँ अव बुढाे भइस्’ ले साहित्यमा थप शोभा बढाएको छ । कवि व्यङ्ग्यकार पिडालु पण्डित उर्फ बासुदेव गुरागाईले फरक विषय उठान गरी सृजना गर्नु भएकाे यस कृतिले साहित्यकाे भण्डार नकाेक्याउने भएकाेले सवैले एकपटक चाख्नै पर्ने देखिन्छ । बुढ्यौलीमा पनि अग्रज सष्ट्रालाई कृतिगत सफलताको शुभकामना ।
मकवानपुर । व्यंग्य साहित्यकार पिडालु पण्डितको ‘तँ अब बुढो भइस्’ खण्डकाव्य सार्वजनिक भएकाे छ । काव्य उठान, काव्य शृङ्खला र काव्य बैठान गरि तीन भागमा लेखिएको खण्डकाव्यमा २३ शृङ्खला समेटिएको छ ।
स्रष्टालय बुक एण्ड पब्लिकेशन काठमाडाैले प्रकाशन गरेकाे खण्डकाव्य १ सय ८० पृष्ट मा समेटिएकाे छ । डा. शैलेन्दुप्रकाश नेपालले खण्डकाव्यमा भूमिकामा ‘यो युवाहरुकाे अन्तिम स्वीकारोक्ति र कल्पनातीत काव्य भनेका छन् । यसैगरी बुढ्यौली साहित्य समाज मकवानपुर अध्यक्ष आरसी रिजालले पुस्तकलाई शुभकामना दिदै भनेका छन् ‘यस खण्डकाव्यमा विभिन्न काेणबाट बुढ्यौलीका विषयलाई राेचक तथा व्यङ्गयात्मक तरिकाले प्रस्तुत गर्न काव्यकार सफल भएका छन् ।’
‘याे काव्य मात्र नभएर अस्ति हिजो र आज घरपरिवार र समाजकाे विभिन्न भूमिकामा रहे बाँचेका मानिसहरुकाे कारुणिक र मर्मस्पर्शी चित्रण भएकाे छ‘ खण्डकाव्यकार पिडालु पण्डितले भने‘ यसमा अलकति मेराे कथा छ । अलिकति तपाईंकाे कथा छ । अलिकति उसकाे कथा छ । अलिकति उहाँकाे कथा छ । अलिकति उनीहरुकाे कथा छ । समग्रगमा यसमा हामी सबैकाे कथाव्यथा छ ।’
साहित्यका विविध बिधामा कलम चलाउदै आएका साहित्यकार बासुदेव गुरागाई ‘पिडालु पण्डित’ उपनामले व्यंग्य साहित्यमा चिनिन्छन । नेपाल सरकारको सहसचिव पदबाट सेवा निवृत्त हुनु भएका गुरागाईका दर्जन बढी साहित्यिक कृति प्रकाशन भएका छन् ।
यसअघी उनका ‘स्वागत’ (फुटकर कविता सङ्ग्रह) २०५३, ‘नेता चिरञ्जीवी भव’ (हास्यव्यङ्ग्य काव्य) २०५९, ‘थोते हाँसो’ (हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह) २०६२, ‘बास उठेका चराहरू’ (फुटकर काव्यिक रचनाहरूको सँगालो) २०६४, ‘मोफसलको मधुरिमा’ (नियात्रा सङ्ग्रह) २०६९, ‘बाजेको सेकुवा’ (हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह) २०७०, ‘अनुमानित निष्कर्ष’ (छोटा कथा सङ्ग्रह) २०७२, ‘समयान्तर’ –कथा सङ्ग्रह) २०७२, ‘नुवाकोटका पशुपतिः दुप्चेश्वर महादेव’ (पर्यटन प्रवर्द्धनात्मक कृति) २०७३, ‘वसन्त वृक्ष’ सहस्र नेपाली हाइकु सङ्ग्रह २०७५, ‘फुमन्तर’ (लघुकथाहरू) २०७६, ‘नुवाकोटका पशुपति दुप्चेश्वर महादेवः सङ्क्षिप्त झलक २०७७, ‘रातो गुलाफ’ सुसेली–सङ्ग्रह २०७९, ‘बाबा दुप्चेश्वर’ (भजन–सङ्ग्रह) २०७९ प्रकाशित छन् ।
मकवानपुर । डिजिटल युगलाई सम्बाेधन गर्नकाे लागि पत्रकारिता पनि डिजिटलाइज्ड हुनु अपरिहार्य जस्तै भएकाे छ । छिटाे छरिताे र प्रविधियुक्त पत्रकारिताकाे लागि प्रेस काउन्सिल नेपाल तथा नेपाल प्रेस इन्ष्टिच्यूट डिजिटल पत्रकारिता तालिममार्फत पत्रकारहरुकाे क्षमता अभिवृद्धिमा लागि परेका छन् ।
पत्रकारकाे क्षमता विकासकाे पाटाेलाई मुख्य कामकाे रुपमा लिदै आएकाे नेपाल प्रेस इन्ष्टिच्यूटले प्रेस काउन्सिल नेपालको सहयोगमा आजबाट डिजिटल पत्रकारिता तालिम सुरु गरेकाे छ । डिजिटल पत्रकारिता गर्दै आएका र पत्रकारितामा रुचि भएका ८० जनालाई एकसाता लामो पत्रकारिता तालिम दिन लागिएकाे हाे ।
नेपाल प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले तालिमकाे उद्घाटन गरे । अनलाइन न्यूज पोर्टल, यूट्युब सञ्चालन, मोबाइल जर्नलिजम (मोजो) पत्रकारिता तथा डिजिटल मिडियाका लागि समाचार लेखन सीपसँगै आचारसंहिताका विषयमा प्रशिक्षण दिइने नेपाल प्रेस काउन्सिलका अध्यक्ष बस्नेतले जानकारी दिए ।
नेपालमा मात्र नभई विश्वमा मूलधारका सञ्चारकर्मीहरुलाई डिजिटल पत्रकारिताको ज्ञान नभए प्रतिस्पर्धामा आउन नै नसक्ने अवस्था आएको उल्लेख गर्दै मुलुकका पत्रकारको आवश्यकतालाई सम्बोधन गर्न काउन्सिल सधै तत्पर रहेको बस्नेतले बताए ।
दूरशिक्षा प्रणालीका माध्यमबाट सञ्चालन गरिएको प्रशिक्षणमा मकवानपुर, काभ्रेपचाल्चाेक, उदयपुर, बाँके, कैलाली, रुकुम,साेलुखुम्बु, नवलपरासी, धनुषा, सुनसरी, नुवाकाेटलागयतका जिल्लाका पत्रकार तथा पत्रकारितामा रुची भएका सहभागी छन् । तालिमकाे पहिलो दिन न्यू मिडिया विज्ञ करुण थापाले प्रशिक्षण दिएका थिए ।
कार्यक्रमकाे सहजिकरण नेपाल प्रेस इन्ष्टिच्यूटका प्रशिक्षक कपिल काफ्लेले गरेका थिए । तालिमकाे लागि १ सय ५० भन्दा बढी निवेदन प्राप्त भएकोमा ८० जना छनौट गरिएकाे प्रशिक्षक काफ्ले बताए । प्रशिक्षण उद्घाटनमा प्रेस काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले सहभागीहरुलाई स्वागत गरेका थिए ।
व्यंग्य साहित्यमा पिडालु पण्डितको उपनामले चिनिने साहित्यकार बासुदेव गुरागाई साहित्य साधनामा अनवरत लागि परेका छन । नुवाकोट बालकुमारी कमेरेगाउमा जन्मिएर केहि समय मकवानपुर हर्नामाडीमा बसोबास गर्नु भएका गुरागाई हाल काठमाडौ गोङगवुलाई कर्म थलो बनाई आउनु भएको छ । नेपाल सरकारको सहसचिव पदबाट सेवा निवृत्त हुनु भएका गुरागाई दुप्चेश्वर साहित्य र पर्यटनको साझा अभियान मूल नारा लिएर स्थापित दुप्चेश्वर साहित्य समाज नुवाकोटको विशिष्ट सदस्य तथा संस्थापक अध्यक्ष हुनुहुन्छ । पूर्व कर्मचारी समाजका आजीवन सदस्य तथा राष्ट्रसेवक कर्मचारी समाज नुवाकोटका सल्लाहकार रहनुभएका उहाँ दायित्व वाङ्मय प्रतिष्ठान र बुढ्यौली साहित्य समाज हेटौँडाको पनि आजीवन सदस्यका अतिरिक्त शिवपुरी साहित्य समाज, बूढानीलकण्ठ काठमाडौँका वर्तमान कार्य समिति सदस्य हुनुहुन्छ । विगतमा एक कार्यकाल त्रिशूली वाङ्मय प्रतिष्ठानको कार्य समिति सदस्य समेत रहनुभएका उहाँका साहित्यमा प्रकाशित कृतिहरूमा ‘स्वागत’ (फुटकर कविता सङ्ग्रह) २०५३, ‘नेता चिरञ्जीवी भव’ (हास्यव्यङ्ग्य काव्य) २०५९, ‘थोते हाँसो’ (हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह) २०६२, ‘बास उठेका चराहरू’ (फुटकर काव्यिक रचनाहरूको सँगालो) २०६४, ‘मोफसलको मधुरिमा’ (नियात्रा सङ्ग्रह) २०६९, ‘बाजेको सेकुवा’ (हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह) २०७०, ‘अनुमानित निष्कर्ष’ (छोटा कथा सङ्ग्रह) २०७२, ‘समयान्तर’ –कथा सङ्ग्रह) २०७२, ‘नुवाकोटका पशुपति ः दुप्चेश्वर महादेव’ (पर्यटन प्रवद्र्धनात्मक कृति) २०७३, ‘वसन्त वृक्ष’ सहस्र नेपाली हाइकु सङ्ग्रह २०७५, ‘फुमन्तर’ (लघुकथाहरू) २०७६, ‘नुवाकोटका पशुपति दुप्चेश्वर महादेव ः सङ्क्षिप्त झलक २०७७, ‘रातो गुलाफ’ सुसेली–सङ्ग्रह २०७९, ‘बाबा दुप्चेश्वर’ (भजन–सङ्ग्रह) २०७९ रहेका छन् ।

गुरागाईले नेपालको निर्वाचन इतिहास, निर्वाचन आयोग, २०७३,. माटोको ममता (प्रधान सम्पादक) राष्ट्रसेवक कर्मचारी समाज, नुवाकोट, २०७३, नेपालको निर्वाचन इतिहास–२, निर्वाचन आयोग (सङ्कलन तथा लेखनसमेत), २०७८, ‘शिखर सौगात’ (प्रधान सम्पादक) दुप्चेश्वर विशेषाङ्क, दुप्चेश्वर साहित्य समाज, नुवाकोट, २०७८ सम्पादन गरेका छन् । विभिन्न राष्ट्रिय दैनिक पत्रिकाहरू, साहित्यिक पत्र–पत्रिकाहरू, म्यागेजिन तथा अनलाइन पोर्टलहरूमा सयौँको संख्यामा फुटकर कविता, निबन्ध, कथा, मुक्तक तथा समसामयिक विषयका लेखहरू प्रकाशित छन् । साहित्यका मुख्य विधा बढी लेखन एवं सफलताका हिसाबले क्रमशः कविता, निबन्ध (नियात्रा तथा हास्यव्यङ्ग्य), लघुकथा, सुसेली, हाइकु, कथा, लघुकथा, भजन, गीत स्थान परिचयतात्मक पर्यटन प्रवद्र्धनात्मक कृति लगायत साहित्यका विविध विधामा उत्तिकै सशक्त कलम चलाउनुहुने साहित्यकार बासुदेव गुरागाई विभिन्न समयमा पुरस्कृत तथा सम्मानित भएका छन् ।
विद्यालय तहमा अध्ययन गर्दाकै अवस्थामा वि. सं. २०२९ तिर विद्यालयमा आयोजित कविता प्रतियोगितामा सान्त्वना पुरस्कार प्राप्त गरेका उहाँले साहित्यिक प्रतिभाको कदर गर्दै सचिव, निर्वाचन आयोग तथा निर्वाचन आयोगको सचिवालय परिवारद्वारा प्रदान गरिएको दोसल्लासहित कदर–पत्र २०६०, निजामती सेवा दिवस, २०६४ का अवसरमा सूचना तथा सञ्चार मन्त्रालयद्वारा आयोजित ‘सुशासन’ गीत प्रतियोगितामा उत्कृष्ट (एक मात्र गीत छनोट भई रेडियो नेपाल र नेपाल टेलिभिजनमा रेकर्ड भएको) भए वापत प्रशंसा–पत्र, विभिन्न वर्षका निजामती सेवा दिवसका अवसरमा आयोजित कविता प्रतियोगितामा नगद पुरस्कारसहित प्रमाणपत्र, हास्यव्यङग्य साहित्यमा पु¥याएको योगदान वापत साहित्य सङ्गम मकवानपुर एवं सिस्नुपानी नेपाल मकवानपुरद्वारा २०७१ सालमा संयुक्त रूपमा नगद सहित पिँडालु पण्डितका नाममा प्रमाण–पत्रसहित भैरव स्मृति सम्मान, नेपाली वाङ्मय जगत्मा खास गरी नियात्रा, कथा, कविता, हाइकु, समीक्षा र हास्य–व्यङ्ग्य क्षेत्रमा विशिष्ट योगदान दिए वापत वि. सं. २०७७ को संसाक अनामणि समीक्षा सम्मान वापत प्रदान गरिएको ‘सम्मान–पत्र’ कपन–बानेश्वर राष्ट्रिय साहित्यिक साप्ताहिक पत्रिकाबाट कबा–नालाङ साहित्य पुरस्कार, २०७८ शिक्षा सेवा पदक, २०६७, गोकर्णेश्वर गगरपालिका काठमाडौँद्वारा वि. सं. २०७८ मा आयोजित बृहत् राष्ट्रिय हास्यव्यङ्ग्य कविता प्रतियोगितामा सान्त्वना स्थान प्राप्त गरी नगद पुरस्कार तथा प्रमाणपत्र, भीम विराग सङ्गीत, साहित्य, कला प्रतिष्ठान नेपाल हेटौँडाका तर्फबाट नगद पुरस्कार तथा प्रमाणपत्रसहित चिनुकुमारी लामा स्मृति साहित्य पुरस्कार, २०७९ दैवी प्रकोप पीडितोद्धार पदक तथा दीर्घ सेवा पदक लगायत विभिन्न सम्मान पुरस्कारबाट सम्मानित व्यंग्यकार एवम् साहित्यकार बासुदेव गुरागाई पिडालु पण्डितसँग सहीखबरका लागि आरपी गुरागाईले गरेको साहित्यिक कुराकानीः–
- सहीखबरमा तपाईंलाई हार्दिक स्वागत छ ।
मलाई सम्झना गरी साहित्यिक कुराकानीका लागि निम्त्याउनु भएकोमा सर्वप्रथम त प्रश्नकर्ता तपाईं स्वयं र सहीखबरलाई हृदयतः धन्यवाद दिन्छु ।
- अचेल केमा व्यस्त हुनुहुन्छ ?
व्यस्तता आफैंमा सिर्जना हुने विषय होइन । यो त जुन विषयवस्तुमा संलग्न हुँदा आफूलाई मानसिक सन्तुष्टि मिल्छ र सकारात्मक सक्रियता बढ्छ त्यस्ता कुरामा आपूmलाई आफैंले व्यस्त गराउने हो । लामो समयदेखि मेरो रुचिको विषय साहित्य । उमेर हदका कारण नेपाल सरकारको सेवाबाट निवृत्त भएपछि म नेपाली साहित्यलाई सानोतिनो सहयोग पुगिहाल्छ कि भनेर त्यसैको श्रीवृद्धिमा आफूलाई संलग्न गराइराखेको छु । यस क्रममा विभिन्न साहित्यिक गतिविधिमा सहभागिता जनाउने र लेखन तथा प्रकाशनको कामलाई पनि निरन्तरता दिइरहेको छु । यस किसिमको व्यक्तिगत विषयभन्दा अलिक अगाडि बढेर म ‘दुप्चेश्वरः साहित्य र पर्यटनको साझा अभियान’ मूल नारा रहेको दुप्चेश्वर साहित्य समाजको काममा पनि समाजको अध्यक्ष समेतका नाताले सक्रिय रूपमा खटिइरहेको छु । उसो त फुर्सदका समयमा घरधन्दाका काममा श्रीमतीजीलाई सघाउन पनि म कञ्जुस्याइँ गरिरहेको छैन । जे जसो गरे पनि अहिलेसम्म समग्रमा सकारात्मक ढङ्गले मेरो समय व्यतीत भइरहेछ । खुसी छु ।

- साहित्य लेखनमा लाग्नु भएको कति भयो ?
वि. सं. २०२८ सालको सुरुतिर, जतिखेर म काठमाडौँमा कक्षा आठमा पढ्थेँ, चामलको अभावमा भान्छा रोकिने स्थिति आउनै लाग्दा आत्तिएर सवाई छन्दमा जानीनजानी छ सातवटा चतुष्पदी श्लोक रचना गरेँ र दाजुलाई देखाएँ । रचना निकै मार्मिक थियो । उहाँ सकारात्मक हुनु भयो । त्यो कविता चिठीका रूपमा त्यतिखेरको हाम्रो घर नुवाकोट पठाएँ । त्यो चिठी पुगेको भोलिपल्टै घरबाट चामल आइपुग्यो । मेरो पहिलो रचना सायद त्यही थियो । अब म बेलाबेलामा यस्ता अक्षरसँग खेल्न थालेँ । अर्को वर्ष कक्षा नौमा पढ्दै गर्दा विद्यालयमा भएको कविता प्रतियोगितामा सान्त्वना स्थान प्राप्त गरेँ र केही कपी तथा सिसाकलम पुरस्कार पाएँ । त्यसपछि मेरो लेखन जेजस्तो भए पनि रोकिएन । तर, प्रकाशनका हिसाबले भने मेरो पहिलो कविता ‘स्वागत’ वि. सं. २०४४ सालमा मात्र कर्मचारी मिलन केन्द्र मुस्ताङले प्रकाशनमा ल्याएको ‘मुस्ताङ सन्देश’ नामक स्मारिकामा प्रकाशित भयो ।
- साहित्य लेखनमा कस्को प्रेरणाले लाग्नु भएको हो ?
ठुलो प्राज्ञिक उपलब्धि हासिल गर्न नसके पनि पुरानो समाजमा पढेलेखेको शिक्षित र धार्मिक परिवार हाम्रो । पढ्नुपर्छ भन्ने मान्यता राख्थ्यो । पढाउनुपर्छ भन्ने मान्यता राख्थ्यो । स्वस्थानी, श्रीमद् देवी भागवत, श्रीमद् भागवत गीता, दुर्गाकवच, प्रह्लादभक्ति कथा, भानुभक्त रामायणजस्ता थुपै्र धार्मिक पुस्तक थिए घरमा । आफ्नो रुचि र आवश्यकता अनुसार कसैले के पढ्थे, कसैले के । कोही मुखाग्र रामायण वाचन गर्थे कोही गीता । कोही देवी भागवतका श्लोक सुनाउँथे कोही प्रह्लादभक्ति कथाका । पढ्न नजान्नेहरू पनि सुनेकै भरमा मुखाग्र श्लोक वाचन गर्थे । सार कुरो, – अक्षरप्रति अगाध स्नेहभाव र लगाव थियो सबैमा । यही पृष्ठभूमिमै म कता कता थाहै नपाईकन साहित्य लेखनतिर लागेँजस्तो लाग्छ । उसो त जेठो दाजु रामप्रसाद पनि यदाकदा कविता र विभिन्न लेखहरू लेख्ने गर्नुहुन्थ्यो । त्यसले पनि मेरो लेखनलाई अझ अगाडि बढ्न प्रेरित ग¥यो भन्ने बुझाइ मेरो छ । यसका अतिरिक्त विभिन्न पत्रपत्रिकामा पढ्न पाइने साहित्यिक सामग्रीले पनि मलाई यसतर्फ लाग्न कुत्कुत्याएको थियो ।
- साहित्यलाई कसरी परिभाषित गर्नुहुन्छ ?
साहित्य सामाजिक घटना परिघटनाको प्रतिविम्ब हो । जहाँ दुःखका कुरा पनि हुन्छन्, सुखका कुरा पनि हुन्छन् । पे्रम र मिलनका कुरा पनि हुन्छन्, मनमुटाव र बिछोडका कुरा पनि हुन्छन् । साहित्यमा यो विषय ग्राह्य हुने र यो नहुने भन्ने हुन्न । समाजभित्रका समग्र विषयवस्तुको प्रतिविम्बन साहित्यमा उत्रिएको हुन्छ । तर, अभिव्यक्तिको माध्यम भने विविध हुन सक्छ ।
- साहित्यको कुन विधामा कलम चलाउनुहुन्छ ?
विधागत हिसाबमा कविता, कथा, निबन्ध, हास्यव्यङ्ग्य, भजन, गीत, सुसेली, नियात्रा, धर्मसंस्कृति, स्थान परिचयलगायतका विविध विधा र क्षेत्रमा जानीनजानी कलम चलाएको छु । केही मुक्तक पनि छन् तर ती पुस्तकाकार रूपमा आउन बाँकी छन् । माथिका जुनसुकै विधा र क्षेत्रमा कलम चलाए पनि मेरो लेखनीको मूल पहिचान भनूँ वा वैशिष्ट्यता भनेको हास्यव्यङ्ग्य नै हो ।

- साहित्यलाई अनुउत्पादक क्षेत्र भन्छन् नि रु तपाईको विचारमा के हो ?
साहित्य अनुत्पादक र उत्पादक दुवै हो मेरा विचारमा । अनुत्पादक यस अर्थमा कि साहित्यमा लागेर आर्थिक रूपमा समुन्नति हासिल गरेका मानिसको सङ्ख्या निकै न्यून छ भने मानसिक रूपमा सन्तुष्टिसहित बौद्धिक उपलब्धि हासिल गरेका तर आर्थिक हैसियत उकास्न नसकेकाको सङ्ख्या अत्यधिक छ । यसर्थ, जीवनको अन्तिम सत्य आर्थिक पक्ष मात्र हैन भनेर सोच्ने हो भने साहित्य जस्तो उर्वर क्षेत्र अरू छैन । यसरी निष्कर्ष निकाल्दा साहित्यलाई अनुत्पादक क्षेत्र भन्नेहरूको जमातमा म मिसिन चाहन्न ।
- तपाईंले पुस्तकहरू प्रकाशन गर्दै आउनु भएको छरु साहित्यिक पुस्तक प्रकाशनमा कतिको अफ्ट्यारो र चुनौती छ ?
हो, अहिलेसम्म विभिन्न विधा र क्षेत्रका साना ठुला गरी मेरा चौध थान पुस्तक प्रकाशित छन् । आधा दर्जन जतिको सङ्ख्याका पुस्तकका पाण्डुलिपिहरू अन्तिम रूप पाएर पनि तिनले अझै प्रकाशनको रहर पूरा गर्न सकिरहेका छैनन् । नढाँटी भन्नुपर्दा ती पुस्तकहरू अब मनकारी प्रकाशकको पर्खाइमा छन् । यसरी अरूको पर्खाइमा बस्नुपर्ने बाध्यता नै पुस्तक प्रकाशनका क्रममा आइपर्ने विभिन्न अप्ठ्यारा र चुनौतीकै कारणले हो । लेखन र छपाइ जति सजिलो छ, त्यत्तिकै अप्ठ्यारो छ बजार व्यवस्थापनको काम । अहिलेको समयमा साहित्य अध्ययनका लागि एकातिर मानिसहरूसँग समयको अभाव छ भने अर्कातिर साहित्य अध्ययन र अन्य मनोरञ्जनका लागि विविध वैकल्पिक साधन र माध्यम सरल तरिकाले उपलब्ध छन् । त्यसले पनि किताबी साहित्य अध्ययनमा मानिसको रुचि क्रमशः घट्दै गइरहेको छ । जहाँ पठनसंस्कृतिमा ह्रास आउन थाल्छ त्यहाँ पुस्तक प्रकाशन, वितरण र यसको अन्य व्यवस्थापन निकै चुनौतीपूर्ण हुन्छ । जति व्याख्या गरे पनि अक्षरको साधनामा लागेकाहरू अपवाद बाहेक सबैले यस परिस्थितिको सामना गरिरहेका छन् ।
- तपाईं विभिन्न साहित्यिक तथा सामाजिक संस्थामा पनि आबद्ध हुनुहुन्छ । यसलाई कसरी ब्यबस्थापन गर्नुहुन्छ ? आत्मसन्तुष्टि मिल्छ की मिल्दैन ?
कि रहर गर्नु हुँदैन, कि समयको व्यवस्थापन रहरकर्ता स्वयंले मिलाउन सक्नुपर्छ । सबै साहित्यिक तथा सामाजिक संस्थामा असार साउनको जस्तो चटारोका काम हुँदैनन् । बुझेका विषयमा कामको मेलो सक्न र समय व्यवस्थापन गर्न सजिलो हुन्छ । यसका लागि कति खट्ने भन्ने कुरो महत्वपूर्ण हो । खानपान र स्वास्थ्यले साथ दिन्छ भने जति सक्रिय भयो जिन्दगी त्यत्तिकै हरियो हुन्छ । सुत्तैmन । त्यसबाट आत्मसन्तुष्टि पनि पर्याप्त मिल्छ । तर, अर्थोपार्जनवादमा लागेकाहरूका लागि भने यो समस्याकै विषय बन्छ जस्तो लाग्छ । व्यक्तिगत कुरा गर्नुहुन्छ भने म आफू लागेको क्षेत्रमा पूरापूर सन्तुष्ट छु र सक्रियतापूर्वक लागिरहेकै पनि छु, र भ्याइरहेकै पनि छु ।
- साहित्यको आडमा राजनीति गर्नेहरूलाई के भन्नुहुन्छ ?
यस्तो अवस्था सर्वथा अवसरवाद हो । न तिनले शुद्ध मनले राजनीति गरेका हुन्छन्, न साहित्य सेवा । यस्ता झुन्डहरू जता अवसर पाइन्छ त्यतै झुम्मिन्छन् । न यिनमा कुनै साँचो नैतिकता हुन्छ, न कुनै सेवामुखी लगाव नै । यसरी प्राप्त अवसरमा तिनका मनले अल्पकालीन आनन्द त लेलान् तर साँचो मानसिक सन्तुष्टि तिनलाई पनि हुन्न । तसर्थ, यस्ता झुन्डका विषयमा कुरा गरेर समय खेर फाल्नु त्यति उपयुक्त जस्तो मलाई लाग्दैन ।
- मानव जीवनमा साहित्यको भूमिका कस्तो रहन्छ ?
जसरी राज्यको चौथो अङ्गका रूपमा पे्रस जगत्लाई लिइन्छ, त्यसरी नै मानव जीवनको चौथो आवश्यकताको रूपमा साहित्यलाई लिइनु उपयुक्त हुन्छ । मानव जीवनमा गाँस, बास, कपासपछिको चौथो आवश्यकता साहित्य हो, जसले मानवलाई सुख, शान्ति र सन्तुष्टि सबै दिन्छ । यसरी हेर्दा सुखी मानव जीवनका लागि साहित्य अपरिहार्य विषय हो । मानव जीवनमा साहित्यको अहं भूमिका रहन्छ ।
- अहिलेको नेपाली साहित्यलाई कसरी नियालिरहनुभएको छ ?
म यसलाई सकारात्मक रूपमा लिन्छु । नेपाली साहित्यमा पछिल्लो समय सिर्जनाको बाढी नै छ । कुनै न कुनै रूपमा यसले नेपाली साहित्य भण्डारलाई धनीै बनाएकै मान्नुपर्छ । यदि यहाँको प्रश्न गुणात्मक पक्षसँग जोडिएको हो भने त्यसमा पनि पर्याप्त आशावादी हुने ठाउँ छ । असन्तोष मान्नुपर्ने अवस्था म देख्दिन । पाकोपनको प्राप्ति बिस्तारै हुँदै जान्छ, आत्तिनु पर्ने अवस्था छैन ।
- अन्तर्राष्ट्रिय स्तरमा नेपाली भाषा–साहित्यको स्थान कहाँनेर देख्नुहुन्छ ?
परभूमिमा बसेपछि मातृभूमिको माया अझै बढी लाग्छ । त्यो माया भनेको मातृभूमिको भेषभुषा, भाषा साहित्यप्रतिको मोह, धर्म संस्कृतिको जगेर्ना आदि जस्ता विषयमा अभिव्यक्त हुन्छन् । जसरी एउटी चेली पचासौँ वर्ष पराईघरमा बसिरहँदा पनि माइती घरको झिना मसिना सबै कुराको चर्चा गरिरहन्छिन्, त्यस्तै स्थिति अन्तर्राष्ट्रिय स्तरमा रहेबसेका नेपालीभाषीहरूले आफ्नो भाषा, साहित्य र संस्कृतिप्रति दर्शाएको म पाउँछु । विभिन्न सामाजिक सञ्जालले पनि यसमा अहं भूमिका खेलेका छन् । यसले भौगोलिक रूपमा टाढा भए पनि मानसिक रूपमा सबैलाई नजिक तुल्याएको छ । तसर्थ, अन्तर्राष्ट्रिय स्तरमा नेपाली भाषा साहित्यको स्थान तुलनात्मक रूपमा गर्व गर्न लायक नै म देख्छु । तर एउटा कुरा नेपाली भाषाका साहित्यलाई विश्वका अन्य कतिपय भाषामा अनुवाद गर्ने क्रम भने सम्बन्धित भाषाको भाषिक क्षमता भएका महानुभावहरूबाट हुनु/गर्नु जरुरी देखिन्छ । यसो हुन सक्यो भने विश्वका कुनै पनि भाषीले नेपाली साहित्यको स्वाद लिन सक्ने छन् र नेपाली भाषा साहित्यले विश्वमा आप्mनो प्रभाव जमाउँदै जान सक्ने छ ।
- स्रष्टा, सिर्जना र सर्जकलाई प्रदान गरिने सम्मानरपुरस्कारप्रति तपाईंको धारणा के छ ?
जुन कुराको अपेक्षा गरिदैन त्यस्ता कुरामा मानिसको चासो रहन्न । त्यसैले म पनि यो सम्मान/पुरस्कारजस्ता विषयमा त्यतिविधि चासो राख्दिन । बजार हल्लाको कुरा गर्ने हो भने कतिपयले आफ्नै लगानीमा पुरस्कृत हुने गरेका छन् भन्ने पनि सुनिन्छ, यथार्थ के हो थाहा छैन । राष्ट्रिय स्तरका पुरस्कार भने निजामती पुरस्कार तथा पदक/तक्मा जस्तै गरी वितरण हुन्छन्/गरिन्छन् भन्ने हल्लाले पनि बजारमा ठाउँ पाएको छ । तर, नजिकबाट नबुझेका यस्ता कुरामा अनुमानका भरमा कसैलाई ठेस पुग्ने गरी खासै केही नबोलूँ जस्तो लाग्छ मलाई । कृपया, यसलाई अन्यथा नलिनु होला ।
- साहित्यिक स्रष्टाहरूको समाजप्रतिको दायित्व के हो जस्तो लाग्छ ?
समाज अरूको होइन आफ्नै हो । म, तपाईं र उहाँहरूको समग्र रूप समाज हो । साहित्यिक स्रष्टाहरूले आफू बसेको समाजप्रति अन्याय गर्न हुन्न । समाजमा देखिएको, समाजले चाहेको र समाजको हितका लागि आवश्यक कुरामा राजनीतिक वा अन्य कुनै पूर्वाग्रह मनमा नराखी साहित्यकारहरू प्रस्तुत हुन सक्नुपर्छ । क्षणिक स्वार्थ वा लाभहानीका विषयमा अल्झिएर साहित्यकारहरू अघि बढ्ने हो भने त्यो स्थिति समाजको समग्र विकासका लागि प्रत्युत्पादक बन्न सक्छ । यसबाट साहित्यकारहरू सर्वथा जोगिनुपर्छ । समाजप्रतिको दायित्वबोध उनीहरूमा भएन भने त्यो पनि राजनीतिक क्षेत्रजस्तै सधैँ अस्तव्यस्त भइरहन्छ र स्थिरता प्राप्त गर्न सक्दैनन् । यस स्थितिले नेपाली भाषाको उन्नयन र थप विकासमा ढिलाइ हुन्छ । यसर्थ, आफ्नो समाजिक हैसियतलाई पनि सदासर्वदा ख्यालमा राखेर सबै साहित्यकार यसतर्फ चनाखो हुनुपर्छ ।
- समाज र साहित्यको सम्बन्धमा कस्तो समानता छ जस्तो लाग्छ ?
सबैले भन्ने गरेका शब्द नै सापटी लिएर भन्नुपर्दा साहित्य समाजको ऐना हो । समाजको समग्र रूप साहित्यमा झल्किन्छ । हामीले मुलुकभित्र विभिन्न कालखण्डमा सिर्जना भएका साहित्यिक सामग्रीलाई समग्र अध्ययन गर्ने हो भने प्रस्ट रूपमा यसको झल्को पाउँछौँ । यसर्थ, नङ र मासुको सम्बन्ध जस्तो छ, समाज र साहित्यको सम्बन्ध पनि त्यस्तै हुनुपर्छ भन्ने मलाई लाग्छ । यस्तो सम्बन्धको अभावमा न समाजले गति लिन सक्छ, न साहित्यले । यसर्थ यी दुईको सम्बन्ध अपरिहार्य छ ।
- साहित्य लेखनबाट के पाए भन्ने लाग्छ ?
छोटकरीमा आत्मसन्तुष्टि । समाजले नराम्रा ठानेका लतबाट सर्वथा उन्मुक्ति । तीन चार वर्षका उमेरदेखि सम्पर्कमा आएका अक्षरसँगको चिनाजानी र मित्रतामा निरन्तरता । देखेसुनेका र भोगेका विषयमा निर्धक्क अभिव्यक्ति । समाजका सत्पात्रहरूसँग सम्पर्क र भलाकुसारी । साङ्केतिक रूपमा यति भनेपछि यसभन्दा बढी व्याख्या गरिरहनु पर्ला जस्तो लाग्दैन ।
- पछिल्लो समय साहित्यका पाठक कतिका छन् जस्तो लाग्छ ?
साहित्यका किताबी पाठक सर्लक्कै घटेका छन् भन्ने म ठान्छु । विभिन्न कोणबाट यस्तो स्थिति मैले प्रत्यक्ष रूपमा अनुभव गरेको छु । त्यसमाथि किनेर पढ्ने सङ्ख्या त अझै न्यून । संसार चिन्ने, जान्ने पर्याप्त विकल्पहरू उपलब्ध भएकाले पनि यो स्थिति आइलागेको भन्ने जस्ता मत राख्नेहरू पनि यहाँ पर्याप्त पाइन्छन् । यस्ता मतमा विमति जनाउनु पर्छ जस्तो मलाई पनि लाग्दैन । अनि, पाइला पाइलाका राजनीतिक आशा र भरोसाका गफले पनि मानिसहरू त्यस्तै गफमा रुमलिन र रमाउन थालेका पनि देखिन्छन् । भरखर जुँगाका रेखी बसेकादेखि कालो जुँगा बाँकी नभएकासम्म सबैका सबै राजनीतिक गफ गर्ने भएपछि विनालगानीमा धेरैको आकर्षण त्यसतर्फ बढेको देखिन्छ । यी र यस्तै समग्र कारणले पठन संस्कृतिमा ह्रास आएको कुरालाई नकार्न सकिन्न ।

- पछिल्लो समय बुढयौली साहित्यबाट साहित्यिक गतिविधी हुने गरेका छन् । यसलाई कसरी लिनु भएको छ ?
जुन कुरा अति आवश्यक थियो त्यो कुरा गर्न थालिएको छ । सरोकारवालाहरूलाई धन्यवाद छ । यो असाध्यै सकारात्मक कुरा हो । यसमा साहित्यिक व्यक्तित्वहरूको मात्र सहयोग र सद्भाव नभएर स्थानीयदेखि सङ्घीय सरकारसम्मको पनि पर्याप्त सहयोग जरुरी छ । सरकारबाट हुने यस्ता सहयोग सामाजिक सुरक्षा भत्ताभन्दा पनि बढी प्रभवकारी हुन्छन् भन्ने म ठान्छु । वर्तमानमा बुढ्यौली साहित्य समाजको आजीवन सदस्य समेत रहेको बौद्धिक रूपमा म जस्तो निम्छरो व्यक्ति पनि निकट भविष्यमै बुढ्यौलीसँग सम्बन्धित केही विषयलाई विम्ब बनाएर पुस्तकाकार रूपमा एउटा कृति प्रकाशनमा ल्याउने जमर्को गर्दै छु । यस जमर्कोमा मैले केही साथीहरूबाट सहयोगको अपेक्षा पनि गरिरहेको छु । यसमा बुढाहरूको मात्र चासोको विषय रहन्न । वर्तमानका बुढाभन्दा भविष्यका बुढाले बढी ख्याल गर्नुपर्ने विषय र प्रस्तुति रहने छन् यसमा । तर एउटा सत्य कुरा के हो भने यसबाट बुढाहरूले सकारात्मक लाभचाहिँ लिनैपर्छ ।
- अरु कुनै विधामा पुस्तक प्रकाशनको तयारी गरिरहनु भएको छ कि ?
माथिल्लो जिज्ञासामा उल्लेख गरिएको बुढ्यौलीसँग सम्बन्धित साहित्य बाहेक मसँग विभिन्न पत्रपत्रिकामा प्रकाशनमा आइसकेका केही दर्जन हास्यव्यङ्ग्य निबन्ध छन् । तिनलाई एकीकृत गरेर पुस्तकाकार रूपमा ल्याउनै पर्ने अवस्था छ । समाजपरक, व्यङ्ग्यपरक र अन्य गरी झन्डै दुई सयको सङ्ख्यामा लघुकथाहरू (केही दर्जन विभिन्न पत्रपत्रिकामा प्रकाशित समेत भइसकेका) छन् । तिनलाई पनि लुकाएर राख्न म चाहन्न । उसो त केही सयको सङ्ख्यामा मुक्तक छन्, कविता छन्, सुसेली छन्, बालकथा छन् । एक थान सामाजिक उपन्यास पनि प्रकाशनको पर्खाइमा छ । यिनलाई पनि मैले लुकाएर राखेँ भने भविष्यमा मलाई यिनको सराप लाग्छ । त्यसतर्फ म सहज उपायको खोजीमा छु ।
अन्त्यमा केही…..?
हजारौँ शब्द ओकलेर म दुई शब्द यहीँ टुङ्ग्याउँछु भन्ने भाषण जस्तो मेरा भनाइ प्रायः सबै माथि आइसके । खासै अरू भन्नुपर्ने कुरा केही छैन । तथापि थप एउटा कुराचाहिँ वार्ताको टुङ्ग्याउनी अघि भन्नैपर्छ । त्यो के भने, – ‘साहित्य सिर्जना कुनै पनि वाद र पूर्वाग्रहभन्दा माथि उठ्नुपर्छ । गुटउपगुटको स्थिति साहित्य र साहित्यकारका लागि शोभा दिने विषय होइन । यसतर्पm पनि प्रबुद्ध साहित्यकारहरूले समयमै ध्यान दिनु जरुरी छ । कुनै पद, सम्मान वा अरू केही पाउँला भनेर कोही अघि पढ्छ भने त्यस्तो अवस्था अन्ततोगत्वा कसैको पनि हितमा हुँदैन ।’
र, छुटाउन नहुने अर्को कुरो, – ‘साहित्यिक भलाकुसारीको यो सुखमय सुनौलो अवसर जुटाइदिएकोमा सहीखबरलाई हृदयतः धन्यवाद ।’
साहित्यले मानिसलाई सत्कर्ममा लाग्न प्रेरित गर्दछ ।
प्रीति आत्रेय ज्ञवाली हाल प्रवासमा रहेर साहित्यसँगै ज्याेतिष फलादेशकाे माध्यमबाट समाज सेवा क्रियाशील नारी हस्ताक्षर हुन । बुबा साहितत्यकार प्रा.डा.विष्णुराज आत्रेय लाटोसाथीको प्रेरणाले साहित्य लेखनमा कलम चलाउन थालेकाे बताउनु हुने ज्ञवाली नेपाली भाषाका अतिरिक्त संस्कृत, हिन्दी तथा अंग्रेजी भाषा तथा साहित्यमा समेत राम्राे दख्खल राख्नु हुन्छ । नेपालबाट प्रकाशित नारी पत्रिकाकाे विगत २० वर्षदेखि राशि स्तम्भकारकाे रुपमा समेत चिनिनु हुने ज्ञवालीले नेपालकै पहिलो नारी राशिफल लेखिका हुनुहुन्छ । नेपाली र अङ्ग्रेजी दुवै भाषामा राशिफल लेख्ने नेपालकी प्रथम नारीको रूपमा आफूलाई स्थापित गर्नुभएको ज्ञवालीले केही समय The Kathmandu Post पत्रिकामा नियमित एवं साप्ताहिक रूपमा अंग्रेजी भाषमा समेत राशिफल लेख्ने काम गर्नु भएकाे थियाे ।
आर्या आत्रेय र कीर्तिशेष प्रा.डा. विष्णुराज आत्रेयका पाँच सन्ततिमध्ये तृतीय सन्तान, कान्छी छाेरीकाे रूपमा जन्म भएकाे हाे । गजलमा सिकारु नै भएकाे बताउँनु हुने उहाँ मुक्तक, साइनो, टुक्का, रम्बास, हाइकु आदी कविताकै रुप हुन् भन्नु हुन्छ । नेपाली, संस्कृत र अङ्ग्रेजी साइनो कविता लेख्ने ज्ञवाली प्रथम नारी संस्कृत साइनोकारको रूपमा आफूलाई उभ्याउनुभएको छ । साथै उहाँ संस्कृत साइनो अभियन्ता समेत हुनुहुन्छ । ज्ञवालीका साहित्य गद्य विधामा “अनुभूतिको इन्द्रेनी” नामक कविता सङ्ग्रह २०७९ भर्खरै प्रकाशित भएको छ । उहाँकाे रचनामा गीतहरू “आफ्नो त मन छ माइतीघरतिरै (तीज गीत २०७५) ” र “तिमी मेरो पूजा (प्रणय गीत २०७७)” युट्युबमार्फत प्रसारित समेत भएका छन् । बिबिसि, साहित्यपोस्ट, हिमालय टाइम्स, कान्तिपुर, नेपाल समाचारपत्र, नेपालनाम्चा, सहीखबर, संसारन्यूज, वैजयन्ती साहित्यिक पत्रिका, हाम्रो पुरुषार्थ, नारी, कल्पतरु, दायित्व आदि विभिन्न पत्र पत्रिका तथा अनलाइनहरूमा विभिन्न समसामयिक विषयसित सम्बन्धित लेख रचनाहरू प्रकाशित भएका र हुँदै गरेका छन् ।
संस्कृतमा कुराकानी गर्ने परिवारकी सदस्य प्रीतिले आफ्नै बुवाको सानिध्यमा प्राथमिक तहको शिक्षा हासिल गर्नुभएको थियो । माध्यमिक शिक्षाको पूर्वमध्यमा भारतको गोरखपुर र पद्मकन्या विद्याश्रम, डिल्लीबजारबाट एसएलसी उत्तीर्ण गर्नुभएकी उहाँले उत्तरमध्यमा, शास्त्री र आचार्य, वाल्मीकि विद्यापीठ, प्रदर्शनीमार्ग काठमाडाैंबाट उत्तीर्ण गर्नुभएकाे छ । फलितज्योतिषमा आचार्य (स्नातकोत्तर), अंग्रेजी साहित्यमा शास्त्री (स्नातक) गर्नु भएकी उहाँ नेपालबाट अंग्रेजीमा नियमित एवं साप्ताहिक राशिफल लेख्ने प्रथम नेपाली नारी स्तम्भकारको रुपमा पनि आफूलाई स्थापित गर्नुभएकाे छ । कविता, प्रतियोगिता तथा ज्योतिष सम्मेलनमा पदक तथा उपाधी समेत प्राप्त गर्नु भएकी ज्ञवाली विश्व हिन्दु युवा संघबाट अभिनन्दित सक़मेत हुनु भएको छ । हाल कम्बोडियामा बसेर समेत नेपाल तथा नेपाली साहित्य कला क्षेत्रको श्रीवृद्धिमा निरन्तर साधनारत ज्ञवालीसँग सहीखबरका लागि आरपी गुरागाईँ ले गरेको कुराकानीको सम्पादित अंशः
- साहित्य लेखनमा लाग्नु भएको कति भयो ?
ठ्याक्कै यही दिन नै लेखेँ भनेर मलाई सम्झना छैन । अहिले जस्तै सम्झना हुन्छ भनेर प्रायः कविताको पुछारमा लेखिएजस्तै त्यतिबेला मिति लेख्नुपर्छ भत्रे हेक्का भएन र अहिले जस्तो सञ्जाल पनि थिएन । केटाकेटी बेला भएर होला, संकलन पनि भएनछ । पहिले पनि लेखेँ कि थाहा भएन, जुन कविता लेखेको सम्झिन्छु त्यतिबेला बहुदल आइसकेको थियो शायद २०४७/४८ सालदेखि होला ।
- साहित्य लेखनमा कस्को प्रेरणाले लाग्नु भएको हो र?
मेरा आदरणीय बुवा प्रा.डा.विष्णुराज आत्रेय लाटोसाथीको प्रेरणाले मैले साहित्य लेखनमा हात हालेकी हुँ । बुवा आफैं पनि साहित्यकार हुनुभएको हुँदा आफ्ना छोराछोरीले पनि लेखन कार्यमा अग्रसर गराउन निकै प्रयास गर्नुहुन्थ्यो । विभित्र कार्यक्रम, सभा, समारोहमा म बुवाको हात समाउँदै बुवासित जान्थेँ र उत्सुकतावश बुवासित सोध्ने गर्दथेँ । यसरी बुवाकै प्रेरणा र मार्गदर्शनले मैले लेखन कर्ममा हात हालेँ । प्रतियोगितामा सहभागी हुँदा, पुरस्कृत हुँदा र उपहार पाउँदा पनि मनमा उत्साह बढ्थ्यो र भए जति सबै कार्यक्रमहरूमा सहभागी हुन पाए पनि हुन्थ्यो भत्रे मनमा लाग्दथ्यो ।
- साहित्यको कुन विधामा कलम चलाउनुहुन्छ ?
म साहित्यका विभित्र विधामा कलम चलाउँछु । प्रारम्भमा मैले लेखनको शुरुवात गद्य कविता र लेखहरूबाटै गरेँ । म नेपाली अंग्रेजी संस्कृत हिन्दी चारै भाषामा कविता लेख्छु । गीत, मुक्तक, साइनो, टुक्का, रम्बास, हाइकु, गजल आदि विभित्र विधामा पनि कलम चलाउँछु । साहित्यको लघु विधा साइनोमा पनि नेपाली संस्कृत अंग्रेजी गरी तीन भाषामा साइनो लेख्छु । साइनो विधामा मलाई संस्कृत साइनोको अभियन्ता भन्नुहुन्छ धेरै जना । पछिल्ला दिनहरूमा म प्रायः छन्द कवितामा कलम चलाउँदै छु । समय मिलेसम्म सबै विधालाई समय दिन खोज्छु । प्रायः कविता, साइनो, मुक्तक, टुक्कामा मेरो कलम चल्छ । बेलाबेलामा ज्योतिष एवं समसामयिक कुरामा लेखहरू पनि लेख्छु । गजल, रम्बास र हाइकु विधामा त्यति समय दिन पाएकी छैन । यस बाहेकका बाँकी अरू विधातिर मेरो मन गएन । अहिलेसम्म आफूलाई यतिमै सीमित गराएकी छु ।
- साहित्यलाई कसरी परिभाषित गर्नुहुन्छ ?
मेरो बुझाइमा साहित्य भनेको समाजको दर्पण अर्थात् ऐना हो । साहित्यले समाजलाई ऐना देखाउने काम गर्छ । समाजलाई सही दिशातर्फ लाग्न प्रेरणा दिने काम गर्दछ । साहित्यले मार्गदर्शन गर्छ । साहित्यले नकारात्मकताबाट सकारात्मकतातर्फ जान उन्मुख गर्छ । साहित्यले मानिसलाई सत्कर्ममा लाग्न प्रेरित गर्दछ । साहित्यले सन्देश दिने काम गर्दछ साथै एकजूट भएर विषम परिस्थितिबाट बाहिर निस्किने निकास दिने मार्ग देखाउँछ ।
उदाहरणका लागि धरणीधर कोइलाराको ‘जाग जाग अब जागन जाग’ कविता, लक्ष्मीप्रसाद देवकोटाको ‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’ आदि कविताका अंशबाट पनि बुझ्न सकिन्छ । व्यक्तिमा साहित्यको कति महत्व छ भत्रे कुरालाई लिएर संस्कृतमा यौटा नीतिश्लोक छ जसमा, साहित्य,सङ्गीत र कला नभएको मानिस सीङ्ग र पुच्छर नभएको पशु सरह हुन्छ भनेर भनिएको छ ‘साहित्यसङ्गीतकलाविहीनः साक्षत्पशुःपुच्छविषाणहीनः ।’
- साहित्य लेखन बाहेक अरु कुन पेशामा आवद्ध हुनुहुन्छ रु साहित्य लेखनमा समय कसरी मिलाउनु हुन्छ ?
म नारी पत्रिकामा २० वर्षदेखि राशि स्तम्भकारको रूपमा राशिफल लेख्दै आइरहेकी छु । केही समय मैले The Kathmandu Post पत्रिकामा नियमित एवं साप्ताहिक रूपमा अंग्रेजी भाषमा राशिफल लेख्ने काम गरेँ । जसबाट म नेपाली र अंग्रेजी दुवै भाषामा नेपालकी प्रथम नारी राशिफल लेखिकाकी रूपमा चिनिएँ । अरू विभित्र स्थानबाट पनि आग्रह आएका छन्। यहाँले भनेजस्तै समय मिलाउन सकिएन । मेरो फलित ज्योतिष विषय भएको हुँदा मैले धेरैजनाको अनौपचारिक फलादेश गर्दै आइरहेकीछु । ज्योतिष भनेको शास्त्र हो यसलाई मैले कहिल्यै पनि पेशाको रूपमा लिइन । म हाल प्रवासमा भएकोले मैले सञ्जाल एवं प्रविधिको सहयोगमार्फत इच्छुक एवं जिज्ञासु व्यक्तिहरूको फलादेश गर्दै आइरहेकी छु । एक प्रकारले यसलाई मैले समाजसेवाको रूपमा लिएकी छु । समय त एकदम मिलाउनुपर्छ । मलाई फोन र म्यासेजहरू आइरहन्छन् मेरो यति हेर्दिनुपर्यो र यति बुझिदिनुपर्यो भनेर । समय अनुकूल प्राथमिकतालाई ध्यानमा राखेर मैले सुझाव दिने गरेकी छु । अनौपचारिक रूपमा समाजसेवा गर्छु भन्नुपर्यो ।
जहाँसम्म साहित्य लेखनमा समय मिलाउने भन्ने कुरा छ, समय त मिलाउनै पर्छ । कस्तो खालको लेख रचना हो, त्यस अनुसार पनि भर पर्छ । कतिपय लेखनकालागि समय मिलाउनै पर्छ छुट्याउनु पर्छ । कहिलेकाहिँ सानातिना फुटकर रचनाहरू त बाटोमा हिँड्दा हिँड्दै, खाना बनाउँद बनाउँदै, चिया पकाउँदै गर्दा पनि फुर्छन् । एक पटक त चिया बसालेँ र मनमा कुरा फुर्यो मनमनै कविता गुन्न थालेँ । यति मग्न भइछु कि चिया उम्लिएर आधा चिया त ग्याँसमा पोखियो । कहिलेकाहिँ त थपक्क बसेर केही नगरी लेखीरहुँ जस्तो हुन्छ । कहिलेकाहिँ त व्यक्तिलाई बिहानै साँझै कति खाना खानु पर्ने होला । खानु नपर्ने भए त म कति लेख्थेँ हुँला जस्तो लाग्छ । त्यो भावलाई मैले भुजङ्गप्रयात छन्दमा यसरी गुन्गुनाएँः
बसाल्दै चिया लौ म ता सोच्न थालें
र बाँकी छ बेला भनी गुत्र थालें ।
ल जा भल्किहाल्यो चिया ता चुलोमा
उडे भाव सारा चिया उम्लिँदामा ।
भावनामा बगेर पनि हुँदैन । हामीले सबै कुराको लागि उत्तिकै समय दिनुपर्छ र कामको प्राथमिकता हेरेर समयको व्यवस्थापन गर्नुपर्छ । साहित्यमा समय मिलाउनुका साथसाथै साधना गर्नु पनि उत्तिकै जरूरी हुन्छ ।
- आफूलाई कुन विधाको स्रष्टा भनिन रुचाउनु हुन्छ रु किन ?
रुचाउने नरुचाउने भन्ने त्यस्तो केही छैन । त्यो त पाठकहरूमा भर पर्ने कुरा हो । मैले आफैं म यस्तो भनेर भन्नु भन्दा पनि मेरा लेखकीय पाठकहरूले भन्ने कुरा हो । विषयगत रूपले हेर्ने हो भने म एक राशिफल स्तम्भकार र साहित्यतर्फ कवि । मलाई म लेखक हुँ भनेर भन्नुपर्छ जस्तो लाग्दैन । यो यो भनेर विधागत रूपमा छुट्याएर भन्दा एक विधाले अर्को विधाको अपमान गरेजस्तो लाग्छ । मुक्तक, साइनो, टुक्का, रम्बास, हाइकु आदि कविताकै रूप हुन् र गजलमा म सिकारु नै छु ।
- साहित्यका कुनै पुस्तक प्रकाशित गर्नु भएको छ ?
हजुर । साहित्यमा गद्य विधामा “अनुभूतिको इन्द्रेनी” नामक मेरो आफ्नै गद्य कविता सङ्ग्रह २०७९ प्रकाशित भएको छ । त्यस्तै मैले रचना गरेका २ गीतहरू “आफ्नो त मन छ माइतीघरतिरै (तीज गीत २०७५) ” र “तिमी मेरो पूजा (प्रणय गीत २०७७)” युट्युबमार्फत सार्वजनिक भएका छन् ।
- नेपाली साहित्य लेखन र अध्ययनमा वर्तमान अवस्था कस्तो पाउनु हुन्छ ?
वर्तमान परिप्रेक्ष्यमा हेर्ने हो भने साहित्यको क्षेत्र अहिले फराकिलो हुँदै गइरहेको छ । हिजोआज आख्यान तर्फ लेखकहरूको सक्रियता बढ्दो छ । त्यस्तै अहिले छन्द कविता लेख्ने सर्जकहरूमा बढोत्तरी भएको छ । पठन संस्कृतिको विकास हुँदैछ । नयाँ नयाँ विधाहरू साहित्यको उपविधाको रूपमा आएका छन् । प्रविधि र सञ्जालले गर्दा पनि साहित्यको विस्तार हुँदै गएको छ । कहिले भौतिक त कहिले परोक्ष रूपमा साहित्यानुरागीहरूले सामाजिक सञ्जालको सहायताले सहभागी हुने कार्यक्रम सुन्न मिल्ने जस्ता सहज वातावरणको विकास भएको छ । सञ्जालले केही सकारात्मक पाटोको विकास त गरेकै छ त्यो राम्रो कुरा हो तर कतै कतै भने सञ्जालमा साहित्यलाई लिएर ईष्या, अपमान तुच्छ शब्दको प्रयोग गर्ने, आवेशमा आएर लेख्ने गरिएको पनि पाइएको छ । कतिपयले त विचारै नगरीकन लहैलहैमा जथाभावी रूपमा लेखेको पनि पाइन्छ । कतिपयले त ताइँ न तुईँ का कुरा लेखी अनावश्यक विवादको स्थिति पनि सिर्जना गरेका हुन्छन् । केहीले भने लेख्नकै लागि भनेर, आफू पछि परिन्छ कि भनेर पनि संजालमा प्रतिस्पर्धाको रूपमा लेख्ने गरेका पाइन्छन् जुन राम्रो होइन । साहित्य भनेको साधना पनि हो विना साधनाको लेखन साहित्य हुँदैन ।
- साहित्यिक स्रष्टाहरूको समाज प्रतिको दायित्व के हो जस्तो लाग्छ ?
समाज कस्तो अवस्थामा थियो, कस्तो अवस्थामा छ, कतातिर जाँदैछ र गइरहेको छ भन्ने कुरालाई बुझ्दै र बुझाउँदै अब उप्रान्त के कस्तो गर्नु राम्रो होला त ! कसरी र के गर्दा समाजको हित होला त ! भन्ने कुराको आगाज गर्नु, चेतना प्रवाह गर्नु र दिशानिर्देश गर्नु नै साहित्यिक स्रष्टाहरूको समाजप्रतिको दायित्व हुनुपर्छ जस्तो लाग्छ । साहित्यिक श्रष्टाले एकाङ्गी वा व्यक्तिगत भएर हैन कि समग्र परिवार, समाज र देशको हितबारे विचार र विवेचना गर्दै सबैको साझा हुनसक्ने खालको, देश विदेशमा छरिएर रहेका समस्त जनको विश्वबन्धुत्व बढाउने खालको सिर्जना गर्नुपर्छ जस्तो मलाई लाग्छ ।
- समाज र साहित्यको सम्बन्धमा कस्तो समानता छ ?
मेरो विचारमा समाज र साहित्य दुवै एकार्काप्रति आश्रित छन् । समाज नभए साहित्यको के काम ? विना साहित्य समाजको के काम ? समाजरूपी बगैँचालाई तह लगाउन, शोभायमान बनाउन एक दक्ष मालीको रूपमा साहित्यले काम गरेको हुन्छ ।
- साहित्य लेखनबाट के पाए भन्ने लाग्छ ?
केही पाउँछु वा पाइएला भनेर मैले लेखन कार्य गरेको होइन । मैले लेखेको कुराले बरु कसैलाई सहयोग पुग्ला कि भनेर म लेख्ने गर्छु । तपाइँले लेखेको मलाई मिल्यो भन्दा, तपाईँले लेखेको कस्तो घत पर्यो भन्दा मनमा सन्तोष लाग्छ । कतिपयले त मलाई म्यासेज गरेरै तपाइँले लेखेको पढ्दा मलाई मेरै लागि लेखेको रहेछ भन्ने सुन्दा आत्म सन्तुष्टि मिल्छ । तपाइँको रचना पढेर राम्रो लागेर मैसेज गरेको, तपाइँको रचनाहरू पढ्न मन लागेर फ्रेन्ड रिक्वेस्ट पठाएको, कसैले रचना राम्रो लागेर फलो गरेको जस्ता कुराहरू पढ्दा र थाहा पाउँदा रमाइलो लाग्छ । कतिपयले त मैले सञ्जालबाट तपाइँले लेख्नुहुन्छ भन्ने थाहा पाएँ, फलानो पुस्तक/सङ्ग्रहका लागि रचना पठाइदिनुस् भन्ने जस्ता आग्रह म्यासेजमा आउँदा रमाइलो लाग्छ । मैले साहित्य लेखनबाट पाठक कमाएँ जस्तो लाग्छ ।
- पछिल्लो समय साहित्यका पाठक कतिका छन् जस्तो लाग्छ ?
पहिले पहिले साहित्य पढ्न साहित्यिक पुस्तक र साहित्यिक पत्रपत्रिकाहरू किन्नै पर्ने अवस्था थियो । अहिले इन्टरनेटको माध्यमबाट औँला चलाएकै भरमा अनुकूल समयमा आफूलाई चाहिएको सामग्री सञ्जालमा पढ्न र सुन्न पनि पाइन्छ । कतिपयले त सञ्जालबाटै प्रशिक्षण लिँदै र सिक्दै पनि गरेका छन् । कतिपयले सञ्जालमा समूह बनाएर समूहमा रचना पठाएर मिले/नमिलेको शुद्ध्याएर अनि बल्ल सञ्जालमा पोस्टिने गरेका छन् । यसो गर्दा लेखन स्तरीय हुने नै भो र लेखकलाई पनि अझ लेख्ने प्रोत्साहन बढ्दै जान्छ । यस्तो हिसाबले हेर्दा पछिल्ला समय पाठकका साथै लेखकहरू झनै बढेको जस्तो लागेको छ ।
- प्रवासमा रहेर साहित्य सिर्जना गर्नुको साथै साहित्यिक कार्यक्रममा संलग्नता जनाउन कतिको सहज छ ?
साहित्य सिर्जना गर्नकोलागि स्वदेश र विदेश भन्ने कुराले कुनै फरक पर्दैन जस्तो लाग्छ । साहित्यको कुनै परिधि हुँदैन । यो जहाँबाट पनि सिर्जना गर्न सकिन्छ । लगन, धैर्य र साधना भने हुनैपर्छ । यी कुरा भएनन् भने स्वदेशमै भए पनि श्रृजना गर्न गाह्रो हुन्छ । तर साहित्यिक कार्यक्रममा संलग्न हुन र सहभागिता जनाउनकोलागि भने प्रवासी हुँदा धेरै फरक पर्ने रहेछ । कुनै कुनै कार्यक्रमहरूमा जूममार्फत सहभागिता जनाइने भए तापनि आफूलाई मन लागेका, बोलाइएका सबै कार्यक्रमहरूमा सहभागिता जनाउन नसकिने रहेछ । जसले गर्दा कतिपय अवस्थामा पछि पनि परिने र पारिने रहेछ । प्रवासी भनेर त्यति चासो नदिने, प्रवासमा हुँदा भेट्नुपर्छ भन्ने, अनि मौका मिलेको बेला विभित्र बहाना पार्ने साहित्यकारहरूको फेला पनि परियो । साहित्यकारहरूसित प्रत्यक्ष भेटघाट गरेर आ–आफ्ना विचार आदान–प्रदान गर्न पाउँदाको अनुभूति बेग्लै हुन्छ । कतिपय बेला समय र नेटका कारण चाहेको बेला कुराकानी गर्न पनि सकिँदैन । आफूलाई चाहिएका साहित्यिक पुस्तकहरू चाहिएका बेलामा उपलब्ध हुन्न, कुर्नुपर्ने हुन्छ । कसैकसैले भने प्रवासमा रहेर पनि साहित्य सिर्जना गरेको भनेर खोजी खोजी सम्पर्क गर्ने र कार्यक्रममा सरिक हुन मैसेज गर्ने कसैले फेरि कसैले अमुक् पत्रिकाकोलागि रचना पठाउनु पर्यो भनेर आह्वान गर्ने पनि हुनुहुन्छ ।
- हाल कुन विधामा कलम चलाउँदै हुनुहुन्छ ?
अनुकूल समय मिलेको बेलामा कलम चलाउँछु । फुटकर रचनाहरू लेख्दालेख्दै कहिले कुन त कहिले कुन विधामा आफैं कलम सर्छ । यो विधा र त्यो विधा भत्रे हुँदैन । हाल छन्द विधामा लेखन कार्य गर्ने प्रयास गर्दैछु ।
- कुनै पुस्तक प्रकाशित गर्ने योजनामा हुनुहुन्छ कि ?
तत्कालै निकाल्ने योजना त छैन । केही लेखनहरूले पुस्तकको आकार लिन खोज्दै छन् । कुनै सम्पादन गर्नुपर्ने छन् । समयानुसार सबै कुरा मिल्दै गयो र तयार भयो भने प्रकाशित गर्ने हो । हेरौँ, लेखनलाई कत्तिको समय दिन सकिन्छ र त्यस्तै समयले पनि कत्तिको साथ दिन्छ ।

- साहित्य लेखनमा नारीशक्तिको सक्रियता कत्तिको छ जस्तो लाग्छ ?
हिजोआज नारीहरूको साहित्यमा रुचि बढ्दो छ । धेरै नारी सर्जकहरूको पुस्तकहरू बजारमा आइरहेका छन् । गद्य कविता, उपन्यास, अनुसन्धान, आख्यान, मुक्तक, साइनो, शीत, हाइकु, रम्बास, टुक्का, सुसेली, कोपिला, झर लगायत विभित्र पुराना एवं नयाँ विधाहरूमा नारी सक्रियता बढेको पाइन्छ । छन्द कवितामा पनि नारीहरूको सक्रियता बढिरहेको छ । केही वर्ष यता नारीका छन्द विधामा विविध खालका पुस्तकहरू पनि आइरहेका छन् । पोहोर साल डा. अलका आत्रेय चूडालको दोश्रो खण्ड काव्य (शोक काव्य) “निनाद वल्लरी” र भर्खरै सीता भट्टराईको दोश्रो महाकाव्य “धराकर्षण” सार्वजनिक भएबाट पनि अरू विधामा जस्तै छन्द विधामा पनि नारीशक्तिको पकड बलियो छ भत्रे कुरा स्वतः सिद्ध हुन्छ ।
- स्रष्टा र सिर्जनालाई प्रदान गरिने सम्मान पुरस्कारमा तपाईको धारणा के छ ?
कुनै पनि स्रष्टा वा सिर्जना आफैमा राम्रो वा नराम्रो भन्ने हुँदैन । कुनै एक पाठकलाई राम्रो लाग्ने सिर्जना कुनै अर्को पाठकलाई नराम्रो लाग्न पनि सक्छ । कुनै व्यक्ति विशेष वा कसैको मनोनयनले नभई समग्र रूपमा हेर्दा स्रष्टाले सिर्जित सिर्जनाले समाजमा कस्तो भूमिका खेल्यो ? कत्तिको प्रभावकारी रह्यो र हुनेछ ? समाजप्रति कतिको उत्तरदायी छ ? भत्रे कुरालाई आधार मानेर सम्मान र पुरस्कार दिइनुपर्छ जस्तो लाग्छ । पुरस्कार पाएका र पुरस्कारका निम्ति मनोनयनमा चयन भएका रचना राम्रा अरू नराम्रा भत्रे पनि हैनन् । कुनै पुरस्कार वा सम्मानले स्रष्टा र सिर्जनालाई वर्गीकरण गर्नु राम्रो हुँदैन र गर्नु पनि हुँदैन । कालजयी रचनाहरूको भने उचित सम्मान गर्नुपर्छ । लेखन, अनुभव, शैली, विचारको तादात्म्यता, भाव सम्प्रेषण, पाठकलाई बोधगम्य रचनाहरू असल पाठकहरूले स्वतः ठम्याइ हाल्छन् ।
- अन्त्यमा, तपाइँलाई केही भत्रु छ कि ?
हजुर । साहित्य लेखनमा रुचि राख्ने र लेख्न खोज्ने धेरै जना देखेको छु । धेरै जनाले राम्रो—राम्रो रचना सञ्जालमा राखिएको पाइन्छ तर त्यति ध्यान दिइएको पाइँदैन । आआफ्नो गुट र समुदायको रचनालाई वाहवाही गर्ने अरुका राम्रा रचनालाई पनि सामान्य ठानेर तिरस्कार गर्ने, होच्याउने प्रवृत्ति पनि भेटिन्छ । छन्द कविले गद्य कविलाई हेप्ने प्रवृत्ति पनि देखियो, जुन हुनु हुँदैन जस्तो लाग्छ । राम्रै रचना भए पनि विविध कारणले पुस्तक निकाल्न नसकेका वा नभ्याएका स्रष्टालाई पुस्तक निकालेका स्रष्टाले व्यङ्ग्यात्मक छेड हात्रे, आफ्नो सिर्जनालाई मात्रै राम्रो ठान्ने अरूको तुच्छ ठान्ने, प्रोत्साहन गर्नुको साटो निरुत्साहित गर्नेजस्तो प्रवृत्ति सञ्जालमा निकै भेटिन्छन् । स्रष्टा भनेको निष्पक्ष हुनुपर्छ । आफूले जसरी संघर्ष र साधना गरेर जुन ठाउँमा पुगियो त्यस्तै अरूलाई पनि हुन्छ भनेर सोच्नुपर्छ । सकेको सल्लाह सुझाव दिनुपर्छ जस्तो लाग्छ । सबैले सबैको मान गरौँ । सबैको भावना बुझ्ने प्रयास गरौँ ।
अन्त्यमा, एक साहित्यानुरागीले अर्को साहित्यानुरागीको मर्म बुझौँ भन्दै सबै पाठकहरूलाई मुखैमा आउन लागेको चाड तिहारको हार्दिक शुभकामना व्यक्त गर्दै यौटा तिहार विशेष मुक्तक प्रस्तुत गर्दछुः
टाढा भएर तिहारमा अहिले आउन सकिएन त के भो
सप्तरङ्गी टीका निधारमा सजाउन सकिएन त के भो
दिदी–भाईको माया हाम्रो अनमोल र सदाबहार छ सधैँ,
फूल-मसला-रोटीका परिकारमा रमाउन सकिएन त के भो ?
अन्त्यमा, मलाई आफ्ना विचारहरू राख्ने मौका प्रदान गर्नुभएकोमा यहाँलाई एवं सहीखबर डटकम अनलाइन परिवारलाई हार्दिक शुभकामनासहित आभार व्यक्त गर्दछु । धन्यवाद । नमस्कार । सबैको जय होस् ।
मकवानपुर । मकवानपुरगढी गाउँपालिकामा रहेकाे मनकामना मन्दिर धार्मिक पर्यटनकाे पर्याप्त सम्भावना बाेकेकाे क्षेत्रकाे रुपमा विकासमा अग्रसर छ । हेटाैडा उपमहानगरपालिकासँग सिमाना जाेडिएकाे मन्दिर क्षेत्रबाट हेटाैडा बजारकाे मनाेरम दृष्य अवलाेकन गर्न सकिन्छ ।
हेटौडाबाट नजिकै रहेकाे मनकामना मन्दिर मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ मा अवस्थित छ । मनकामना मन्दिर गोरखा मनकामनाको बहिनी मानिन्छ । मनोकामना पुरा हुने विश्वास गरिने यो मन्दिर जाने बाटो पहिले सिढीबाट थियाे । हाल स्लाब ढलान सहितको सवारी चल्ने सडक बनेकाे छ । हेटौंडा उपमहानगरपालिका ५ बाट सिंचाई कुनाबाट हरियाली जंगल हुँदै करिब ३० मिनेटकाे उकालो पार गरेपछी मन्दिरमा पुग्न सकिन्छ । यसैगरी हेटौंडाको राईटोलबाट उकालो चढ्न पनि सिढिको व्यवस्था छ ।

दैनिक विहान र बेलुका मन्दिर जाने बाटाे हुँदै मर्निङवाकमा सयौं मानिस हिड्ने गर्छन् । शनिबार मन्दिर दर्शनकाे लागि हेटौडा र आसपास सहित छिमेकी जिल्लाहरुबाट समेत मानिसहरु आउने गर्छन् । मानिसकाे उपस्थिति बढी हुने दिन स्थानीय उत्पादन फलफुल सागपात लगायतका राम्रो व्यापार हुने गरेको छ ।

मन्दिर आउने तथा मर्निङ्गवाकमा आउने मानिसलाई मात्र फलफुल सागपात तथा तरकारी बिक्री गरेर नसकिएपछि नजिकैकाे हेटाैडा मकनकामना चाेकसम्म लैजानु पर्ने स्थानीय शिव सापकाेटा बताउँछन् । मन्दिर डाडाँकाे टुप्पोमा रहेको छ जहाँबाट हेटौंडा सहर आसपासको मनोरम दृश्य हेर्न सकिन्छ । हाल मन्दिर परिसर नजिक हाेमस्टे तथा अन्य हाेटलहरु सञ्चालनमा छन् । हरियाली वातावरणमा मनकामना सामूदायिक वनको काखमा बसेर हेटाैडाकाे मनोरम दृष्य हेर्दै खाना र खाजाको मज्जा लिनको लागि डांडाको हाइटमै होटलहरू खुलेका छन् । मन्दिर, नजिकै रहेको बाल उद्यान यहाँ अर्को आकर्षणको केन्द्र बनेको छ । मन्दिर बाल उद्यान, हरियाली वन तथा हेटौंडा बजारलाई पृष्ठभुमि बनाएर टिकटक बनाउने र सेल्फि खिच्नेहरूको पनि यहाँ प्रसस्तै भेटिन्छन् । यहाँबाट सुर्योदय र सुर्यास्तको समेत आकर्षक देखिन्छ ।

मकवानपुरगढी गाउँपालिका याे क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रकाे रुपमा विकास गर्न लागिपरेकाे छ । हेटाैडा उपमहानगरपालिकाले पनि याे क्षेत्रमा सडक वत्ती पक्की सडक मन्दिर परिसरमा रेलिङ्ग लगायतकाे भाैतिक संरचान बनाएकाे छ । मनकामना मन्दिर क्षेत्रलाई विकास गरी धार्मिक पर्यटनलाई विस्तार गर्न सकिने निवर्तमान मेयर हरिबहादुर महत बताउँछन् । हरियाली वनमा चराचुरुङ्गीको आवाजले प्रकृति प्रेमीहरूलाई झनै लोभ्याउने गरेको छ । बसन्त ऋतुमा आउने पालुवाको बासना र फूलहरूले झनै मन लोभ्याउने नियमित मर्निङ वाक गर्ने हेटौंडाकी प्रतिमा बिष्टले बताइन् । बेला बेला यस क्षेत्रकाे जगलमा चितुवा लगायतकाे जंगली जनावरहरु देखिन्छन ।







तस्विरहरुः आरपी गुरागाईं/ सहीखबर
मकवानपुर । सिस्नुपानी नेपाल मकवानपुरले आज श्रावण २७ गते शुक्रबार गाईजात्रा विशेष हास्यव्यङ्ग्य कार्यक्रम आयोजना गर्दैछ ।
आज रक्षा बन्धन जनै पूर्णिमा सहित गाइजात्रा समेत एकै दिन परेकाेले कार्यक्रममा हास्यव्यङ्ग्य कविता, गजल, मुक्तक, निबन्ध, कथा लगायतकाे प्रस्तुती रहने सिस्नुपानी नेपाल मकवानपुर अध्यक्ष राजकुमार लामिछानेले बताए । साथमा प्यारोडी गायन र कार्टुन कला प्रदर्शनी समेत गरिने उनले जानकारी दिए ।
हास्यव्यङ्ग्य कार्यक्रममा पहिलो पोस्टका कार्टुनिस्ट रविन्द्र मानन्धर, थाहा सञ्चारका कार्टुनिस्ट अनुप गुरुङ, मकवानपुरका पहिलो कार्टुनिस्ट ऋषि केबी तथा ऋत्वीक केबीका कार्टुन चित्रहरु प्रदर्शनीमा राखिनेछन् ।
यस पटकको गाईजात्रा विशेष हास्यव्यङ्ग्य कार्यक्रम हेटौंडा पार्टी प्यालेसमा आयोजना हुनेछ । कार्यक्रममा सिस्नुपानी मकवानपुरका सदस्य,अन्य संघ संस्थामा आबद्ध भएका व्यक्ति, साहित्यकार तथा हास्यव्यङ्ग्यलाई माया गर्ने अन्य व्यक्तिहरुको समेत उपस्थिति रहने आयाेजकले बताएकाे छ ।
आर्थिक व्यवस्थापन गरेर हास्यव्यङ्ग्य साहित्य कार्यशाला, विद्यालयस्तरीय तथा खुला प्रतियोगिता, हास्यव्यङ्ग्य चित्र (कार्टुन) तथा फेस क्यारिकेचर चित्रकला कार्यशाला संचालन गर्ने योजना संस्थाकाे रहेकाे सदस्य संप्रस पौडेलले जानकारी दिए ।
सिस्नुपानी नेपाल मकवानपुर अध्यक्ष रामकुमार लामिछाने, उपाध्यक्ष मीनप्रसाद लामिछाने, सचिव गोविन्द पौडेल, कोषाध्यक्ष शुभद्रा हुमागाईं, सदस्यहरु सानुभाई विश्वकर्मा, चिरञ्जीवि लामिछाने र संप्रस पौडेल सहितकाे कार्य समिति रहेकाे छ ।
मकवानपुर । नेपाल प्रेस युनियनको ९ औं महाधिवेशन ३ वर्षको लागि नयाँ कार्यसमिति निर्वाचित गर्दै सम्पन्न भएको छ । ८ वर्षपछि साउन ६ र ७ गते हेटौंडामा भएको महाधिवेशनबाट कार्यसमिति अध्यक्षमा शिव लम्साल विजयी भएका छन् । पदाधिकारीसहित केन्द्रीय कार्य समितिका अधिकांश पदमा पनि लम्साल प्यानलकै विजयी भएको छ ।
नेपाली काग्रेस निकट युनियनको अध्यक्षमा ७ सय ४५ मत ल्याएर लम्साल विजयी भएका हुन । उनका निकटम प्रतिद्वन्द्वी अनिता विन्दुले ६ सय १२ मत प्राप्त गरिन् । अर्का अध्यक्षका उम्मेदवार भुवन भट्टले १९ मत ल्याए । लम्साल र विन्दु प्यानल बनाएर निर्वाचनमा होमिएका थिए । विन्दु सस्थापन पक्षबाट र लम्साल सस्थापन इतर बाट चुनाव प्रतिस्पर्धी थिए । ८ वर्षअघि संस्थापन पक्षका बद्री सिग्देलसँग पराजित भएका लम्सालले यसपटक संस्थापनकै अनिता बिन्दूलाई पराजित गरेका छन् ।
एक हजार ६ सय ८७ जना प्रतिनिधि मतदाता रहेकोमा १ हजार ३ सय ९७ जनाले मतदान गरेका थिए । १ सय२० पदमा रहने कार्यसमितिमा केही पद निर्बिरोध भए पछि ८७ पदको लागि निर्वाचन भएको थियो ।
यसैगरी वरिष्ठ उपाध्यक्षमा प्रेम केसीले ६ सय ८५ मत ल्याएर विजयी हुदा उनका प्रतिद्वन्द्वी सरोज अधिकारीले ६ सय ६५ मत प्राप्त गरे ।
यसैगरी खुला दुई उपाध्यक्षमा नकुल अर्यालले ७ सय ७५ मत प्राप्त गरे भने भीष्मराज ओझा ६ सय ४० मत प्राप्त गरी विजयी भए । उनीहरुका निकटम प्रतिद्वन्द्वी राममणि दाहालले ५ सय ९५ र शेखर रेग्मीले ३ सय ९५ मत पाए । महिला उपाध्यक्षमा सलोजा दाहाल ७ सय २० मत ल्याएर निर्वाचित भइन । उनका निकटम प्रतिद्वन्द्वी कल्पना शर्माले ६ सय १९ मत पाइन् ।
समावेशी उपाध्यक्षमा दिपेन्द्र वान्तवा निर्विरोध निर्वाचित भएका थिए भने प्रदेश १ को उपाध्यक्षमा डिल्लीराम खतिवडाले ५ सय ६० मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वीहरु हेमराज दाहालले ४ सय २९ मत र लबदेव ढुंगानाले २ सय ९० मत प्राप्त गरे ।
मधेश प्रदेशबाट उपाध्यक्षमा अनिल कर्ण ६ सय ४८ मत प्राप्त गरी विजयी भए । अर्का उम्मेदवार रोशनकुमार न्यौपानेले ६ सय २३ मत प्राप्त गरे । यस्तै बागमित प्रदेशको उपाध्यक्षमा डा. मुरारी अधिकारीले ६ सय ७१ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी गिरिजाप्रसाद अधिकारीले ६ सय ४७ मत मात्र प्राप्त गर्न सके ।
गण्डकी प्रदेश उपाध्यक्षमा ऋषिकान्त पौडेल ६ सय ७३ मत प्राप्त गरी विजयी भए । अर्का उम्मेदवार ओमकार आचार्यले ६ सय १ मत प्राप्त गरे । यस्तै लुम्बिनी उपाध्यक्षमा माधवप्रसाद अर्याल ७ सय १ मतसहित निर्वाचित भए भने उनको निकटम प्रतिद्वन्द्वी जनार्दन घिमिरेले ५ सय ८२ मत प्राप्त गरे । कर्णाली उपाध्यक्षमा राजेन्द्रबहादुर कार्की ६ सय ६९मत सहित विजयी भए भने अर्का उम्मेदवार भानुभक्त खड्काले ५ सय ९९ मत प्राप्त गरे ।
सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा प्रेम चुनारा ५ सय ५२ मतसहित विजयी भए । मुकुन्दप्रसाद भण्डारीले ५ सय ४१ मत प्राप्त गरे भने मीनबहादुर बमले १ सय ८९ मत प्राप्त गरे । उपत्यका उपाध्यक्षमा जीवन भण्डारीले ८ सय ४२ मत प्राप्त गरी विजयी भए भने अर्का उम्मेदवार निरज खतिवडाले ४ सय ६२ मत प्राप्त गरे ।
महासचिवमा दिलिप पौडेलले ८ सय ७८ मत प्राप्त गरी विजयी भए । उनका प्रतिद्वन्द्वी जगन्नाथ दुलालले ४ सय ५१ मत मात्र प्राप्त गरे ।
उपमहासचिवमा कमल पन्त ५ सय ७७ मतसहित विजयी भए । युवराज गौतमले ७ सय ३७ मत र रविन्द्र सुवेदी ५ सय ५८ मतसहित विजयी भए । पराजित उम्मेदवार केशव सावदले ५ सय ५६, विष्णु खड्काले ४ सय ९४ र सन्तोष रेग्मीले ५ सय ४४ मत प्राप्त गरेका थिए ।
महिला उपमहासचिवमा सुलोचना गौतमले ६ सय ९० मत र दिलिपाश्री अधिकारीले ६ सय ८१ मत प्राप्त गरी विजयी भइन् । उनीहरुका निकटम प्रतिद्वन्द्वी जानुका बरालले ६ सय ८१ मत र कुसुम विक (सेञ्चुरी) ले ५ सय ९ मत पाएकी थिइन । समावेशी उपमहासचिवमा अभयकुमार राईले ७ सय १३ मत प्राप्त गरेका थिए भने पराजित पवन श्रेष्ठले ५ सय २९ मत प्राप्त गरे ।
खुला सचिवमा केदारप्रसाद दाहाल (६७७), खगेन्द्र भण्डारी (६४८), तीर्थराज बस्नेत (५८०), भुवन शर्मा (६३७) मत प्राप्त गरी विजयी भए । उनीहरुका प्रतिद्वन्द्वी खगेन्द्रप्रसाद घिमिरे (४५७), गुरुप्रसाद गौतम (५७१), लोकेन्द्र भट्ट (५५७) विजयी रेग्मी (५२६) मत प्राप्त गरेका थिए । सचिव महिलामा मेनुका ढुंगाना (८०१), रेजिना गौतम (६३९) र पुष्पा शर्माले (६४४) मत प्राप्त गरी विजयी भइन । पराजित रोजी ढकाल पराजुलीले (६३३), माला पालुङ्वा लिम्बु (६०२) मत प्राप्त गरेका थिए ।
आदिवासी जनजाति सचिवमा लालकुमार मुक्तनले ७ सय ४२ मत प्राप्त गरी विजयी भए भने पराजित सुशील थकालीले ५ सय ५ मत प्राप्त गरे । मधेश सचिवमा अजीत तिवारीले ६ सय ५४ मत प्राप्त गरी विजयी भए भने पराजित ओमप्रकाश साहले ५ सय ८६ मत प्राप्त गरे ।
दलित सचिवमा राजन रुचाल (६४४) मत प्राप्त गरी विजयी भए भने पराजित सन्तोष गन्धर्वले (६३१) मत प्राप्त गरे । पिछडिएको सचिव पदमा एलपी देवकोटाले ६ सय ६२ मत प्राप्त गरी विजयी भए । पराजित दयाराम पण्डितले ६ सय ३३ मत प्राप्त गरेका थिए । थारु सचिव पदमा सहदेव चौधरी (थारु), अनलाइन माध्यम सचिवमा छायाचन्द्र भण्डारी र टेलिभिजन माध्यम सचिवमा अशोककुमार तिवारी निर्विरोध निर्वाचित भएका थिए ।
खस आर्य सचिवमा युवराज रेग्मीले ६ सय ३४ मत प्राप्त गरी विजयी भए भने पराजित टेकराज जोशीले ६ सय २८ मत प्राप्त गरेका थिए । यस्तै रेडियो माध्यम सचिवमा नरहरि सापकोटा ७ सय ३४ मत प्राप्त गरी विजयी भए । उनको प्रतिद्वन्द्वी डम्बरबहादुर बमले ५ सय ३३ मत प्राप्त गरेका थिए । छापामाध्यम सचिवमा राधा खनाल ७ सय ३० मत प्राप्त गरी निर्वाचित भए भने पराजित श्यामप्रसाद खतिवडाले ५ सय ४६ मत प्राप्त गरे ।
कोषाध्यक्ष पदमा माधव धिताल ६ सय ७४ मत प्राप्त गरी निर्वाचित भए । उनका निकटम प्रतिद्वन्द्वी रमेश वाग्लेले ६ सय ४६ मत प्राप्त गरेका थिए ।
नेपाल प्रेस युनियनमा एक उपाध्यक्ष र तीन जना सचिवसहित २० बढी केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
समावेशी उपाध्यक्षमा दीपेन्द्र वान्तवा निर्विरोध निर्वाचित भएका छन् । थारु सचिवमा सहदेव चौधरी, अनलाइन सचिवमा छाँया भण्डारी र टेलिभिजन सचिवमा अशोककुमार तिवारी निर्विरोध निर्वाचित भएका हुन् ।
यस्तै, महिला सदस्यमा पूजा शर्मा र सिर्जनाकुमारी गौतम निर्विरोध निर्वाचित भएका छन् ।खस आर्य महिला केन्द्रीय सदस्यमा बालिका सिवाकोटी र जेविका कार्की, थारुतर्फ लक्ष्मीमान थारु, थारु महिला सदस्यमा अञ्जना थारु, मधेशी महिलामा सुधा देव पनि निर्विरोध भए ।
आदिवासी जनजातितर्फ छविलाल माल, निमा लामा र सुवासकुमार सुनुवार, आदिवासी महिलातर्फ रीता मगर, दलित महिलातर्फ फूलमाया सुनार, लैंगिक अल्पसंख्यकमा नारद कोहार, अपाङ्गता कोटामा कौरव खत्री चयन भएका छन् ।
बागमती प्रदेशबाट महिलातर्फ आत्मा गुरागाईं र रमा लुइटेल, गण्डकीबाट कृष्णकुमारी ढकाल र मायाकुमारी अधिकारी, सुदूरपश्चिमबाट जमुना न्यूरे र निर्मला भट्ट, काठमाडौं उपत्यकाबाट तेजना पण्डित पनि निर्विरोध चयन भएका छन् ।
बाकी पदको लागि साउन ७ गते २ बजे बाट मतदान भएको थियो । आइतबार राती अबेर मत परिणाम सार्बजनिक भएको थियो ।
देशकाे राजधानीमा स्थायी बसाेबास रही साहित्यकाे क्षेत्रमा क्रियाशील साहित्यकार सुरेशराज बैद्य साहित्यका मुक्तक, कथा, गजल , उपन्यास, गीत लेखनमा सक्रिय रहदै आउनु भएको छ । २०५७ साल मा मुक्तक सङ्रह झरेका फुलहरु , २०६१ सालमा सामाजिक उपन्यास स्तब्ध आकाश र गीति एल्बम दिलको पानामा प्रकाशित गरिसकेका वैद्यका केही गीतहरु नेपाली चलचित्रमा समेत समेटिएका छन् । नेपालकाे राजधानी काठमाडाैमा वि.सं. २००४ सालमा जन्मनु भएका वैद्य करिब ४० वर्ष औषधी व्यवसायमा संलग्न रहनु भएकाे थियाे । साहित्य क्षेत्रमा उहाँ मित्र नरेन्द्र तुलाधरको प्रेरणाले लागेको बताउनु हुन्छ । बि कम (बाणिज्य सकायमा स्नातक ) महेन्द्र मोरङ कलेज बिराटनगरबाट उत्तीर्ण गर्नु भएका वैद्य साहित्य लेखनको बाटो ल्याउन प्रेणना दिएको तुलाधरले त्यो बेला कबिता लेखेर सुनाएकाे भरमा साहित्यमा लागेको भन्नुहुन्छ। विगत ४ वर्षदेखि सामाजिक सजालमा उहाँका मुक्तक, गजल र गीत प्रकाशन हुदै आएका छन् । अहिलेकाे परिवेशमा रहेर नेपाली साहित्य सन्दर्भमा साहित्यकार सुरेशराज वैद्यसँग सहीखबरकाे लागि आरपी गुरागाँईंले गरेकाे कुराकानीको सम्पादित अंशः
साहित्य लेखनमा लाग्नु भएको कति भयो ?
साहित्य लेखन को यात्रा २०२३ सालबाट शुरु भएको हो। करीब ५६ बर्ष भयो साहित्य लेखनी थालेको ।
साहित्य लेखनमा कस्काे प्रेरणाले लाग्नु भएको हो ?
साहित्य क्षेत्रमा मेरो परम मित्र नरेन्द्र तुलाधरको प्रेरणाले लागेको हुँ । उहाँले नै हो मलाई साहित्य लेखनको बाटो ल्याउन प्रेणना दिएको । त्यो बेला उहाँले कबिता लेखेर मलाई सुनाउनु हुन्थ्यो । म त्यही कविता सुनेर साहित्यमा लागेको ।
साहित्यको कुन विधामा कलम चलाउनुहुन्छ ?
साहित्यका मुक्तक र गीतमा बिधा अली बढी कलम चलाएको छु । साहित्य लेखनको सुरुवाती समयमा मुक्तक, गीत, कथा र उपन्यासमा कलम चलाए । ती विधामा पुस्तक पनि प्रकाशन गरेको छु । तर पछिल्लो केही वर्षदेखि मुक्तक गजल र गीतमा मात्र सिमित छु ।
साहित्यलाई कसरी परिभाषित गर्नुहुन्छ ?
साहित्य लाई आ आफ्नै किसिमले परिभाषित गरेता पनि मैले भन्नू पर्दा समाजमा देखेका घटेका घटना साथै केही आफ्ना भोगाइहरु नै साहित्यको जन्मने थलो हो भन्नु पर्छ।
साहित्य लेखन बाहेक अरु कुन पेशामा आवद्ध हुनुहुन्छ ? साहित्य लेखनमा समय कसरी मिलाउनु हुन्छ ?
साहित्य लेखनको प्रारम्भिक चरणबाट २०६८ सालसम्म औषधि ब्यबासायी भएर जीवन गुजारा गरेको हुँ । पछिल्लो समय ११ बर्षदेखि स्वघोषित रिटाएर जीवन यापन गर्दैछु । साहित्य लेखनको लागि कुनै खास समय त छैन । यसो मनमा भावनाहरु सलबलाएको बेला लेखी हाल्छु ।
आफूलाई कुन विधाको स्रष्टा भनिन रुचाउनु हुन्छ ? किन ?
त्यो त आफैले कसरी भन्नु । साहित्यका ५ बिधामा कलम चलाएता पनि हाल लाई ३ बिधा मा सिमित छु । अब पाठकहरुले कुन दृष्टि ले हेर्नु हुन्छ । म त आफुलाइ साहित्य को बिद्यार्थि भन्न रुचाउँछु ।
साहित्यका कुनै पुस्तक प्रकाशित गर्नु भएको छ ?
प्रकाशनको कुरा गर्दा २०५७ साल मा मुक्तक सङ्रह झरेका फुलहरु । २०६१ सालमा सामाजिक उपन्यास स्तब्ध आकाश र गीति एल्बम दिलको पानामा प्रकाशित छन् ।
नेपाली साहित्य लेखन र अध्ययनमा वर्तमान अवस्था कस्तो पाउनु हुन्छ ?
नेपाली साहित्य लेखनमा पछिल्लो समय मुक्तक, गजल लघुकथा र आख्यान रहेका छन् । साहित्यमा नयाँ पुस्ताको सक्रियता समेत बढ्दै गएको छ । पढन् संस्कृतिको समेत विकास हुँदै गएको छ । प्रविधिको प्रयोगले संजालमा जोडिएर पनि साहित्य सृजना तथा अध्ययन बढ्दै गएको छ ।

साहित्यिक स्रष्टाहरूको समाज प्रतिको दायित्व के हो जस्तो लाग्छ ?
समाजको समाजका सदस्यका गतिविधिलाई साहित्यको माध्यमबाट पाठक सामु ल्याउनु र समाज परिवर्तनको सकारात्मक चिन्तन साहित्य मार्फत साहित्यकारले पस्कनु पर्छ । साथै सम्बन्धित व्यक्ती समाजका सदस्य लगायतलाई समाधानको बाटोको रुपरेखा समेत साहित्यले कोरिदिनु पर्छ । समाज परिवर्तनको सकारात्मक सन्देशको दायित्व समाज प्रति स्रष्टाको रहन्छ । साहित्य समाज को दर्पण भएकोले समाजका हरेक घटनाबाट प्रेरित भएर नै साहित्य लेखिने भएकोले समाजमा चेतना जगाउने काम हो ।
समाज र साहित्यको सम्बन्धमा कस्तो समानता छ जस्तो लाग्छ ?
समाज र साहित्य एक अर्काका परिपुरक हुन् । साहित्यलाई समाजको ऐनाको रुपमा लिइन्छ । समाजलाई साहित्यले छर्लङ देखाउँछ । समाज बदल्न समेत साहित्यको भूमिका रहन्छ । समाजका कृयाकलाप बाट नै साहित्य लेखनको प्रेरणा मिल्ने गर्छ । साहित्यबाट समाजले रुपान्तरणका साथै प्रेरणा पाएको हुन्छ।
साहित्य लेखनबाट के पाए भन्ने लाग्छ ?
साहित्य लेखनबाट अहिलेसम्म पाएको भनेको नै आत्म सन्तुष्टि हो मेरो लागि।
पछिल्लो समय साहित्यका पाठक कतिका छन् जस्तो लाग्छ ?
जुन बेला मैले साहित्य मा प्रबेश गरे त्यो बेला को तुलना गर्दा अहिले नयाँ पुस्ताहरु साहित्यमा सक्रिय छन् । प्रविधिको प्रयोगले विभिन्न सन्जालका माध्यमबाट समेत साहित्यिक गतिविधि तथा लेखन भएका छन् । सामाजिक सञ्जालमा विभिन्न पेज बनाउँदै दिनहुँ साहित्यिक गतिविधि गरिदै आएको छ । साहित्यमा लाग्नेहरु बढ्दै गएका छन् । साहित्य प्रत्येकको दैनिकी जस्तै भएको छ। प्रसस्त सर्जक र पाठक छन।
पछिल्लो समय बुढयौली साहित्यबाट साहित्यिक गतिविधी हुने गरेका छन् । यसलाई कसरी लिनु भएको छ ?
यो राम्रो पक्ष हो । विभिन्न पेशा व्यवसाय सक्रिय जीवन पछीको तनाव रहित जीवनको लागि समेत बुढयौली साहित्य अनिवार्य छ । आफू भएको प्रतिभालाई मर्न नदिन तथा जीवनको ढल्कदो उमेरमा सक्रियता बढाउन यसले मद्धत मिल्छ । समयमा उसको अनुभव ज्ञान सीप समेत प्रयोग गर्न सकिन्छ ।
अरु कुनै विधामा पुस्तक प्रकाशनको तयारी गरिरहनु भएको छ कि ?
प्रकाशनको तयारीमा गजल सङ्रह मुक्तक सङ्रह गीत सङ्रह र कथा सङ्रह छन् तर अवसर पाएको छैन । केही तयारी पनि गर्दैछु । अबसर मिलाएर प्रकाशन गर्ने जमर्को गर्दैछु । हेरौं कहिले समय जुर्छ।
अन्त्यमा केही……?
बिगत ४ बर्ष देखि बिद्युतिय माध्यमबाट प्रत्येक दिन जस्तो मेरा साहित्यिक रचनाहरु मुक्तक गजल र गीत सामाजिक संजालमा प्रकाशति हुँदै आएका छन् । सामाजिक संजाल मार्फत पाठकहरु समक्ष आउदै गरेकोमा समय अनुकुल मिले पुस्तकका रुपमा समेत पाठकहरु समक्ष आउने छु । पाठकहरुलाई मेरा रचना लाई माया गरेर हौसला दिन हुन अनुरोध गर्दछु । साथै साहित्यलाई लेखेर जगेर्ना गरौ नसके हौसला दिएर सम्मान गर्न साहित्यिक मनहरुमा आग्रह समेत गर्दछु ।

मकवानपुर । सरकारले आर्थिक वर्ष २०७९।०८० काे लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेकाे छ । सरकारकातर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।
नीति तथा कार्यक्रममा सरकारले बजेटमार्फत स्वदेशी उद्योग र उत्पादन विशेष प्राथमिकता दिँदै आयात प्रतिस्थापन गर्ने नीति लिएको छ । सामुदायिक विद्यालयको शिक्षक दरबन्दी पुनरावलोकन गर्ने नीति तथा कार्यक्रमामा उल्लेख गरिएकाे छ । राष्ट्रपति भण्डारीले विद्यार्थी अनुपातका आधारमा शिक्षक दरबन्दी मिलाउन गरिने बताइन् । त्यस्तै सरकारले हाल सामुदायिक विद्यालयमा कक्षा ५ सम्म दिइदै आएको विद्यार्थी दिवा खाजा कार्यक्रमलाई कक्षा ८ सम्म विस्तार गर्ने भएको छ ।
आगामी वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रका महत्त्वपूर्ण १७ कार्यक्रम परेका छन् । कृषि उत्पादनका क्षेत्रमा सरकारले विषेश जोड दिएको छ । ऊर्जा, पर्यटन, रोजगारी र पूर्वाधार विकासका क्षेत्र पनि सरकारको नीति तथ कार्यक्रमको प्राथमिकतामा छन् ।
यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको सम्बोधन प्रति टेबुल गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले सम्बोधनको सो प्रति टेबुल गरेका हुन् ।
यसै गरी बैठकले राष्ट्रपतिबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई आज गरेको सम्बोधनको लागि धन्यवाद ज्ञापन गरेको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत गरेको, ‘सम्माननीय राष्ट्रपतिबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्वत् २०७९ साल जेठ १० गते मङ्गलवारका दिन गर्नुभएको सम्बोधनको लागि प्रतिनिधि सभाको यो बैठक सम्माननीय राष्ट्रपति महोदयमा धन्यवाद ज्ञापन गर्दछ’, भन्ने प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको हो ।