मकवानपुर । मकवानपुरको अग्रणी साहित्य संस्था साहित्य सङ्गम मकवानपुरलाई डा.गणेश लामाले १ लाख रुपैया सहयोग गरेका छन् ।
लामाले प्रदान गरेको उक्त रकमबाट अक्षय कोष निर्माण गरिएको सङ्गम अध्यक्ष डीबी बर्तौलाले बताए । उक्त कोषबाट वार्षिक रुपमा प्राप्त व्याजबाट उत्कृष्ट प्रतिभालाई समान गर्ने गरी ‘डा.गणेश लामा प्रतिभा सम्मान’स्थापना गरिएको उनले जानकारी दिए । प्रतिभा सम्मानको राशी १० हजार रुपैयाँ रहेको छ ।
बर्तौलाले लामाले सङ्गम परिवारलाई विश्वास गर्नु भएकोमा खुसी व्यक्त गर्दै सङ्गमको तर्फबाट धन्यवाद दिए । उक्त कार्यमा सङ्गमका सल्लाहकार निमेष निखिलले पहल गर्नु भएको थियो ।
बर्तौलाले सङ्गममार्फत साहित्यिक उन्नयनमा निरन्तर लागि रहेको बताए ।