मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका रहेकाे सिआन पुनस्थापना केन्द्रकाे शनिबार वार्षिक साधारणसभा तथा अधिबेशन भएकाे छ । हेटौडा ९ लामसुरेमा रहेको सिआन पुनस्थापना केन्द्रको अधिबेशनबाट अध्यक्षमा बिजेन्द्र अग्रवाल चयन भएका छन् । केन्द्रको शनिबार भएकाे सातौं वार्षिक साधारणसभा तथा अधिबेशनबाट ४ वर्षे कार्यकालका लागि अग्रवालको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन भएकाे हाे ।
केन्द्रको उपाध्यक्षमा अनिल अधिकारी, सचिवमा मेनुका लामा, सहसचिवमा ओम फुँयाल, कोषाध्यक्षमा मन क्षेत्री, सदस्यहरुमा अनिश दाहाल, सुभेच्छा कार्की, मिनु अग्रवाल, बिनोद आचार्य चयन भएका छन् । निर्वाचन मण्डलका संयोजक एवम् मामाघर नेपालका प्रमुख अर्पण पराजुलीले नयाँ नेतृत्वको घोषणा गरेका थिए ।
साधारणसभा शम्भुसिंह कार्कीको सभाध्यक्षता एवम् प्रतिनिधि सभा सदस्य दीपकबहादुर सिंहको प्रमुख आतिथ्यता रहेको थियो साधारणसभाको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य सिंहले सिआनले हजारौं घरपरिवारको पीडामा मल्हम लगाउने काम गरिरहेको बताए । कार्यक्रममा प्रतिनिधि सभासदस्य बिन्दबासिनी कंसाकार, बागमती प्रदेश सभा सदस्य ज्ञानुजंग लामालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
साधारण सभामा केन्द्रका अध्यक्ष कार्कीले संस्थाको प्रगति प्रतिवेदन र कोषाध्यक्ष तानियाँ अग्रवालले करिव ७३ लाख रुपैयाँको आयब्ययको प्रतिबेदन प्रस्तुत गरेकी थिइन् ।
यसैगरी साधारणसभाको अवसरमा केन्द्रको स्थापनादेखि समाचार लेखन मार्फत सहयोग गरेकाे तथा दोस्रो पटक साहसिक रुपमा मेचीमहाकाली साइकलयात्रा सम्पन्न गरेको भन्दै नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्वअध्यक्ष भानुभक्त आचार्यलाई कदरपत्रसहित सम्मान गरिएको थियो ।
त्यस्तै सिआनकाे स्थापनाकालदेखि नै विभिन्न रुपमा सहयोग पुर्याउदै योगदान दिएकोमा हेटौंडा–९ का निवर्तमान वडाध्यक्ष लक्ष्मण भण्डारी, संस्थाका पूर्वकर्मचारी किरण लामालाई पनि सम्मान गरिएको थियो ।