मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
आइतबार राती हेटौंडा –११, थानाभर्याङ मोटरसाइकल दुर्घटना हुँदा हेटौंडा ४ का महेन थापा मगरको मृत्यु भएको हो । दुर्घटनामा हेटौंडा २ की बेबिशा खड्की र हेटौंडा ५ कि बिनिता थापा घाइते भएका मकवानपुर प्रहरीले जनाएको छ ।
आइतबार राती हेटौडा बजारबाट थानाभर्याङतर्फ जाँदै गरेको ना ६५ प ७०५५ नम्बरको मोटरसाइकल राप्ती पुल नजिकै दुर्घटना हुँदा मोटरसाइकलमा सवार ३ नै जना घाइते भएका थिए ।
मोटरसाइकल चालक हेटौँडा–४ का १५ वर्षीय महेन थापाको उपचारको क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते बेबिशाको अवस्था गम्भीर रहेको र थप उपचारका लागि भरतपुर रिफर गरिएको प्रहरीले जानकारी दिएको छ ।
यस्तै घाइते विनिताको हेटौडा अस्पताल उपचार पछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।