मकवानपुर । जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रबिन्दु भइ शुक्रबार गएको भुकम्प पीडितका लागि बागमती प्रदेश सरकारले १ कराेड ५० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ ।
बागमती सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री एवम् प्रवक्ता गंगानारायण श्रेष्ठले शनिबार विज्ञप्ती जारी गर्दै भुकम्प पीडितकाे प्रभावकारी उद्दार, उपचार, राहत र पुनर्स्थापनाकाे लागि १ कराेड ५० लाख रुपैयाँ उपलब्ध गराउने जानकारी दिए ।
‘विपद्काे घडीमा बागमती प्रदेश सरकार कर्णाली प्रदेश सरकारकाे साथमा रहनेछ’ मन्त्री श्रेष्ठ भने ‘भुकम्पमा परी ज्यान गुमाउने व्यक्तिहरु प्रति श्रद्धाञ्जली र आफन्तजनहरुमा समवेदना व्यक्त गर्दै घाइतेहरुकाे शीघ्र स्वाास्थ्यथ्य लाभको कामना गर्दछौं ।’
श्रेष्ठले विपद्काे घडीमा आवश्यक सहयोग गर्न नागरिक समाज र गैरसरकारी संस्थाहरुलाई आग्रह समेत गरेका छन् ।
यसैबीच नेपाली कांग्रेसले जाजरकोट भुकम्प पीडितका लागि ५० लाख रुपैयाँ उपलव्ध गराउने निर्णय गरेको छ ।
कांग्रेसले शनिबार बिहान एक विज्ञप्ति जारी गर्दै भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत तथा उपचारका लागि उक्त रकम उपलब्ध गराउने जानकारी गराएको हो ।
कर्णाली प्रदेशको जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भुकम्पमा परेर ठूलो क्षति भएको छ । कांग्रेसले स्वदेश तथा विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुल्ला हृदयले मानवीय सेवामा जुट्न आग्रह गरेको छ ।
यसैगरी भूकम्प प्रभावित क्षेत्रमा राहत, उद्धार तथा उपचार बारे निर्णय गर्न हाल सिंहदरबारमा बैठक जारी छ ।
बैठक उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको हो । बैठकले प्रभावित क्षेत्रमा राहत तथा उद्धारका कार्यक्रम कसरी अगाडि बढाउने भन्ने निर्णय गर्ने जनाइएको छ ।