मकवानपुर । छठ पर्वको रौनक हेटौंडास्थित राप्ती नदीकाे तटमा देखिएकाे छ। सूर्यको आराधना र उपासना गरी मनाइने छठ पर्वको मुख्य दिन आइतबार छठको व्रत बसेका श्रद्धालुहरूले राप्ति नदीकाे छठ घाटमा जम्मा भएर अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन् ।
यस्तै छठ पर्वको रौनक हेर्न अन्य श्रद्धालु तथा भक्तजनहरूको पनि राप्ति तटमा भीड लागेकाे थियाे । छठ पूजाको लागि छठ पूजा मूल समारोह समितिले तयार पारेकाे पण्डाल तथा बाहिर समेत ब्रतालुहरुले पुजा गरेका थिए । भोलि साेमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व सम्पन्न हुन्छ।
नेपालको तराई तथा मिथिलाञ्चल क्षेत्रमा विशेष रुपमा मनाइँदै आएको छठ पर्व पछिल्लो केही वर्षदेखि पहाडी क्षेत्रमा पनि मनाउन थालिएको छ । विशेषतः तराई समुदायकाे पर्वको रुपमा मानिदै आएकाे छठ एक दशक अघिदेखि पहाडी समुदायले पनि उत्तिकै महत्व र उपस्थितीमा मनाउने गरेकाे पाइन्छ । पहाडी समुदायले पनि छठ पूजालाई परम्पराकै रुपमा लिन थालेका छन् । यसैले पनि पछिल्लो समय सामाजिक सद्भाव अभिवृद्धि गर्ने पर्वको रुपमा मानिदै आएको छ छठ पर्वलाई ।
तस्विरमा हेटौडाकाे छठः