मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा गोबर ग्याँसको ट्याङ्की भित्र चुरोट सल्काउन खोज्दा आगलागी भएको छ ।
आगलागीबाट हेटौंडा–६ हात्तिलेट बस्ने २६ वर्षीय समित राई घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ । मकवानपुर प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार आइतबार दिउँसो राई छिमेकीको गोबर ग्याँसको ट्याङ्की सफा गर्न ट्याङ्कीभित्र पसेका थिए ।
उनले गोबर ग्याँस ट्याङ्कीभित्र बसेर चुरोट सल्काउदा आगोलागी हुँदा शरिरको विभिन्न भाग जलेको भण्डारीले बताए ।
घाइते राइलाई उपचारको लागि हेटौंडा अस्पताल ल्याइएकोमा उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाडौंस्थित वीर अस्पतालमा रिफर गरिएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।