मकवानपुर । स्वास्थ्य संस्थाहरुको स्तरोन्नती गर्ने तर स्रोत साधनको कारण सेवामा सुधार नभएको गुनासो आइरहेको बेलामा बागमती प्रदेशमा पहिलो पटक बायोमेडिकल वर्कसप स्थापना गरिएको छ । अब स्वास्थ्य जाँचको क्रममा प्रयोग भएका सामग्रीहरुको गुणस्तरको बारेमा समेत जाँच गर्न सकिने भएको छ ।
प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा बायोमेडिकल वर्कसपको स्थापना गरिएको हो । वर्कसप विहीबारबाट सुरु भएको छ । बायोमेडिकलको वर्कसप स्थापना भएसँगै अब बागमती प्रदेशका अस्पतालहरूका लागि स्वास्थ्य जाँचको उपकरणहरुमा आउने समस्याबाट केही राहत मिल्ने भएको छ । वर्कसपबाट अबदेखि बागमती प्रदेशका अस्पतालमा बिग्रिएका स्वास्थ्य उपकरणहरूको मर्मत गरिने भएको छ। निग साइमन इन्स्टिच्युटको सहयोगमा वर्कसपमा आवश्यक सामग्रीको व्यवस्थापन गरिएको छ ।
वर्कसपको उद्घाटन गर्दै बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले सरकारी अस्पतालमा भएका ल्याबका उपकरणहरू धेरै छिटो बिग्रने समस्या रहेको बताउँदै यस्तो किन भइरहेको छ भन्ने बारे प्रश्न गरे । यो वर्कसपबाट अब बिग्रिएका उपकरणहरू मर्मत गर्नका लागि सहयोग पुग्ने उनले बताए । “उस्तै प्रकारका सामनहरु सँगै प्रयोगमा ल्याउँदा पनि निजी तर्फकाले राम्रो काम दिने र हाम्रोतिरका बग्रेर थन्किने अनि सेवामा समस्या आउने कारण मन्त्रालयले पनि थाहा पाउनु पर्छ” मन्त्री जोशीले भने “अब यही वर्कसपबाट यस्ता कारण र बेथितीहरु समेत पत्ता लाग्ने अपेक्षा राखेका छौं ।” सामना बिग्रेर प्रयोगमा नआएको हो वा निजी संस्था चलाउने द्यय हो अब बुझिने उनले बताए ।
यसैगरी स्वास्थ्य मन्त्रालयका सचिव बद्री बहादुर खड्काले प्रदेशका अस्पतालहरूमा स्तरोन्नति गरिएकाले यसका लागि भएका सामानको मर्मत गर्दै प्रयोगमा ल्याउनुपर्ने बताए । स्वास्थ्य उपकरणहरुमा समस्या आएकै कारण सेवा प्रवाहमा अवरोध हुन नदिने उद्देश्यले वर्कसपको स्थापना गरिएको हो । “अस्पतालको भौतिक स्तरोन्नती मात्रै भएर हुँदैन” खड्काले भने “जनशक्ति, स्रोत साधनको पनि स्तरोन्नती आवश्यक छ ।”
आपूर्ति व्यावस्थापन केन्द्रका प्रमख बसन्त अधिकारीका अनुसार अस्पतालहरुमा पुन प्रयोगमा आउने सामन बिग्रेको र प्रयोगमा नआएको कारण सेवामा हुने अवरोध÷समस्यालाई अब धेरै हदसम्म कम गर्न सकिने छ । सेवा चुस्त हुनेछ, सक्षम सामग्रीहरुले सेवा प्रवाहलाई सहजीकरण र सबल बनाउने छ । यहाँ प्रादेशिक अस्पताल, आयुर्वेद स्वास्थ केन्द्र सबैतिर सामग्रीको गुणस्तर जाँच र मर्मत गरिने छ ।
निग साईमण्ड ईन्स्टिच्युट कार्यकारी निर्देशक अर्चना अमात्यका अनुसार संस्थाले ७१ लख रुपैयाँ बजेट सहयोग गरी वर्कसपमा स्पेयर पार्ट, फर्निचर, ¥याम्पहरू समेत निर्माण गरेको छ । किगले अबको कम्तीमा ५ बर्ष नियमित सहजीकरण गर्ने, आवश्यता अनुसार जनशक्तिलाई तालिम समेत गर्नेछ । ईन्स्टिच्युले यस अघि नेपालको गण्डकी, लुम्बिनी सुदुरपश्चिम र कर्णाली प्रदेशमा बायोमेडिकल वर्कसप स्थापना गरिसकेको छ ।
अस्पतालहरुमा एक्सरे मिसेन, ल्याबहरुको विभिन्न सामग्रीहरुनमा समस्या भएपछि बिरामी जाँचको क्रममा अस्पतालहरुले रिफर गर्ने गरेका छन् । जसका कारण सरकारी अस्पतालबाट पाइने सस्तो सर्वसुलभ सेवाको बदला निजीको महड्डो मारमा सर्वसाधारणहरु पर्ने गरेका छन् ।