मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका नि:शुल्क दन्त शिविर हुने भएको छ । मनहरी ३ स्थित हाडिखोला स्वास्थ्य चौकीमा १ दिने नि:शुल्क दन्त हुने भएको हो ।
दन्त शिविर कार्तिक १८ गते शनिवार बिहानबाट सुरु हुने बताइएको छ । रोटरी क्लब अफ हेटौंडा र रोट्र्याक्ट क्लब अफ हेटौंडाको आयोजना तथा एभरेष्ट डेन्टल क्लिनिकको प्राविधिक सहयोगमा शिविर हुने भएको हो ।
शिविरको स्थानीय आयोजक रोटरी कम्युनिटी कर्ल्स हाँडिखोला तथा संयोजन मनहरी गाउँपालिका स्वास्थ्य समितिले गरेको छ ।