मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा खोलामा डुबेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा थाहानगरपालिका वडा नं.४ वडा नारायणझ्याउ बस्ने ७२ की लाक्पा शेर्पा रहेकी छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आइतबार बिहान थाहा ४ धारापानीस्थित खोलामा जम्मा भएको पानीमा शेर्पा मृत भेटिएकी थिइन् । मृतकको श्रीमान श्याम बहादुर थिङले घटनास्थलमा आएर सनाखत गरेको प्रहरीले जनाएको छ । घटनास्थलको मुचुल्कापछि शव पोष्टमाटमका लागि हेटौंडा अस्पताल ल्याईएको प्रहरीले जानकारी दिएको छ ।