मकवानपुर । कार्तिक २९ गते परेकाे यसवर्षकाे भाइटीकाको साइत बिहान १० बजेर ५१ मिनेटमा तय भएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत कात्तिक २९ गते बिहान १० बजेर ५१ मिनेट जाँदा तय गरेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस वर्षकाे तिहार कार्तिक २५ गते शनिबारबाट सुरु हुदैछ । २५ गते काग तिहार र धन्वन्तरी जयन्ती परेकाे छ । यसैगरी २६ गते कुकुर तिहार र लक्ष्मीपूजा रहेकाे छ । २७ गते गाईतिहार परेकाे छ भने २८ गते गाेवर्धन पूजा तथा म्हपूजा रहेकाे छ । कार्तिक २९ गते भाइटिकाका साथै नेवार समुदायकाे किजा पूजा पछि यस वर्षकाे तिहार सकिने छ ।
यसैगरी अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले अन्य देशका लागि भाइटीकाकाे मिति र समय तोकेको छ ।