मकवानपुर । मकवानपुरगढी गाउँपालिकामा बारीमा लड्दा १ जनकाे मृत्यु भएकाे छ । कार्तिक २९ गते बुधबार मकवानपुर गढी १ की ६२ वर्षीय बिष्णुमाया बम्जनकाे बारीमा लड्दा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
बधुबार साँझ बम्जन घरदेखी २०० मिटर दक्षिणमा रहेका आफ्नै बारीमा लडी मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए । हाल बम्जनकाे शव हेटौडा अस्पतालमा रहेकाे छ भने घटनाकाे सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।