मकवानपुर । बागमती प्रदेशकाे राजधानी हेटौडामा मंगलबारबाट सुदर्शन घिमिरे स्मृति यु–२१ हेटौँडा च्यालेन्ज कप फुटबल प्रतियोगिता–२०८० मंगलबारबाट सूरु हुदैछ । एफसी हेटौंडा मुण्डियालको आयोजनामा भाेली मंगलबारबाट सुरु हुन लागेको ‘हेटौंडा च्यालेन्ज कप फुटबल’ प्रतियोगिताको उद्घाटन दिउँसो २ः३० बजे हुने आयोजकले जनाएकाे छ ।
हेटौँडा स्पोर्टस् मुण्डियालले सार्वजनिक गरेकाे खेल तालिका अनुसार भाेली मंगलबारकाे उद्घाटन खेलमा बारा जिल्लाको सिमरास्थित नव जनजागृति युवा क्लब र हेटौँडा–७ नागस्वतीस्थित नागस्वती युवा क्लबबीच खेल हुने छ । मंगलबार हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा आयोजना हुने प्रतियोगिताको फाइनल खेल मंसिर १३ गते बुधबार हुने तालिका रहेकाे छ । प्रतियाेगिताकाे सम्पूर्ण तयारी पुरा भएकाे आयाेजकले जनाएकाे छ ।
मकवानपुर तथा बाहिरका गरी १४ वटा टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले एक लाख ११ हजार एक सय ११ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले नगद ५५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिताको प्रथम पुरस्कार सुदर्शन घिमिरेकी श्रीमति सुष्मा घिमिरेले प्रायोजन गरेकी हुन । प्रतियोगिताको द्वितीय पुरस्कारकाे लागि हेटौंडा–४ पारिजातपथस्थित दाजुभाइ स्वीट्स एण्ड फास्टफुडले सहयोग गरेको मुण्डियाल प्रमुख सुविन घिमिरेले जानकारी दिए । दाजुभाइ स्वीट्सका सञ्चालक नवराज गौतमले मुण्डियाललाई नगद ५५ हजार ५ सय ५५ रुपैयाँ सहयाेग गरेका हुन् ।
सुदर्शन घिमिरे स्मृति यु–२१ हेटौंडा च्यालेन्ज फुटबल प्रतियोगिताका लागि एफसी मुण्डियाललाई विभिन्न व्यक्ति र संस्थाले नगद सहयोग गरेकाे घिमिरेले बताए । सिनियिर अडिटर रमेश गिरी तथा रमेश एण्ड एसोसियट परिवार हेटौंडाले नगद २५ हजार ५ सय ५५ रुपैयाँ सहयाेग गरेकाे छ भने हेटौँडा–५, पिप्लेस्थित जेनिथ कलेजका सञ्चालक अनिल पाण्डेले ६५ हजार रुपैयाँ सहयोग प्रदान गरेकाे घिमिरेले जानकारी दिए ।
यसैगरी शान्तिनगर टोल विकास समितिका अध्यक्ष देवी बुढाथोकीले १५ हजार रुपैयाँ, नागस्वति भेट्रान्सका अध्यक्ष सोम तितुङले ११ हजार १ सय ११ रुपैयाँ, हेटौडा ५ पिप्ले स्थायी बसाेबास भई हाल हाल अष्ट्रेलिया बस्दै आएका राकेश थापाले १० हजार, पुर्वखेलाडी कमल गौतम खत्रीले १० हजार रुपैयाँ, दि डोर्स रेष्टुरेन्ट पिप्लेका अध्यक्ष सञ्चालक आषिश गौतम र पिप्ले घर भइ हाल बेलायत रहेका सागर ढुङ्गेलले ५ हजार ५ सय रुपैयाँ सहयाेग गरेका छन् । यस्तै प्रतियाेगिताकाे लागि न्यु कम्बाइन क्लबका अध्यक्ष सचिन राई र पोल्ट्री व्यवसायी रुपक चौलागाईले ५–५ हजार रुपैयाँ सहयाेग प्रदान गरेकाे घिमिरेले बताए ।
प्रतियोगिताका संयोजक सुदीप सिंह ठकुरीका अनुसार युवा खेलाडीलाई प्रोत्साहन गर्न उमेर समूहको प्रतियोगिता आयोजना गर्न लागिएको हाे । प्रतियोगिता आयोजनाका लागि करिब ५ लाख अनुमानित लागत अनुमान रहेकाे संयाेजक ठकुरीले जानकारी दिए । प्रतियोगिता संचालनबाट बचत भएको रकम जाजरकोट भूकम्प पीडितहरुका लागि सहयोग गरिने जनाएको छ ।