मकवानपुर । मकवानपुरको पदमपोखरी स्थित महेन्द्र माध्यमिक विद्यालयमा पूर्व विद्यार्थी समूह गठन गरिएको छ ।
विहीबार २०५९ सालको एसएलसी ब्याजको भएको विद्यार्थी भेलाले वीर वहादुर स्याङ्वाेकाे अध्ययक्षतामा १३ सदस्यीय समुह गठन गरिएको हो । समूह उपाध्यक्षमा वगान सिं थिङ, सचिव राजेन्द्र थापा, सहसचिव देवेन्द्र पराजुली, काेषाध्यक्ष सुस्मा थापा, सदस्यहरु राजेश नगरकाेटी, उद्दव गाैतम, पुष्पा ओझा,सुरेश स्याङ्वाे लगायत रहेका छन ।
विद्यालयको पूर्व विद्यार्थीहरुले वनभाेज पुनर्मिलन तथा भेला कार्यक्रम गरि समूह गठन गरिएको हो । कार्यक्रम विधालयका पूर्व प्राधानाध्यापक वेलि थापाकाे प्रमुख आतिथ्यता तथा विद्यार्थी समुहका अध्यक्ष दिल वहादुर स्याङ्वाेकाे सभाध्यतामा भएकाे थियाे ।
पूर्व प्रधानाध्यापक वेलि थापाले जवसम्म मानिस सामाजिक हुन सक्दैन तवसम्म समाज विकास सम्भव नहुने बताइन् । ‘व्यक्तिमा हुने बौद्धिकतालेनै शिक्षाकाे गुणस्तर मापन गर्छ’ उनले भनिन् ‘समाजमा आफ्नाे उपस्थिति बनाउन सक्नु नै गुणस्तरीय शिक्षाकाे उपज हाे ।’ ‘मानिस इमाेसनल पनि हुनुपर्छ, मानिसमा आत्मपरक गुण हुनुपर्छ, आध्यात्मिकताले नै मानिसलाइ सही निर्णय लिन सक्छ र समाजमा राम्राे संस्कारकाे विकास गर्छ’ उनले भनिन् । थापाले हालकाे युग प्रविधिकाे युग भएकोले साेहि अनुरुपको शिक्षा दिइनु पर्ने बताउदै विधालयले शिक्षामा गुणस्तरीय मात्र नभै विद्यार्थीलाई संस्कारयुक्त शिक्षाको सिकाईमा ध्यान दिनु पर्ने बताइन् ।
कार्यक्रममा महेन्द्र माविका प्रधानाध्यापक विष्णु श्रेष्ठ, पूर्व प्राधानाध्यापक शंकर खतिवडा, विधालय व्यवस्थापन समिति अध्यक्ष पुष्करबहादुर रोक्का, शिक्षकहरु निबन्ध लामा, अमरनिधि उप्रेती, आशा थापा, श्यामकुमार भारद्वाज, रामकृष्ण रोक्का, रामप्रसाद यादव, मातृका दुलाल, लक्ष्मी थिङ, बालकुमार श्रेष्ठ, डेमिज़ थापा लगायतकाे उपस्थिति रहेकाे थियाे ।