मकवानपुर । प्रदेशले बागमती प्रदेशमा नव नियुक्त भएका मन्त्रीहरुलाई गैर सरकारी संस्था महासंघ बागमतीले सम्मान गरेकाे छ ।
नयाँ वर्ष २०८१ काे पुर्वसन्ध्यामा गैससले मन्त्रीहरुलाई सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेकाे हाे । कार्यक्रममा बागमती प्रदेश सरकारका खानेपानी मन्त्री एकालाल श्रेष्ठ, वन मन्त्री केशवप्रसाद पाेखरेल र उद्याेग प्रशासन मन्त्री प्रकाश श्रेष्ठकाे उपस्थिती रहेकाे थियाे ।
सम्मान कार्यक्रममा मन्त्रीहरुले आफ्नाे तर्फबाट सामाजिक हितकाे लागि काम गर्ने र यसमा सधै गैससहरुकाे सभागिता र सहकार्य गरिने बताएका थिए ।
गैसस महासंघ मकवानपुर र मानव अधिकार संरक्षण तथा मानव बेचविखन विरुद्धकाे जिल्ला सञ्जालकाे समन्वयमा कार्यक्रम गरिएकाे गैसस बागमती अध्यक्ष आरती पाठकले बताइन् ।
गैरसरकारी संस्थाहरुकाे याेगदानलाई आत्मासात गर्दै समन्वय र सहकार्य गरी सामाजिक विकासमा हातेमालाे गर्न गैससकर्मीहरुले माग गरेका छन् ।
कार्यक्रममा मानव अधिकार संरक्षण तथा मानव बेचविखन विरुद्धकाे जिल्ला सञ्जाल उपाध्यक्ष माया लामाले अधिकार संरक्षणकाे सवालमा राजनीतिक तवरबाट सहयाेग हुने अपेक्षा व्यक्त गरिन ।