मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४, हुप्रचौरमा नवजात शिशु फेला परेको छ ।
हेटौंडा ४ स्थित बागमती प्रदेश लोक आयोगको कार्यलय नजिकको विहीबार साँझ सालनाल सहितको नवजात शिशु फेला परेको मकवानपुर प्रहरीले जनाएको छ ।
स्थानीयले बच्चा रोएको सुनेपछि प्रहरीलाई खबर गरेका थिए । वडा प्रहरी कार्यालय हेटौंडाको टोली र स्थानीयले शिशुलाई उपचारको लागि हेटौंडा अस्पताल लगेका थिए ।
हेटौंडा अस्पतालमा नवजात शिशुको उपचार भइ रहेको तथा स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उक्त घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।