मकवानपुर । बागमती प्रदेशकाे राजधानी हेटौडामा नेपाल संवत् ११४४ मनाइएकाे छ । नेपाल संवकाे अवसर मंगलबार धिमे बाजासहित हेटौंडामा र्याली निकालिएको छ ।
नेवाः सांस्कृतिक पुचः हेटौंडाले नेपाल संवतकाे अवसरमा बजारमा र्यालीसहित शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको हो । हेटौंडा उपमहानगरपालिका—१ भिन्तुना पथबाट निस्केको शुभकामना र्याली नगरका विभिन्न परिक्रममा गरेको थियो ।