मकवानपुर । हेटौंडा उपमहानगरपालिका १८ नम्बर वडा कार्यलयले खेलाडीहरूलाई सम्मान गरेको छ ।
खेलाडी राज्यको सम्पत्ति भएको उल्लेख्य गर्दै उनीहरूको सफलतामा वडा कार्यालयले पनि सम्मान महसुस गरेको वडा अध्यक्ष अनिल बानियाँले बताए । खेलाडीलाई आवश्यक पुर्वाधारको तयारीमा सघाउनेदेखि उनीहरूलाई सफलताको लागि उत्प्रेरित गर्ने दायित्व स्थानीय सरकारको भएको अध्यक्ष बानियाँले बताए ।
हेटौंडा १८ वडा घर भएका राष्ट्रिय टिमका फुटबल खेलाडीलाई सोमबार सम्मान गरिएको वडा सदस्य योगराज खतिवडाले बताए । “वडाबाट राष्ट्रिय टिममा पुग्नु वडाको नाम उच्च बनाउनु हो, उनीहरू सफलता अझै उचो रहोस् भनेर वडाले सम्मान गरेको हो”खतिवडाले भने ।
वडा सदस्य खतिवडाका अनुसार हेटौंडा १८ का स्थायीवासी राष्ट्रिय टीमका खेलाडीहरू बिमल पाण्डे , आयुश घलान र सुनिल घलानलाई नगद र सम्मान पत्र प्रदान गरिएको हो ।
सम्मान कार्यक्रममा वडाका निर्वाचित जनप्रतिनिधिहरू, कर्मचारीहरूलगायतको उपस्थिति रहेको थियो ।