- गाेपिनी दाहाल
मकवानपुर । चौथो मेयर कप फुटबल प्रतियोगितामा हेटौंडा वडा नम्बर ६ र १३ दोस्रो चरणमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा विजयी हुँदै दुबै टोली दोस्रो चरणमा प्रवेश गरे ।
नगर खेलकुद विकास समिति हेटौंडाको आयोजनामा हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा जारी प्रतियोगितामा हेटौंडा–६ ले १८ नम्बर वडालाई र हेटौंडा १३ ले १९ नम्बर वडालाई पराजित गर्दै अघिल्लो चरणमा स्थान सुरक्षित गरेका हुन् ।
हेटौंडा ६ को जीतमा सुरज स्याङ्तानले दुई गोल गरे । उनले गरेको दुई गोलले नै ६ नम्बरले अघिल्लो चरणको यात्रा तय गरेको हो । उनी खेलको म्यान अफ दी म्याच घोषित भए । १८ नम्बरले एक गोल आत्मघाती गोल प्राप्त गरेको थियो । खेलमा १८ नम्बरले प्राप्त पेनाल्टी सदुपयोग गर्न नसक्दा हार व्यहोर्न बाध्य भयो ।
प्रतियोगितामा हेटौंडा १३ को जीतमा एकमात्र निर्णायक गोल स्यामुएल सुनुवारले गरे । उनले खेलको अन्तिम मिनेटमा गरेको गोल नै निर्णायक भयो । उनी खेलको म्यान अफ दी म्याच घोषित भए ।
बिहीबारको पहिलो खेल हेटौंडा ७ र १४ तथा दोस्रो खेल १ र ४ नम्बर वडावीच हुनेछ । उक्त खेलको विजयी टोलीले अन्तिम चारमा स्थान सुरक्षित गर्नेछन् ।