मकवानपुर । इच्छाशक्ति भएकाहरुलाई दक्ष सिपले व्यवसायिक जीवनमा दरीलाे आधार निर्माण गर्ने प्रदेश युवा परिषद बागमतीका कार्यकारी अध्यक्ष सन्तोष चौलागाईले बताएका छन् ।
तालिममा सिकेकाे सिपलाई प्रयाेग गरी मेहनतका साथ व्यवसाय सुरु गर्ने साना व्यवसायीहरुका लागि सहयोग गर्न प्रदेश युवा परिषद सबै प्रतिवद्ध रहेको चाैलागाईंले बताए ।
प्रदेश युवा परिषद बागमतीको आर्थिक सहयोग र हेडम्वा डेभलवमेन्ट एडभाजर फाउन्डेशनको आयोजानामा हेटौँडा उपमहानगरपालिका वडा नं १९ बस्तीपुरमा सञ्चालित उद्यमशिलता तथा सिप विकास तालिमकाे समापन कार्यक्रममा उनले यस्ताे बताएका हुन् ।
कार्यक्रममा हेटौँडा उपमहानगरपालिका वडा नं १९ का वडा अध्यक्ष नरनाथ सुवेदीले स्थानीय सरकारकाे हैसियतले नागरिकलाई सिप र सेवा दिनु आफूहरुकाे दायित्व रहेकाे बताए । सिप सिक्न र स्वराेजगार बन्नकाे लागि अग्रसर हुन उनले आग्रह गरे ।
थोरै लगानीमा गर्न सकीने साना व्यवसाय प्रर्वद्धनका लागि ७ दिने तालिम प्रदान गरिएकाे हेडम्वा डेभलवमेन्ट एडभाजर फाउन्डेशनका अध्यक्ष अनन्त कुमार बानियाँले बताए । समापन कार्यक्रममा टोल विकास सस्था नगर समन्वय समितिका सदस्य अन्जु पण्डित, जनजागरण दुद्य उत्पादन सहकारी संस्थाका अध्यक्ष देवेन्द्र अर्याललगायतकाे उपस्थिति रहेकाे थियाे ।
तालिममा आठ जना प्रशिक्षकहरुले व्यवसायको अर्थ तथा परिभाषा स्व–विश्लेषण तथा मुल्यांकन र पृष्ठपोषणको आवश्यकता र महत्व, सफल उद्यमीका विशेषताहरु, व्यवसायिक योजनाको अर्थ, आवश्यकता र महत्व बारे प्रशिक्षण गराइएकाे थियाे । यसैगरी व्यवसायिक योजना ,उत्पादन योजना, स्व–रोजगार र ज्यालादारी काममा भिन्नता, व्यवसायमा जोखिम तथा जोखिम व्यवस्थापनका, व्यवसाय दर्ता प्रक्रीया तथा सरकारी नीतिनियमलगायतका विषयमा सहजिकरण गरिनुका साथै चटपटे, पानीपुरी , मम, चाउमिनलागायत परिकार निर्माण तालिम प्रदान गरिएकाे थियाे । सहभागीहरुलाई अभ्यास कक्षासमेत गराइ परिकार तयारीकाे पूर्ण ज्ञान भएकाे तालिमकी सहभागी अञ्जना बस्नेतले बताइन् ।
यसैगरी कार्यक्रमका विशिष्ट अतिथि हेटौँडा उपमहानगरपालिका वडा नं १९ का अध्यक्ष नरनाथ सुवेदीले तालिम पश्चात सिकेको सीप अनसार नै व्यवसाय सुरु गर्न र लिएको प्रमाणपत्रको कदर गर्न अनुरोध गर्नुभयो ।
तालिममा अनन्त बानियाँ, जिल्ला कृषि सहकारी संघका नरेश आचार्य, घरेलु तथा साना उद्योग कार्यालयका लेखमान राउत, सुनिल राई राकेश शाह, सुरेश श्रेष्ठ लगायत प्रशिक्षकहरुले प्रशिक्षण गर्नुभएको थियो ।