मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा गैंडाले आक्रमण गर्दा एक जना घाइते भएका छन् ।
मनहरी –७ का ३२ वार्षीय रमेश बोटेलाई सोमबार बिहान खेतमा पानी लगाउन गएको समयमा गैंडाले आक्रमण गरेको मकवानपुर प्रहरीले जनाएको छ । धानखेतमा पानी लगाउन गएका बोटेलाई गैंडाले आक्रमण गरेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए ।
इलाका प्रहरी कार्यालय मनहरीको प्रहरी टोलीले बोटेलाई उद्दार गरी मनहरी प्राथमिक स्वास्थ्य केन्द्र लगेका थिए । उनलाई थप उपचारको लागि भरतपुर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।