नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको सचेतकमा गोविन्द लम्साल नियुक्त भएका छन् । नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिं लामाले लम्साललाई संसदीय दलको सचेतकमा नियुक्ति गरेका हुन ।
नेता लामाले लम्साललाई काँग्रेस प्रदेशसभा संसदीय दलको विधान २०७४ को धारा ११(१) बमोजिम संसदीय दलको प्रमुख सचेतकमा नियुक्त गरेका हुन् ।
गत पुसमा बागमती प्रदेश संसदीय दलको नेतामा लामा निर्वाचित भएपछि दोलखाबाट प्रदेश सभामा निर्वाचित कुन्दनराज काफ्लेलाई दलको प्रमुख सचेतक नियुक्त गरेका थिए । कांग्रेस सांसद काफ्लेले गत भदौ १८ मा सचेतक पदबाट राजीनामा दिएका थिए ।
काफ्लेले राजिनामा दिई रिक्त रहेको प्रदेश संसदीय दलको प्रमुख सचेतकमा नियुक्त लम्साल २०७९ मा भएको निर्वाचनमा धादिङ २ (१) बाट निर्वाचित प्रदेश सभा सदस्य हुन् ।