हराएको खुसी फेरि भेटाउने आस लिएर,
हरेक रात गुज्रिन्छ पिडाको आकाश लिएर।
आमा ! मलाई सहन सक्ने बरदान देउ बरु,
बालुवा जस्तो टुक्रिन्छु मनमा कपास लिएर ।
हर साझ किन जाने गर्छन् आगनकै बाटो हुँदै,
टुटाउनेहरुले नै फेरि यो मायाको बतास लिएर।
म कपटी प्रेममा पटकौँ पटक टुटेको मान्छे हुँ,
ए ! मौसम तँ किन आइस् मायाको सुवास लिएर।
रङ्गमन्च बनेको छ,नाट्यशाला बनेको छ जिन्दगी ,
अभिनय हुन्छ यहाँ कथा लिएर उपन्यास लिएर।