मकवानपुर । पतन्जली याेग महिला समितिकाे आयाेजनामा तिहार विशेष कार्यक्रम गरिएकाे छ ।
संविधान सभा सदस्य अनन्त पाैडेलकाे प्रमुख आतिथ्यतमा तथा महिला समितिका जिल्ला अध्यक्ष शशीकला थापाकाे सभाध्यक्षतामा भएकाे कार्यक्रममा पतन्जली याेग केन्द्रका महिला साधिकाहरुले पुरुष साधकहरुका लागि तिहार विशेष कार्यक्रम गरेका हुन् । दाजु भाइ तथा दिदी बहिनीबीचकाे सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले आयाेजना गरिएकाे हाे थापाले बताइन् ।
कार्यक्रममा प्रमुख अतिथि पाैडेलले आफू पनि याेगा गर्ने गरेकाे कारण स्वास्थ्यलाइ सन्तुलनमा राख्न सफल भएकाे बताउँदै याेग गर्न अभिप्रेरित गरे । “स्वास्थ्य छ त सबथाेक छ” उनले भने । स्वास्थ्य नै सवैभन्दा ठुलाे धन भएकाेले याेगले नै याे धनकाे संरक्षण गर्न सक्ने उनले बताए ।
कार्यक्रममा हेटाैडा उपमनपा वडा नं ४ का वडाध्यक्ष नवीन सिग्देल, पतन्जली याेग जिल्ला समितिका अध्यक्ष रामकृष्ण थापा लगायतकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रममा देउसि भैलाे खेल्नुका साथै टीका लगाएर नाचगान समेत गरिएकाे थियाे ।