मकवानपुर । मकवानपुरकाे बकैया गाउँपालिकामा सवारी साधन दुर्घटनामा घाइते भएका मध्ये १ जनाकाे मृत्यु भएकाे छ । हेटौडा–धरान–चतरा सडकखण्ड अन्तरगत बकैया गाउँपालिका वडा नम्वर ५ तिनतलेमा गत मगलबार दिउँसो मिनीट्रक दुर्घटना हुँदा घाइते भएका सहचालक बकैया ६ का दिनेश लामाकाे उपचारकाे क्रममा मृत्यु भएकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
कार्तिक १४ गते मंगलबार हेटौंडाबाट फापरबारीतर्फ जाँदै गरेको बा.प्र.०३–००१ क ०७९२ नम्वरको पानी लोड गरेकाे मिनीट्रक आँफै अनियन्त्रित भई सडकबाट ७ मिटर तल खसी दुर्घटना हुँदा बकैया ७ हर्दाका युवराज सापकाेटा र सहचालक लामा घाइते भएका थिए ।
प्रहरीका अनुसार घाइते ट्रकमा सवार २६ वर्षीय सापकोटा र ट्रकका सहचालक २८ वर्षीय दिनेश लामालाई हेटाैडा अस्पतालमा उपचारकाे ल्याइएकाेमा लामालाई थप उपचारकाे लागि चितवन भरतपुरकाे पुरानाे मेडिकल कलेज रिफर गरिएकाे थियाे । घाइते लामाकाे उपचारकाे क्रममा कार्तिक १६ गते बेलुका मृत्यु भएकाे मकवानपुर प्रहरी प्रवक्ता डिएसपि लक्ष्मी भण्डारीले जानकारी दिए ।