मकवानपुर । कानुन अन्वेषण तथा स्रोत विकास केन्द्र सेलर्ड र शान्ति फाउण्डेशको आयोजनामा मानव बेचविखन नियन्त्रणमा बारे स्थानीय तहको भूमिका बारे प्रशिक्षण गरााइएको छ ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका, बकैया गाउँपालिका, मनहरी गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारी र जिल्लाका गैससका प्रतिनिधिहरुलाई प्रशिक्षण दिइएको हो । मानव बेचविखन नियन्त्रणमा स्थानीय तहले निर्वाह गर्नुपर्ने भूमिका बारे प्रशिक्षण गराइएको हो ।
बेचविखनको संभावित जोखिमबाट बचाउन, प्रभावितहरुको उद्दार तथा पुनर्स्थापनामा लागि पर्नको लागि स्थानीय सरकारको रुपमा गर्नुपर्ने भूमिका बारे प्रशिक्षण गराइएको थियो । प्रशिक्षणले आफूहरुलाई ऐन कानुनबारे पुनर्ताजगी भएको सहभागीहरुले बताए ।
हेटौंडामा दुई दिनसम्म चलेको कार्यक्रममा संघीय सरकार महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका रामहरि गैरे, सेलर्डका कपिल अर्याल, सुखदेव सापकोटा, रत्न श्रेष्ठ तथा शान्ति फाउण्डेशकी सिता गुराङले सहजिकरण गरेका थिए ।
प्रशिक्षण कार्यक्रमपछि सहभागीहरु मनहरी गाउँपालिका उपाध्यक्ष रेखा पुलामी, हेटाैंडा ११ वडा अध्यक्ष जुना दाहाल, समेतकाे उपस्थिति रहेकाे थियाे । प्रशिक्षणपछि मनहरी गाउँपालिका वडा ३ का अध्यक्ष अनन्तप्रकाश अर्याल, बकैया गाउँपालिका कार्यालय महिला बालबालिका शाखाकी होमकुमारी सञ्जेल, हिमराइट्स नेपाल मकवानपुरकी कुमारी वाइबालगायतले प्रशिक्षणले कार्यक्षेत्रमा खटिएर काम गर्दा विशेष ध्यान दिनुपर्ने सवालमा पुनर्ताजगी प्रतिकृया दिए ।
पीडितलाई उद्दार गर्दादेखि पुनर्स्थापना तथा सहज न्यायको लागि आफूहरुले गर्दै आएका काममा अझै प्रभावकारी बनाउन ज्ञान प्राप्त भएको उनीहरुले बताए । कार्यक्रम युएसएआडीकाे अर्थिक सहयोग विनरक ईन्टरनेशनलकाे सझेदारी र हाम्रो सम्मान परियोजनाकाे प्रविधिक सहयोगमा भएकाे थियाे ।